Home Blog Page 106

बागलुङको वडिगाडमा न्वागी मेला-२०८० को तयारी सुरु

0

राम प्रसाद घिमिरे बागलुङ

पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्वको रुपमा परिचित न्वागी मेलाको तयारी सुरु भएको छ । बाग्लुङ जिल्लाको वडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रको महत्त्वपूर्ण पर्वको रुपमा इतिहास बोकेको न्वागी मेला सञ्चालनका लागि तयारी सुरु गरिएको हो ।

मेला सञ्चालन तथा व्यवस्थापनका लागि मूल समितिको पुनर्गठन: न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हरेक वर्ष गरिँदै आएको मेलाको यस वर्षको आयोजना तथा व्यवस्थापनका लागि मंगलबार आयोजित एक भेलाले गुणानिधी घिमिरेको अध्यक्षतामा २२ सदस्य मेला मुल आयोजक समितिको पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रदिप खरेल र भानुभक्त पौडेल सचिवमा विष्णुप्रसाद आचार्य, सह-सचिवमा टीका बहादुर पाइजा, कोषाध्यक्षमा रमेश बहादुर घिमिरे रहने भेलाले निर्णय गरेको समितिका सचिव विष्णु प्रसाद आचार्यले बताउनुभयो ।

समितिको सदस्यहरुमा तिर्थमणि भुषाल, दिनानाथ पौडेल, धुर्व बहादुर घिमिरे, राम बहादुर कुँवर, चेतनारायण आचार्य, नरिश्वर घिमिरे, शिवलाल घिमिरे, राम प्रसाद घिमिरे, विष्णुमाया घिमिरे, उपेन्द्र ध्वज जिसि, गोकुल घर्ती, गाजर विक, पुनम खरेल, हरि केसी, कमला पुन, चुरा बहादुर विक रहेको सचिव आचार्यको भनाइ रहेको छ । भेलाले ७ सदस्य सल्लाहकार समिनि समेत चयन गरेको छ । सल्लाहकार समितिमा वर्तमान अध्यक्ष कलाधर घिमिरे, निवर्तमान उपाध्यक्ष कमलराज आचार्य, लाल बहादुर घिमिरे, मोहन जिसि, काजिमान गौचन जिवन कुँवर र घनश्याम आचार्य रहेको समितिको संरक्षकमा कृष्णबहादुर घिमिरे रहेको समितिका अध्यक्ष गुणानिधी घिमिरेले बताउनुभयो ।

यस वर्ष अर्थात २०८० को लागि मेलामा विविध खेलकुद, सांस्कृतिक कार्यक्रमको आयोजनाका लागि छलफल सुरु भइसकेको र केहि दिनमा सार्वजनिक गरिने सचिव आचार्यले बताउनुभयो । यस क्षेत्रको मुख्य अन्नबाली धान भित्र्याएपछि न्वागी खाने यो प्रचलन दशकौंदेखि चल्दै आइरहेको परम्परा हो । यस वर्षको न्वागी खाने दिन भने मंसिर ३ गते शुभ साइत रहेको वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका समिति सचिव आचार्यले बताउनुभयो । यस मेलालाई पौंदी बासीहरुले त्यस क्षेत्रकै पर्वको रुपमा मनाउने गर्दछन् ।

स्थानीयका अनुसार त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहीमा भिजाइ, केरा, सिलाम, चिनी आदि राखी स्वादिष्ट न्वागी बनाइ खेत भएका र नभएका दुवैले खाने प्रचलन रहेको छ । खेत भएकाहरुले खेत नभएकाहरुलाई पनि निम्ता गर्छन् भने आफना आफन्त, इष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । दशकौंदेखि त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ । परापूर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गर्ने गरेका छन् ।

न्वागीको इतिहास: नेपालको ऐतिहासिक अध्ययन क्रममा १२ औं शताब्दीको तत्कालिन अवस्थामा कर्णाली राज्यको स्थापना भएको र १५ औं शताब्दी तिर उक्त राज्य टुक्रिएर स—साना टुक्रे राज्यहरु हुँदै गर्दा बागलुङको ग्वालीचौर इस्मा राज्य अन्तगर्त पर्थ्यो । गुल्मीको नेटा, पौंदीअमराई, इस्मा र ग्वालीचौरमा ८० घरहरु थिए । त्यसलाई इस्मा राज्यले पौंदी क्षेत्र भनेर घोषणा गरेको ऐतिहासिक पृष्ठभूमि रहेको छ । बाइसे चौबीसे राजाको पालामा हालको गुल्मीमा पर्ने पौंदीअमराई, नेटा दर्लिङ, इस्मा र बागलुङको ग्वालीचौर, जलजला र दगातुम्डाँडा क्षेत्रको मुसिकोट इस्मा राज्य थियो ।

उक्त राज्यका राजाले सय मुरी धान उत्पादन हुने जमिनको गुठी बनाएका थिए । उक्त जमिनलाई छत्रभूमिको नामकरण गरिएको भन्ने चलन रहेको छ । छत्रभूमि छत्रगुठीको रूपमा स्थापित भएपछि त्यहाँको उब्जनी पहिलोपटक खाने विधिलाई न्वागीको नाम दिइएको समितिका अध्यक्ष घिमिरेले बताए । चाड मनाउने क्रममा बाहुन–क्षेत्री, मगर र दलित समेत मिलेर न्वागी खाने गर्छन् ।।

गठवन्धन सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन एमाले नेता सुर्य पाठक

0

बुर्तिबाङ कात्तिक १४ गते
बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको आज तेश्रो दिनपनी विभिन्न खेलकुद एवं साँस्कृर्तिक कार्यक्रम जारी रहेका छन ।
मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य एवं पुर्व सांसद सुर्य पाठकले बोल्दै ढोरपाटन प्रर्यटकिय क्षेत्रको हिसावले निकै महत्वपूर्ण क्षेत्र भएपनी विकास पूर्वाधारको अभावले अपेक्षाकृत रुपमा ढोरपाटनको प्रर्यटन व्यवसाय फस्टाउन नसकेको बताउनु भयो । त्यस्तै ढोरपाटन सिकार आरक्षको चेपाहाका कारण त्यहाँका नागरिकलाई निकै सास्ति भएका कारण राज्यले स्थानीयको जिवन यापन सहज हुने गरि वातवरण तयार गर्नुपर्ने बताउनु भयो ।
के.पी सर्मा ओलीको सरकार रहँदा पनी सालझण्डी –ढोरपाटन सडक निर्माणका निम्ती प्रयास गरिएपनी निर्माण व्यवसाहीको कारण सडक निर्माण हुन नसक्दा नागरिकले सास्ति खेप्न बाध्य भएको बताउनु भयो । स्थानीय कला संस्कृति, खेलकुद क्षेत्रको विकास र संरक्षणमा क्लबले महत्वपूर्ण भुमिका खेलेको बताउनु भएको छ ।
नेता पाठकमले थप बोल्दै “म राजनैतिक कर्मिको हिसावले बोल्छु नेपालको विकास र समृद्धिको बाधक सामन्तबाद र राजतन्त्र रहेको भन्दै राजतन्त्र फाल्यौँ तर राजतन्त्र फालेर लोकतन्त्र ल्याएपनी नेपाली समाज र समृद्धिको विकासको बाधक दलाल पुँजीबाद रहेको बताउनु भयो” जहिले सम्म दलाल पुँजीबाद रहन्छ त्यस समय सम्म देशको अवस्था परिवर्तन नहुने बताउनु भयो । सरकारमा ४१ महिना नेकपा एमाले रहँदा धेरै विकास निर्माणको काम गरेपनी बर्तमान गठवन्धन सरकारले जनअपेक्षा वमोजिम काम गर्न नसकेको आरोप लगाउँनु भयो ।
क्लबका अध्यक्ष मिथुन वि.क.को अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा नेकपा एमालेका प्रदेश सदस्य विर बहादुर वि.क., टंक प्रसाद पौडेल लगाएत समाजसेवी, बुद्धिजिवी, कलाकारको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम अञ्चल शाहीले सञ्चालन गरिरहुन भएको छ । मेलाका अवसरमा पुरुष भलीबलका खेल निरन्तर सञ्चालन भइरहेका छन । खुल्ला वडा स्तरीय भलीवल प्रतियोगितामा २६ समुहको सहभागिता रहेको छ ।

कोजाग्रत पूर्णिमा मेला जारी : भ्रष्टाचार र बेतिथीको अन्त्य भएमा मात्र देशको समृद्धि हुने संसद शेरचनको भनाई

0

बुर्तिबाङ कात्तिक १४ गते
बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिबाङले आयोजना गरेको क्लबको २१ औँ बार्षिक उत्सव तथा कोजाग्रत पूर्णिमा मेला सोमबार दोश्रो दिन पनी विभिन्न कार्यक्रम सम्पन्न भएका छन । दोश्रो दिनको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको हो ।
कार्यक्रममा माननिय शेरचनले बोल्दै नेपाल विकसित बन्न नसक्नु इमानदारीताको कमि भएको बताउँदै सबै तह र तप्कामा नेतृत्व तह सच्चिन आवस्यक रहेको बताउनु भयो । देशमा देखिएको भ्रष्टाचार, बेतिथीको अन्त्य गर्न सके मात्रै देशको समृद्धि र विकास हुनेमा उहाँको जोड थियो ।

सांसद शेरचनले थप बोल्दै आफु यस क्षेत्रकै नागरिक रहेको र “यहाँको विकासमा पनी संधै हातेमालो गरेर अगाडी बढ्ने छु सांसद शेरचनले भन्नुभयो” आफनो निर्वाचन क्षेत्र (क) रहेपनी दुई पटक सम्म निर्वाचन लडेको यस क्षेत्रको विकास र समृद्धिमा संधै हातेमालो गरेर अगाडी बद्ने बताउनु भयो । मैले केही विकास निर्माणको काम पनी गरेको छु, अझै विकास र समृद्धि ल्याउनु छ नागरिक संगको सहयात्रामा आफनो सहयात्रा निरन्तर रहने बताउँदै कला संस्कृर्ति र खेलकुदको विकासका निम्ती क्लबको महत्वपूर्ण भुमिका रहेको समेत बताउनु भयो ।


उद्घाटन सत्रको कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, कलाकार लगाएतको आतिथ्यता एंव शुभकामना मन्तव्य रहेको थियो । दोश्रो दिनपनी भलिवल, रस्साकस्सा, तथा राष्ट्रिय कलाकारको बजाड साागितीक प्रस्तुती रहेको थियो । क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षता, राम प्रसाद आर्चायको स्वागत, अञ्चल शाहीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । आज तेश्रो दिन पनी मेला जारी रहने भएको छ ।

प्रचार प्रसारले प्रर्यटकिय क्षेत्र ढोरपाटनमा पर्यटकको सँख्या बद्दो क्रममा

0

बागलुङ कात्तिक १३ गते
बागलुङ प्रर्यटकिय स्थल ढोरपाटन घुम्ने आन्तरिक प्रर्यटकको आवागमन पछिल्लो समय ह्वात्तै बृद्धि भएको छ । सामाजिक सञ्जाल मार्फत ढोरपाटनको प्रचार प्रसार बढि हुन थालेपछि देशका विभिन्न स्थानबाट ढोरपाटन घुम्न आउनेको सँख्यामा बृद्धि भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
बागलुङ सदरमुकाम देखि १२५ किलोमिटर टाढा रहेको ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको सिमानामा पर्दछ । एक मात्र सिकार आरक्षको रुपमा रहेको ढोरपाटनमा बर्षको दुई सिजनमा विदेशी सिकारीद्धारा सिकार खेल्ने गर्दछन भने यहाँ काठमान्डौ, पोखरा, बुटवल लगाएत देशका अधिकांस स्थानबाट आन्तरिक प्रर्यटक आउने गरेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । गत बर्ष करिब ७ हजार प्रर्यटक ढोरपाटन आएकोमा यसबर्ष दोब्बर बृद्धि हुने अनुमान रहेको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र छ यसलाई प्रर्यटन संग जोड्नका निम्ती नगरपालिकाले समेत विभिन्न विकास निर्माणका काम गरिहेको बताउँदै यहाँ आउने प्रर्यटकबाट नै ढोरपाटनको समृद्धि हुने बताउनु भयो ।
दशैँ सकिय लगत्तै हजारौँ पर्यटक ढोरपाटन घुम्न आएका छन । काठमान्डौ देखि ४० वटा बुलेट राईडको टोली ढोरपाटन आएर तिन दिने भ्रमण सकेर फर्किएको छ ।
दशैँ बिदाको सदुपयोग गर्दे आन्तिरक पर्यटक प्रर्बद्धन गर्ने गरी बुलेट बाइकहरु समावेश गरी ६ दिने राईट सञ्चालन गरिएको आयोजक बुलेट सर्भिस सेन्टर , बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले बताउनु भयो ।
ढोरपाटन आफैमा एक प्रर्यटकिय सुन्दरताले भरिपूर्ण ठाउँ रहेछ यसको प्रचार प्रसार गर्नुपर्ने र सडकलाई व्यवस्थापन गर्न सुकेन देशकै महत्पवूर्ण प्रर्यटकिय गन्तब्यको रुपमा विकास गर्न सकिने बताउनु भयो ।
ढोरपाटन नगरपालिकाले विभिन्न क्षेत्रबाट आउने गरेका प्रर्यटकलाई सम्मन समेत गर्ने गरेको हो । त्यस्तै गत असोज महिनामा नेपाल उद्योग बाणिज्य संघ केन्द्रिय समितीको सक्रियतामा ढोरपाटनमा बृहत बैठक समेत भएको थियो । ढोरपाटनको विकास र समृद्धि संगै त्यहां सुविधा सम्पन्न होटल व्यवस्थापन गर्ने, प्रर्यटकिय स्थलको प्रचार प्रसारमा सहयोग गर्ने, अध्ययन अवलोकन संगै सम्भाब्यता अध्यन गर्ने गरि उद्योण बाणिज्य संघ ढोरपाटनले काम गरिरहेको महासचिव ज्ञान प्रसाद कंडेलले बताउनु भयो ।
बुर्तिबाङ बजार देखी ३५ किलोमिटर दक्षिणमा रहेको ढोरपाटन सडक खण्ड कच्चि रहेको छ । सालझण्डी ढोरपाटन खण्ड अन्र्तगत पर्ने सडक निर्माण कम्पनीले समयमा सडक निर्माणको काम नगरेकै कारण अधिकांस प्रर्यटकलाई ढोरपाटन पुग्न सडक समस्याले सास्ति हुने गरेको प्रर्यटकको गुनासो छ ।
ढोरपाटन पुगेपछि ढोरपाटन सिकार आरक्ष क्षेत्रको जानकारी लिन पाउनुका साथै ढोरपाटन उपत्यका सहित माथिल्लो क्षेत्र जलजला, बुकि क्षेत्र, सुर्तिबाङ, निशेलढोर, मश लगाएतका क्ष्ोत्रमा घुम्न सकिन्छ पर्यटकलाई ढोरपाटन नगरपालिका र उद्योग बाणिज्य संघ बुर्तिबाङले भब्य स्वागत तथा फुलमाला सहित सम्मान गरिएको हो ।

कृषि र प्रर्यटनबाट मात्रै ढोरपाटनको समृद्धि सम्भव छ का.वा मेयर कायत

0

कात्तिक १२ गते
बुर्तिबाङ राईजिङ युवा क्लबको आयोजनामा आयोजित कोजाग्रत पूर्णिमा मेला आइतबारदेखि विधिवत रुपमा बुर्तिबाङ बसपार्कमा सुचारु भएको छ ।
आइतबार पहिलो दिनको कार्यक्रमलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले उद्धघाटन गर्नुभएको छ । प्रमुख अतिथी कायतले बोल्दै ढोरपाटन क्षेत्रको विकास प्रर्यटन र कृषिबाट मात्रै सम्भवन रहेको बताउनु भएको छ ।
ढोरपाटन नगरपालिका आफैमा कला संस्कृर्ति र प्रर्यटकिय क्षेत्रमा अगाडी भएको बताउँदै त्यसको समुचित विकास , उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर नगरपालिका अगाडी बढिरहेको बताउनु भयो ।
विश्वमा परिचित ढोरपाटनलाई अपेक्षा कृत रुपमा विकास संग जोड्न नसकिएको बताउँदै सडकको राम्रो पहुँच नभएकै कारण पनी प्रर्यटन क्षेत्रमा अब्बल ढोरपाटन पछि परिरहेको बताउँदै निर्माण कम्पनी जिम्मेवार भएर समयमा सडक निर्माण भएमा ढोरपाटनले विकासमा मुहार फेर्ने बताउँदै संघिय सरकार मार्फत समयमा सडक निर्माणको काम सक्न निर्माण कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै यहाँ उत्पादित आलु लगाएत कृर्षि उपजमा आत्मनिर्भर बनाउन आफुहरुले दिगो योजना बनाएर काम गर्ने बताउनु भयो ।
“ कायतले थप बोल्दै प्रर्यटन र कृर्षिबाट मात्रै यस क्षेत्रको समृद्धि देखिएका कारण त्यसको विकासमा नगरपालिकाले ध्यान दिने बताउनु भयो ” आगामी दिनमा ढोरपाटन तथा बुर्तिबाङमै राष्ट्रिय स्तरको भलिवल खेलाउनका निम्ती क्लब र नगरपालिका विच संमोन्य गरेर अगाडी बढिने बताउँदै क्लबले कला संस्कृर्तिको जर्गेना संगै खेलकुदको विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनु भयो ।


क्लबका अध्यक्ष मिथुन वि.क.को अध्यक्षता रहेको आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिृकृत विष्णु प्रसाद ज्ञवाली, ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष धन बहादुर अदै, वडा नं. ९ का अध्यक्ष कुल बहादुर घर्ति , मेला संयोजक गुञ्ज बहादुर भण्डारी, मेला नर बहादुर गुरुङ लगाएतको शुभ कामना मन्तव्य रहेको हो । आयोजित कार्यक्रमका अवसरमा जनप्रतिनिधी, क्लबका पुर्व पदाधिकारी, समाजसेवी, बुद्धिजिवी , पत्रकार, प्रहरी लगाएतको आतिथ्यता रहेको थियो । पहिलो दिन राष्ट्रिय कलाकार दुर्गेश थापा, विमला घर्ति र कलाकार तारा थापाको बेजोड साँगितीक प्रस्तुती रहेको थियो ।
२६ समुहको नामदर्ता रहेको पुरुष भलीबल प्रतियोगिता आइतबार देखि सञ्चालन भएको छ । पहिलो सेट ढोरपाटन नगरपालिका वडा नं. १ र वडा नं. ६ बिचको खेलबाट ढोरपाटन नगरपालिका ६ विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
सोमबार देखि भलिवल संगै रस्साकस्सा, कृषि प्रर्दशनी, छेलो, दोहोरी गित, एकल नृत्य, सामुहिक नृत्य लगाएतका प्रतियोगिता हुने आयोजकले जनाएको छ । सोमबार गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचन, १४ गते पुर्व प्रतिनिधी सभा सदस्य सुर्य पाठक, १५ गते गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवी, १६ गते तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, कात्तिक १७ गते संघिय सांसद देवि प्रकाश भट्टचन र कात्तिक १८ गते गण्डकि प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँर प्रमुख अतिथी रही कार्यक्रमको उद्घाटन गर्नुहुने भएको हो । कार्यक्रममा दैनिक राष्ट्रिय कलाकारको समेत बजोड साँगितीक प्रस्तुती रहने भएको छ ।
आइतबार आयोजित उद्धघाटन सत्रको कार्यक्रम पुर्व क्लब अध्यक्ष तथा मेला संयोजक सोम बहादुर पौवी (यामु) को स्वागत अञ्चल शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ढोरपाटन देउराली नजिकै पिकअप जिप दुर्घटना १ जना घाईते

0

ढोरपाटन कात्तिक १० गते
बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना हुँदा १ जना यात्रु घाइते भएका छन । अधिकारीचौर –बोबाङ हुँदै ढोरपाटन जाँदै गरेको ध १ ज १०२८ नम्बरको बोलेरो जिप शुक्रबार साँझ ५ बजेतिर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका ५ का ४२ बर्षिय ताल बहादुर छन्त्याल घाइते हुनु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घाइते छन्त्याललाई उपचारका निम्ती बुर्तिबाङ लगिएको हो ।
ढोरपाटनमा स्थानिय समुदायको इतिहाँसको बिषयमा अध्ययन अनुसन्धानको निम्ती स्थानीय टोलीलाई लिएर जाँदै गरेको जिप ढोरपाटन नगरपालिका ९ देउराली नजिकै दुर्घटना भएको जनाइएको छ ।


जिप सडकको कुनातर्फ पल्टिएको र अन्य सवार ६ जनालाई समेत सामान्य चोट लागेपनी ठुलो क्षेती नभएको ढोरपाटन नगरपालिका ६ का वडा अध्यक्ष उमेश बुढाले बताउनु भयो । हामी ढोरपाटन जाने भनी गाडीमा संगै थियौँ देउराली नजिकै उकालो चड्दै गर्दा अचानक गाडी ब्याक भएपछि हतार हतारमा गाडीबाट और्लियौैँ चालकले गाडी कुना साईडमा लगेका कारण ठुलो दुर्घटनाबाट जोगिएको स्थानीय गगन पुनले बताउनु भयो ।

उकालो सडकमा गाडीको पिकअप टुटेका कारण दुर्घटना भएको जनाइएको छ ।

बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला कात्तिक ११ देखि १८ सम्म सञ्चालन हुँदै

0

बुर्तिबाङ कात्तिक ९ गते
बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिबाङले यसबर्ष पनी एतिहाँसिक कोजाग्रत पुर्णिमा मेला सञ्चालन गर्ने भएको छ । क्लबको २१ औँ बार्षिक उत्सवका असरमा मिथुन विक अध्यक्ष रहेको नव गठित समितीले कोजाग्रत पुर्णिमा मेलालाई निरन्तरता दिँदै आगमी कात्तिक ११ देखि १८ गतेसम्म विभिन्न खेलकुद तथा साँस्कृर्तिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
बागलुङ जिल्लाको निसी, भुजी, तमान, वडिगाड क्षेत्रकै  संगम स्थल तथा जिल्लाको दोश्रो व्यापारीक केन्द्रको रुपमा रहेको बुर्तिबाङ बजारमा हुने मेला पुरानो इतिहांस संगै जोडिएको पाइन्छ । यहाँको खेलकुद कला सँस्कृर्तिको संरक्षण, स्थान्ीय उत्पादनको बजारीकरण र बुर्तिबाङ देखि ढोरपाटन सम्म आन्तरिक प्रर्यटन भित्राउन समेत मेलाले महत्वपूर्ण भुमिका खेल्ने गरेको हो ।
दशैँ सकिएपछि कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने मेलाका अवसरमा क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशि सहितको खुल्ला वडा स्तरीय पुरुष भलीवल प्रथम पुरस्कार आयोजना गरेको छ । महिला भलिवल, खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला एकल नृत्य, रस्साकस्सा, पुरुष महिला छेलो, दोहोरी गित, कृषि प्रर्दशनी लगाएतका प्रस्तुती संगै साँस्कृर्तिक कार्यक्रमको आयोजना गरिएको क्लब अध्यक्ष मिथुन वि.क.ले बताउनु भयो ।
२०६० सालमा स्थापना भएको क्लबले कला संस्कृर्ति तथा खेलकुदको संरक्षण संगै विभिन्न सामाजिक कार्यक्रम समेत हातेमालो गर्दे आइरहेको हो । मेलालाई सफल पार्न आवस्यक तयारी अन्तिम चरणमा पु¥याइएको क्लब अध्यक्षको भनाई छ ।

आज विजयादशमी, शुभ साइत बिहान ११ बजेर ०२ मिनेटमा

0

आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर दसैं मनाइँदै छ ।दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेट रहेको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया साइत जुराउन नपर्ने मान्यतासमेत रहेको छ ।

आज बिहान १० बजेर ३७ मिनेटमा देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

चाडपर्वको बेला शहर सुनसान गाउँमा नै रमाइलो

0

यतिबेला हिन्दु नेपालीहरुको महान चाड वडा दशैको रौनक बढिरहेको छ । भोली कात्तिक ७ गते बडा दशैको १० औँ दिन अर्थात दशैको टिका लगाउने दिन रहेको छ ।
दशै मनाउन विभिन्न देश तथा विभिन्न शहरबाट घर फर्किनेहरु फर्किसकेका छन यतिबेला गाउँ निकै रमाइलो बनीरहेको छ । अध्ययनका निम्ती घर छोडेका, विभिन्न पेशा व्यवसाय तथा रोजगारीका निम्ती शहर छिरेका देखी प्रदेशमा रोजगारीका निम्ती पुगेका सम्म घर फर्किँदा बजार क्षेत्र सुनसान र गाउँघर दशै मय बन्दै गइरहेको हो ।
बजारमा अधिकांस पसल बन्द भइसकेका छन सडक प्राय सुनसान जस्तै देखिन्छ धेरैजसो नागरिक आफनो घरमा पुगिसकेका कारण यात्रु नभएपछि सवारीका साधन समेत गुड्न कम भएका हुन ।
बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजार समेत अधिकांस पसल बन्द भएका छन। मानिसको चहलपहल कम हुँदै जाँदा सुनसान जस्तै बन्दै गएको हो ।
दशैको अवसरमा गाउँमै छिमेकी विच भेटघाट गर्ने, पिङ बनाउने, सरसफाई गर्ने लगाएतको तयारीको रौनक निकै देखिन्छ । वडा दशैले आफन्तहरु विच भेटघाट, घरपरिवार संगको बसाई संगै एक आपसमा सुभकामना आधान प्रदान गर्दे हर्षउल्लासका साथ मनाउने महत्वपूर्ण चाडको रुपमा लिन सकिन्छ ।

नर्सिङकोटलाई प्रर्यटकिय हबको रुपमा विकास गछौँ सांसद कुवँर

0

कात्तिक ४ गते
बुर्तिबाङ
गण्डकी प्रदेश सभाका साँसद दोर्ण कुमार कुवँरले नर्सिङकोटलाई प्रर्यटकिय हबको रुपमा विस्तार गर्न आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ । कला संस्कृर्ति, मठ मन्दिर संगै प्रशस्त मात्रामा प्रर्यटकिय सम्भावना बोकेको नर्सिङकोटको बृहत विकासका निम्ती आफुले राज्य तथा निजी निकाय संग पनी सहकार्य गरेर मुहार फेर्ने बताउनु भयो ।
नर्सिङकोटमा प्रत्यक बर्ष राज्यबाट झिनो मात्रामा बजेट विनीयोजन गरिएपनी प्रभावकारीता नदेखिएको बताउँदै गाउँपालिकाद्धारा डिपिआर समेत भइसकेको जानकारी प्राप्त भएका कारण अब गण्डकी प्रदेश र संघ सरकार मार्फत विकास निर्माण गरिने र ढोरपाटन नगरपालिका २ सेरा देखि नर्सिङकोट जोड्न केवुलकार निर्माणका निम्ती स्वदेशि तथा विदेशमा रहनु भएका नेपाली व्यवसाही संग आफुले सम्मोन्य गर्ने बताउनु भएको छ ।


शनिबार निसीखोला गाउँपालिका ७ राजकुट स्थित नरसिंहकोट खेलकुद तथा साँस्कृर्तिक कार्यक्रमको दशै मेलामा प्रमुख अतिथीको रुपमा संबोधन गर्नुभएका सांँसद कुवँरले भुगोलले ठगिएको, विकास निर्माण शिक्षा, स्वास्थ्य लगाएत यावत विकासका पुर्वाधारले पछि परेको यस क्षेत्रका नागरिकको साझा सपना पुरा गर्ने दायित्य आफुहरुको रहेको बताउँदै पाँच बषर््िाय कार्यकालमा खानेपानी,शिक्षा, स्वास्थ्य, खेलकुद, विधुतीकरण सडक जस्ता महत्वपूर्ण विकासका पुर्वाधारमा स्वयंम र माननिय दिलमाया पौवी मिलेर प्रदेश सरकारबाट सक्रिय काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


गत ३ दिन देखि सुरु भएको विविध खेलकुद तथा साँस्कृर्तिक कार्यक्रम जारि रहेको अवस्थामा शनिबार औपचारिक रुपमा कार्यक्रमको उद्धघाटन गरिएको हो । कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनु भएको गण्डकी प्रदेश सभा माननिय सांसद दिलमाया पौवीले बोल्दै प्रर्यटकिय सम्भावना प्रर्याप्त हुँदा हुँदै पनी विकास निर्माण, र श्रोत साधनको समस्याका कारण प्रर्यटकिय क्षेत्र नर्सिङकोट पछि परेको बताउँदै यसको विकासका निम्ती आफुहरुले काम गर्ने बताउनु भयो । कला संस्कृर्ति, खेलकुद तथा ग्रामिण क्षेत्रको विकास निर्माणमा युवाहरुको समेत महत्वपूर्ण भुमिका रहने भएका कारण सचेत युवाहरु समेत समाज रुपान्त्रणमा अग्रस्थानमा रहनुपर्ने बताउनु भयो


कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै निसीखोलाको विकास, समृद्धि, प्रर्यटकिय क्षेत्रको विकास गर्न र जनताको समस्या राज्यका तिन वटै तह जिम्मेवार भएर लाग्नुपर्ने आवस्यकता रहेको बताउँदै गाउँपालिकाले समेत प्रदेश र संघ सरकार संग सम्मोन्य गर्दे निसीखोलाको समृद्धिमा अगाडी बढ्ने बताउनु भयो ।

गण्डकी प्रदेश सभा निवर्तमान सांसद खिम विक्रम शाही, नेपाली कांग्रेस प्रदेश सदस्य भवानी कंडेल, नेपाली जनसम्पर्क समिती वसाका जापानका क्षेत्रीय सभापती इन्द्र सुवेदी निसीखोला गाउँपालिका वडा नं. १ अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नं. ७ का अध्यक्ष दिपक कुवँर, विभिन्न राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा सहयोगी दाता, जनप्रतिनिधी, कलाकार पत्रकार, प्रहरी, लगाएतको आतिथ्यता रहेको थियो ।

मेलाका अवसरमा राष्ट्रिय कलाकार सुमन परियार, सम्झना रनपाल लगाएत स्थानीय कलाकारको सांगितीक प्रस्तुती एवंम नृत्य प्रस्फुटन गरिएको थियो । आयोजित कार्यक्रम क्बल अध्यक्ष लिा प्रसाद श्रेष्ठको अध्यक्षता, तिलक कुवंरको स्वागत, टिका राना मगरको सञ्चालनमा उद्धघाटन सत्रको कार्यक्रम सम्पन्न भएको हो ।