Home Blog Page 103

बुर्तिबाङमा सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु 

0

पौष २७ गते

 बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा शुक्रबार देखि फुटबल प्रतियोगिता सुरु भएको छ । बुर्तिबाङ फुटबल क्लबको आयोजनामा चौँठो बुर्तिबाङ कप सेभेन ए साइड प्रतियोगिता सुरु भएको हो आगामी माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० समुहको सहभागिता रहेको हो ।

शुक्रबार आयोजित प्रतियोगिता अन्र्तगत आयोजक समुह निलो र तमान खोला समुह बिचको खेलमा तमान खोला अघिल्लो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा प्रथम हुने समुहले नगद ७७ हजार ७ सय ७७ कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ

त्यस्तै द्धिर्तिय हुनेले रु ४४ हजार ४ सय ४४ कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लब अध्यक्ष युवराज कुवँरले बताउनु भयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा पुरस्कृत र सम्मान गरिने जनाइएको छ ।

बोबाङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा करिब १२ सय नागरिले लिए सेवा

0

पौष २७ गते बुर्तिबाङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ बोबाङमा भएको निः शुल्क वृहत स्वास्थ्य शिविरमा कुल एक हजार १ सय ८७ जनागरिकले सेवा लिएका छन ।
ढोरपाटन नगरपालिकाको आयोजनामा जनताको स्वास्थ्य सँग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत वडा नंं ६,७, ८ र ९ का नागरिकलाई लक्षित गर्दे बुधबार र बिहिबार दुई दिन सम्म शिविरको शुभारम्भ गरिएको थियो ।
ज्येष्ठ नागरिक बाट उद्घाटन गरेर सुरुवात भएको शिविरमा ३०० जनाको भिडियो एक्सरे, १५० जनाको ल्याब,२०० जनाको आँखा तथा दन्त विशेषज्ञ सेवा चेकजाँच तथा उपचार गरिएको छ ।

९८ जनालाई चस्मा उपलब्ध गराइएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक केशव थापाले बताउनु भयो । शिविरमा बिरामीको स्वास्थ्य चेक जाँच, भिडियो एक्सरे, मुटुको इ.सी.जी, आँखा जाँच तथा चस्मा वितरण, हाडजोर्नी नशा, बाल रोग तथा स्त्री रोग सम्बन्धी चेक जाँच, पाठेघरको मुखको क्यान्सर जाँच, रगत दिशा पिसाब खकार जाँच, गर्भवती महिलाको चेक जाँच, परिवार नियोजन सेवा, कुपोषित बच्चाहरूको उपचार, अशक्त र ज्येष्ठ नागरिकलाई लौरो हस्तान्तरण लगायतका समस्याको चेकजाँच तथा उपचार गरिएको हो ।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. निरञ्जन अर्याल, बुर्तिबाङ स्वास्थ्य केन्द्रमा कार्यरत बालरोग विशेषज्ञ डा. नविन्द्र ढकाल र डा. रचना सुवेदी लगाएत अन्य स्वास्थय कर्मीबाट समेत विरामीको स्वास्थ्य चेकजाँच तथा औषधि उपचार गर्नुभएको छ । ज्ञानोदय माध्यमिक विद्यालयमा आयोजित शिविरमा सेवा लिएका नागरिकलले आफनै घरदैलोबाट निः शुल्क रुपमा सेवा लिन पाउँदा आफुहरुलाई निकै राहात भएको र आगामी दिनमा समेत यस्ता शिविर आवस्यक रहेको बताएका छन ।

अखिल नेपाल किसान महासंघ ढोरपाटनको नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0

पौष २६ गते

इन्द्रमणि पाण्डे

ढोरपाटनमा अखिल नेपाल किसान महासंघ – अप्पा-को नगर भेला तथा प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सङ्गठनका महासचिव तुल्सीराम सापकोटाले प्रमुख अतिथीको रुपमा बोल्दै,किसानहरुले सङ्गठित संघर्ष नगरे झन् ठूलो समस्या आउने , खेति तथा उत्पादन प्रणालीमा आधुनिकताको विकास हुन नसक्ने ठहर गर्दै आफुहरुले देशव्यापी रुपमा संघर्ष तथा सङ्गठन निर्माण जस्ता कार्यहरु गर्ने सिलसिलामा ढोरपाटनमा पनि कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरिश्वर पाण्डेले बोल्दै सङ्गठनमा एकता र एकतामा बल हुने भन्दै किसानहरुको समस्या समाधानमा सङ्गठन निर्माण गरि एकताबद्व भएर सघर्ष गर्ने वा आन्दोलनको मोर्चामा राष्ट्रिय जनमोर्चा जहिले पनि किसानहरुको साथमा रहने बताउनुभयो ।

भेलाले तुल्सिराम खरेलको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको छ जसमा उपाध्यक्ष अविन महत, सचिव ओम बहादुर पाण्डे क्षेत्री,सहसचिव मित्रलाल पौडेल कोषाध्यक्ष ज्ञान बहादुर भण्डारी सदस्यहरुमा टेकलाल पाण्डे , याम सुनाम लगायत रहनुभएको छ ।सो अवसरमा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य धन बहादुर कुँवर, जनजाति सम्मेलनका केन्द्रीय सदस्य तम बहादुर घर्ती अखिल नेपाल महिला संघ ढोरपाटन नगर अध्यक्ष धन कुमारी कुँवर रक्तिम सास्कृतिक अभियान जिल्ला अध्यक्ष सहविन अर्गेजा , अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन छैठौ-का केन्द्रीय सदस्य बिमल पाण्डे जातिय समता समाजका केन्द्रीय सदस्य नर बहादुर सुनार लगायतले मन्तव्य राख्नुभएको थियो ।

मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा तथा तेश्रो अधिवेशन

0

पौष २६ गते बुर्तिबाङ 

ढोरपाटन नगरपालिका ५ शैखोलामा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारण सभा तथा तेश्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ ।

२०७० सालमा महिलाहरूको मात्रै सक्रियतामा सुरु गरिएको सहकारीले ५६४ जना सेयर सदस्य सँगै ७४ लाख रुपैयाँको कारोबार गर्न सफल भएको छ ।

संस्थाका अध्यक्ष सुनमाया घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका ५ का वडा अध्यक्ष दिपेन्द्र पुनको प्रमुख आतिथ्यता, रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशम राज रेग्मी, ढोरपाटन नगरपालिका पूर्व उपमेयर करमति पुन लगायतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष सुनमाया घर्तीद्वारा संस्थाका प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीम कुमारी क्षेत्रीद्वारा आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यस्तै तेश्रो आधिवेशनले सुनमाया घर्ती अध्यक्ष रहेको ९ सदस्य कार्य समितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा भीम कुमारी क्षेत्री, सचिव गीता सापकोटा, कोषाध्यक्ष चमेली पुन, सहसचिव सोभा बूढा श्रीपाली लगायत समितिको चयन गरिएको हो ।

औपचारिक कार्यक्रम कर्मचारी एलिना सिर्पालीको स्वागत, सचिव गीता सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो ।

बोबाङमा निशुल्क स्वास्थ्य शिविर सुरु पहिलो दिन :५९० जनाले लिए सेवा

0

पौष २५ गते बुर्तिबाङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नं. ७ मा निः शुल्क वृहत स्वास्थ्य शिविर सुरु भएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजनामा जनताको स्वास्थ्य सँग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत वडा नं. ६,७, ८ र ९ का नागरिकलाई लक्षित गर्दे शिविरको शुभारम्भ गरिएको हो ।

बुधबार र विहीबार सञ्चालन हुने शिविरमा पहिलो दिन कार्यक्रमको औपचारिक शुभारम्भ गर्दे ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले दुर्गम क्षेत्रका नागरिकको सहज रुपमा स्वास्थ्य चेकजाँच सँगै उपचार गर्ने अधिकारलाई सम्बोधन गर्दे शिविरको आयोजना गरिएको बताउनु भयो ।

“ शिविरले गर्दा आर्थिक अभावका कारण लामो समयदेखि रोग लुकाएर बस्न बाध्य भएका नागरिकको सहज रुपमा उपचार हुने बताउँदै गरिब, विपन्न, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई शिविरले राहत दिने बताउँदै निशुल्क रुपमा हुने चेकजाँच र सुविधालाई प्रयोग गर्न आग्रह गर्नुभयो । ”

ज्येष्ठ नागरिक बाट उद्घाटन गरेर सुरुवात भएको कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ज्ञवाली, स्वास्थ्य कर्मी लगायतको शुभकामना मन्तव्य रहेको थियो । आज पहिलो दिन ५९० जना नागरिकले पहिलो दिन सेवा लिएका छन ।

शिविरमा चेकजाँच गराइएका मध्ये हार्डजोनी र नशाका बिरामी बढि रहेको पाइएको छ । पोखराबाट आउनुभएका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. निरञ्जन अर्याल, बुर्तिबाङ स्वास्थ्य केन्द्रमा कार्यरत बालरोग विशेषज्ञ डा. नविन्द्र ढकाल र डा. रचना सुवेदीले विरामीको स्वास्थ्य चेकजाँच तथा औषधि उपचार गर्नुभएको छ ।

शिविरमा बिरामीको स्वास्थ्य चेक जाँच, भिडियो एक्सरे, मुटुको इ.सीस.जी, आँखा जाँच तथा चस्मा वितरण, हाडजोर्नी नशा, बाल रोग तथा स्त्री रोग सम्बन्धी चेक जाँच, पाठेघरको मुखको क्यान्सर जाँच, रगत दिशा पिसाब खकार जाँच, गर्भवती महिलाको चेक जाँच, परिवार नियोजन सेवा, कुपोषित बच्चाहरूको उपचार, अशक्त र ज्येष्ठ नागरिकलाई लौरो हस्तान्तरण लगायतका समस्याको चेकजाँच तथा उपचार भइरहेको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक केशव थापाले बताउनु भयो ।

शिविर भोलि सम्म जारी रहने जनाइएको छ ।

इमेज सहकारी ब्युँताउन बुर्तिबाङमा बचतकर्ताको आम भेला: माघ ६ गते विशेष साधारण सभा गरिँदै

0

पौष २४ गते बुर्तिबाङ

इमेज बचत तथा ऋण सहकारी संस्थालाई ब्युँताउने विषयमा बुर्तिबाङका इमेज पीडितको बैठक तथा छलफल मंगलबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली विगत ८ महिना देखि सहकारी डुबाएर फरार भएसँगै निरन्तर आन्दोलित भएका पीडित बचतकर्ताले सहकारी ब्युँताउने विषयमा सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशसँगको परामर्श पछि प्रत्ययक शाखामा बैठक बसेर आगामी माघ ६ गते बागलुङमा साधारण सभा गर्ने गरि आवश्यक तयारी अगाडि बढाइएको छ ।

संस्थापक अध्यक्ष नेपालीले बागलुङमा करिब १५ सय जनाको १ अर्ब ६० करोड रुपैयाँ र पोखरामा ५ सय २४ जनाको ६४ करोड ८८ लाख रुपैयाँ हिनामिना गरेको उजुरी परेको थियो। उजुरी परेपछि नेपालीसहित ११ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो।

इमेज बचत तथा ऋण सहकारीमा बचतकर्ताले राखेको २ अर्ब २४ करोड ८८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा नेपालीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि राजनीतिक संरक्षणका कारण प्रहरीले पक्राउ नगरेको पीडितको गुनासो छ।

बुर्तिबाङमा मात्रै १४९ जना बचत कर्ताको ११ करोड बढि बचत हिनामिना गरेको आरोप छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशसँगको परामर्शमा सेयर सदस्यहरूको भेला गर्ने तयारी भएको संघर्ष समिति मूल समितका अध्यक्ष दिलबहादुर कार्कीले बताउनु भयो ।

मङ्गलबारको भेलाले एक जनाको नाममा अधिकृत अख्तियारी निर्णय गर्ने, बचत कर्ताको वास्तविक रकम अध्याबधिक गराई फोटो सहित दायाँ बायाँ ल्याप्चे सहित प्रमाणित गर्ने, र माघ ६ गते हुने विशेष साधारण सभामा सदस्यको उपस्थिति गराई हस्ताक्षर गराउने लगायतको विषयमा छलफल गरिएको संघर्ष मूल समिति कोषाध्यक्ष तथा बुर्तिबाङ समितका संयोजक यम बहादुर कुवँरले बताउनु भयो ।

 

 

बुर्तिबाङ नजिकै बडिगाड खोलामा महिलाको शव फेला 

0

पौष २४ गते बुर्तिबाङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका २ खल्टुबोट स्थित बडिगाड खोलामा एक महिलाको शव फेला परेको छ ।
तमानखोला गाउँपालिका ५ घर भई हाल ढोरपाटन नगरपालिका १ बुर्तिबाङ घम्चिन बस्दै आएकी अन्दाजी ३५ बर्षिया धनसरा बिक को शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक ले बताउनु भयो ।
स्थानीयले माछा मार्न खोलामा गएको समयमा बग्दै गरेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्ट मार्टमका निम्ती बुर्तिबाङ स्वास्त्य केन्द्रमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो
मृतकका श्रीमान शिव श्रीपालीका अनुसार मृतक धनसरा ले आज बिहान मर्निङ वाक जान्छु भनी घरबाट हिँडेको बताउनु भयो । मृतक बिक का एक छोरा एक छोरी रहेका स्थानीयले बताएका छन ।

नेपालमा फेला पर्यो कोरेनाको नयाँ भेरियन्ट ‘जेएन १’

0

नेपालमा पहिलो पटक कोभिड १९ संक्रमण ओमिक्रोनको सब भ्यारेन्ट ‘जे एन १’ पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्याले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो।

पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

ढोरपाटनको विकास र समृद्धिका निम्ति दल र संघसँस्थाका प्रतिनिधि सँग का.वा.मेयर कायतको छलफल 

0


पौष २३ बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिकामा सडक बत्ति व्यवस्थापन, सिसि क्यामेरा जडान सँगै नयाँ शहर आयोजनाको विषय लगायत विभिन्न समसामयिक विषयमा राजनैतिक दल र जनप्रतिनिधि बिच नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले सुझाव संकलन सँगै छलफल गर्नुभएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजनामा यहाँ क्रियाशील राजनैतिक दलका प्रतिनिधि, वडा नं. १ का जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको बिचमा विभिन्न विषयमा छलफल भएको थियो  ।
नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत ले कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पार्दै ढोरपाटन नगरपालिकाको विकास र समृद्धिलाई लयमा ल्याउनका निम्ति सर्वदलीय ,सर्वपक्षीय साथ र सहयोगको आवश्यकता पर्ने बताउँदै यहाँ देखिएका समस्यालाई क्रमश सम्बोधन गर्दे अगाडि बढिने बताउनु भयो ।
मेयर कायतले बोल्दै बजारका विभिन्न स्थानमा सिसि क्यामेरा जडान गरिएको बताउँदै आवश्यकताको आधारमा आगामी दिन थप बजेट व्यवस्थापन गरेर सिसि क्यामरा जडान गरिने बताउनु भयो ।
बजारमा सडक सौर्य बत्ति व्यवस्थापनका निम्ति आवश्यक काम गरिने  बताउँदै नयाँ शहर आयोजनाले गरेको काम परिणाम मुखि नदेखिएको र दिगो विकास सँगै कार्यक्षेत्र विस्तारका निम्ति थप अगाडि बढ्नुपर्ने बताउनु भयो ।


प्रशासनिक कार्यालय मालपोत, नापी, इलाका प्रशासनको भवन निर्माणका निम्ति जग्गा व्यवस्थापनमा पहल अगाडि बढाउन नयाँ शहर आयोजना कार्यालयमा जग्गा खरिद प्रकृयाका निम्ति प्रकृयागत अगाडि बढाउन पहल गर्ने र भवन निर्माणको कामलाई अगाडि बढाउन ढिलाई गर्न नहुने बताउनु भयो । त्यस्तै जग्गा वर्गीकरण, सडक मापदण्ड निर्धारण, सार्वजनिक शौचालय निर्माण र सार्वजनिक क्षेत्रको खोजी र व्यवस्थापनमा आफूहरूले काम गर्ने मेयर कायत ले बताउनु भयो । 

बुर्तिबाङ बजारका विभिन्न स्थानमा हालै नगरपालिकाको नौ लाख नब्बे हजार बजेटमा विभिन्न ९ स्थानमा सिसि क्यामेरा जडान भइसकेको छ अन्य क्षेत्रमा आवश्यकताको आधारमा सिसि क्यामेरा जडान गर्ने विषयमा समेत छलफल भएको छ । सिसि क्यामेरा जडान सँगै सहभागिले शान्ति सुरक्षाको हिसाबले राम्रो कामको सुरुवात भएको बताएका थिए । 


१२ कोर अप्टिकल फाइबर तानेर बजार तथा आसपासको क्षेत्रमा क्यामरा जडान भएको हो । ३२ च्यानल सहितको एसभीआर मेशिन राखेर जडान गरिएको क्यामेराले ५० मिटर टाढा सम्म हेर्न मिल्ने र २ महिना ब्याकअप रहने व्यवस्था रहेको मेसिन जडान गरिएको जनाइएको छ । बजारका मुख्य क्षेत्रमा राखिएका क्यामेरा इलाका प्रहरी कार्यालय बुर्तिबाङको मनिटरिङमा रहने व्यवस्था गरिएको जनाइको छ ।

बसपार्क क्षेत्रमा पुरानै क्यामेरा व्यवस्थापन गरि सञ्चालनमा ल्याइने भएको हो । कार्यक्रममा सहभागीहरूले बुर्तिबाङ बजारमा जोडिएको सिसि क्यामेराले बजारको शान्ति सुरक्षालाई थप सहज बनाएको बताउँदै नयाँ शहर आयोजनाले राखेका सोलार बत्ती अधिकांश मर्मत गर्नुपर्ने भएका कारण मर्मत गर्नुपर्ने, बजारमा सडक मानवको संख्या वृद्धि हुँदै गएका कारण त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने, सार्वजनिक शौचालय निर्माणको विषय लामो समय देखि उठेको तर हाल सम्म निर्माण हुन नसकेका कारण चाँडै निर्माणमा ध्यान दिनुपर्ने, युवा तथा बालबालीका बढि मात्रामा कुलतमा फसेका कारण त्यसको रोकथाममा सम्बन्धी निकायबाट ध्यान दिनुपर्ने, जुवातास समेत बजारमा खेलाइने र खेलिने संख्या बढि रहेका कारण त्यसको रोकथामका निम्ति प्रहरीले थप सक्रियता अपनाउनु पर्ने बताउँदै नगरपालिकाले समय समयमा गरिरहेका सकारात्मक काम र योजना परिणाम मुखी रहेको बताएका हुन। सहभागिताले नगरपालिकाले गर्ने रचनात्मक कार्यमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन । 


कार्यक्रमका अवसरमा गण्डकी प्रदेश सभा सांसद दिलमाया पौवी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रलाल अर्याल , नेकपा एमाले गण्डकी प्रदेश सदस्य टंकप्रसाद पौडेल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सोम बहादुर पौवी, नेपाल कम्युनिष्ट पार्टीका हरि बहादुर कुवँर,  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क.,  इलाका प्रशासन बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर,वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्याल, लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चाय, रोटरी क्लब अफ बुर्तिबाङ ढोरपाटनका अध्यक्ष प्रेमनाथ पौडेल, वडा नं. १ का वडा सदस्य, ट्राफिक प्रहरी लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा वडा अध्यक्ष वान बहादुर छन्त्यालले बोल्दै सौर्य बत्ती व्यवस्थापनको काम बजेट विनियोजन भएका कारण चाँडै सुरु हुने बताउनु भयो । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले बोल्दै समाजमा हुने घटना, जुवा तास, बालबालिकामा देखिएको कुलत को लत लगायतका विषयमा प्रहरीमा सूचना नआएका कारण यस्ता घटनामा समयमै सूचना गरि जानकारी दिन अनुरोध गर्दे सिसि क्यामेरा जडानले शान्ति सुरक्षामा थप सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले नगरपालिकाले क्रमिक रुपमा विकास निर्माणमा  गति लिँदै गएको बताउँदै सबैको अपनत्व भएमा पालिकाले चाँडै समृद्धिमा गति लिने बताउनु भयो । हालसम्म ४७ वटा कानुन निर्माण गरिसकेको बताउँदै विकास र समृद्धिमा पालिकाले जोड दिइरहेको जनाउनु भयो ।

रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटन द्धारा न्यानो कपडा संगै खाध्यान्ह र स्टेशनरी वितरण

0

पौष २१ गते बुर्तिबाङ

बागलुङको पश्चिम क्षेत्रमा स्थापित रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनले बालगृह र विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । तमान खोला गाउँपालिका वडा नम्बर ३ को तमान बालगृहमा बस्ने बालबालिकालाई न्यानो कपडा सहित खाध्यान्ह र स्टेशनरी सहित ढोरपाटन नगरपालिका वडा नम्बर ६ खोरियाका ४० घरपरिवार क्लवले शुक्रबार र शनिबार न्यानो कपडा वितरण गरेको छ ।
क्लवका अध्यक्ष प्रेम पौडेलका अनुसार खोरियाका अति विपन्न ४० घर परिवारलाई एकएक थान न्यानो फाइबरको सिरक र बालगृहमा रहेका २७ जना बालबालिकालाई पनि एकएक थान न्यानो फाइबरको सिरक, खाद्यान्ह, चामल, नुन, चाउचाउ र स्टेसनरीका सामाग्री वितरण गरिएको हो । जाडोमा न्यानो कपडा पाएपछि विपन्न परिवार र बालगृहका बालबालिकाले आफहुरुलाई चिसो मौसममा निकै राहात भएको बताएका छन ।


क्लबले अति विपन्न समुदाय र बालगृहको अवस्था पहिचान गरेर क्लबको माध्यमबाट आफहुरुले सहयोग गरेको पौडेलले बताए । ढोरपाटन माउण्टेन बाइक एण्ड एडभेन्चरको सहयोगमा कार्यक्रम गरिएको बताउँदै अध्यक्ष पौडेलले एडभेन्चरका अध्यक्ष रविन्द्र न्यौपाने गौतम लगायतलाई धन्यबाद दिए ।

हाल बेलायतमा प्रोफेसर रहेका एडभेन्चरका अध्यक्ष न्यौपानेले नेपालका बिभिन्न स्थानमा सामाजिक र मानवीय काममा ठुलो सहयोग गर्दै आएका छन् ।

न्यानो कपडा वितरण कार्यक्रममा तमान खोला गापा ३ का वडा अध्यक्ष झक बहादुर बुढा, धन गौ ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार बुढाथोकी, ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक केशव थापा, क्लवका पूर्व अध्यक्षहरु  तुल्सीराम अर्याल, धालेन्द्र छन्त्याल, ,उपाध्यक्ष घनस्याम चालिसे, लगाएत क्लबका पदाधिकारीको उपश्थिती रहेको थियो । क्लवले अन्य समयमा पनि बिभिन्न सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।