पौष २८ बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
शनिबार ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङ बजार देखि प्रर्यटकिय क्षेत्र ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप बिहान करिब ११ बजेको समयमा ढोरपाटन ५ प्याङखोला नजिकै बतासे डाँडामा दुर्घटना हुँदा जिप चालक ढोरपाटन ४ का २८ बर्षिय तिलक घर्ति र ढोरपाटन ४ हाल काठमान्डौ बस्ने बर्ष २८ का संजिता अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
११ जना सवार जिपमा अन्य ९ जना घाइते हुनुभएको हो । घाइते हुनेमा ढोरपाटन ४ बस्ने ४८ बर्षिय जोग नारायण गैर , ३९ बर्षिय मन कुमारी गैरे, २७ बर्षिय कल्पना गैरे, ५१ बर्षिय विवराज गैरे, ४२ बर्षिय निरुता गैरे, ४५ बर्षिय कृष्ण गैरे , ३२ बर्षिय दिपेश गैरे , ४० बर्षिय लक्ष्मि गैरे र २८ बर्षिय चित्र बहादुर घर्ति मगर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा सबै जना ढोरपाट नगरपालिका ४ का रहेको र चालक र सहचालक बाहेक अन्य एकै परिवारको रहेको पाइएको छ
घाइतेको टाउको र हात खुट्टामा चोट लागेको हो । बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको र थप उपचारका निम्ती पोखरा लैजाने तयारी भइरहेको जनाइएको छ । बतासे डाँडा पार गरेर ओराले झर्दे गर्दा जिप दुर्घटना भएको छ दुर्घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो ।










