बडिगाड गाउँपालिकामा भेटिए ९८ क्षयरोगी :साउनदेखि जिल्लाभर १७० संक्रमित

पौष १९ गते बुर्तिबाङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा ९८ जना क्षयरोगका बिरामी भेटिएका छन् । वडा नं २, ४ र ७ मा गरिएको परीक्षण शिविरमा ९८ जना क्षयरोगीको पहिचान भएको हो ।
उनीहरुलाई क्षयरोगको संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनु भयो । ।उहाँका अनुसार लामो समय देखि यहाँ क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । गत पौष १६,१७ र १८ गते गरिएको शिविरमा उक्त सँख्यामा क्षयरोगका विरामी भेटिएको घिमिरेले बताउन ुभयो । ।

स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । उक्त परीक्षणले नपुगेपछि ठूलो शिविर सञ्चालन भएको हो । क्षयरोग बिशेषज्ञ डा। प्रमोद भट्टराई र क्षयरोग उपचार केन्द्र पोखराका डा। रमेश आचार्य सहितको बिज्ञ टोलीले यहाँ १ हजार ६ सय ४ जनाको छातीको एक्सरे र २ सय ५६ जनाको खकार परीक्षण लगायतको उपचार सेवा समेत दिएका हुन् ।
स्वास्थ्य कार्यालयले गाउँपालिका तथा क्षयरोग उपचार केन्द्र पोखराको समन्वयमा गरेको शिविरमा जापान९नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले प्राविधिक सहयोग गरेको थियो ।
बडिगाड गाउँपालिकामा जिल्लामै बढि संख्यामा क्षयरोगी देखिएको पाइन्छ । गत बर्स पनि परिक्षण गरिएको र गाउँपालिकाले यस विषयमा बढि चासो दिएका कारण परीक्षणका आधारमा संख्या बढि देखिएको भएपनि यस विषयमा अन्य पालिकामा समेत परीक्षणलाई बढाउन सकियो भने न्युनीकरमा सहजता हुने गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो । नेपाल सरकारको लक्ष्य अनुसार गाउँपालिकामा परीक्षणको दायरा वृद्धि गर्ने, नागरिकमा सचेतना मूलक कार्यक्रम गरेर क्षयरोगको अन्त्यका निम्ति पहल गर्ने बताउनु भयो । रोग लाग्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको बताउनु भयो ।
‘क्षयरोगको संक्रमण शुन्यमा झार्ने लक्ष्यले कार्यालयले खोजपड्ताल गरिरहेको छ,’ घिमिरेले भन्नुभया, ‘सामान्य होला भनेर गरेको शिविरमा ठूलो संख्या भेटियो ।’ यो डरलाग्दो अवस्था भएको उहाँले बताउनु भयो । यो समस्या जिल्लाभर हुन सक्ने अनुमान गर्दै धौलागिरी अस्पतालमै क्षयरोग परीक्षण, उपचार र उपचारको प्रभावकारिता थाहा पाउने ‘एक्स्पट एक्सडिआर १० कलर’ मेसिन समेत जडान भएको छ ।
क्षयरोगको प्रारम्भिक चरण पार गरेर जटिल समस्या भएका बिरामीको उपचार गर्ने पद्दति डिआर हो । यो विधिका लागि यसअघि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर पुग्नुपर्थ्यो । यो मेसिन जडानपछि शिविर बाहेक अस्पतालमा पनि नियमित सेवा सञ्चालन भएको छ ।
गत बर्षसम्म बागलुङका २ सय ३५ क्षयरोगीले नियमित औषधी खाइरहेका थिए । यो संयस बर्ष गत साउन देखि यता १७० जना नयां सँख्या रहेको बताइएको छ ।
यो क्रम बढ्ने भएकोले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पनि सामान्य प्रकारको क्षयरोग पत्ता लगाउने ‘डिएस ६ कलर’ प्रविधिको परीक्षण मेसिन जडान गरिएको घिमिरेले जानकारी दिए । बुर्तिवाङबाट रुकुम, जाजरकोट, गुल्मी लगायतका जिल्लाका बिरामीले समेत सेवा पाउनेछन् ।
नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनले बताए ।
नेपाल सरकारले आगामी आव २०८२(८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनीतिक योजना २०७८(७९, २०८२(८३ तयार गरी कार्यन्वयनमा ल्याएको छ ।
राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत आठ सय ९६ माइक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, पाँच हजार नौ सय ७१ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र र ८१ डिआर उपकेन्द्रबाट क्षयरोगको उपचार सरकारले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित