आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण आवश्यक छ –राष्ट्रपति पौडेल

पौष ११ गते बागलुङ
राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई यस क्षेत्रको आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि सुरु भएको ‘बागलुङ महोत्सव २०८०’ को उदघाटन गर्दै राष्ट्रपति पौडेलले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ र निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण स्थानीय, प्रदेश र संघ सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गरिदिनु बताउनुभयो ।

प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिल स्टेशनहरू विकास गर्न आवश्यक छ उहाको भनाई छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सव पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना लिएको छ ।
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको सातौं बागलुङ महोत्सव भब्य र सभ्य रूपमा सम्पन्न व्यवस्थापन गरिएको छ ।
महोत्सवले पर्यटन प्रवर्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने भएको छ । महोत्सव मार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य संघले राखेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित