नेकपा माओबादी केन्द्र ढोरपाटनको पार्टी स्कुलिङ प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा सम्पन्न

पौष ७ गते

नेकपा माओबादी केन्द्र ढोरपाटन नगर कमिटीद्धारा पार्टी स्कुलिङ प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा शनिबार सम्पन्न भएको छ । “जनजनमा माओबादी, घरघरमा माओबादी” रुपान्तरण अभियान अन्र्तगत आन्तरिक संगठनात्मक प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
ढोरपाटन नगर अध्यक्ष भिम गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका नेकपा माओबादी केन्द्र पश्चिम कमाण्ड इन्चार्ज हरि अधिकारी (कुमार) को प्रमुख आतिथ्यता रहेको थियो । आयोजीत कार्यक्रमलाई संबोधन गर्दे अधिकारीले “वर्तमान व्यवस्था विरोधिहरु सल्बलाउन थालेको भन्दै देश र व्यवस्थालाई जोगाउन गणतन्त्रबादी शक्तिहरु एक हुुनुपर्नेमा जोड दिनुभयो । ”
वर्तमान सरकारले जनअपेक्षा बमोविम काम गरिरहेको बताउँदै विभिन्न बहानामा सरकारको बदमान गर्न खोज्ने र गणतन्त्रलाई धरासायी बनाउन खोज्नेहरु सक्रिय भएको बताउँदै त्यसका निम्ती सचेत हुनुपर्ने समय आएको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द पौडेल, केन्द्रिय सदस्य रामजी बराल, निल बहादुर पुन, दुर्गा वि.क., बागलुङ जिल्ला संयोजक राजिव घिमिरे, गण्डकी प्रदेश सदस्य चन्द्र अर्यालको आतिथ्यता एवं प्रशिक्षण मुलक मन्तव्य रहेको थियो ।
त्यस्तै राष्ट्रिय जनमोर्चामा रहेको नरहरी भुषाल नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको माओबादी केन्द्रले जनाएको छ ।
कार्यक्रम जिल्ला कमिटी सदस्य हेमेन्द्र घर्तिको स्वागत, ढोरपाटन नगर उपाध्यक्ष सुमित घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित