तमानको धन गौ ज्वति माध्यमिक विद्यालय द्धारा शैक्षिक गुणस्तर उकास्न अक्षयकोष संकलन अभियान 

पौष १६ गते

 बागलुङको तमानखोला गाउँपालिका ३ मा रहेको धन गौ ज्वति माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक, भौतिक र प्रविधि मैत्री शिक्षालाई अगाडी बढाउने उद्देश्य सहित विद्यालय कोष खडा अभियान सुरु गरेको छ ।

विद्यालयले थालेको अभियानबाट विद्यालयको आर्थिक मजबुती, प्रविधि मैत्री, सीप मैत्री, खेलकुद मैत्री, संगीत तथा नृत्य मैत्री शिक्षाको विकास संगै कलेज स्तरको विद्यालय बनाउन, छात्रवृत्ति वितरण गर्न, र नमुना विद्यालय बनाई एजुकेसन हब बनाउने उद्देश्य सहित विद्यालय कोष खडा अभियान सुरु गरिएको विद्यालय ब्यास्थापन समिति अध्यक्ष गिर बहादुर घर्तीले बताउनु भयो । 

गत पौष ४ गतेदेखि अभियानको शुभारम्भ गरिएको हो  आगामी बर्स मंसिर मसान्त सम्म एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानबाट हालसम्म २५ लाख रकम संकलन भइसकेको विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार बुढाथोकीले बताउनु भयो ।

बिक्रम सम्वत् २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म पठन पाठन हुँदै आएको छ । विद्यालय कोष खडा अभियानमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिर बहादुर घर्तीको संयोजकत्व रहेकोमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ मुल समिति रहेको र  विद्यालयका शिक्षक, स्थानीय आमा समुह, सामुदायिक वनका पदाधिकारी, भूपू शिक्षक, भूपू विद्यार्थी, क्लबका पदाधिकारी, समाजसेवी बुद्धिजीवी रहेको १०० सदस्य आर्थिक कोष खडा अभियान समिति सदस्य रहने व्यवस्था गरिएको जनाइएको छ । 

विशेष गरि भूपू विद्यार्थीबापत प्रति विद्यार्थी न्यनतम एक हजारका भएपनि आर्थिक संकलन गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानमा स्वदेश तथा विदेशमा रहेका भूपू विद्यार्थीलाई अभियानमा जोड्ने लक्ष्य रहेको अध्यक्ष घर्तीले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार बुढाथोकीले भन्नुभयो “बिधालय सञ्चालन गर्न आर्थिक समस्या छ सामान्य भैपरी आउने खर्च व्यवस्थापन गर्न समेत समस्या भइरहेको छ । पुरानै प्रणालीको शिक्षण प्रणालीलाई प्रविधि मैत्री बनाउँदै अगाडि बढ्ने उद्देश्य सहित आफहरु अगाडि बढिएको छ । ”

अबको शिक्षा प्रविधि मैत्री र सीपमुलक आवश्यक देखिन्छ त्यसका लागी पर्याप्त बजेट आवश्यक रहन्छ त्यसको व्यवस्थापन सँगै विद्यालयमा स्थानीय श्रोतबाट शिक्षक व्यवस्थापन ,गरिब जेहेन्ददार विद्यार्थीलाई समेत आवश्यक छात्रवृत्ति उपलब्ध गराउने उद्देश्य सहित अभियानलाई अगाडी बढाइएको बुढाथोकीले बताउनु भयो । जनप्रतिनिधी, बुद्धिजिवी व्याक्तिलाई अभियानको संरक्षक तथा सल्लाहकारमा राखिएको छ । हालसम्म सबैभन्दा बढि तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा , अध्यक्ष बुढाले एक लाख एघार हजार एक सय एघार रुपैयाँ उपलब्ध गराउनु भएको छ । त्यस्तै भुतपूर्व प्रध्यानाध्यापक मन बहादुर बुढाथोकी मगरले समेत सोही परिणाममा सहयोग गर्नुभएको हो । 

सक्रिय पूर्वक अगाडि बढाइएको र एक वर्षसम्म अभियानलाई सफल पारेर आगामी बर्स विद्यालयले हीरक जयन्ती मनाउने उद्देश्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित