निसीखोलाको दुर्गम गाउँ लेबाङमा सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ

पौष १७ गते

बागलुङ  जिल्लाको निसीखोला गाउँपालिका १ लेबाङमा सामुदायिक स्वास्थ्य इकाईको मंगलबार उद्घाटन सहित सेवाको शुभारम्भ गरिएको छ ।

निसीखोला गाउँपालिकाको आर्थिक बर्स २०८०÷०८१ को नीति कार्यक्रम अन्र्तगत पालिकाकै दुर्गममा रहेको लेबाङ गाउँमा स्वास्थ्य इकाईको शुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बताउनु भयो । आफूहरूले निर्वाचनको समयमा बोलेका प्रतिबद्धता, जनताको समस्या र आवश्यकतालाई मध्यनजर राख्दै यहाँका नागरिकको सहज रुपमा स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चता गर्ने उद्देश्य सहित सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ गरिएको बताउँदै निकट भविष्यमै अर्थिङ सेन्टर समेत सुचारु गरिने बताउनु भयो ।

अध्यक्ष घर्तीले थप बोल्दै जनताका समस्या धेरै छन हामीहरूले क्रमिक रुपमा त्यसलाई संविधान गर्दे जाने हो । स्वास्थ्य, शिक्षा, खानेपानी, विधुत, सडक जस्ता महत्वपूर्ण विकासलाई प्राथमिकता दिइएको र कृषि, उत्पादन र रोजगारीलाई समेत पालिकाले प्राथमिकता दिएर काम गरेको बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहनु भएका गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तीले बोल्दै निसीखोला गाउँपालिकाले जनताको आवश्यकता र समस्यालाई पहिलो प्राथमिकता दिएर काम गर्दे आएको बताउनु भयो । संघीयताको र वर्तमान संविधानले गरेको व्यवस्था बमोजिम केन्द्रिकृत विकास निर्माणलाई दुर्गम वस्तिसम्म जोडेर सबै नागरिकको अपनत्व हुने गरि विकास भइरहेको बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका पुर्व गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाही, पूर्व निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल , निसीखोला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्द, वडा अध्यक्षको तर्फदेखि वडा नं. ३ का अध्यक्ष रमेश विक्रम शाही, राजनैतिक दलको तर्फदेखि नेकपा माओवादी केन्द्रका भीम घर्ती, नेकपा एमालेका भूमिराज घर्ती , स्वास्थ्य शाखाको प्रतिनिधित्व गर्दे टोप बहादुर चन्द लगायतले शुभकामना मन्तव्य राख्नु भएको हो । लेबाङमा सामुदायिक स्वास्थ्य इकाईको शुभारम्भ भएसँगै स्थानीय करिब ६ सय घरधुरीका नागरिकले सहज रुपमा सामान्य प्रकारका स्वास्थ्य सेवा प्राप्त गर्ने भएका छन ।

पैदल करिब दुई घण्टा टाढा देविस्थान स्वास्थ्य चौकी आउनुपर्ने बाध्यता रहेको अवस्थामा घरनजिकैको स्वास्थ्य इकाईबाट सामान्य बिरामी जाँच तथा उपचार सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व, खोप सेवा, पोषण सेवा प्राप्त गर्न सक्ने भएका हुन । १ जना अहेव र १ जना कार्यालय सहयोगीको व्यवस्था गाउँपालिकाले गरेको हो ।

स्थानीय गोर्खा ब्वाइज आत्मनिर्भर आमा समुहको भवनबाट सामुदायिक स्वास्थ्य इकाईको सुरुवात गरिएको छ । उक्त स्वास्थ्य इकाई सञ्चालनका निम्ति पालिकाले दश लाख बजेटको व्यवस्था गरेको थियो ।

आयोजित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, पत्रकार स्थानीय बासी लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रम वडा नं. १ का अध्यक्ष चन्द्रसिंह राम्जालीको अध्यक्षता, गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता, गाउँपालिका सूचना अधिकारी पुरुषोत्तम गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित