Home Blog Page 105

तमानको धन गौ ज्वति माध्यमिक विद्यालय द्धारा शैक्षिक गुणस्तर उकास्न अक्षयकोष संकलन अभियान 

0

पौष १६ गते

 बागलुङको तमानखोला गाउँपालिका ३ मा रहेको धन गौ ज्वति माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक, भौतिक र प्रविधि मैत्री शिक्षालाई अगाडी बढाउने उद्देश्य सहित विद्यालय कोष खडा अभियान सुरु गरेको छ ।

विद्यालयले थालेको अभियानबाट विद्यालयको आर्थिक मजबुती, प्रविधि मैत्री, सीप मैत्री, खेलकुद मैत्री, संगीत तथा नृत्य मैत्री शिक्षाको विकास संगै कलेज स्तरको विद्यालय बनाउन, छात्रवृत्ति वितरण गर्न, र नमुना विद्यालय बनाई एजुकेसन हब बनाउने उद्देश्य सहित विद्यालय कोष खडा अभियान सुरु गरिएको विद्यालय ब्यास्थापन समिति अध्यक्ष गिर बहादुर घर्तीले बताउनु भयो । 

गत पौष ४ गतेदेखि अभियानको शुभारम्भ गरिएको हो  आगामी बर्स मंसिर मसान्त सम्म एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानबाट हालसम्म २५ लाख रकम संकलन भइसकेको विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार बुढाथोकीले बताउनु भयो ।

बिक्रम सम्वत् २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म पठन पाठन हुँदै आएको छ । विद्यालय कोष खडा अभियानमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर घर्तीको संयोजकत्व रहेकोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ मुल समिति रहेको र  विद्यालयका शिक्षक, स्थानीय आमा समुह, सामुदायिक वनका पदाधिकारी, भूपू शिक्षक, भूपू विद्यार्थी, क्लबका पदाधिकारी, समाजसेवी बुद्धिजीवी रहेको १०० सदस्य आर्थिक कोष खडा अभियान समिति सदस्य रहने व्यवस्था गरिएको जनाइएको छ । 

विशेष गरि भूपू विद्यार्थीबापत प्रति विद्यार्थी न्यनतम एक हजारका भएपनि आर्थिक संकलन गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानमा स्वदेश तथा विदेशमा रहेका भूपू विद्यार्थीलाई अभियानमा जोड्ने लक्ष्य रहेको अध्यक्ष घर्तीले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार बुढाथोकीले भन्नुभयो “बिधालय सञ्चालन गर्न आर्थिक समस्या छ सामान्य भैपरी आउने खर्च व्यवस्थापन गर्न समेत समस्या भइरहेको छ । पुरानै प्रणालीको शिक्षण प्रणालीलाई प्रविधि मैत्री बनाउँदै अगाडि बढ्ने उद्देश्य सहित आफहरु अगाडि बढिएको छ । ”

अबको शिक्षा प्रविधि मैत्री र सीपमुलक आवश्यक देखिन्छ त्यसका लागी पर्याप्त बजेट आवश्यक रहन्छ त्यसको व्यवस्थापन सँगै विद्यालयमा स्थानीय श्रोतबाट शिक्षक व्यवस्थापन ,गरिब जेहेन्ददार विद्यार्थीलाई समेत आवश्यक छात्रवृत्ति उपलब्ध गराउने उद्देश्य सहित अभियानलाई अगाडी बढाइएको बुढाथोकीले बताउनु भयो । जनप्रतिनिधी, बुद्धिजिवी व्याक्तिलाई अभियानको संरक्षक तथा सल्लाहकारमा राखिएको छ । हालसम्म सबैभन्दा बढि तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा , अध्यक्ष बुढाले एक लाख एघार हजार एक सय एघार रुपैयाँ उपलब्ध गराउनु भएको छ । त्यस्तै भुतपूर्व प्रध्यानाध्यापक मन बहादुर बुढाथोकी मगरले समेत सोही परिणाममा सहयोग गर्नुभएको हो । 

सक्रिय पूर्वक अगाडि बढाइएको र एक वर्षसम्म अभियानलाई सफल पारेर आगामी बर्स विद्यालयले हीरक जयन्ती मनाउने उद्देश्य रहेको जनाइएको छ ।

रिठाखोला लघु जलविधुत सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा : सहकारीको माध्यमबाट कृषि र उत्पादनलाई जोड

0

पौष १५ गते
जिल्लाको ढोरपाटन नगरपालिका ३ मा रहेको रिठाखोला लघु जलविधुत सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
२०७६ सालमा रिठाखोला लघु जलविधुत आयोजनामा आवद्ध रहेका सदस्यको सक्रियतामा सञ्चालित सहकारीले छरिएर रहेको पुँजिलाई एकिकृत गर्दे सेयर सदस्यको आय आर्जनमा टेवा पु¥याउन सहकारी मार्फत कृषि क्षेत्रको विकास गर्ने, आय आर्जन मुलक क्षेत्रमा सेयर धनीलाई सक्रिय बनाउने, स्थानीय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पु¥याउन सहयोग गर्ने, वातावरणीय क्षेत्रको विकास, उद्यम क्षेत्रको विकास गर्ने उदेश्य सहित सञ्चालित सहकारीले संस्थाको निती वमोजिम काम गर्दे आइरहेको र स्थानीय सेयर सदस्यको विचमा पुगेर वचत तथा ऋणको कारोबार समेत गर्दे आइरहेको संस्थाका अध्यक्ष गौरिश्वर पाण्डेले बताउनु भयो ।

संस्थाको प्रतिवेदन अनुसार ३ बर्षमा दुईसय ९२ जना सेयर सदस्य बनाउन सफल रहँदै आर्थिक बर्ष २०७९÷०८० को असार मशान्त सम्म ८२ लाख ४ हजार ६ सय ५६ रुपैयाँ बराबरको कुल कारोबार गरेको प्रतिवेदनमा जनाइएको छ । न्युनतम ब्याजदरमा सहकारीका सदस्यलाई ऋण प्रवाह गर्दे आएको सहकारीले दिर्घ रोगी, अशक्त सेयर सदस्यलाई समेत आर्थिक सहयोग गर्दे आएको हो ।
साधारण सभाको अवसरमा पाँच जना एकल महिला, ५ जना असल ऋणी, ५ जना उत्कृष्ट बचत कर्ता र जेष्ठ नागरिकलाई सम्मान समेत गरेको गरिएको हो । संस्थाका अध्यक्ष पाण्डेले बोल्दै बैँक र अन्य वित्तिय संस्था संग पहुँच नपुग्ने नागरिकलाई स्थानीय सहकारी मार्फत आय आर्जन अगाडी बढाउन, उद्यमशिल वनाउन र दुख समस्या पर्दा सहज रुपमा सस्तो ब्याजदरमा ऋण प्रवाह गर्दे आइरहेको बताउँदै सहकारीलाई दिगो रुपमा व्यवस्थापन गरि अगाडी बढाउन सेयर सदस्य सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो । अहिले सम्म जलविधुत र सहकारी संस्थामा कुनै अपारदर्शिता नभएको र सबैको अपनत्वमा सम्मोन्य गरेर अगाडी बढिएका कारण संस्थाको अवस्था चुस्त दुरुस्त रहेको बताउनु भयो ।
कार्यक्रममा संस्थाका सचिव गंगा बहादुर घर्ति द्धारा प्रस्तावित निती तथा योजना , साधारण सभाबाट पारित गरिने प्रस्तावको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । त्यस्तै लेखा सँयोजक गँगा बहादुर कार्की द्धारा लेखा समितीको प्रतिवेदन सहित सुझाव सहितको प्रस्तुत गर्नुका साथै सँस्थाका कोषाध्यक्ष खिमलाल भुसाल द्धारा आर्थिक बर्ष २०७९÷०८० को आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
रिठाखोला लघुजलविधुत आयोजनामा आवद्ध रहेका ५१२ जना उपभोक्ता मध्ये २९२ जना सदस्य सहकारीमा आवद्ध रहेको र बाँकी सदस्यलाई समेत सहकारीमा जोड्दै अगाडीने संस्थाले लक्ष्य लिएको छ ।
कार्यक्रममा लेखा समिती सदस्य नर बहादुर सुनार, ढोरपाटन नगरपालिका ३ का वडा सदस्य जुना वि.क., सेयर सदस्य निम बहादुर वि.क.को शुभकामना मन्तव्य रहेको थियो ।
संस्थाका अध्यक्ष गौरिश्वर पाण्डेको अध्यक्षता, जेष्ठ सेयर सदस्य लोक बहादुर थापाको प्रमुख आतिथ्यता, संस्थाका म्यानेजर नारायण घर्तिको स्वागत मन्तव्य ,सचिव गंगा बहादुर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तमानखोलाको नर्जामा प्रथम चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0

बुर्तिबाङ पौष १४ गते
बागलुङको तमानखोला गाउँपालिका द्वारा आथिर्क बर्ष २०८०÷०८१ को प्रथम चौमासिक सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार वडा नं. ६ को नर्जामा सम्पन्न भएको छ ।
गाउँपालिका तथा वडा कार्यलयले सम्पादन गरेका काम, सेवा प्रवाह, विकास निर्माणको अवस्थाका विषयमा जनताको चासो, गुनासो र जिज्ञासालाई संबोधन गर्ने उदेश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका कार्यालयको आयोजना सामुदायिक रेडियो ढोरपाटन १०४.१ मेगाहर्जको सहजिकरणमा आयोजित कार्यक्रममा सहभागि नागरिकले सडक व्यवस्थापन, मोटरेवल पुल निर्माण, कृर्षि क्षेत्रको दिगो विकास र उत्पादीत बस्तुको बजारीकरण, सामुदायिक विद्यालयमा इन्टरनेट जडान जस्ता महत्वपूर्ण विषयमा यहाँका नागरिक तथा सेवाग्राहीले सास्ती खेप्दै आएको बताएका छन ।

महिला लक्षित कार्यक्रम र स्वरोजगार मुलक कार्यक्रमलाई कार्यान्यनमा पुग्ने गरि काम गर्न सुझाव सहित आफनो प्रश्न सुझाव र गुनासो व्यक्त गरेका हुन सहभागिले भौतिक विकासमा दिगो पन हुने गरि काम गर्नुपर्ने, १२ महिना सञ्चालन हुने गरि सडक व्यवस्थापनमा ध्यान दिनुपर्ने, मोटरेवल पुल निर्माण, प्रर्यटकिय क्ष्ोत्रको विकास, वातावरणीय मुल्यांकनको आधारमा कृर्षि उत्पादन, तथा बजारीकरणमा पालिकाले ध्यान दिनुपर्ने बताउँदै स्थानीय लघु जलबिधुत आयोजनाबाट विद्युत आपूर्ति कम हुँदा प्रर्याप्त बिधुत अपुग रहेका कारण चाँडै केन्द्रिय विद्युत जडानमा पहल गर्नुपर्नेमा समेत नागरिकले सुझाव व्यक्त गरेका हुन ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागिले राखेका प्रश्न, जिज्ञासा गुनासोका सन्दर्भमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्य, वडा अध्यक्षहरु , सम्बन्धीत सेवा प्रवाह गर्ने शाखा प्रमुख एवं प्रतिनिधी लगाएतले सहभागिले राखेको प्रश्नको जवाफ दिनुभएको थियो ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सहभागिको प्रश्न, गुनासो र सुझाबको सन्दर्भमा बोल्दै पालिकाले दिगो लक्ष्य सहित समृद्ध तमानखोला बनाउने अभियानमा निरन्तर लागी परिरहेको बताउँदै कृषिको उत्पादन र बजारीकरणमा पालिकाले योजना बनाइरहेको , सडक स्तरबृद्धि तथा मोटरेवल पुल निर्माण, केन्द्रिय विधुत विस्तारमा प्रदेश र संघ सरकार संग सम्मोन्य गर्दे काम भइरहेको बताउनु भयो । बोँङगादोभानमा ३ बर्ष पुगिसक्दा समेत निर्माण कम्पनीको लापरबाहीका कारण समयमा मोटरेवल पुल निर्माण नभएकोमा पटक पटक निर्माण कम्पनी र आयोजना कार्यालयमा ध्यानाकर्षण गराइरहेको बताउनु भयो । केन्द्रिय विद्युत चाँडै पहुँच पुग्ने गरि काम भइरहेको बताउँदै बुर्तिबाङ–बोङगादोभान तमान सडकको स्तरबृद्धिका निम्ती यसबर्ष प्रदेश सरकारबाट बजेट विनीयोजन भएका कारण चाँडै काम हुने प्रतिबद्धता जनाउनु भयो ।

विभिन्न स्थानमा मोटरेवल पुल आवस्यक रहेको तर पालिकाको बजेटले सम्भव नभएका कारण ठुला योजनाका निर्माणका निम्ती प्रदेश र संघ सरकारमा आफुहरुले निरन्तर माग गर्दे आएको बताउनु भयो । अध्यक्ष बुढाले स्थानीय उत्पादीत कृषि उपजलाई बजारीकरण गर्न वडा स्तरमै उत्पादीत कृषि सामाग्रि संकलन केन्द्र अगाडी बढाउन प्रकृयाको चरणमा रहेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्दे प्रथम चौमासिक सम्म आईपुग्दा पालिकाको ६८ योजना मध्ये २८ योजना सम्झौता भई ९ वटा योजनाको भुक्तानी समेत दिइएको बताउनु भयो ।
जेठ मशान्त भित्र सबै योजना सम्पन्न गर्ने उदेश्य सहित अगाडी बढिएको बताउँदै करिब १७ प्रतिशत प्रगती भएको बताउनु भयो । कार्यक्रमका अवसरमा नागरिक बर्हिगमन प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । १४९नागरिकको सहभागिता रहेको कार्यक्रम गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको स्वागत, सहजकर्ता छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको थियो ।

तमानखोला गाउँपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सम्पन्न

0

पौष १२ गते बुर्तिबाङ
तमानखोला गाउँपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिकाको आयोजना तथा शान्तिको लागि समग्र विकास संस्थाको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्र्तगत न्यायिक समितीलाई अधिकार कार्यान्यनको जिम्मेवारी दिइएपनी पूर्ण ज्ञानको अभाव रहेको अवस्थामा पालिकामा रहेको न्यायीक समिति र मेलमिलाप कर्तालाई थप जिम्मेवार बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको तमानखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इशवरलाल शाक्यले बताउनु भयो ।
देवानी प्रकृर्तिको विवादमा दुबै पक्षको जित कसरी गराउन सकिन्छ भन्ने विषयमा दक्ष बनाउने उदेश्य सहित गाउँपालिका स्तरिय न्यायिक समितिका पदाधिकारी, वडा स्तरिय मेलमिलाप केन्द्रका पदाधिकारीका निम्ती गते पौष ५ गतेदेखि तालिम आयोजना गरिएको तमानखोला गाउँपालिकाले जनाएको छ ।
तालिममा प्र्रत्येक वडाका ३ जना जनप्रतिनिधी २ जना वडाले छनौट गरेका मेलमिलाप कर्ता सहित ३० जनाको सहभागिता रहेको थियो ।
न्यायिक समितीलाई विभिन्न १२ किसिमका देवानी प्रकृर्तिका मुद्धा मिलाउने अधिकार दिइएको छ । तलिममा मेलमिलाप कसरी गराउने, मेलमिलापको सैदान्तिक ज्ञान दिइनुका साथै अभ्यास मार्फत सिकाई उपलब्धीको विकास गराइएको शान्तिको लागि समग्र विकास संस्थाका अध्यक्ष एवम् प्रशिक्षक बिध्या खनालले बताउनु भयो । तलिममा खनाल र राजन रिमालले प्रशिक्षण दिनुभएको हो ।

आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण आवश्यक छ –राष्ट्रपति पौडेल

0

पौष ११ गते बागलुङ
राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई यस क्षेत्रको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु भएको ‘बागलुङ महोत्सव २०८०’ को उदघाटन गर्दै राष्ट्रपति पौडेलले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ र निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण स्थानीय, प्रदेश र संघ सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गरिदिनु बताउनुभयो ।

प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिल स्टेशनहरू विकास गर्न आवश्यक छ उहाको भनाई छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सव पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना लिएको छ ।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको सातौं बागलुङ महोत्सव भब्य र सभ्य रूपमा सम्पन्न व्यवस्थापन गरिएको छ ।
महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने भएको छ । महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य संघले राखेको छ ।

तमानखोलामा अपराध तथा सामाजिक कुरीति न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम

0

पौष ७ गते
जिल्लाको तमानखोला गाउँपालिकामा अपराध तथा सामाजिक कुरीति न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङको आयोजना एवंम तमानखोला गाउँपालिकाको सम्मोन्यमा कार्यक्रम सम्पन्न भएको हो ।
तमानखोला गाउँपालिकामा रहेका जनप्रतिनिधी , राजनैतिक दलका प्रतिनिधी ,आमा समुहका प्रतिनिधी, महिला स्वयंम सेवीका , शिक्षक, कर्मचारी लगाएतको सक्रिय सहभागिता रहेको कार्यक्रममा समाजमा हुने लैंङ्खीक हिंसा, बाल विवाह, मानव बेचविखनको अवस्था, त्यसको न्युनिकरण र कानुनी अवस्थाका विषयमा सचेतनामुलक कार्यक्रम संगै अन्र्तक्रृया गरिएको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्धारा बागलुङ जिल्लामा पछिल्लो समय देखिएको अपराध, कुरीति लगाएतका विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष, जोकलाल बुढाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगिन्द्र्र कुमार खड्का, तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्तयाल, प्रमुख प्रशासकिय अधिकृत इशवर लाल शाक्यद्धारा मन्तव्य राख्नु भएको हो । सामाजिक विकास कार्यालय बागलुङका गुमा देवी सर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नेकपा माओबादी केन्द्र ढोरपाटनको पार्टी स्कुलिङ प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा सम्पन्न

0

पौष ७ गते

नेकपा माओबादी केन्द्र ढोरपाटन नगर कमिटीद्धारा पार्टी स्कुलिङ प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा शनिबार सम्पन्न भएको छ । “जनजनमा माओबादी, घरघरमा माओबादी” रुपान्तरण अभियान अन्र्तगत आन्तरिक संगठनात्मक प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
ढोरपाटन नगर अध्यक्ष भिम गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका नेकपा माओबादी केन्द्र पश्चिम कमाण्ड इन्चार्ज हरि अधिकारी (कुमार) को प्रमुख आतिथ्यता रहेको थियो । आयोजीत कार्यक्रमलाई संबोधन गर्दे अधिकारीले “वर्तमान व्यवस्था विरोधिहरु सल्बलाउन थालेको भन्दै देश र व्यवस्थालाई जोगाउन गणतन्त्रबादी शक्तिहरु एक हुुनुपर्नेमा जोड दिनुभयो । ”
वर्तमान सरकारले जनअपेक्षा बमोविम काम गरिरहेको बताउँदै विभिन्न बहानामा सरकारको बदमान गर्न खोज्ने र गणतन्त्रलाई धरासायी बनाउन खोज्नेहरु सक्रिय भएको बताउँदै त्यसका निम्ती सचेत हुनुपर्ने समय आएको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द पौडेल, केन्द्रिय सदस्य रामजी बराल, निल बहादुर पुन, दुर्गा वि.क., बागलुङ जिल्ला संयोजक राजिव घिमिरे, गण्डकी प्रदेश सदस्य चन्द्र अर्यालको आतिथ्यता एवं प्रशिक्षण मुलक मन्तव्य रहेको थियो ।
त्यस्तै राष्ट्रिय जनमोर्चामा रहेको नरहरी भुषाल नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको माओबादी केन्द्रले जनाएको छ ।
कार्यक्रम जिल्ला कमिटी सदस्य हेमेन्द्र घर्तिको स्वागत, ढोरपाटन नगर उपाध्यक्ष सुमित घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।

सातसय बगाले थापा समाजको ११ औं अधिवेशन: नयाँ नेतृत्व चयन

0

 सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको ११ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले छुम बहादुर थापाको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धनश्याम थापा, अम्मर बहादुर थापा, बेलुकाजी थापा महासचिवमा थम्मन थापा सन्देश, सचिवमा सुवेदार मिन बहादुर थापा, भोज कुमारी थापा र कोषाध्यक्षमा शेर बहादुर थापा रहनुभएको छ ।

समितिको सदस्यहरुमा चन्द्र बहादुर थापा, प्रेम थापा, रुद्र बहादुर थापा, हर्क थापा, शिबु थापा, थुमा थापा, टिका कुमारी थापा, विष्णु थापा, डिल बहादुर थापा रहनुभएको छ । अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, भिम बहादुर थापा, नारायण थापा, ईन्द्र बहादुर थापा र ज्ञान बहादुर थापा चयन गरेको छ । त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा राज थापा, दल थापा र टोप बहादुर थापा रहनुभएको छ ।

सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ८ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा खिम बहादुर थापा, गंगा बहादुर थापा, लोक बहादुर थापा, राम बहादुर थापा, चित्र बहादुर थापा, ज्ञान बहादुर थापा, तिल कुमारी थापा चयन गरिएको बताइएको छ । त्यस्तै लेखा समिति संयोजकमा केहरसिंह थापा सहित सदस्यहरुमा हुम थापा र झम बहादुर थापा रहनुभएको छ । समाजले विभिन्न उपसमिति अन्तर्गत विदेश विभाग, अनुशासन समिति, भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति गठन गरेको छ ।

समाजका संरक्षक तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर दिन बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल सरकारका उपसचिव प्रकाश थापाले बधाई मन्तव्य र नव निर्वाचित अध्यक्ष छुम बहादुर थापाले प्रतिवद्वता मन्तव्य र निवर्तमान अध्यक्ष दल बहादुर थापाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम लेखा समिति सदस्य राज बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अखिल नेपाल महिला संघ ढोरपाटन नगर कमिटीको बैठक बुर्तिबाङमा सम्पन्न

0

पौष ७ गते
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ ढोरपाटन नगर कमिटीको बैठक शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
ढोरपाटन नगर कमिटी उपाध्यक्ष अम्बिका रेग्मीको अध्यक्षतामा आयाजित कार्यक्रमका अवसरमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य मन्जु सर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सर्माले अखिल नेपाल महिला संघ नेकपा एमाले पार्टीको भातृ संगठन रहेको र यसले महिलाहरुलाई राजनैतिक नेतृत्वमा ल्याउन तथा पार्टीलाई उचाईमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।
ढोरपाटन नगरपालिकामा अखिल नेपाल महिला संघलाई थप सक्रिय बनाउँदै दिदिबहीनिलाई समावेश गरेर अगाडी बढ्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य भोटु कुमारी चन्द, नेकपा एमाले प्रदेश कमिटी सदस्य टंक प्रसाद पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य करमती पुन मगर, ढोरपाटन नगर कमिटी संयोजक गणेश कुमार थापाको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम भिमा कुमारी परियारले सञ्चालन गर्नुभएको हो ।