४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा निसीखोला गाउँपालिकामा सार्वजनिक बिदा ।।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले ४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा फागनु १५ गते अर्थात आज सार्वजनिक बिदा दिइएको छ ।
४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले हस्ताक्षर गरेर सूचना निकाल्दै हिजो राति ८ बजेपछि बिदाको जानकारी गराइएको छ ।
निसीखोला गाउँपालिका अन्तर्गतका सरकारी कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, विद्यालयहरु, वित्तिय संस्थाहरु लगायतका सम्पूर्ण सरकारी कार्यालयहरुमा बिदा दिने भनी निसीखोला गाउँपालिका गाउँ कार्यपालिकाको फागुन १४ गतेको बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । बिदाको सूचना भने राति ८ बजेपछि निसीखोला गाउँपालिकाको आधिकारीक फेजबुकबाट प्रकाशन भएको थियो । कार्यालय समयभित्र बिदाको सूचना नआएर रातिको समयमा बिदाको सूचना आएपछि सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित