खडेरी सँगै आगलागीका घटना बढ्दै नियन्त्रणमा सबै चनाखो बनौँ ।

 बैशाख १० गते बुर्तिबाङ

आगलागीका घटना देशभर बढ्दै जाँदा मानवीय सँगै भौतिक संरचना तथा हजारौँ हेक्टर वनक्षेत्र सखाप परिरहेको छ । आगलागी जन्य घटना नियन्त्रणमा पूर्व सर्तकता नहुनु, चेतनाको अभाव लगायतका कारणले पनि बढ्दो खडेरी सँगै आगलागीका घटना दिनप्रतिदिन बढिरहेको छ ।

 छिमेकी जिल्ला गुल्मीमा यो वर्ष धेरै क्षति भएको पाइएको छ । त्यस्तै बागलुङ जिल्लाको आधिकांश वन क्षेत्रमा आगलागी फैलिरहेको हो ।

 स्थानीय सरकार, वन कार्यालय,प्रहरी, वन उपभोक्ता समिति र स्थानीयको सक्रियता हुने हो भने केही हदसम्म आगलागी जन्य गतिविधि नियन्त्रण हुनुका साथै आगलागी जन्य गतिविधिमा संलग्नलाई सूक्ष्म अनुसन्धानबाट कानुनी कठघरामा ल्याउन आवश्यक देखिन्छ । लामो समय देखि पानी पर्न नसक्दा बन क्षेत्रमा फैलिएको आगो नियन्त्रणमा चुनौती देखिने गरेको छ । शनिबार साँझ निसीखोला गाउँपालिका ४ देखि फैलिएको आगो अझै नियन्त्रण बाहिर छ । उक्त आगलागीबाट निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको सयौँ हेक्टर बन सखाप पार्ने देखिन्छ । 

आइतबार निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका नागरिक, विपद व्यवस्थापन समिति, जनप्रतिनिधि, प्रहरी लगायतको सक्रियतामा केही क्षेत्रमा आगो नियन्त्रणमा आएपनि अझैपनि आगो बन क्षेत्रमा फैलिरहेका कारण ढोरपाटन नगरपालिका ८ का नागरिकलाई जानकारी गराएर नियन्त्रणको प्रयास सुरु गरिएको ढोरपाटन नगरपालिका २ का अध्यक्ष भेक बहादुर खत्रीले बताए । आइतबार साँझ ढोरपाटन २ को सालघारी सामुदायिक वन क्षेत्रमा भीषण आगलागी भयो त्यहाँपनि समयमै ढोरपाटन नगरपालिकाको विपद व्यवस्थापन समुह, जनप्रतिनिधि, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रण लिन सफल भएका सलामकोट लगायत आसपासको बस्ती र आसपासको वन क्षेत्रमा हुन सक्ने ठुलो क्षेत्री जोगिएको छ । ढोरपाटन नगरपालिका विपद व्यवस्थापन समितीको आगलागी नियन्त्रणमा सक्रियता देखिएको पाईन्छ । 

 यसरी आगलागी सम्बन्धी जनचेतना सँगै सबैको सक्रियता हुने हो भने आगलागी जन्य घटना नियन्त्रण र रोकथाम गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित