ढोरपाटन मंसिर १५
कर्मफ्लाइट्स फाउन्डेशनद्वारा गत आ ब मा बाग्लुङ, ढोरपाटन ९ को सरस्वती माध्यमिक विद्यालय र निसीखोला गापाको झुपरीकोट आधारभुत विद्यालयमा आईसीटी ल्याब स्थापना सफलतापूर्वक सम्पन्न गरी हालै विषेश कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।
गत मंसिर १२ गते निसीखोला गाउँपालिका १ लेबाङ स्थित झुपरीकोट आधारभुत विद्यालयमा गाउँपालिका शिक्षा शाखा प्रमुख तथा कार्यक्रम का प्रमुख अतिथि मन्जु सुबेदी ले आईसीटि ल्याब समुद्घाटन गर्दै गाउँपालिका को गुणस्तरिय शिक्षा लक्ष्य प्राप्तिमा यस प्रकार को आधुनिक कम्प्युटर प्रयोगशाला हुनुले अत्यन्तै ठूलो अर्थ राख्ने र अब आईसीटि ल्याब भएका विद्यालयका शिक्षकहरुलाई कर्मफ्लाइट्स र एडुटेक नेपाल को सहकार्यमा कम्प्युटर तलिम प्रदान गरिने बताउनुभयो।
कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेम कुँवरले सस्थाको उद्ध्श्य दुर्गम भेग मा अध्ययन गर्ने बाल बालिका हरुको लागि आफ्ना सु्चना प्रबिधि साझेदार संस्थाको साझेदारिमा एक आधुनिक र कार्यात्मक प्रयोगशाला बनाउनु जसले विद्यार्थीहरूको लागि सिकाइ अनुभवलाई सुधार गर्ने र प्रभावकारी शिक्षणका लागि शिक्षकहरूलाई नयाँ उपकरणहरू उपलब्ध गराउने कुरा बताउदै यस विद्यालयमा आईसीटी ल्याब स्थापना परियोजना थिन क्लाइन्ट सिस्टम कार्यान्वयन मार्फत विद्यार्थीहरूको लागि आधुनिक सिकाइ वातावरण सिर्जना गर्ने र आजका बाल्बालिकाहरुलाई २१ औ शताब्दिको बिश्व नागरिक बनाउन सहयोग पुर्याउने उद्देश्य रहेको बताउनु भयो ।
कर्यक्रममा बिशिष्ट अतिथिको रुपमा आमन्त्रित एडुटेक नेपालका पश्चिम नेपाल परियोजना प्रमूख आकाश कुमार दासले यस ल्याबले दुई शक्तिशाली सर्भर र २० मोनिटरहरूको प्रयोग गरि सर्भर कम्प्युटरबाट प्रयोगकर्ता कम्प्युटरहरू नियन्त्रण र निगरानी गर्ने शिक्षकको क्षमता हो।
यो रिमोट कन्ट्रोल कार्यक्षमताले कम्प्यूटर शिक्षकलाई वास्तविक समयमा विद्यार्थीहरूलाई मार्गदर्शन गर्न र सहयोग गर्न, व्यक्तिगत समर्थन प्रदान गर्न र सहयोगी सिकाइ वातावरणलाई बढावा दिन सक्षम बनाउँछ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षकले गर्नु भएको थियो भने वडा नम्बर १ का सदस्य राधा बिकले आजको दिन मा महत्वपूर्ण उपलब्धि हासिल गरेकोमा विद्यालय लाई बधाई दिदै वडाले भोलिका दिन मा पनि विद्यालय को लागि बजेट बिनियोजन गर्न जनप्रतिनिधिको हैसियत मा आफुले सक्दो पहल गर्ने बताउनु भयो ।
विद्यालयका प्र्र्र्र्र्र्र्र्र्र्रध्यानाध्यापक पन्चबीर घर्ति ले विद्यालय मा निम्न पूर्वाधार सुबिधा हुदा हुदै पनि विद्यालयले बडो हिम्मत गरेर आफ्नो ५ लाख ६० हजार र दात्रि निकायको करिब १० लाख गरि १५ लाख ६० हजारको लागतमा ल्याब स्थापना गरिएको र विद्यालयलाई सहयोग जुटाईदिन अनुरोध गर्नु भयो। कार्यक्रम मा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका बिच नाच प्रस्तुत गर्नुका साथै स्थानिय पन्चेबाजा समुहले बाजा बजाएर रौनकता प्रदान गरेको थियो।
यसै गरि मंसिर १३ गते ढोरपाटन नपा वडा नम्बर ९ सुकुर्दुङ स्थित सरस्वति माबिमा पनि आईसीटि ल्याबको समुद्घाटनमा पालिकाका शिक्षा शाखा प्रमूख ग्यानेन्द्र प्रकाश सापकोटाले नगरपालिकाले कम्प्युटर शिक्षक तालिमको लागि बजेट विनियोजन गरेको र कर्मफ्लाइट्सको प्राविधिक सहकार्यमा सबै आधारभूत विद्यालय र माध्यमिक विद्यालयका शिक्षकहरुलाई गुणस्तरीय तालिम प्रदान गरिने बताउदै विद्यालयमा डियरवाकबाट ३ हप्ताको लागि कम्प्युटर पढाउन आउनुभएका विद्यार्थी शिक्षकहरुलाई स्वागत गर्दै उत्कृष्ट सहयोगको अपेक्षा गरेको बताउनुभयो
दात्रि निकाय कर्मफ्लाईट्सका प्रतिनिधि फ्रान्सेलि नागरिक क्रिसले आजको युगमा विद्यालय शिक्षामा कम्प्युटर को प्रयोग सर्वस्वीकार्य भैसकेको बताउदै कमप्युटर र मोबाईल जस्ता कु्रा अहिले हाम्रो दैनिक आवश्यकता भएको भए पनि यस प्रति धेरै आकर्षित नहुन र बुद्दिमत्त तरिकाले प्रयोग गर्न सल्लाह दिनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक जीत बहादुर घर्ति (जिवन) ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक शिब खनाल र सभापतित्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तिलक बुढा मगरले गर्नुभएको थियो।
कम्प्युटर ल्याब स्थापना अघि पोखरामा कर्माफ्लाइट्स र एडुटेक नेपालले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक, कम्प्युटर शिक्षक र अध्यक्षको उपस्थितिमा प्रयोगशाला तयारी अभिमुखीकरण सत्र आयोजना गरेको थियो। यस तालिमको उद्देश्य फर्निचर, रंग रोगन योजना र अन्य समस्याहरू सहित प्रयोगशालाको तयारीको बारेमा विस्तृत मार्गदर्शन र जानकारी प्रदान गर्नु थियो ।