तमानखोलामा उमेर नपुगी गरिएको बाल विवाह बदर

मंसिर २३ गते
बागलुङ जिल्लाको तमानखोला गाउँपालिका १ मा रहेको जनजागृर्ति माध्यमिक विद्यालयमा अध्यनरत छात्र÷ छात्रा बिच भएको बाल विवाह विद्यालय र प्रहरीको सकृयतामा बदर गरिएको छ ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र र कक्षा ११ मा अध्ययनरत छात्रा विच उमेर नपुगी भएको बाल विवाह नेपालको संविधान बिपरित कार्य गरेको भन्दै प्रह्री र विद्यालयको सक्रियतामा बाल विवाह बदर भएको विद्यालयका प्रध्यानाध्यापक बेद बहादुर बुढाले बताउनु भयो ।
बालविवाह विरुद्ध प्रहरी चौरी बोङगादोभानमा उजुरी परेपछि बालबालीकालाई सम्झाई बुझाई गरि कानुनी रुपमा बाल विवाह गर्ने प्रावधान नभएको बताउँदै उनिहरुको विवाह बदर गर्न सफल भएको बताउँदै विद्यालय व्यवस्थापन समिती अध्यक्ष ध्रुर्व शेरचन र बोङगादोभान प्रहरी चौकीका इन्चार्ज इशवर दुलालको भुमिका महत्वपूर्ण रहेको प्रध्यानाध्यापक बुढाको भनाई छ ।
नेपालको कानुन र संविधान अनुसार २० बर्ष उमेर पुरा नभए सम्म विवाह गर्न नपाईने र सो उमेर भन्दा कम उमेरमा विवाह गरेमा वाल विवाह हुने संविधान २०७२ मा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img