बागलुङको बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङमा काका भतिज बिच विवाद हुँदा भतिजले हानेको कोदालोले काकाको मृत्यु भएको छ । साविकको दर्लिङ गा बि स वडा नं.७ को चैते भन्ने ठाँउमा आइतबार राती करिब १० बजे भतिज वर्ष ३३ का हिरालाल बि.क.ले काका वर्ष ४० को लालमन बि.क.संग सामान्य कुरामा विवाद हुँदा घटना घट्न गएको हो । घटना अनुसन्धानका लागी प्रहरी घटना स्थलमा पुगिसकेको छ ।मृतकको शव घटना स्थलमा रहेको र भतिज हिरालाल बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएको ईप्रका भिमगिठेले जानकारी दिएको छ ।