तमानखोला गाउँपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सम्पन्न

पौष १२ गते बुर्तिबाङ
तमानखोला गाउँपालिकामा मेलमिलाप सम्बन्धी ८ दिने आधारभुत तालिम सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिकाको आयोजना तथा शान्तिको लागि समग्र विकास संस्थाको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्र्तगत न्यायिक समितीलाई अधिकार कार्यान्यनको जिम्मेवारी दिइएपनी पूर्ण ज्ञानको अभाव रहेको अवस्थामा पालिकामा रहेको न्यायीक समिति र मेलमिलाप कर्तालाई थप जिम्मेवार बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको तमानखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इशवरलाल शाक्यले बताउनु भयो ।
देवानी प्रकृर्तिको विवादमा दुबै पक्षको जित कसरी गराउन सकिन्छ भन्ने विषयमा दक्ष बनाउने उदेश्य सहित गाउँपालिका स्तरिय न्यायिक समितिका पदाधिकारी, वडा स्तरिय मेलमिलाप केन्द्रका पदाधिकारीका निम्ती गते पौष ५ गतेदेखि तालिम आयोजना गरिएको तमानखोला गाउँपालिकाले जनाएको छ ।
तालिममा प्र्रत्येक वडाका ३ जना जनप्रतिनिधी २ जना वडाले छनौट गरेका मेलमिलाप कर्ता सहित ३० जनाको सहभागिता रहेको थियो ।
न्यायिक समितीलाई विभिन्न १२ किसिमका देवानी प्रकृर्तिका मुद्धा मिलाउने अधिकार दिइएको छ । तलिममा मेलमिलाप कसरी गराउने, मेलमिलापको सैदान्तिक ज्ञान दिइनुका साथै अभ्यास मार्फत सिकाई उपलब्धीको विकास गराइएको शान्तिको लागि समग्र विकास संस्थाका अध्यक्ष एवम् प्रशिक्षक बिध्या खनालले बताउनु भयो । तलिममा खनाल र राजन रिमालले प्रशिक्षण दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित