Home Blog Page 104

रङ्ग प्रयोग गरी बनाइका झिनियाँ रोटी नबेच्न उद्योगीलाई अनुगमन समितिको निर्देशन

0
ltxf/df ( nfvsf] lemlgof /f]6Lsf] Jofkf/u'NdLsf] jfdL 6S;f/ If]qsf g]jf/ ;d'bfon] lemlgof /f]6Lsf] Jofkf/af6 /fd|f] cfDbfgL ul//x]sf 5g . tl:a/ M sf}/a vqL, u'NdL, /f;;

बागलुङ जिल्ला अनुगमन समितिले रङ्ग प्रयोग गरी बनाइका झिनियाँ नवेच्न घरेलु उद्योगीलाई निर्देशन दिएको छ ।

रङ्ग मिसाएका झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि त्यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले रङ्ग प्रयोग नगरी उत्पादन गर्न घरेलु उद्यमीहरूलाई निर्देशन दिइएको हो । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुने गर्दछ।

बागलुङ अन्तर्गत जिल्ला अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार समेतको सहभागिमा झिनियाँ उत्पादन गर्ने बागलुङ नगरपालिका वडा नम्वर २ मरेपिपल क्षेत्रका उद्यमीहरु घरेलु उद्योग अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा केही उद्यमीहरुले झिनियाँ बनाउदा स्वास्थ्यलाई हानि हुने रंग प्रयोग गरेको, सरसफाईमा ध्यान नदिएको, दर्ता नगरेको पाइएकोले दर्ता गर्न र सरसफाईमा तत्काल सुधार गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो ।

रंगिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताउनु भयो ।बजारमा तिहारको लागि उत्पादन भएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिएकोले यस्ता खानेकुराले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भन्नु भयो ।

रङ्ग राखेर बनाइएका रोटी तेलमा तारेर खादा क्यान्सर रोग लाग्ने तत्व शरीरमा फैलिने श्रेष्ठले बताउनु भयो । उनका अनुसार तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ मिसाउँदा क्यान्सरको जोखिम बढाउँछ।

तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउदा क्यान्सर निम्त्याउने पदार्थको विकास गर्ने श्रेष्ठले बताउनु भयो । झिनियाँ रोटी तथा अन्य मिठाईमा रंग प्रयोग भएको खानेकुरा नखान उपभोक्तालाई समेत नखान श्रेष्ठले बताउनु भयो । एक केजी खाद्यपदार्थमा ०।२ ग्रामभन्दा बढी रङ प्रयोग गर्न नमिल्ने कानुनी व्यवस्था रहेको उहाँले जानकारी दिए। उपभोक्तामा रंगिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यस्को उत्पादन र बिक्री–वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो।

तिहारमा मात्र होइन, पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रूपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत गराएको छ। स्थानीय घरेलु उत्पादनको रूपमा विकास भइरहको झिनियाँ रोटी उत्पादन गर्ने उद्योगीहरुलाई उद्योग दर्ता, त्यसका फाइदाहरु, सामान उत्पादन, स्वास्थ्यलाई पर्ने प्रभाव र बजारीकरणको बारेमा तालिम दिनु पर्ने आवश्यकता छ ।

यस्तै मंगलबार गरिएको अनुगनको क्रममा सरसफाईमा ध्यान नदिएको भन्दै रातो घर रेष्टुरेन्टलाई ५ हजार जरिवाना गराइएको छ । भान्सा र भाडा माज्ने ठाउँको सरसफाईमा ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यलयमा उपस्थित गराई ५ हजार जरिवान गराइएको छ ।

लायन्स क्लबको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा पहिलो दिन ५७३ जनाले लिय सेवा

0

बुर्तिबाङ कात्तिक २१ गते
लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बुर्तिबाङमा मंगलबार देखि सुरु भएको दुई दिने निःशुल्क आँखा शिविरबाट पहिलो दिन पाँचसय ७३ नागरिकले सेवा लिएका छन ।
आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध, आवस्यक परामर्स संगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सक द्धारा अप्रेशन समेत सुरु गरिएको छ ।
निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका संगै गुल्मीको मुसिकोट नगरपालिका देखि विरामीले सहभागिता जनाउँदै आफनो आँखाको चेकजाँच तथा उपचार गराएका लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो ।


लायन्स डिस्ट्रिक ३२५ को गर्भनर सुचित्रा थापाद्धारा बिहान उद्धघाटन गर्दे सुरु गरिएको शिविरमा पहिलो दिन ५७३ जनाको सहभागिता रहेकोमा ४२ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको छ । १५ जनालाई भोलीको लागी समय दिइएको नेत्र ज्वती संघ बागलुङका इन्चार्ज विनम लामिछानेले बताउनु भयो । त्यस्तै १ जना रिफेल जलविन्दु र १ जनाको आँखाको प्रदामा समस्या रहेका कारण हिमालय आँखा अस्पत्ताल पोखरा जान सुझाब दिइएको लामिछानेले बताउनु भयो
सहभागि मध्ये १५० जनालाई चस्मा उपलब्ध गराउनुका साथै विरामीको अवस्था हेरीकन औषधि संगै आवस्यक परामर्स दिइएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका आँखा रोग विशेषज्ञ रुद्ध्र खत्रीले बताउनु । भोली बिहान ८ बजेदेखि शिविर सुरु हुने जनाईएको छ ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्वती संघ बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर जारी रहेको हो ।

उद्योग बाणिज्य संघ र नेपाल रेडक्रस बुर्तिबाङ उपशाखाद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहात हस्तान्त्रण

0

बुर्तिबाङ कात्तिक २१ गते
ढोरपाटन उद्योग बाणिज्य संघ बुर्तिबाङ र नेपाल रेडक्रस सोसाईटी बुर्तिबाङ उपशाखाद्वारा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितको निम्ती आर्थिक सहयोग संकलन गरि सोमबार पठाइएको छ ।
बुर्तिबाङ बजार स्थित विभिन्न व्यवसायी, समाजसेवीबाट संकलन गरिएको नगद दुई लाख र एकलाख रुपैयाँ मुल्य बराबरको खाध्यान्ह सामाग्रि गरी कुल तिनलाख बराबरको नगद र खाध्यान्ह भुकम्प प्रभावित क्षेत्रमा लगिएको उद्योग बाणिज्य संघ ढोरपाटनका अध्यक्ष ढालेन्द्र छन्त्यालले बताउनु भयो ।
सँस्थाका अध्यक्ष छन्त्याल सहितको टोलीले राहात लिएर रुकुम हुँदै जाजरकोट गएको हो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी बुर्तिबाङ उपशाखाद्वारा बजार क्षेत्रबाट संकलन गरिएको साठी हजार पचास रुपैयाँ नगद रकम सहित नेपाल रेडक्रस बुर्तिबाङ उपशाखाका पुर्व सभापती मेशलाल सर्मालाई प्रतिनिधीको रुपमा दैवी प्रकोप प्रभावित क्षेत्रमा पठाइएको संस्थाका सभापती पुरन पाण्डेले बताउनु भयो ।
महा विपत्तीको समयमा सहयोग गर्नु सबैको दायित्व रहेको बताउँदै यस अभियानमा आफुहरुले समेत हातेमालो गरेको बताउँदै आर्थिक सहयोग गर्ने दातालाई समेत सभापती पाण्डेले धन्यवाद व्यक्त गर्नुभयो । ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, उत्तरगंगा नमुना माविका शिक्षक नविन जि.सी., नेपाल रेडक्रस सोसाईटी बुर्तिबाङ उपशाखाका पदाधिकारी लगाएतको रहोभरमा उक्त रकम प्रतिनिधी मेशलाल सर्मालाई हस्तान्त्रण गरिएको हो ।

बुर्तिबाङ बजार नजिकै ट्याक्सी दुर्घटना चालक सहित दुई जनाको मृत्यु

0

कात्तिक २१ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ बजार नजिकै गयराती ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।
बागलुङकै वडिगाड गाउँपालिकाको भिमगिठे हुँदै सोमबार राती सवा १० बजेतिर बुर्तिबाङ बजार तर्फ आइरहेको ध १ ज ९९४ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका २ मलकटिबाङ भन्ने स्थानमा दुर्घटना हुँदा चालक ,सावरी धनी तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिका २ पाखुते बस्ने २८ बर्षिय होम बहादुर पुन र ट्याक्सीमा सवार वडिगाड गाउँपालिका ६ छिसफाँट बस्ने ३२ बर्षिय अस्विन परियारको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
ट्याक्सी मध्यपहाडी लोकमार्ग सडक देखि करिब १०० मिटर तल वडिगाड खोलामा खसेको हो । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क . सहितको प्रहरी टोली घटना स्थलमा पुगेको थियो दुबै जनालाई उद्धार गरि बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचारका निम्ती ल्याइएपनी दुबै जनालाई डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय लोक दोहारी अर्वाड २०८० का विजेता एकिन्द्रलाई माननिय दोर्ण कुवंरद्धारा बुर्तिबाङमा सम्मान

0

कात्तिक १९
राष्ट्रिय लोक दोहारी अर्वाड २०८० का विजेता तथा निर्देशक एकिन्द्र सारा शंकर बागलुङको ढोरपाटन स्थित बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको अवसरमा गण्डकी प्रदेशका माननिय सांसद दोर्ण कुमार कुवंरबाट सम्मान पत्र सहित शनिबार सम्मानित हुनुभएको छ ।
बागलुङको तमानखोला गाउँपालिका १ घर भई विगत २०६३ सालदेखि विभिन्न म्युजिकमा निर्देशकको रुपमा काम गर्दे आउनु भएका एकिन्द्र राष्ट्रिय लोक दोहारी अर्वाड २०८० “हाई सञ्चै ” बोलको गितमार्फत अर्वाड प्राप्त गर्नुभएको थियो ।

गायक पशुपती सर्मा र गायिका शान्ती श्री परियारको स्वर, एकिन्द्र सारा शंकरको निर्देशन तथा सुनिल परियारको लयमा बजारमा आएको उक्त गितको निर्देशन एकिन्द्रले गर्नुभएको छ । सर्वाधिक चर्चित गितहरु गोर्खा मनकामना , माछा मिठो अशला लगाएतका हालसम्म पाँचसय बढि गित संगितको निर्देशन गर्नुभएको एकिन्द्रले हिम सम्झौता डिजिटल कम्पनी मार्फत निर्देशन गर्दे आइरहनु भएको हो ।

सर्वाेत्कृष्ट निर्देशक मध्ये छनौट हुनुभएका एकिन्द्रलाई राष्ट्रिय लोक दोहारी अर्वाड २०८० दिइएको छ । पश्चिम बागलुङबाट कलाकारिता क्षेत्रमा नाम कमाउन सफल भएको  र कोजाग्रत पूर्णिमा मेलामा समेत आफनो नृत्य प्रस्तुती संगै नृत्य प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गर्नुभएकोमा  क्लबले सम्मान  गरेको थियो।

भुकम्प प्रभावितलाई सांसद दोर्ण कुवँरद्धारा २५ हजार ५ सय दिने घोषणा

0

कात्तिक १९
गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंरले भुकम्प प्रभावित क्षेत्रका लागी आर्थिक सहयोग गर्नुहुने भएको छ । गत शुक्रबार रातीको भुकम्पबाट प्रभावित रहेको जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा मानविय संगै ठुलो मात्रामा भौतिक क्षेति भएको छ । सांसद कुवँरले २५ हजार ५ सय २५ रुपैयां बुर्तिबाङ राईजिङ युवा क्लबलाई रकम बुझाउने र क्लब मार्फत अन्य कोष संकलन गरेर दुर्घटना क्षेत्रमा पुगेर हस्तान्त्रण गर्ने गरि आर्थिक सहयोगको प्रतिबद्धता जनाउनु भएको हो ।

सांसद कुवँरले भन्नुभयो भुजीखोला बाढिका कारण सयौँको घरबास उठ्दा र धेरैले ज्यान गुमाउँदा स्वदेश विदेशबाट राहात उपलब्ध भयो “हामिलाई दुख्दा अरुले सहयोग गर्नुभयो अब अरुलाई दुख्दापनी हामिले सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्नुपर्दछ” । अन्य व्यक्ति निकायलाई समेत सहयोग अभियानमा जुट्न अपिल गर्दे विपदमा सबैले हातेमालो गर्नुपर्ने बताउनु भयो ।

बुर्तिबाङ राईजिङ युवाक्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको अवसरमा साँसद कुवँरले उक्त प्रतिबद्धता सहित राहात कोषमा पु¥याउने गरि क्लबलाई नगद रकम दिने बताउनु भयो ।

सकियो कोजाग्रत पूर्णिमा मेला : पुरुष भलीवलको उपाधी निसीखोला १ लाई

0

बुर्तिबाङ कात्तिक १८

गरेको क्लबले शनिबार आयाजित फाइनल तर्फको पुरुष भलीवल प्रतियोगितामा निसीखोला गाउँपालिका वडा नं. १ प्रथम हुन सफल भएको छ ।
त्यस्तै प्रतिस्प्रर्धात्मक रुपमा रहेको निसीखोला गाउँपालिका २ दिर्तिय भएको हो कुल १८ समुहको सहभागिता रहेको भविलल प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्प्रर्धात्मक रहेको थियो । त्यस्तै महिला भलिवल तर्फ ५ समुहको सहभागिता रहेकोमा गल्कोट नगरपालिका १० प्रथम र तमानखोला गाउँपालिका ५ दिर्तिय भएको छ । सामुहिक नृत्य तर्फ उत्तरगंगा मावि समुह प्रथम,गल्कोट समुह दिद्र्धिय भएका छन । त्यस्तै लोक दोहोरी गित प्रतियोगिता तर्फ १० समुहको सहभागिता रहेकोमा पूर्णिमा घर्ति मगरको समुह प्रथम र ज्ञान बहादुर बलामीको समुह दिर्तिय भएको छ । कार्यक्रममा उत्कृष्ट खेलाडी, कालकारलाई शनिबार कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंर र माननिय दिलमाया पौवीलले सम्मान सहित पुरस्कृत गर्नुभएको थियो ।

जनताले आफुहरुप्रति गरेको आशा मर्न नदिने गरि काम गछौँ सांसद दोर्ण कुवंर

0

बुर्तिबाङ कात्तिक १८
गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्णकुमार कुवंरले जनताले आफुप्रति गरेको विश्वासमा कमि आउन नदिने गरि पाँच बर्षमा काम गरेर देखाउने बताउनु भएको छ ।
बुर्तिबाङ राईजिङ युवा क्लबले कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको मेलालाई प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे सांसद कुवँरले शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार संगै सार्वजनिक चासोका रुपमा रहेको विकास निर्माणका काममा आफुले सक्रिय पुर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
“पश्चिम बागलुङको दिगो विकास र समृद्धिको आधार तयार पार्न तिनवटै तहका सरकार एक ठाउँमा उभिन आवस्यक छ नागरिकका समस्या धेरै छन त्यसलाई क्रमिक रुपमा संवोधन गर्न तिनवटै सरकारले आवस्यकताका आधारमा काम गर्नुपर्ने बताउँदै गण्डकी प्रदेशमा रहेर आफु र सांसद दिलमाया पौवीले निसी, भुजी तमान क्षेत्रका जनताको शिर उचो हुने गरि काम गर्ने बताउनु भयो ” ।


आफु प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा होस या नहुँदा पनी जनताको समस्या र यहाँको विकास र जनताको समस्यामा सहयात्रा गर्दे आएको बताउँदै निर्वाचन भएको एक बर्षमा आफु र माननिय दिलमाया पौवीद्धारा यस क्षेत्रमा समस्या ग्रस्त रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकासका निम्ती बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश स्तरीय अस्पत्ताल बनाउनका निम्ती प्रदेशमा निकै मिहिनेत गरेर मन्त्रिपरिषद बाट पारित भइसकेको बताउँदै अव संघिय सरकारबाट स्विकृत भएमा यहाँका नागरिकले सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्ने बताउनु भयो ।
शिक्षा क्षेत्रतर्फ निसीभुजी क्याम्पसको व्यवस्थापन, साुमदायिक विद्यालयको शैक्षिण गुणस्तर उकास्ने काममा आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउँदै यस क्षेत्रकै प्रर्यटकीय सम्भावना भएको ढोरपाटनको प्रचुर विकास र प्रर्यटन प्रर्वधनका निम्ती आफनो कार्यकालमा काम गर्ने बताउँदै ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेपनी सडक स्तरबृद्धि हुन नसकेकै कारण ढोरपाटनको समृद्धि पछि परेको बताउँदै बुर्तिबाङ ढोरपाटन सडक निर्माणको कामलाई समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारको समेत ध्यानाकर्षण गराइरहेको बताउनु भयो ।
तमानखोलामा सडक पहुँच राम्रो नभएका कारण भौतिक विकासबाट पछि परेको अवस्था छ यसबर्ष बहुबर्षिय योजनाको रुपमा बुर्तिबाङ –तमान सडकलाई बजेट पारिएको बताउँदै समग्र आवस्यकताको आधारमा विकास निर्माण गरिने बताउनु भयो । बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाले यहाँको कला संस्कृर्ति र खेलकुद जस्ता प्रतिभा बाहिर ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै सामाजिक कार्यमा समेत सक्रिय रहन आग्रह गर्दे क्लबले जग्गा व्यवस्थापन गरेमा भवन निर्माणमा आफुले पहल गर्ने बताउनु भयो ।
उहाँल फरक प्रसंगमा बोल्दै सांसद कुवँरले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली गरिव, निमुखा जनताको अबैाँ बचतको रकम लिएर फरार हुँदै गर्दा नगरपालिका विकास र समृद्धिमा पछि पर्नुका साथै धेरै नागरिकको विचल्ली बनाएका कारणराज्यले फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँदै कार्यवाहक मेयरले जिम्मेवारी पूर्वक काम गर्न सुझाव समेत दिनुभएको छ । कार्यक्रममा निर्वतमान गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीले पनी शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वडिगाड गाउँपालिकाले पठायो भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहित सामाग्रि

0

छविलाल पाण्डे कात्तिक १८
बागलुङको वडिगाड गाउँपालिकाले कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न शनिबार स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ ।
भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले  कर्णालीको पीडामा स्वास्थ्य कर्मी सहित स्वास्थ्य सामाग्रि पठाईएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।


भूकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेको उपचारको लागि पालिकाको तर्फदेखि पाँच सदस्यीय स्वास्थयकर्मी सहित स्वास्थ्य सामाग्री सम्बन्धीत क्षेत्रमा पठाईएको बताउनु भयो । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्री सहित स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र केसीको नेतृत्वमा टोलि पठाएको जनाइएको छ ।
टोलीमा बडिगाडका स्वास्थ्य शाखाका प्रमुख केसी सहित डा.कुन्दन कुमार यादव, जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसी, हेम पुन र हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादब सहितको स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट तर्फ पठाईएको हो ।

जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा गरी ६३ जनाको ज्यान गएको पुष्टि

0

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । सुतिरहेको बेला भूकम्प गएकाले धेरै जना घर बाहिर निस्कन पाएका थिएनन् । सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।