मुलुकलाई समृद्धिको दिशामा अगाडी बढाउन संकल्प यात्रा : एमाले अध्यक्ष ओली

ढोरपाटन मंसिर २०
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडका जनताको आबाज लगेर सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । एमालेले आयोजना गरेको समृद्दिकालागि संकल्प यात्राको क्रममा बागलुङको बुर्तिवाङ र बोहोरागाउँमा आयोजित कार्यक्रममा ओलीले समृद्दिको यात्राकालागि मध्यपहाडमा बिकास चाहिएको बताए ।


ओलीले आम कार्यकर्तालाई राजनीतिबाट माथी उठेर बिकास निर्माणमा लाग्न आब्हान गरेका छन् । उनले उत्पादन मूलक काममा सबै लाग्न सकेमा देशको आर्थिक समृद्दी संभव हुने समेत बताएका छन् । राष्ट्रको बिकास गर्न अन्य दलका कार्यकर्तापनि बिकासमा लाग्नुपर्ने आवस्यकता औल्याए ।


मध्य पहाडमा उत्पादन बढाएर युवा रोजगार सिर्जना गर्न उनले राज्यका सबै निकायमा पहल गर्ने समेत बताए । समृद्दिको यात्राकैलागि एमालेले बैतडीको झुलाघाट देखि ताप्लेजुङको चिवा भञ्ज्याङ सम्मको समृद्दि यात्रा गरेको समेत दावी गरेका छन् । यात्राकै क्रममा ओली सहित एमालेका १ सय ५० बढी केन्द्रीय नेताहरु बुधवार बागलुङको बुर्तिवाङ आएका छन् ।
ओलीले कृषिबाटै देशको समृद्धि ल्याउन मध्यपहाडका हरेक उत्पादनको बजारीकरण गर्न आबस्यक भएको बताए । एमालेले आयोजना गरेको समृद्दि यात्राको क्रममा बुधवार ओली बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने हुदै मध्यपहाडी लोकमार्गको बाटो बुर्तिवाङ आएका हुन् । ‘जुम्लाको स्याउ बिकेन रे भन्ने हल्ला आजकल हटेको छ’ उनले भने, ‘अब नबिकेको स्याउ वाइन बनाएर बेच्नुपर्छ ।’ उनले हरेक बस्तुको तत्कालको बजार व्यवस्थापन नभएमा बैकल्पिक बजारमा लैजान सकेमा किसानहरु उत्साही हुने बताए ।


ओलीले ढोरपाटनको समग्र बिकासमा पहल गर्ने समेत बताए । उनले ढोरपाटनको कृषि, सडक, पर्यटन र जलविद्युत जस्ता आयोजनामा स्थानीयको मागलाई सम्बोधन हुने काम गर्ने बताए । ‘प्रतिपक्ष भएपनि सरकारको कामलाई खवरदारी गर्ने र संभािवत योजनाहरु समावेश गर्ने हो’ उनले भने, ‘समृद्धिको यात्रा सकिएर काठमाण्डौ पुगेपछि केही परिणाम देखाएर छाड्छौं ।’ उनले आम कार्यकर्तालाई राजनीतिमा मात्र नभुल्न आग्रह गरे ।

‘अब राजनीतिमा मात्र भुल्ने होइन, उत्पादन र बिकासमा लागौं ।’ ओलीले भने । उनलाई स्वागत गर्न एमाले गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्ट, पूर्व मुख्यमन्त्रीहरु पृथ्वीसुब्बा गुरुङ र खगराज गौतम, एमाले गण्डकीका अध्यक्ष नवराज शर्मा तथा बागलुङका अध्यक्ष हिराबहादुर केसी सहित सयौं कार्यकर्ता पातीहाल्ने पुगेका थिए । ३ हजार २ सय मीटरको उचाइको चिसो मौषममा ओलीले केही बेर बसेर त्यहाँको बिकास निर्माण बारे कार्यकर्ता र स्थानीय पालिकाका पदाधिकारीसग छलफल पनि गरे ।

ओलीलाई निसीखोला र ढोरपाटन बाट यहाँको विकास र समृद्धिको निम्ती पार्टीको तर्फदेखि ज्ञापन पत्र समेत बुझाइएको छ । ढोरपाटनको विकास, सडक, कृषि, प्रर्यटन, उत्तरगंगा जलविधत परियोजना लगाएतका दर्जनौँ महत्वपूर्ण आयोजनाको विकासका निम्ती ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाइएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित