बोबाङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा करिब १२ सय नागरिले लिए सेवा

पौष २७ गते बुर्तिबाङ
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नम्बर ७ बोबाङमा भएको निः शुल्क वृहत स्वास्थ्य शिविरमा कुल एक हजार १ सय ८७ जनागरिकले सेवा लिएका छन ।
ढोरपाटन नगरपालिकाको आयोजनामा जनताको स्वास्थ्य सँग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत वडा नंं ६,७, ८ र ९ का नागरिकलाई लक्षित गर्दे बुधबार र बिहिबार दुई दिन सम्म शिविरको शुभारम्भ गरिएको थियो ।
ज्येष्ठ नागरिक बाट उद्घाटन गरेर सुरुवात भएको शिविरमा ३०० जनाको भिडियो एक्सरे, १५० जनाको ल्याब,२०० जनाको आँखा तथा दन्त विशेषज्ञ सेवा चेकजाँच तथा उपचार गरिएको छ ।

९८ जनालाई चस्मा उपलब्ध गराइएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक केशव थापाले बताउनु भयो । शिविरमा बिरामीको स्वास्थ्य चेक जाँच, भिडियो एक्सरे, मुटुको इ.सी.जी, आँखा जाँच तथा चस्मा वितरण, हाडजोर्नी नशा, बाल रोग तथा स्त्री रोग सम्बन्धी चेक जाँच, पाठेघरको मुखको क्यान्सर जाँच, रगत दिशा पिसाब खकार जाँच, गर्भवती महिलाको चेक जाँच, परिवार नियोजन सेवा, कुपोषित बच्चाहरूको उपचार, अशक्त र ज्येष्ठ नागरिकलाई लौरो हस्तान्तरण लगायतका समस्याको चेकजाँच तथा उपचार गरिएको हो ।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. निरञ्जन अर्याल, बुर्तिबाङ स्वास्थ्य केन्द्रमा कार्यरत बालरोग विशेषज्ञ डा. नविन्द्र ढकाल र डा. रचना सुवेदी लगाएत अन्य स्वास्थय कर्मीबाट समेत विरामीको स्वास्थ्य चेकजाँच तथा औषधि उपचार गर्नुभएको छ । ज्ञानोदय माध्यमिक विद्यालयमा आयोजित शिविरमा सेवा लिएका नागरिकलले आफनै घरदैलोबाट निः शुल्क रुपमा सेवा लिन पाउँदा आफुहरुलाई निकै राहात भएको र आगामी दिनमा समेत यस्ता शिविर आवस्यक रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित