आगलागिबाट तमानखोलामा १ जनाको ज्यान गयो दुई जना घाइते ५ परिवारको घरगोठ जल्दा भयो उठिबास

 बुर्तिबाङ बैशाख १४ गते

 बागलुङको तमानखोला गाउँपालिका वडा नं.सिलगुम स्थित वनक्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्ने क्रममा एक जनाको घटना स्थलमै ज्यान जानुका साथै अन्य दुई जना घाइते भएका छन ।

शुक्रबार बिहान देखि फैलिएको आगो वन क्षेत्रबाट बस्तीतर्फ फैलिँदै गर्दा आगो नियन्त्रणमा लिन गएका तमानखोला गाउँपालिका २ सिलगुमका ४८ बर्षिय देवसिंह कामीको आगो नियन्त्रण गर्ने क्रममा घर नजिकैको वनमा आगोबाट जलेर ज्यान गएको हो । त्यस्तै आगलागी नियन्त्रण गर्ने क्रममा सिलगुमकै ३१ बर्षिय ज्ञान बहादुर बूढा र सोही ठाउँकै ३३ बर्षिया प्रेम बहादुर घर्ती मगर घाईते हुनुभएको छ ।

घाईते दुबै जनाको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको अनुहार, खुट्टा, र शरीरको विभिन्न भागमा आगोले पोलेको पाइएको छ ।

सोही आगलागीबाट तमानखोला गाउँपालिका २ र ढोरपाटन नगरपालिका ३ का विभिन्न बस्तीमा आगलागी फैलिएको छ ।आगोले सिलगुमका राम बहादुर कार्कीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरगोठ जल्दा अन्नपात, लत्ता कपडा सँगै घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट हुनुका साथै दुई वटा बाख्रा जलेर नष्ट भएका छन । त्यस्तै सोही ठाउँका सूर्य बहादुर सिर्पालीको ढुँगा माटोले बनेको दुई तले घर र गोठ जलेर नष्ट भएको छ ।

घर जल्दा खाध्यान्ह, लत्ता कपडा लगाएतका सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ । त्यसैगरी सोही आगलागीबाट ढोरपाटन नगरपालिका ३ गुजा गाउँमा खगेन्द्र बिकको घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै सोही ठाउँका ढाल बहादुर पुनको दुई तले ढुँगा माटोले बनेको घर जलेको छ ।

सोही ठाउँकै बल बहादुर घर्तिको १ तले कच्ची घर जलेर नष्ट भएको हो । घर गोठ जल्दा पीडित सबैको खाध्यान्ह, लत्ता कपडा, भाँडा कुँडा लगायत घरमा राखिएका सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । प्रहरी निरीक्षक राजकुमार बिक सहितको प्रहरी टोली घटना स्थलमा पुगेर उद्धारको काम गरेको हो ।

स्थानीय, जनप्रतिनिधि, प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा ल्याउने प्रयास गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

  1. कृपया सम्पुर्ण गाउँ बासी आमाबुबा दाजु भाइ दिदिबहिनी हरु सुरक्षित रहन आग्रह ????????

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित