निसीखोला १ ले फागुन मसान्त भित्रै सक्यो विनियोजित बजेट अन्तरगत योजनाको काम ।

बैशाख २ गते बुर्तिबाङ

बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ ले आर्थिक बर्ष २०८०÷०८१ का योजना फागुन मसान्त भित्रै सम्पन्न गरेको छ ।

वडामा विनियोजित  ४६ लाख ८३ हजार बजेटको ३६ वटा योजना गत फागुन मसान्त भित्रै निर्माण सम्पन्न गरि योजनाको फरफारक समेत भइसकेको वडा अध्यक्ष चन्द्रसिंह रामजालीले बताउनु भयो ।

साना योजना साथै समयमै उपभोक्ता समिति गठन गरि काम गरिएका कारण दोश्रो चौमासिक भित्रै योजनाको सम्पादन सम्पन्न भएको अध्यक्ष राम्जालीको भनाई छ ।

वडा नं. १ ले चालु वर्ष कृषि, शिक्षा, खानेपानी, स्वास्थ्य र सामान्य मात्रामा भौतिक पूर्वाधारमा बजेट विनियोजन गरेको थियो । त्यस्तै पालिका मार्फत वडा नं. १ मा २५ लाख बराबरको योजना समेत सम्पन्न भएको जनाइएको छ ।

उक्त बजेटबाट लेबाङमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन तथा व्यवस्थापन, पाखापानी सडक र लेबाङ सडक निर्माणमा लगानी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित