रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटन द्धारा न्यानो कपडा संगै खाध्यान्ह र स्टेशनरी वितरण

पौष २१ गते बुर्तिबाङ

बागलुङको पश्चिम क्षेत्रमा स्थापित रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनले बालगृह र विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । तमान खोला गाउँपालिका वडा नम्बर ३ को तमान बालगृहमा बस्ने बालबालिकालाई न्यानो कपडा सहित खाध्यान्ह र स्टेशनरी सहित ढोरपाटन नगरपालिका वडा नम्बर ६ खोरियाका ४० घरपरिवार क्लवले शुक्रबार र शनिबार न्यानो कपडा वितरण गरेको छ ।
क्लवका अध्यक्ष प्रेम पौडेलका अनुसार खोरियाका अति विपन्न ४० घर परिवारलाई एकएक थान न्यानो फाइबरको सिरक र बालगृहमा रहेका २७ जना बालबालिकालाई पनि एकएक थान न्यानो फाइबरको सिरक, खाद्यान्ह, चामल, नुन, चाउचाउ र स्टेसनरीका सामाग्री वितरण गरिएको हो । जाडोमा न्यानो कपडा पाएपछि विपन्न परिवार र बालगृहका बालबालिकाले आफहुरुलाई चिसो मौसममा निकै राहात भएको बताएका छन ।


क्लबले अति विपन्न समुदाय र बालगृहको अवस्था पहिचान गरेर क्लबको माध्यमबाट आफहुरुले सहयोग गरेको पौडेलले बताए । ढोरपाटन माउण्टेन बाइक एण्ड एडभेन्चरको सहयोगमा कार्यक्रम गरिएको बताउँदै अध्यक्ष पौडेलले एडभेन्चरका अध्यक्ष रविन्द्र न्यौपाने गौतम लगायतलाई धन्यबाद दिए ।

हाल बेलायतमा प्रोफेसर रहेका एडभेन्चरका अध्यक्ष न्यौपानेले नेपालका बिभिन्न स्थानमा सामाजिक र मानवीय काममा ठुलो सहयोग गर्दै आएका छन् ।

न्यानो कपडा वितरण कार्यक्रममा तमान खोला गापा ३ का वडा अध्यक्ष झक बहादुर बुढा, धन गौ ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार बुढाथोकी, ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक केशव थापा, क्लवका पूर्व अध्यक्षहरु  तुल्सीराम अर्याल, धालेन्द्र छन्त्याल, ,उपाध्यक्ष घनस्याम चालिसे, लगाएत क्लबका पदाधिकारीको उपश्थिती रहेको थियो । क्लवले अन्य समयमा पनि बिभिन्न सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित