Home Blog Page 107

तमानमा ६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

0

मंसिर २८ गते तमान
जिल्लाको तमानखोला गाउँपालिका ३ तमानमा ६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । विभिन्न ९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगिता तर्फ २२ गेम सम्पन्न गर्ने उदेश्य सहित बिहिबार एक औपचारिक कार्यक्रमका साथ खेलकुद कार्यक्रमको उद्घाटन गरिएको हो ।

आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंरलेका कार्यक्रमको उद्धघाटन गर्दे विद्यालय –विद्यालय विच प्रतिस्प्रर्धात्मक रुपमा खेलाईने खेलले विद्यार्थीको शैक्षिक संगै खेलकुद क्षेत्रको विकासमा क्षमता प्रस्फुटन गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

दुर्गम क्षेत्रमा समेत विधार्थीमा देखिएको कला, क्षमताले शैक्षिक गुणस्तरमा तमानखोला अब्बल रहेको बताउँदै विधार्थीको क्षमता विकासमा अभिभावक, विधालय तथा सरकारले समेत साथ दिन आवस्यक रहेको बताउनु भयो’ ।
कार्यक्रममा थप बोल्दै सांसद कुवँरले तमानखोला गाउँपालिकाको समग्र विकासमा आफुले पनी महत्वपूर्ण स्थान दिएर खटिएको बताउनु भयो । तमानखोला गाउँपालिकाले आफुलाई अगाडी बढ्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै यहाँको सडक, मोटरेवल पुल, झलुङगे पुल, प्रर्यटन प्रर्वधन लगाएत महत्वपूर्ण योजनामा आफुले निरन्तर काम गर्ने बताउनु भयो ।


पाँच बर्षमा काम देखिने गरि आफुले काम गर्ने बताउँदै यसबर्षको बजेटमा बुर्तिबाङ– बोङगादोभान, तमान सडकको स्तरउन्नती र कालोपत्रेका लागी बजेट विनीयोजन भइसकेको बताउँदै यसबर्ष १२ किलोमिटर सडक कालोपत्रेका लागी २५ करोड बराबरको बहुबर्षिय कार्यक्रम छनौट भएको बताउँदै अब चाँडै सडक निर्माणले गति लिने बताउनु भयो ।
मोटरेवल पुल आवस्यक रहेका क्षेत्रमा समेत पुल निर्माणका निम्ती पहल भइरहेका कारण यसै बर्ष धुमाई घाट र घट्टबोटमा मोटरेवल पुलको सर्वे हुने बताउनु भयो ।

खुँखानी नर्जाखानी सडकलाई व्यवस्थित बनाउन काम भइरहेको बताउनु भयो । बहुबर्षिय कार्यक्रम अन्र्तगत विभिन्न स्थानमा पुलको सर्वे हुने सांसद कुवंरको भनाई थियो । त्यस्तै केन्द्रिय विद्युत विस्तारका निम्ती यसबर्ष अधिकांस क्षेत्रमा विधुत विस्तार हुने बताउँदै नागरिकलाई उज्योलामा राख्न निरन्तर काम भइरहेको बताउनु भयो ।
तमानखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष एवंम सामाजिक विकास समिती सम्योजक झक बहादुर बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, अध्यक्षहरुको तर्फदेखि वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, विभिन्न विद्यालयका प्रध्यानाध्यापक लगाएतको आतिथ्यता रहेको कार्यक्रम धनगौज्वती माध्यमिक विद्यालयका प्रध्यानाध्यापक रविन्द्र कुमार बुढाथोकीको स्वागत, शिक्षक पुरन ध्वज गुरुङको सञ्चालमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको थियो ।

तमानखोला गाउँपालिकाको आयोजना, धनगौज्वी माध्यमिक विद्यालयको व्यवस्थापनमा खेलकुदका कार्यक्रम आज देखि सुरु भएका छन ।

नेपाली कांग्रेस बागलुङ २ को क्षेत्रीय सम्मेलनको तयारी पुरा

0

मंसिर २७
नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं. २ बागलुङको क्षेत्रीय सम्मेलन आगामी मंसिर ३० गते हुने भएको छ । सम्मेलनलाई कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश सर्माले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो ।
गत कात्तिक २१ गते तय गरिएको क्षेत्रीय सम्मेलन जाजरकोटमा गएको भुकम्पका कारण पार्टीले देशभर कुनैपनी औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेसंगै कार्यक्रम स्थगित भएकोमा मंसिर ३० गतेका लागी क्षेत्रीय सम्मेलन हुने र आवस्यक तयारी पुरा भएको सभापती बुढाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

आइतबार बुर्तिबाङमा बैठकको आयोजना गर्दे सम्मेलनलाई सफल पार्न जिम्मेवारी बाँडफाँड समेत गरिएको थियो । सम्मेलन प्रचार प्रसार समिती, स्वयंमसेवक परिचालन, अतिथी सत्कार, आर्थिक संकलन, सचिवालय व्यवस्थापन, लगाएतका जिम्मेवारी बाँडफाँड संगै आवस्यक तयारीलाई अगाडी बढाइएको आयोजकले जनाएको छ ।

सम्मेलनमा प्रतिनिधी सभा क्षेत्र नं. २ अन्र्तगत ७ सय जना क्षेत्रीय प्रतिनिधी, पार्टीमा आबद्ध नेता कार्यक्रताको सहभागिता रहने जनाईएको छ ।

बुर्तिबाङमा भोलीदेखि ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

0

मंसिर २७
ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा बिहिबार देखि ५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता कार्यक्रम सुरु हुने भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना तथा जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा विभिन्न १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा कार्यक्रम सुरु हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
जनता इङलिस बोर्डिङ स्कुलको खेलकुद मैदानमा हुने प्रतियोगितामा छात्र÷ छात्रा भलिबल, छात्र÷छात्रा ४०० र ८०० मिटरको डौड, छात्र ÷ छात्रा हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटफुट लगाएतका खेलकुदमा विद्यार्थीको प्रतिस्प्रर्धा रहने पत्रकार सम्मेलनमा ढोरपाटन नगरपालिकाका शिक्षा साखा सम्योजक ज्ञानेन्द्र सापकोटाले बोल्दै कार्यक्रमको लागी आवस्यक तयारी पुरा भइसकेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल युवराज महतले बोल्दै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पार्नका निम्ती आवस्यक तयारी पुरा भएको बताउँदै सबैको साथ र सहयोगबाट कार्यक्रम सम्पन्न गरिने बताउनु भयो ।
भोली बिहिबार बिहान ११ बजेदेखि औपचारिक कार्यक्रम संगै सुरु हुने कार्यक्रममा बजारमा प्रभातफेरी संगै सुरु गरिने जनाइएको छ । खेल संयोजक दिपेन्द्र छन्त्यालले खेलकुदको निती नियम तथा अनुसासनको विषयमा प्रस्ट पार्नुभएको हो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधी, पत्रकार लगाएतको उपश्थिती रहेकोमा कार्यक्रम शिक्षक पुरन पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

निसीखोलामा छैठोँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रतिभा पहिचान कार्यक्रम सुरु

0

मंसिर २७
निसीखोलामा छैठोँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रतिभा पहिचान कार्यक्रम बुधबार देखि प्रभा माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको छ ।
निसीखोला गाउँपालिकाको आयोजना तथा प्रभा माध्यमिक विद्यालयको सह –आयोजनामा सुरु भएको कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्धघाटन गर्नुभएको छ ।
आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष घर्तिले विद्यार्थीको प्रतिभा पहिचान गर्न तथा खेलकुदको विकासमा प्रतियोगिताले महत्वपूर्ण टेवा पु¥याउने बताउँदै विद्यार्थीमा निरन्तर अध्ययन संगै खेलकुद र प्रतिभा पहिचानका कार्यक्रम समेत आवस्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रमका अवसरमा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगर, गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर चन्द, वडा नं.१ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा लगाएतको आतिथ्यता एवंम सुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रमका अवसरमा गाउँपालिका अन्र्तगत रहेको सामुदायिक तथा संस्थागत गरि ९ विद्यालयको सहभागिता रहेको कार्यक्रममा छात्र ÷ छात्रा भलिबल, छात्र÷छात्रा डौड, हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटफुट लगाएतका खेलकुदमा विद्यार्थीको प्रतिस्प्रर्धा रहने बताइएको छ ।
बुधबार भएको कार्यक्रम अन्र्तगत १०० मिटर डौड छात्र तर्फ उमेश सिंह सुनार प्रभा माध्यमिक विद्यालय प्रथम, दिर्तिय दिनेश वि.क. जनजिवराज मावि, तिर्तिय थान बहादुर घर्ति ज्ञानेन्द्र मावि. रहेको छन । २०० मिटर छात्र तर्फ उमेर सिंह सुनार प्रभा माध्यमिक विद्यालय प्रथम, सुनिल हमाल जनजिवराज मावि. दिर्तिय, निर्मल बुढा देविस्थान मावि तिर्तिय भएको छन ।
त्यस्तै छात्रा २०० मिटर डौड तर्फ तारा क्षेत्री जनजिवराज मावि प्रथम, अनिता जिसी रत्नराज्य मावि दिर्तिय, रिया चन्द प्रभा मावि तिर्तिय, ४०० मिटर डौड छात्र तर्फ गंग बहादुर कुवंर प्रभा मावि प्रथम, , सुनिल हमाल जनजिवराज मावि दिर्तिय, सुरम घर्ति मगर तिलाचन मावि तिर्तिय भएका छन ।
ऋाजै आयोजित छात्रा तर्फको ४०० मिटर डौडमा निमा मगर जनजिवराज सुशिला मावि प्रथम, यम कुमारी वि.क प्रभा मावि दिर्तिय, सिता थापा रत्नराज्य मावि तिर्तिय , ८०० मिटर डौड छात्र तर्फ मनहरि पौडेल प्रभा मावि प्रथम, दुर्वल वि.क जनजिवराज शुसिला मावि दिर्तिय, सुनिल विक. ज्ञानेन्द्र मावि तिर्तिय भएका छन ।
४०० मिटर छात्रा तर्फ सुस्मिता वि.क अर्नाकोट मावि प्रथम, निरुता घर्ति तिलाचन मावि दिर्तिय , निमा मगर जनजिवराज मावि तिर्तिय , १५०० मिटर छात्र तर्फ धुव्र मगर प्रभा मावि प्रथम, सुवास वि.क. ज्ञानेन्द्र मावि दिर्तिय , देवेन्द्र घर्ति रत्नराज्य मावि तिर्तिय भएका छन ।
, छात्रा १र्५०० मिटर तर्फ प्रमिला विक. ज्ञानेन्द्र मावि प्रथम, निरुता घर्ति तिलाचन मावि दिर्तिय, विनीता मगर जनजिवराज शुसिला मावि तिर्तिय भएका छन सटफुट छात्र तर्फ मनु विक रत्न राज्य मावि, दिनेश वि.क. जनजिवराज , लक्षु विक. जनता मावि राजकुट क्रमश प्रथम दिर्तिय र तिर्तिय भएका हुन ।
छात्रा तर्फ सिता घर्ति जनजिवराज मावि, सुचित्रा घर्ति रत्नराज्य मावि, अनिता सुनार प्रभा मावि प्रथम दिर्तिय र तिर्तिय भएका हुन ।
आयोजित कार्यक्रम निसीखोला गाउँपालिका वडा नं. ३ का अध्यक्षा एवंम प्रभा माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षता शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मञ्जु सुवेदीको स्वागत प्रभा माध्यमिक विद्यालयका शिक्षक भुमिराज आर्चायको सञ्चालमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो । भोली बाँकी कार्यक्रम रहने जनाइएको छ ।

मानसिकता परिवर्तन नभएसम्म लैंङ्गिक हिंसा अन्त्य गर्न समस्या : सांसद पौवी

0

बुर्तिबाङ मंसिर २४

गण्डकी प्रदेश सभाका सांसद दिलमाया पौवीले मानिस मानसिक रुपमा सचेत नभएसम्म लैंङ्गिक हिंसाको अन्त्य नहुने बताउनु भएको छ ।
१६ दिने लैंङ्गिक हिंसा विरुद्धको अभियान अन्र्तगत इलाका प्रहरी कार्यालय बुर्तिबाङले आयोजना गरेको अन्र्तक्रृया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै सांसद पौवीले पछिल्लो समय मानिस शिक्षित हुँदै गर्दा झनै लैंङ्गिक हिंसाका घटनामा बृद्धि भएको बताउँदै शिक्षित भएर मात्र नहुने बरु मानसिक रुपमानै अरुप्रति गरिने हिंसा आफैबाट अन्त्य गर्न सकेमात्रै लैंङ्गिक हिंसाको अन्त्य हुने बताउनु भयो ।
सांसद पौवीले भन्नुभयो “विभिन्न व्यवस्था र अवस्था परिवर्तन भयो तर मानिसको सोँच परिविर्तन नभएकै कारण समाजमा व्याप्त रुपमा लैंङ्गिक हिंसाका घटना भइरहेको बताउँदै आफनो घरबाट हिंसाका घटना कम गर्दे समग्र समाजबाटै हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो” ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजना ढोरपाटन नगरपालिकाको सहयोग र सम्मोन्यमा आयोजित कार्यक्रममा अतिथीको रुपमा रहनु भएका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, ढोरपाटन नगरपालिका ३ का अध्यक्ष खिम बहादुर वि.क., उत्तरगंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल, महिला स्वास्थ्य स्वयंम सेवीकाको तर्फदेखि खगिसरा पाण्डे, लगाएतले आफनो धारणा राख्दै लैंङ्गिक हिंसा अन्त्यका निम्ती समुदायमा सचेतना संगै विभिन्न चेतनामुलक अभियान अगाडी बढाउनु पर्नेमा जोड दिएका छन । स्थानीय सरकार, सुरक्षा निकाय, अधिकार कर्मी, समाजका अगुवा प्रत्रकार लगाएत सबैको सक्रिय भुमिका रहन सकेमा लैंङ्गिक हिंसामा कमी हुने बताउनु भयो ।
कार्यक्रममा प्रहरी निरीक्षक एवं इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क. द्धारा कार्यक्रमको विषय वस्तु सहित नेपालमा लैंङ्गिक हिंसा र त्यसको अवस्था, नियन्त्रणको सम्भावना र चुनौती तथा समाजका अगुवाले खेल्नुपर्ने भुमिका, लैंङ्गिक हिंसा हुने अवस्था लगाएतका विषयमा जानकारी व्यक्त गर्नुभएको हो ।
कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षता, विनोद थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

गाउँमा जनचेतना संगै सरसफाईमा सक्रिय बन्दै ढोरपाटनका कार्यवाहक मेयर कायत

0

मंसिर २४ गते
ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले ढोरपाटन नगरपालिकाको वडा न. ७ बोबाङमा स्थानीय नागरिक संग सरसफाई कार्यक्रममा सरिक हुनुभएको छ ।
गाउँ समाजमा सभ्यताको विकास गर्ने ,सडक, सार्वजनिक स्थान तथा घर वरिवरि हुने फोहोरलाई व्यवस्थापन गर्नुपर्ने मान्यता सहित स्थानीय अगुवा, नागरिक सहित सरसफाई कार्यक्रम संगै सचेतना मुलक कार्यक्रम गरिएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
ढोरपाटन ७ मा युवा विकास तथा वातावरण सम्क्षण मञ्चका संस्थापक अध्यक्ष समेत रहेका कायतले समाजलाई समृद्ध बनाउन, सभ्य समाजको विकास गर्न सरसफाईका आनीवानीमा परिवर्तन ल्याउन स्वयंम नागरिक अगाडी बढ्नुपर्ने बताउँदै यस्तो अभियानको सुरुवात गरिएको बताउनु भयो ।
अभियानमा स्थानीय नागरिकको सक्रिय सहभागिता रहेको थियो । त्यस्तै वर्तमान युवा विकास तथा वातावरण सम्क्षण मञ्चका अध्यक्ष राम बहादुर कायत, स्थानीय युवाहरुले अभियानलाई निरन्तरता दिने बताएका छन ।

तमानखोलामा उमेर नपुगी गरिएको बाल विवाह बदर

0

मंसिर २३ गते
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका १ मा रहेको जनजागृर्ति माध्यमिक विद्यालयमा अध्यनरत छात्र÷ छात्रा बिच भएको बाल विवाह विद्यालय र प्रहरीको सकृयतामा बदर गरिएको छ ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र र कक्षा ११ मा अध्ययनरत छात्रा विच उमेर नपुगी भएको बाल विवाह नेपालको संविधान बिपरित कार्य गरेको भन्दै प्रह्री र विद्यालयको सक्रियतामा बाल विवाह बदर भएको विद्यालयका प्रध्यानाध्यापक बेद बहादुर बुढाले बताउनु भयो ।
बालविवाह विरुद्ध प्रहरी चौरी बोङगादोभानमा उजुरी परेपछि बालबालीकालाई सम्झाई बुझाई गरि कानुनी रुपमा बाल विवाह गर्ने प्रावधान नभएको बताउँदै उनिहरुको विवाह बदर गर्न सफल भएको बताउँदै विद्यालय व्यवस्थापन समिती अध्यक्ष ध्रुर्व शेरचन र बोङगादोभान प्रहरी चौकीका इन्चार्ज इशवर दुलालको भुमिका महत्वपूर्ण रहेको प्रध्यानाध्यापक बुढाको भनाई छ ।
नेपालको कानुन र संविधान अनुसार २० बर्ष उमेर पुरा नभए सम्म विवाह गर्न नपाईने र सो उमेर भन्दा कम उमेरमा विवाह गरेमा वाल विवाह हुने संविधान २०७२ मा उल्लेख छ ।

बागलुङको विभिन्न स्थानमा चोरीका घटना बढ्दो : सचेत रहन प्रहरीको अपिल

0

मंसिर २३ बुर्तिबाङ
बागलुङ जिल्लाको विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटनामा बृद्धि भएको छ ।
जिल्लाको काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका र वडिगाड गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना भएको प्रह्रीले जनाएको छ ।
काठेखोला गाउँपालिकाको बिहुँ क्षेत्रमा गत मंसिर दोश्रो हप्ता विभिन्न घर तथा पसलमा चोरी भएसंगै मंसिर १७ गते राती गल्कोट नगरपालिकाको हरिचौर क्षेत्रमा चोरी भयो । लगत्तै मंसिर १९ गते राती वडिगाड गाउँपालिका ५ को ग्वालीचौर खौलारमा ८ घरमा चोरी भएको इलाका प्रह्री कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क ले बताउनु भयो ।
उहाँका अनुसार १९ गते रातीको समयमा वडिगाड गाउँपालिका ५ बाट ८ घरमा चोरी हुँदा सुन र नगद प्रसाद चोरी भएको छ । घर पसलमा लगाइएको ताला फोडेर एकै रातमा हंगामा मच्चाएको चोरले ३ तोला सुन र १ लाख ८० हजार बढि नगद पैसा उठाएको प्रहरीले जनाएको छ ।
सिसिटिभिमा देखिएको फुटेज अनुसार अर्धबैँसे एक पुरुषले मुखमा मुकुन्दो लगाएर चोरिमा संलग्न भएको देखिन्छ ।
विभिन्न ३ स्थानमा एकै प्रकृर्तिको चोरी भएका कारण सुरक्षा व्यवस्थालाई थप कडाई गरिएको र नागरिक समेत सचेत बन्न आवस्यक रहेको प्रहरी निरीक्षक राजकुमार वि.क ले बताउनु भयो ।
चोरी गर्नेको अनुसन्धान भइरहेको बताउँदै नयां व्याक्ति गाउँ प्रवेश गर्दा अथवा संकास्पद भएमा प्रहरीले १०० वा नजिकको प्रहरीको मोवाईल नम्वरमा जानकारी गराउन आग्रह गरेको छ ।

अनेरास्ववियू (क्रान्तीकारी ) द्धारा उत्तरगंगा माध्यमिक विद्यालय परिसरमा सरसफाई

0

बुर्तिबाङ मंसिर २२
उत्तरगंगा माध्यमिक विद्यालयमा नेकपा माओबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तीकारी )ले शुक्रबार विद्यालय परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयमा अध्ययनतर संगठनमा आवद्ध अनेरास्ववियू (क्रान्तीकारीले ) विद्यालय क्षेत्रमा रहेको फोहोर सरसफाई गर्दे व्यवस्थापन गरिएको जनाइएको छ । अनेरास्ववियू –क्रान्तीकारी केन्द्रिय सचिवालय सदस्य महेन्द्र चन्द र गण्डकी प्रदेश कार्यालय सदस्य प्रेम बुढाको विशेष उपश्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो

उत्तरगंगा माध्यमिक विद्यालय इकाई अध्यक्ष कमला पौडेलको नेतृत्वमा रहेको संगठनले लामो समय देखि व्यवस्थापन हुन नसकेको फोहोर व्यवस्थापन तथा सरसफाई कार्यक्रममा सरिक जनाएको जनाइएको छ ।
त्यस्तै निसीभुजी जनता क्याम्पसमा सिता सापकोटा अध्यक्ष रहेको अनेरास्ववियू  (क्रान्तीकारी ) गठन गरिएको छ । उत्तरगंगा माध्यमिक विद्यालयमा कमला पौडेल अध्यक्ष रहेको ६१ सदस्य अनेरास्ववियू –क्रान्तीकारी गठन गरिएको थियो ।

बुर्तिबाङ–ढोरपाटन सडक खण्डको विभिन्न ३ ठाउँमा निर्माणको काम हुँदै

0

मंसिर २१ गते
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने बुर्तिबाङ –ढोरपाटन खण्डको काम पछिल्लो समय निर्माण कम्पनीले विभिन्न ३ ठाउँबाट अगाडी बढाए संगै सडक निर्माणको कामले गति लिने देखिएको छ ।
बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुल देखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्टान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभी कम्पनीले ढोरपाटन नगरपालिका वडा नं. २ अन्र्तगत पर्ने बुर्तिबाङ बजार नजिकै चुरेलाबासमा रक कटिङकोे काम गरिरहेको छ । सडक नै बन्द गरेर बैकल्पिक मार्गबाट सवारीका साधन सञ्चालन गरि सडक निर्माणको काम थालिएको हो ।त्यस्तै ढोरपाटन ५ अन्र्तगत पर्ने बतासे डाँडा क्षेत्रमा सडकको बेस बनाउने काम भइरहेको र र ढोरपाटन ९ मा सुप्राङ क्षेत्रमा समेत रक कटिङको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । आगमी २०८१ बैसाख ४ गते निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको कम्पनीले हालसम्म २५ प्रतिशत मात्र भौतिक प्रगती गरेको छ । अब निरन्तर काम गर्ने र जिम्मेवारी पुरा गर्ने निर्माण कम्पनीका प्रतिनिधी दिपेश लामाले बताए ।


कुल २५ करोड ६१ लाख लागतमा ३० महिनामा ग्राभेलिङ सक्ने गरि २०७८ कात्तिक ५ गते निर्माणको जिम्मा पाएको थियो । निर्माण क्षेत्रको अवलोकन गर्दे गण्डकी प्रदेश सभा सांसद दोर्ण कुमार कुवंर र दिलमाया पौवीले सडक निर्माण क्षेत्रको अवलोकन गर्दे निरन्तर काम अगाडी बढाउन र समस्या परेको खण्डमा स्थानीय सरकार र आफुहरुले समोन्य गर्ने बताउनु भयो । नागरिकलाई सहज हुने गरि बैकल्पीक मार्गको प्रयोग गर्न आग्रह गर्दे सुरक्षा निकायलाई निर्माण क्षेत्रमा सहजिकरण गरिदिन समेत अपिल गर्नुभयो ।