बोबाङमा निशुल्क स्वास्थ्य शिविर सुरु पहिलो दिन :५९० जनाले लिए सेवा

पौष २५ गते बुर्तिबाङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको वडा नं. ७ मा निः शुल्क वृहत स्वास्थ्य शिविर सुरु भएको छ ।

ढोरपाटन नगरपालिकाको आयोजनामा जनताको स्वास्थ्य सँग नगर उपप्रमुख कार्यक्रम अन्र्तगत वडा नं. ६,७, ८ र ९ का नागरिकलाई लक्षित गर्दे शिविरको शुभारम्भ गरिएको हो ।

बुधबार र विहीबार सञ्चालन हुने शिविरमा पहिलो दिन कार्यक्रमको औपचारिक शुभारम्भ गर्दे ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले दुर्गम क्षेत्रका नागरिकको सहज रुपमा स्वास्थ्य चेकजाँच सँगै उपचार गर्ने अधिकारलाई सम्बोधन गर्दे शिविरको आयोजना गरिएको बताउनु भयो ।

“ शिविरले गर्दा आर्थिक अभावका कारण लामो समयदेखि रोग लुकाएर बस्न बाध्य भएका नागरिकको सहज रुपमा उपचार हुने बताउँदै गरिब, विपन्न, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई शिविरले राहत दिने बताउँदै निशुल्क रुपमा हुने चेकजाँच र सुविधालाई प्रयोग गर्न आग्रह गर्नुभयो । ”

ज्येष्ठ नागरिक बाट उद्घाटन गरेर सुरुवात भएको कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ज्ञवाली, स्वास्थ्य कर्मी लगायतको शुभकामना मन्तव्य रहेको थियो । आज पहिलो दिन ५९० जना नागरिकले पहिलो दिन सेवा लिएका छन ।

शिविरमा चेकजाँच गराइएका मध्ये हार्डजोनी र नशाका बिरामी बढि रहेको पाइएको छ । पोखराबाट आउनुभएका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. निरञ्जन अर्याल, बुर्तिबाङ स्वास्थ्य केन्द्रमा कार्यरत बालरोग विशेषज्ञ डा. नविन्द्र ढकाल र डा. रचना सुवेदीले विरामीको स्वास्थ्य चेकजाँच तथा औषधि उपचार गर्नुभएको छ ।

शिविरमा बिरामीको स्वास्थ्य चेक जाँच, भिडियो एक्सरे, मुटुको इ.सीस.जी, आँखा जाँच तथा चस्मा वितरण, हाडजोर्नी नशा, बाल रोग तथा स्त्री रोग सम्बन्धी चेक जाँच, पाठेघरको मुखको क्यान्सर जाँच, रगत दिशा पिसाब खकार जाँच, गर्भवती महिलाको चेक जाँच, परिवार नियोजन सेवा, कुपोषित बच्चाहरूको उपचार, अशक्त र ज्येष्ठ नागरिकलाई लौरो हस्तान्तरण लगायतका समस्याको चेकजाँच तथा उपचार भइरहेको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक केशव थापाले बताउनु भयो ।

शिविर भोलि सम्म जारी रहने जनाइएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img