तमानखोला गाउँसभाको चौथो अधिवेशन सुरु: मन्त्री जुग्जालीद्धारा उद्घाटन

पौष २९ गते
बागलुङको तमानखोला गाउँपालिकाले आइतबार देखि दोश्रो गाउँसभा तथा चौथो अधिवेशन सुरु भएको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली ले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

मन्त्री जुग्जाली ले बोल्दै संघीयताको कारण सिंह दरबारको अधिकार गाउँगाउँमा आइपुगेका कारण सुगम देखि दुर्गम सम्मका नागरिकले सेवा सुविधा संगै विकासको आभाष गर्न पाएको बताउनु भयो ।

तमानखोला गाउँपालिका जिल्लाकै दुर्गम हुँदै गर्दा पनि स्थानीय तहपछि धेरै विकास भइसकेको बताउँदै तमानखोला को विकासमा आफूहरूले समेत पहल गर्ने र बुर्तिबाङ, तमान हुँदै म्याग्दी जोड्ने सडकलाई व्यवस्थित गराउन आफुहरुले काम गरेको बताउनु भयो ।

गाउँसभाको विषयमा गाउँपालिका अध्यक्ष एवम सभा अध्यक्ष जोकलाल बुढाले विभिन्न ३ वटा प्रस्ताव पेश गर्नुभएको थियो । सभाले उक्त विषयमाथि व्यापक छलफल गरि पारित गर्ने उदेश्य सहित आगामी माघ ४ गतेका लागी सभा सारिएको हो ।

गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले संशोधित बजेट तथा रकमान्तर बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो प्रतिवेदन अनुसार दुई करोड २४ लाख ९० हजार थप संशोधित बजेट ल्याइएको जनाइएको छ । यस आर्थिक वर्षको पौष मसान्त सम्म चालु तर्फ ६ करोड ४२ लाख १० हजार ३४४ कुल ३०. ११ प्रतिशत र पुँजीगत तर्फ ६४ लाख २२ हजार ६ सय कुल ७.०८ प्रतिशत खर्च भइ हालसम्म ७ करोड ३२ लाख कुल २४ प्रतिशत बजेट खर्च भएको बताउनु भयो ।

त्यस्तै सभामा वडा नं.१ र २ को सिमाना र बस्ती नमिलेका कारण दुई वटा वडालाई ३ वटामा पुर्याउने गरि सभाबाट पास गरेर प्रकृया अगाडि बढाउने विषयमा समेत छलफल हुने भएको छ । जसमा साविक बोङगादोभान गाविसको वडा नं.५ र ६ को भूगोल बस्ती नमिलेका कारण एक वडा थप गर्नका निम्ति प्रकृया अगाडि बढाउने र वडा नं. १ र २ लाई ३ वटा वडा बनाउने विषयमा छलफल हुने भएको छ ।
सभामा पास भएपछि प्रदेश सभामा पठाउने र प्रदेशबाट पास भएपछि संघिय सरकारबाट पुनर संरचना अगाडी बढ्ने भएका कारण त्यसका निम्ति प्रकृया अगाडि बढाउने विषयमा छलफल हुने सभाका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
विभिन्न ३ वटा प्रस्ताव सभामा पेश गरिएको थियो जसमध्ये तमानखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम संशोधन तथा रकमान्तरण सम्वन्धमा ,वडा नं. १ र २ को वडा सिमाना सम्बन्धमा र हालसम्मका निर्णय र खर्च अनुमोदन सम्बन्धमा प्रस्ताव पेश गरिएको हो । आजको प्रस्तावलाई थप छलफल गरि माघ ४ गतेको सभाबाट अगाडि बढिने अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित