Home Blog Page 102

बालविवाह गर्ने बेहुला बेहुलीसहित चार जना विवाह मण्डपबाट पक्राउ

0

 माघ ६ गते ढोरपाटन

बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ बाट उमेर नपुग्दै बाल विवाह गरेको आरोपमा प्रहरीले एक जोडी बेहुला बेहुली सहित चार जनालाई पक्राउ गरेको छ ।

गत बिहीबार बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुला बेहुली सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक डीएसपी एवम् सूचना अधिकारी मदन केसीले जानकारी दिए । ‘विवाह भइरहेको स्थानमा झगडा भएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी त्यहाँ पुगेको थियो,’ विवाह भइरहेको स्थानमा पुग्दै गर्दा बालविवाह भएको पाइएपछि प्रहरीले दुलाहा दुलही सहित चार जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको हो । दुलाहा कक्षा ७ मा र दुलही कक्षा ९ मा अध्ययन गर्दे आइरहेका थिए । बेहुला र बेहुलीको उमेरमा शंका लागेपछि उनीहरूका अभिभावकसहित चार जनालाई पक्राउ गरेका हौँ केसीले भन्नु भयो ।’ पक्राउ परेका बेहुला बेहुलीको उमेर २० वर्षभन्दा कम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत बागलुङबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पश्चिम बागलुङमा अधिकांश बाल विवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको यो घटना पहिलो हो । मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । सोही बमोजिमको कसूर गर्ने विवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । कम उमेरमा विवाह भएको प्रमाणित भए विवाह स्वतः बदर हुनेछ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छात्रा भलिबल बडिगाडको पोल्टामा

0

माघ ६ गते
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छात्रा भलिबल बडिगाड गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनल खेलमा बागलुङ नगरपालिकालाई सोझो सेटमा पराजित गरेर बडिगाड महिला भलिबलतर्फ च्याम्पियन बनेको हो । बडिगाडले बागलुङ नगरपालिकालाई २५–१६ र २५–१५ को सेटमा पराजित गरेको भलिबल संयोजक किसोर छन्त्यालले जानकारी दिए ।फागुन दोश्रो साता हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा बागलुङबाट उनीहरुले खेल्नेछन् ।

छात्रतर्फको भलिबल भने आइतबार मात्रै फाइनल हुने बताइएको छ । शनिबार सबै खेल नसकिएपनि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकाले जित्ने पक्का(पक्की भएको छ ।

एथलेटिक्सतर्फ बागलुङ नगरपालिकाले १४ स्वर्ण ५ रजत र ५ कास्य जितेको छ । त्यसबाहेक उसुतर्फ ७ स्वर्ण र ३ रजत तथा भलिबल तर्फको १ रजत पदक हात पारिसकेको छ ।

कुल ६६ स्वर्ण पदकमा काठेखोला र निसीखोलाले समान ४र४ स्वर्ण, जैमिनीले ३ स्वर्ण र गलकोटले १ स्वर्ण पदक हात पारिसकेका छन् ।छात्रछात्राको कबड्डी, तेक्वान्दो र करााते तथा छात्र भबिलल प्रतियोगिताको पदक आइनसकेको खेलकुाद बिकास समितिका अध्यक्ष कुमार खड्काले बताए ।

तमानखोला गाउँपालिकामा तिनदल द्वारा आन्दोलनको घोषणा

0

पौष ६ गते
बागलुङको तमानखोला गाउँपालिकाको कार्यालयमा लगाइएको ताला प्रहरीले फुटाएको छ । बागलुङ बजारमा बन्दै गरेको विपी स्मृति भवनका लागि गाउँपालिकाले १४ लाख रकम विनियोजन गरेपछि असहमति जनाउँदै पालिकाका जनप्रतिनिधिहरुले लगाएको ताला शुक्रबार प्रहरीले फुटाएको हो ।
यता, जनप्रतिनिधिले लगाएर ताला प्रहरी प्रशासन लगाएर फुटाएको भन्दै नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । शनिबार विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेको हुन ।
विज्ञप्तीमा लेखिए अनुसार ‘विरोधको कार्यक्रमपछि स्थानीय सरकार प्रमुखले राजनीतिक सहमतिको पहल गर्नुको सट्टा जिल्ला प्रशासन कार्यालयको गैरजिम्मेवारी आदेशको आधारमा प्रहरी परिचालन गरी ताला तोडेको कारण हामी थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य भएका छौं, ’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ , ‘बजेट नसच्चाएसम्म हामी निरन्तर आन्दोलनमा रहनेछौं । उक्त आन्दोनलको कार्यक्रममा कुनै अप्रिय गतिविधि हुन गएमा जिल्ला प्रशासन र स्थानीय सरकार प्रमुख स्वयम जिम्मेवार हुनपर्नेछ ।’

माघ ४ गते बसेको गाउँसभाको बैठकबाट विपी स्मृति भवनका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएपछि तमानखोला गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित ११ जना जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका थिए ।

नेपाल लोकतन्त्रवादी आदीबासी जनजाति महासंघ ढोरपाटन नगर अध्यक्षमा अने थापा चयन

0

माघ ६ गते शनिबार

गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले आदीबासी जनताजति समुदायको हक अधिकार स्थापित गर्न र नेतृत्वमा पुग्नका निम्ति सक्रियताका साथ लाग्नुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदीबासी जनजाती महासंघ ढोरपाटन नगर अधिवेशनको शनिबार बुर्तिबाङमा आयोजित कार्यक्रमलाई उद्घाटन सहित सम्वोधन गर्दे साँसद कुवँरले आदीबासी जनजाति समुदायको हक अधिकार संगै राजनैतिक क्षेत्रबाट नेतृत्वको विकास गर्न अगाडि बढ्नुपर्ने बताउँदै अधिवेशनबाट सक्रिय टिमको नेतृत्व चयन गर्न सुझाव दिनुभएको हो ।

सांसद कुवँरले फरक प्रसङ्गमा बोल्दै निसी भुजी तमान सहित पश्चिम बागलुङको विकास र समृद्धिका निम्ति आफूहरूले प्रदेश सरकारमा रहेर जनअपेक्षा बमोजिम काम गर्ने प्रयत्नका साथ अगाडि बढिएको बताउँदै सबैको पहुँच र अपनत्व हुने गरि विकास र समृद्धिमा अगाडी बढिने बताउनु भयो ।

बन्दसत्रबाट सुरु भएको अधिवेशनले अने थापा अध्यक्ष रहेको १० सदस्य ढोरपाटन नगर निकट नेपाल लोकतन्त्रवादी आदीबासी जनजाति महासंघ गठन गरिएको छ । समितिको उपाध्यक्षमा नर कुमारी छन्त्याल र टेक बहादुर पुन, सचिव वीरेन्द्र बुढाथोकी र टोप बहादुर पुन, सहसचिव याम बहादुर बूढा र दिल कुमारी घर्ती, सदस्यहरूमा मनिमला पुन, सोम बहादुर घर्ती, बुद्ध कुमारी कुमाल चयन हुनुभएको छ ।

नवगठित समितिले ३ जना सदस्य मनोनित गर्ने भएको निर्वाचन मण्डलका सदस्य पुरन पाण्डेले बताउनु भयो । आयोजित कार्यक्रमको उद्घाटन सत्रको कार्यक्रम नेपाली कांग्रेस ढोरपाटन नगर वडा नं. १ का सभापति वान बहादुर छन्त्यालको अध्यक्षता, नेपाली कांग्रेस जिल्ला सदस्य शैलेश घर्ति, समाजसेवी हर्क बहादुर गुरुङ, नेपाली कांग्रेस क्षेत्रीय सदस्य ढालेन्द्र छन्त्याल, नेपाल विद्यार्थी मगर संघ केन्द्रिय सदस्य गगन पुन वडा नं. १ उपसभापति भक्त बहादुर वि.क., वडा नं. २ सभापति जित बहादुर कुवँर लगायतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

अधिवेशनलाई सफल पार्न निर्वाचन मण्डलमा संयोजक निम बहादुर जिसी संयोजक सहित पुरन पाण्डे, गीता घिमिरे र मधुमाया गुरुङ रहेको समितिले सहमतिमा समिति गठन कार्यक्रमलाई पूर्णता दिएको हो । 

नयाँ शहर आयोजना बुर्तिबाङ दुई महिना देखि कार्यालय प्रमुख विहीन: करिब चार करोड भुक्तानी रोकियो

0

बुर्तिबाङ माघ ५ गते
दश नमुना शहर अन्र्तगत रहेको बुर्तिबाङ नयाँ शहर आयोजना कार्यालयमा कार्यालय प्रमुख विहीन बन्दा सेवा प्रवाहमा समस्या देखिएको छ ।
कार्यालय प्रमुख अभिषेक अधिकारी दुई महिना पहिले सरुवा भई गएपछि हालसम्म कार्यालय प्रमुख कार्यालयमा नआउँदा भुक्तानी प्रकृया देखि धेरै काम अलपत्र रहेको पाइएको छ । आयोजनाको आर्थिक बर्स २०८०÷०८१ अन्र्तगत कुल ५० प्रतिशत हाराहारीमा काम सम्पन्न भइसक्दा समेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन ।

कार्यालय प्रमुखको रुपमा राम कृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका सूचना अधिकारी कोमल शाहले बताए ।

गिरीलाई विभागले पठाए पनि जिम्मेवारीमा आउन आलटाल गरिरहेको बताइएको छ । शाहका अनुसार आयोजना प्रमुख गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर संघीय कार्यान्वयन इकाईले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताए । यस बर्स कुल आठ करोड बजेट नयाँ शहर आयोजनाका निम्ति विनियोजन भएकोमा विभिन्न ७ वटा ठेक्का मार्फत निर्माणको काम सुरु भइरहेको छ ।

५ वटा योजनाको काम सृजना एण्ड कुञ्जम जेभिले जिम्मा पाएको छ एकवटा योजनाको काम श्रीमान निर्माण सेवा हेटौँडाले प्राप्त गरेको हो र अर्का योजनाको समेत काम ठेक्का सम्झौता भइसकेको र अब निर्माणको चरणमा रहेको जनाइएको छ । हालसम्म ६ वटा योजनाको कामका लागी ठेक्का सम्झौता भई मूल्यांकन समेत भइसकेको छ । अधिकांश योजनाको काम चलिरहँदा बुर्तिबाङ घम्चिनमा सडकको ५० लाखको काम सम्पन्न भएको बताइएको छ ।

त्यस्तै ढोरपाटन ३ पुर्काट मा सडकको २५ लाखको काम सकिएको छ । नयाँ शहर आयोजना कुत्थाप्लामा पार्क निर्माणको काम अन्तिम चरणमा रहेको हो । अन्य आयोजनाको काम पनि भइरहेको छ तर गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाबाट चार करोड भुक्तानी दिन बाँकी रहेको शाहले बताए ।
गतबर्ष को कार्यक्रम अन्र्तगत असोज महिनामा निर्माण सकिएको कामको समेत हालसम्म भुक्तानी प्राप्त गर्न बाँकी रहेको जेनिशा निर्माण सेवाका प्रमुख दीपक अदैले बताउनु भयो । कार्यालय प्रमुख नभएकै कारण सेवा प्रवाहमा समस्या भएको अदैको भनाई छ । कार्यालयले यसवर्ष सडक, पार्क, सभाहल जस्ता आयोजनामा बजेट विनियोजन गरेको हो । आर्थिक वर्ष २०६७ ÷६८ देखि सरकारले व्यवस्थित शहर बनाउने भन्दै मध्य पहाडी लोकमार्गका विभिन्न १० स्थान छनौट गरेको थियो जसमध्ये बुर्तिबाङ पनि रहेको छ ।
१२ बर्स बित्दै गर्दा कार्यालयले जनअपेक्षा बमोजिम काम गर्न नसकिरहेको सर्वसाधारणको गुनासो छ । आयोजनाले हालसम्म जग्गा खरिद, सडक निर्माण, बसर्पाक, निर्माण, आफ्नै कार्यालय भवन निर्माण पार्क घेराबार, सभाहल निर्माण, सौर्य बत्ती जडान, ढल व्यवस्थापन जस्ता काम गरेपनि दिगो लक्ष्य सहितको गुणस्तरीय काम हुन नसकेको पाइएको छ । अधिकांश निर्माण थालिएका योजना बिचमा अलपत्र अवस्थामा रहेका छन ।

विभिन्न स्थानमा सडक ढलान बसपार्क निर्माण थालिएपनि क्रमागत रुपमा काम हुन नसक्दा अलपत्र छन भने बढि प्रभावकारी ठाँउ मा जग्गा खरिद गर्न नसक्दा प्रशासनिक कार्यालय व्यवस्थापनमा समस्या देखिएको छ । स्थानीय सरकार र नयाँ शहर आयोजना बिच समन्वय हुन नसक्नु, कार्यालय प्रमुख नियमित कार्यालयमा नरहनु र स्थानीयको खबरदारी समेत नहुनुका कारण पनि अपेक्षाकृत उपलब्धीमा गिरावट देखिएको स्थानिय टोल विकास संस्थाका अध्यक्ष सरन पाण्डेले बताए ।

नयाँ सहरका रूपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतिकरण, खानेपानी, ढल निकासी लगायतको प्रबन्ध, उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजार लगायतको निर्माण कार्य व्यवस्थित हुनु पर्ने भनिए पनि अझैसम्म धेरै पूर्वाधार निर्माण हुन सकेको छैन । बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला शहरहरूमा जानेहरूलाई रोक्न यस आयोजना सञ्चालन गरिएको थियो ।एक लाख जनसंख्या अट्ने बस्ती बस्न योग्य पूर्वाधार सहितको संरचना निर्माण गर्ने भनिएपनि त्यसको प्रभावकारिता भने कम देखिएको पाइन्छ ।

सरकारले मध्ये पहाडी लोकमार्ग पर्ने बागलुङको बुर्तिबाङ, पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, अछामको साँफेबगर, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटनलाई मध्य पहाडी राजमार्गअन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने लक्ष्य राखेको हो सरकारले पछिल्लो समय अन्य क्षेत्रमा समेत नयाँ शहर निर्माण गर्ने लक्ष्य लिएको हो ।

तमानखोला गाउँसभाको चौथो अधिवेशन सुरु: मन्त्री जुग्जालीद्धारा उद्घाटन

0

पौष २९ गते
बागलुङको तमानखोला गाउँपालिकाले आइतबार देखि दोश्रो गाउँसभा तथा चौथो अधिवेशन सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

मन्त्री जुग्जाली ले बोल्दै संघीयताको कारण सिंह दरबारको अधिकार गाउँगाउँमा आइपुगेका कारण सुगम देखि दुर्गम सम्मका नागरिकले सेवा सुविधा संगै विकासको आभाष गर्न पाएको बताउनु भयो ।

तमानखोला गाउँपालिका जिल्लाकै दुर्गम हुँदै गर्दा पनि स्थानीय तहपछि धेरै विकास भइसकेको बताउँदै तमानखोला को विकासमा आफूहरूले समेत पहल गर्ने र बुर्तिबाङ, तमान हुँदै म्याग्दी जोड्ने सडकलाई व्यवस्थित गराउन आफुहरुले काम गरेको बताउनु भयो ।

गाउँसभाको विषयमा गाउँपालिका अध्यक्ष एवम सभा अध्यक्ष जोकलाल बुढाले विभिन्न ३ वटा प्रस्ताव पेश गर्नुभएको थियो । सभाले उक्त विषयमाथि व्यापक छलफल गरि पारित गर्ने उदेश्य सहित आगामी माघ ४ गतेका लागी सभा सारिएको हो ।

गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले संशोधित बजेट तथा रकमान्तर बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो प्रतिवेदन अनुसार दुई करोड २४ लाख ९० हजार थप संशोधित बजेट ल्याइएको जनाइएको छ । यस आर्थिक वर्षको पौष मसान्त सम्म चालु तर्फ ६ करोड ४२ लाख १० हजार ३४४ कुल ३०. ११ प्रतिशत र पुँजीगत तर्फ ६४ लाख २२ हजार ६ सय कुल ७.०८ प्रतिशत खर्च भइ हालसम्म ७ करोड ३२ लाख कुल २४ प्रतिशत बजेट खर्च भएको बताउनु भयो ।

त्यस्तै सभामा वडा नं.१ र २ को सिमाना र बस्ती नमिलेका कारण दुई वटा वडालाई ३ वटामा पुर्याउने गरि सभाबाट पास गरेर प्रकृया अगाडि बढाउने विषयमा समेत छलफल हुने भएको छ । जसमा साविक बोङगादोभान गाविसको वडा नं.५ र ६ को भूगोल बस्ती नमिलेका कारण एक वडा थप गर्नका निम्ति प्रकृया अगाडि बढाउने र वडा नं. १ र २ लाई ३ वटा वडा बनाउने विषयमा छलफल हुने भएको छ ।
सभामा पास भएपछि प्रदेश सभामा पठाउने र प्रदेशबाट पास भएपछि संघिय सरकारबाट पुनर संरचना अगाडी बढ्ने भएका कारण त्यसका निम्ति प्रकृया अगाडि बढाउने विषयमा छलफल हुने सभाका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
विभिन्न ३ वटा प्रस्ताव सभामा पेश गरिएको थियो जसमध्ये तमानखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम संशोधन तथा रकमान्तरण सम्वन्धमा ,वडा नं. १ र २ को वडा सिमाना सम्बन्धमा र हालसम्मका निर्णय र खर्च अनुमोदन सम्बन्धमा प्रस्ताव पेश गरिएको हो । आजको प्रस्तावलाई थप छलफल गरि माघ ४ गतेको सभाबाट अगाडि बढिने अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले सञ्चालन गर्नुभएको थियो ।

माघ ६ गते बेलायत फर्कंदै थिइन् , प्याङ्खोलामा अस्ताइन् सञ्जिता

0

सञ्जिता अधिकारी आगामी माघ ६ गते  बेलायत फर्किने तयारीमा थिए। बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो कर्मघर देखेकै थिइनन्। बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन्।

दुर्भाग्य! सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन्। तर त्यो बाटो अब कहिल्यै फर्किनेछैनन्।

शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौंकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन्। दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागिन्। दीपक पहिलेदेखि नै बेलायत बस्थे। बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन्। काठमाडौंमै बिहे भयो। उतैबाट बेलायत लागिन्।

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए। करिब सात वर्ष पहिलादेखि काठमाडौं बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो। लमजुङको पहाडघर छाडेर काठमाडौं बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे।

‘घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई,’ दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भनिन्।

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौंबाट छोरेगाउँ आएको बताउँछिन् मनकुमारी। गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए। पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौं पुगेको छोरेगाँउ घुमे। सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन्।

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत् शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो। जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन्। घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरूता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए। घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरूलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ। मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताइन्।

 वर्तमान सरकारले संस्थागत भ्रष्टाचार अन्त्य गर्न सफल भयो :मन्त्री जुग्जाली

0

पौष २८ गते

 गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ले वर्तमान सरकारले छोटो समयमै देशको विकास र समृद्धिमा गति लिन सफल भएको बताउनु भएको छ । 

शनिबार बागलुङको ढोरपाटन स्थित बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली. को सातौँ साधारण सभा एवम् चौँठो अधिवेशन को सन्दर्भमा प्रमुख अतिथिको रुपमा रहनु भएका मन्त्री जुग्जाली ले वर्तमान सरकारले कयौँ नीतिगत भ्रष्टाचार भएपनि संस्थागत भ्रष्टाचारको अन्त्य गर्दे आइरहेको बताउँदै देशलाई समृद्ध बनाउने अभियानमा सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
लामो समयदेखि ऋणमा रहेको आयल निगम, वायुसेवा निगम जनक शिक्षा सामाग्री केन्द्र पहिलो पटक नाफामा गएको बताउँदै भ्रष्टाचारको अन्त्य भएमा देशको विकासले गति लिन धेरै समय नलाग्ने बताउनु भयो ।
संघीयताको कार्यान्वयन सँगै देशको विकास र समृद्धिले गति लिएको बताउँदै पहुँचको भरमा हुने विकास आजका दिनमा दुर्गम क्षेत्रमा समेत पुग्दै गएको बताउनु भयो ।
यातायात व्यवसायीले राखेको मागका विषयमा बोल्दै मन्त्री जुग्जाली ले अब ट्याक्सी व्यवसायीको समस्या क्रमिक रुपमा सम्बोधन हुँदै गएको बताउँदै एकै प्रदेशका अन्तर जिल्लामा रुट पारमित रहेकोमा अव प्रदेशभरि रुट पारमित आवश्यक नपर्ने गरि नियमावली बनाइएको र चाँडै कार्यान्वयन गरिने बताउनु भयो ।
व्यवसायीका पनी समस्या छन उपभोक्ताका पनि समस्या छन दुबै पक्षका समस्या सम्बोधन हुने गरि आफूले काम गर्नुपर्ने बताउँदै ट्याक्सी व्यवसायीले समेत व्यवसाय संगै सेवामुखी भावसँग पनी जोडिन आग्रह गर्नुभयो । 


कार्यक्रमका अवसरमा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, निसीखोला गाउँपालिका उपप्रमुख प्रेम बहादुर घर्ति, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश कमिटी उपाध्यक्ष ज्ञामनाथ गैरे, उद्योग वाणिज्य संघ ढोरपाटन अध्यक्ष धालेन्द्र छन्त्याल, इलाका प्रशासन कार्यालय बुर्तिबाङ प्रमुख लोक बहादुर कुवँर, संस्थाका महासचिव नर बहादुर क्षेत्री लगायतको आतिथ्यता एवम् शुभकामना मन्तव्य रहेको थियो ।
उद्घाटन सत्रको कार्यक्रम संस्थाका अध्यक्ष विनोद भण्डारीको अध्यक्षता, गुञ्ज बहादुर भण्डारीको स्वागत, नरिश्वर घिमिरेको सञ्चालमा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै चौँठो अधिवेशन बन्द सत्रको कार्यक्रम अहिले सुरु भएको छ । 

ढोरपाटन जिप दुर्घटना घाइते सात जनालाई थप उपचारका लागी पोखरा लगियो 

0

पौष २८ गते बुर्तिबाङ 

शनिबार बिहान ढोरपाटन नगरपालिका ५ मा भएको जिप दुर्घटनाका घाइते ९ जना मध्ये ७ जनालाई बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचार पछि थप उपचारका निम्ति हेलि मार्फत पोखरा स्थित मणिपाल हस्पिटलमा लगिएको छ ।

टाउको र शरीरका विभिन्न भागमा चोट रहेका कारण घाइते मध्ये जोग नारायण गैरे, मन कुमारी गैरे, कल्पना गैरे, निरूता गैरे,कृष्ण गैरे लक्ष्मी गैरे र दिपेश गैरलाई उपचारका लागी रिफर गरिएको बुर्तिबाङ  स्वास्थ्य केन्द्रका प्रमुख डा. नविन्द्र ढकालले बताउनु भयो ।

 घाइते मध्ये बिवराज गैरे र सहचालक चित्र बहादुर घर्तिको अवस्था सामान्य रहेका कारण बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

शनिबार बुर्तिबाङ बजार देखि परिवारका सदस्य सहितको टुर ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप बिहान करिब ११ बजेको समयमा ढोरपाटन ५ प्याङखोला नजिकै बतासे डाँडामा दुर्घटना हुँदा जिप चालक ढोरपाटन ४ का २८ बर्षिया तिलक घर्ति र ढोरपाटन ४ हाल काठमाण्डौमा बस्ने बर्स २८ का संजिता अधिकारी गैरेको मृत्यु भएको थियो ।

ढोरपाटन जाँदै गरेको जिप दुर्घटना २ जनाको मृत्यु ९ घाईते

0

पौष २८ बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

शनिबार ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजार देखि प्रर्यटकिय क्षेत्र ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप बिहान करिब ११ बजेको समयमा ढोरपाटन ५ प्याङखोला नजिकै बतासे डाँडामा दुर्घटना हुँदा जिप चालक ढोरपाटन ४ का २८ बर्षिय तिलक घर्ति र ढोरपाटन ४ हाल काठमान्डौ बस्ने बर्ष २८ का संजिता अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
११ जना सवार जिपमा अन्य ९ जना घाइते हुनुभएको हो । घाइते हुनेमा ढोरपाटन ४  बस्ने ४८ बर्षिय जोग नारायण गैर , ३९ बर्षिय मन कुमारी गैरे, २७ बर्षिय कल्पना गैरे, ५१ बर्षिय विवराज गैरे, ४२ बर्षिय निरुता गैरे, ४५ बर्षिय कृष्ण गैरे , ३२ बर्षिय दिपेश गैरे , ४० बर्षिय लक्ष्मि गैरे र २८ बर्षिय चित्र बहादुर घर्ति मगर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा  सबै जना ढोरपाट नगरपालिका ४ का रहेको र चालक र सहचालक बाहेक अन्य  एकै परिवारको रहेको पाइएको छ

घाइतेको टाउको र हात खुट्टामा चोट लागेको हो । बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र थप उपचारका निम्ती पोखरा लैजाने तयारी भइरहेको जनाइएको छ । बतासे डाँडा पार गरेर ओराले झर्दे गर्दा जिप दुर्घटना भएको छ दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।