तमानखोलामा अपराध तथा सामाजिक कुरीति न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम

पौष ७ गते
जिल्लाको तमानखोला गाउँपालिकामा अपराध तथा सामाजिक कुरीति न्युनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङ र सामाजिक विकास कार्यालय बागलुङको आयोजना एवंम तमानखोला गाउँपालिकाको सम्मोन्यमा कार्यक्रम सम्पन्न भएको हो ।
तमानखोला गाउँपालिकामा रहेका जनप्रतिनिधी , राजनैतिक दलका प्रतिनिधी ,आमा समुहका प्रतिनिधी, महिला स्वयंम सेवीका , शिक्षक, कर्मचारी लगाएतको सक्रिय सहभागिता रहेको कार्यक्रममा समाजमा हुने लैंङ्खीक हिंसा, बाल विवाह, मानव बेचविखनको अवस्था, त्यसको न्युनिकरण र कानुनी अवस्थाका विषयमा सचेतनामुलक कार्यक्रम संगै अन्र्तक्रृया गरिएको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्धारा बागलुङ जिल्लामा पछिल्लो समय देखिएको अपराध, कुरीति लगाएतका विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष, जोकलाल बुढाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगिन्द्र्र कुमार खड्का, तमानखोला गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्तयाल, प्रमुख प्रशासकिय अधिकृत इशवर लाल शाक्यद्धारा मन्तव्य राख्नु भएको हो । सामाजिक विकास कार्यालय बागलुङका गुमा देवी सर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित