Home Blog Page 101

इमेज सहकारीकी कोषाध्यक्ष पक्राउ,मेयर नेपाली र उनकी श्रीमतीविरूद्ध रेड कर्नर नोटिस

0

अध्यक्ष नेपालीसहित ७ जना अझै फरार

बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरेको हो।

बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध  पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ परेकी कोषाध्यक्ष सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष नेपाली जेठदेखि फरार छन्।मेयर नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएको थियो।

उनीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपनि पक्राउ पर्न सकेका छैनन्। फरार रहेका १३ जनामध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेको बागलुङका प्रहरी प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिए।

यस प्रकरणमा चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर यसअघि नै पक्राउ परेका थिए।

उनीहरुलाई जिल्ला अदालत बागलुङको गत साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । पक्राउ परेका ५ जनाले अदालतमा सहकारीमा आफूहरुको कुनै हात नभएको बयान दिएका छन् ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । नियमित बचतमार्फत दैनिक कमाइ जम्मा गरेका सयौंको रकम सो सहकारीमा डुबेको छ ।

अध्यक्ष नेपाली विदेशमा लुकेर बसेको आशंका भएको भन्दै सहकारीका पीडितहरुले रेड कर्नर नोटिस जारी गर्नुपर्ने माग गरेका थिए । बागलुङका डिएसपी मदन केसीले नेपाली दम्पत्तीलाई पक्राउ गर्न इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको बताए । ‘अब उनी कुन देशमा छन् भन्ने थाहा भयो भने त्यही देशको प्रहरीले खोजी गरेर नेपाललाई सुर्पुदगी गर्छ,’ डिएसपी केसीले भने, ‘उनको लोकेसन ट्रयाक गर्नुपर्ने आवस्यक छ ।’

उनीहरुविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुविरुद्ध अदालतले जेठमै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु भने बैसाख ६ गतेदेखि नै तरलता अभावले बन्द भएको भन्दै सूचना टाँसेर फरार भएका थिए ।

सहकारीका बचतकर्ताको १ अर्ब ६० करोड रुपैयाँ नेपालीले हिनामिना गरेका छन् । त्यस बाहेक नेपालीले ग्लोबल आइएमई बैक, राष्ट्रिय सहकारी बैंक र गरिमा बिकास बैंकको गरी झण्डै ३५ करोड ऋण समेत लिएको देखिएको छ ।

नेपाली काँग्रेस बडिगाड गाउँपालिकाले पालिकाका कर्मचारी माथि गरिएको दुर्व्यवहारको निन्दा गर्दे दोषी उपर कारबाही गर्न माग

0

नेपाली काँग्रेस बडिगाड गाउँपालिकाले पालिकाका कर्मचारी माथि गरिएको दुर्व्यवहारको निन्दा गर्दे दोषी उपर कारबाही गर्न अपिल गरेको छ ।

पार्टीको तर्फदेखि विज्ञप्ति निकाल्दै बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र प्रताप केसी माथि घरदेखि कार्यालय जाने क्रममा सडकमै अराजक शैलीमा गरिएको दुर्व्यवहार प्रति पार्टीको तर्फदेखि खेद प्रकट गर्दे दोषी उपर कानुनी कारवाही गर्न अपिल गरिएको हो ।

घटना घटेको लामो समय बितिसकेको पार्टीको नाम र व्यक्ति सहित छरपस्ट मात्रामा विज्ञप्ति सामाजिक सञ्जालमा आउँदा समेत दोषीलाई पक्राउ गर्न नसक्नु प्रशासनको कमजोरी रहेको बताउँदै राष्ट्रसेवक कर्मचारी प्रति गरिएको यस्तो दुर्व्यवहार प्रति नेपाली कांग्रेसको तर्फदेखि ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । 

पार्टीले निकालेको विज्ञप्तिमा थप विवरण 

बुर्तिबाङ फुटबल क्लब द्धारा आयव्यय विवरण प्रस्तुत

0


माघ ९ गते
ढोरपाटन नगरपालिका १ मा आवद्ध रहेको बुर्तिबाङ फुटबल क्लबले गत माघ १ सम्म सञ्चालन गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको आम्दानी र खर्च विवरण मंगलबार सार्वजनिक गरेको छ ।


क्लबका पदाधिकारी, सल्लाहकार समिति लगायतको बिचमा बसेको बैठकले क्लबले कार्यक्रम सञ्चालन गर्दा प्राप्त सहयोग रकम सहित र कार्यक्रम अवधिभर भएको खर्चको हिसाब सार्वजनिक गर्दे क्लबलाई थप व्यवस्थित गर्दे अगाडि बढाउने र खेलमैदान निर्माणका निम्ति स्थानीय सरकार विभिन्न निकाय समक्ष पहल गर्ने निर्णय समेत गरिएको हो । 


क्लबको विवरण गरेको विवरण अनुसार छ लाख ४५ हजार ९ सय ४२ रुपैयाँ आम्दानी  तथा पाँच लाख ६५ हजार  खर्च सहित कुल असी हजार ९ सय ४२ रुपैयाँ बचत गर्न सफल भएको क्लबका अध्यक्ष युवराज कुवँरले बताउनु भयो । 


विगत ४ वर्षदेखि बुर्तिबाङमा फुटबल खेल सञ्चालन गर्दे आइरहेको क्लबले उक्त बचतलाई संस्थाको बैँक खातामा जम्मा गर्ने निर्णय गर्दे कार्यक्रम सफल बनाउन विभिन्न तहबाट सहयोग पुर्याउने दाताहरूलाई धन्यबाद समेत ज्ञापन गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।


क्लबका पदाधिकारी सहित सल्लाहकार टिका बहादुर पुन, धनराम पुरी, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

तिन दिने सूचना प्रविधि सीप विकास सम्बन्धी आईसीटी तालिम बुर्तिबाङमा सम्पन्न

0

माघ ९ गते

ढोरपाटन नगरपालिकाका र कर्मफलाईट्स  फाउन्डेसन नेपाल, पोखराको संयुक्त आयोजनामा ढोरपाटन नगरपालिका अन्तरगत रहेका विभिन्न विद्यालयका २३ जना शिक्षकहरूका लागी तिन दिने सूचना प्रविधि सीप विकास सम्बन्धी आईसीटी तालिम मंगलबार सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिका स्थित शिक्षा युवा तथा खेलकुद शाखा र कर्मफलाईट्स  फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यशालाले ढोरपाटन नगरपालिका भित्रका २३ वटा माध्यमिक र आधारभुत विद्यालयका कम्प्युटर र विज्ञान तथा प्रविधि शिक्षाका शिक्षकहरूलाई कम्प्युटर को प्रयोग सम्बन्धी अभिमुखीकरण गरिएको हो ।

उत्तरगंगा माध्यमिक विद्यालयमा सञ्चालित तालिमको मंगलबार समापन गरिएको हो । आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष तथा उत्तरगँगा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष वान बहादुर छन्त्यालले प्रविधिको क्रमिक रुपमा विकास हुँदै जाँदा सिकाइ लाई समेत सोही अनुरूप अगाडि बढाउनुपर्ने अवस्था सृजना भएको बताउँदै सामुदायिक विद्यालयको प्रविधि मैत्री शैक्षिक गुणस्तरलाई उकास्न प्रविधि मैत्री शिक्षा र व्यवस्थापनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । तालिमबाट शिक्षकहरूले सिकेका सीप र ज्ञानलाई व्यवहारीतामा परिणत गर्न आग्रह गर्नुभयो ।

उहाँले थप बोल्दै प्रविधि मैत्री शिक्षाको विकासमा नगरपालिकाले समेत सक्दो प्रयास गर्ने बताउँदै यस्ता कार्यक्रम आयोजनामा समन्वय गर्ने र विगतदेखि वर्तमान सम्म कर्मफलाईट्स  फाउन्डेसनले शिक्षा , स्वास्थ्य र प्रविधिको क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दे आइरहेको बताउँदै आगामी दिनमा समेत सहकार्य गरेर यस्ता कार्यक्रम अगाडि बढाईने बताउनु भयो ।

कार्यक्रमका अवसरमा अतिथिको रुपमा रहनुभएका कर्मफलाईट्स  फाउन्डेसन बागलुङ जिल्ला संयोजक झम बहादुर कुवँरले बोल्दै शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि गर्न र प्रविधि सँगसँगै अगाडि बढ्न कर्मफलाईट्स  फाउन्डेसनले बागलुङ सहित विभिन्न ८ जिल्लामा काम गर्दे आइरहेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रममा समन्वय गर्दे जाने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रशिक्षार्थी शिक्षकको तर्फदेखि शिवालय माध्यमिक विद्यालयका शिक्षक प्रशान्त घर्ती, धिरी आधारभुत विद्यालयका प्रधानाध्यापक मन देवी बुढाथोकीले बोल्दै आफुहरुलाई तीनदिने तालिमले महत्वपूर्ण सहयोग पुर्याएको बताउँदै आफूहरूले सिकेका ज्ञान र सीपलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने गरि अगाडि बढिने बताउँदै यस्ता महत्वपूर्ण तालिम समय समयमा आवश्यक पर्ने भएका कारण स्थानीय सरकार र कर्मफलाईट्स  संस्थाले यसमा समन्वय गरेर आगामी दिनमा समेत सिकाइ व्यवस्थापनको भूमिका निर्वाह गरिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक तथा कर्मफलाईट्स  फाउन्डेसनका आईटी अफिसर सुवास पौडेलले बोल्दै समेत तालिम र सिकाइ लाई व्यवहारिक बनाउन अनुरोध गर्दे आफूहरूले आगामी दिनमा थप समन्वय गर्दे कार्यक्रमलाई जोड दिने बताउनु भयो ।

उत्तरगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रम ढोरपाटन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको हो ।

तमानखोलामा तिन दलको आन्दोलन पुनह लगाइयो कार्यालयमा ताला : गाउँपालिकाद्धारा अर्नगल प्रचार गरिएको प्रति खण्डन

0

माघ ८ गते
बागलुङको तमानखोला गाउँपालिकामा कृयाशिल तिन राजनैतिक दलले सोमबार गाउँपालिका कार्यालय अगाडी विरोध प्रर्दशन गर्दे गाउँपालिका कार्यालयमा तालाबंदी गरेका छन ।

गाउँपालिकाले  विपि कोईरालाको सम्मानमा विपि समृति भवन वनाउने निर्णय सहित १४ लाख रुपैयाँ बजेट विनीयोजन गरेपछि आन्दोलित बनेका दलहरुले पालिकामा आएको बजेट अनावस्य ठाउँमा प्रयोग गरि दुरुपयोग गर्न नहुने अडान सहित आन्दोलन सुरु गरेका हुन

विरोधमा नेकपा माओबादी केन्द्र, नेकपा एमाले, र राष्ट्रिय जनमोर्चा सहितका नेता कार्यक्रता द्धारा बोङगादोभान बजारमा आन्दोलन सहित गाउँपालिकामा बहुमतको आधारमा गरिएको निर्णय फिर्ता लिनुपर्ने माग सहित आन्दोलन गर्दे सोमबार पुनह पालिका कार्यालयमा तालाबंदी गरेका हुन ।

गत विहिबार गरिएको तालाबंदी प्रशासन द्धारा टोडिएपछि थप आन्दोलीत बनेका तिन दलका नेता कार्यक्रताले गाउँपालिकाको बजेट अनावस्यक थाउँमा दुरुपयोग गर्न नहुने बताउँदै आन्दोलनका कार्यक्रम घोषणा गर्दे अगाडी बढेका हुन । गाउँपालिकोको दोश्रो गाउँसभा तथा चौथो अधिवेशनबाट विपि स्मृति भवन शिर्षकमा १४ लाख बजेट विनीयोजन भएको जनाइएको छ ।

उता यस विषयमा गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा हस्ताक्षरित विज्ञप्तीमा महामानव विपी कोईरालाको सम्मान र सम्झनामा तमानखोलामा विपी स्मृति भवन बनाउन ल्याइएको बजेटमा अर्नगल प्रचार गरिएको प्रति तमानखोला गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को दोश्रो गाउँसभाको चौथो अधिवेशनबाट विपी स्मृति भवन बनाउन पालिकाले बजेट विनियोजन गरेकोमा विभिन्न राजनैतिक दल , मिडिया र व्यक्तिले नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको विपी स्मृति भवनमा बजेट राखिएको भन्दै सामाजिक सञ्जालमा प्रस्तुत गरेका समाचार र सामाग्री नागरिकलाई भ्रमित पार्ने , सामाजिक सद्भाव खल्बलाउने उत्तेजित हुने खालका रहेको भन्दै त्यस्ता अफवाह फैल्याउने समाचारबाट सचेत रहन आग्रह गर्दे गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा हस्ताक्षरित विज्ञप्ति प्रस्तुत गरिएको हो ।

गाउँसभाबाट पारित कार्यक्रम नेपाली नागरिकको स्वतन्त्रता र अधिकारको लागि जहानिया राणा शासनको अन्त्य गरि देशमा प्रजातन्त्र स्थापना गर्दे अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न महत्वपूर्ण योगदान र नेतृत्वदायी भुमिका खेलेका महान व्याक्ति स्व. विपि कोईरालाको सम्मान र सम्झनामा तमानखोला गाउँपालिकामा विपि स्मृति भवन निर्माण गर्न सभाले १४ लाख रुपैयाँ बजेट विनीयोजन गरेको जनाइएको छ ।

तमानखोलामा विपी स्मृति भवन बनाउन विनियोजन गरिएको कार्यक्रमको अर्नगल प्रचार गरियो: तमानखोला गाउँपालिका

0

माघ ८ गते

महामानव विपी कोईरालाको सम्मान र सम्झनामा तमानखोलामा विपी स्मृति भवन बनाउन ल्याइएको बजेटमा अर्नगल प्रचार गरिएको प्रति तमानखोला गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को दोश्रो गाउँसभाको चौथो अधिवेशनबाट विपी स्मृति भवन बनाउन पालिकाले बजेट विनियोजन गरेकोमा विभिन्न राजनैतिक दल , मिडिया र व्यक्तिले नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको विपी स्मृति भवनमा बजेट राखिएको भन्दै सामाजिक सञ्जालमा प्रस्तुत गरेका समाचार र सामाग्री नागरिकलाई भ्रमित पार्ने , सामाजिक सद्भाव खल्बलाउने उत्तेजित हुने खालका रहेको भन्दै त्यस्ता अफवाह फैल्याउने समाचारबाट सचेत रहन आग्रह गर्दे गाउँपालिका अध्यक्ष जोकलाल बुढाद्धारा हस्ताक्षरित विज्ञप्ति प्रस्तुत गरिएको हो ।

गाउँसभाबाट पारित कार्यक्रम नेपाली नागरिकको स्वतन्त्रता र अधिकारको लागि जहानिया राणा शासनको अन्त्य गरि देशमा प्रजातन्त्र स्थापना गर्दे अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न महत्वपूर्ण योगदान र नेतृत्वदायी भुमिका खेलेका महान व्याक्ति स्व. विपि कोईरालाको सम्मान र सम्झनामा तमानखोला गाउँपालिकामा विपि स्मृति भवन निर्माण गर्न सभाले १४ लाख रुपैयाँ बजेट विनीयोजन गरेको जनाइएको छ ।

उता नेकपा माओबादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय जनमोर्चा तमानखोलाले विज्ञप्ती मार्फत नेपाली कांग्रेसको जिल्लामा बन्न लागेको विपि स्मृति भवन निर्माणमा बजेट विनीयोजन गरेको भन्दै आन्दोलनका कार्यक्रम अगाडी बढाइएको संयूक्त विज्ञप्ती निकालेका छन । 

विद्यार्थीको स्वास्थ्य माथि खेलवाड गरेको भन्दै वैद्य माओवादीले दल्यो मोसो

0

माघ ७ गते ढोरपाटन

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्र प्रताव केसी लाई मोसो दलेको छ।
आइतबार घर देखि कार्यालय तर्फ गइराखेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ कमिटीले स्वास्थ्य शाखा प्रमुख केसीलाई मोसो दलेको हो।
म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाहीस्वरूप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवीले हस्ताक्षर गरेको विज्ञप्तीमा लेखिएको छ ।
जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको लेखिएको छ ।
गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै कारबाही गरिएको सो पार्टीले जनाएको छ।
कारबाही पत्र सार्वजनिक गर्दै क्रान्तिकारी पार्टीले आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ।

निसीखोलाका शिक्षकहरूलाई लक्षित गरि ४ दिवसीय आईसीटी सीप विकास तालिम सम्पन्न

0

माघ ६ गते

निसीखोला गाउँपालिका र कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, पोखराको संयुक्त आयोजनामा  निसीखोलाका शिक्षकहरूलाई  ४ दिवशीय सूचना  प्रविधि सीप विकास आईसीटी  तालिमको सफलता पुर्बक आज एक कार्यक्रमका बीच समापन भएको छ ।
उक्त कार्यशालाले  निसीखोला गापा  भित्रका १६ वटा विद्यालयका  मावि र आबि  २४ कम्प्युटर र विज्ञान तथा प्रविधि शिक्षाका शिक्षकहरूलाई कम्प्युटर को प्रयोग सम्बन्धी अभिमुखीकरण गर्नु को साथै आईएसआईएस एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तालिम निसीखोला गाउँपालिकाको हलमा विभिन्न विद्यालयका ३३ जना शिक्षकहरूको सहभागीता भएको थियो।


बाग्लुङको निसीखोला–२ स्थित श्रीरत्न राज्यलक्ष्मी माविमा आयोजित कार्यक्रमको अध्यक्षता गापा सामाजिक विकास समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष श्री चन्द्र सिंह रामजालीले गर्नु भयो भने  शिक्षा  विभाग प्रमुख मंजु देबी सुबेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो  जहाँ  प्रमुख अतिथि रहनु भएका निसीखोला गापाका प्रशासकीय अधिकृत  श्री दिलीप चन्दले यस प्रकारको तालिमले स्थानीय समुदायमा प्राविधिक साक्षरता बढाउँदै, शिक्षकहरू बीच आईसीटी सीपहरू आदान प्रदान गर्ने र बढाउने प्रतिबद्धता झल्काउने कुरा ब्यक्त गर्नु भयो 


तालिमको पहिलो भाग  तीन दिनमा कर्मफ्लाइट्सका आईटी प्रमुख तथा कम्प्युटर प्रशिक्षक सुबाश  पौडेलद्वारा तालिम प्रदान गरिएका २३ जना सहभागीसहित रत्न राज्य लक्ष्मी मावि, निसीखोला–२, बागलुङमा निसीखोला गापाका  १६ वटा विद्यालयका विज्ञान र कम्प्युटर शिक्षकका लागि आईसीटी सामग्री समेटिएको थियो। चौथो दिन तालिमको दोश्रो विषय आईएसआईएस रइमिस एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम निसीखोला गाउँपालिकाको हलमा विभिन्न विद्यालयका ३३ जना सहभागिता मा भएको थियो  । उक्त सत्रको अभिमुखीकरण  स्थानीय शिक्षक त्रय  इन्द्रलाल रेग्मी, प्रेमराज पौडेल र सूर्य बद्र घर्तीले गरेका थिए ।

तालिम निसिखोला गापाकर्मफ्लाइट्स फाउन्डेसन नेपालको संयुक्त प्रयासमा भएको थियो । समापन समारोहमा निसीखोला गापाका सामाजिक विकास समिति  संयोजक श्री चन्द्रसिंह राम्जालीको  अध्यक्षतामा र प्रमुख अतिथिका रुपमा निमित्त प्रमुख प्रशासकिय अधिकृत  टोपबहादुर चन्द उपस्थित थिए ।

तालिममा सहभागी प्रशिक्षार्थी शिक्षक हरूलाई प्रमाण पत्र वितरण तथा हालै सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्डका उत्कृष्ट प्रस्तुति तथा नृत्य प्रतियोगितामा प्रथम हुन सफल विद्यालय का विद्यार्थीहरूलाई गाउपालिका शिक्षा शाखाबाट सम्मान पनि गरिएको कार्यक्रम सञ्चालक शिक्षा शाखा प्रमुख मन्जु सुवेदी ले जानकारी दिइन।


कर्मफ्लाइटस संस्थाले एडुटेक नेपाल संग को साझेदारी, गाउपालिकाको समन्वय तथा बिध्यालयहरुको समेत सह लागानीमा पालिकामा ९ वटा निमावि मा सुविधा सम्पन्न कम्प्युटर ल्याब निर्माण गरि चलायमान गराई सिकाईमा आईसीटी 
को माध्यमबाट शिक्षामा रुपान्तरण र गुणस्तर वृद्धि  गर्न संस्था लागि परेको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताए।
अब अर्को यस्तै प्रकृतिको ३ दिवशीय तालिम आजकै  मिति देखि ढोरपाटन नगर पालिका अन्तर्गतका विद्यालयका शिक्षक हरुलाई पनि प्रदान गरिने  गरि सम्पूर्ण तयारी भैसकेको र तालिम श्री उत्तरगंगा माबि बुर्तिबाङ्गको कम्प्युटर प्रयोगशालामा संचालन हुने कुरासंस्थाका बाग्लुङ जिल्ला कार्यक्रम संयोजक शिक्षाप्रेमी झम बहादुर कुँवरले जानकारी दिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कराते विधामा ढोरपाटन नगरपालिका टिम च्याम्पियन बन्न सफल 

0

माघ ७ गते बुर्तिबाङ 

बागलुङ जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ढोरपाटन नगरपालिकाको प्रतिनिधित्व गर्दे कराते विधामा ढोरपाटन नगरपालिका टिम च्याम्पियन बन्न सफल भएको छ ।

शनिबार बागलुङमा भएको राष्ट्रपति कप छनौट प्रतियोगिता अन्र्तगत विभिन्न ४ पालिकाका प्रतिस्पर्धालाई पछाडि पार्दै ढोरपाटन नगरपालिकाको टिमले कराते विधामा ६ गोल्ड, १ रजत, २ काश्य सहित टिम च्याम्पियन बन्न सफल भएको हो ।

प्रतियोगितामा छात्र तर्फ ४२ केजी मा मिजन बूढा, ५२ केजी तर्फ विजय भण्डारी, ६२ केजी तर्फ इन्साफ पुन, छात्रा तर्फ ४५ केजी तर्फ थममाया बराइली, ५० केजी तर्फ सोफिया पुन, ५५ केजी तर्फ नेहा स्मिथ छनौट हुनुभएको थियो । त्यस्तै रजत पदक तर्फ द्धिर्तिय मा छात्रा तर्फ ४० केजी तौलमा हेमकुमारी श्रीपाली,   तिर्तीय स्थानमा ४७ केजी तौलमा छात्र कास्य पदक प्राप्त गर्नेमा संगम घर्ती हुनुभएको छ ।

५७ केजी कास्य पदक प्राप्त गर्नेमा  अस्मित पुन  रहनुभएको प्रशिक्षक तथा नेपाल सितोरियो कराते संघ ढोरपाटन नगरपालिका अध्यक्ष  चित्र बहादुर पुनले बताउनु भयो ।

बुर्तिबाङका सुनचाँदी व्यवसायीद्वारा ज्यालादरमा वृद्धि  गर्ने निर्णय

0

माघ ६ गते 

नेपाल सुनचाँदी महासंघ इकाई ढोरपाटन बुर्तिबाङले हाल कायम हुँदै आएको ज्याला दरमा वृद्धि गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष बोम बहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले बढ्दो महँगी र अस्वस्थ प्रतिस्पर्धालाई ख्याल गर्दे समितिले निर्धारण गरेको ज्यालादरलाई कायम राख्दै सबै व्यवसायीले ज्यालादरमा एकरूपता कायम राख्ने निर्णय गरिएको समितिका सचिव  सोम बहादुर पौवीले बताउनु भयो । 

काठमाण्डौमा पाइने सुनको मूल्यमा दुई हजार पाँच सय रुपैयाँ वृद्धि गरेर कारोबार गर्ने र सबैको दरभाउ एकै किसिमको बनाउने गरि मिथुन पौवी संयोजक रहेको ३ सदस्य अनुगमन समितिको समेत गठन गरिएको छ । ज्यालामा सुनचाँदीको तौल अनुसार वृद्धि हुने जनाइएको हो । 

बिहीबार बसेको समितिको बैठकले विभिन्न विषयमा छलफल गर्दे बजारमा हरेक सामानको मूल्य वृद्धि हुँदै गर्दा सुनचाँदी व्यवसायीको ज्यालादर लामो समयदेखि एकै किसिमको रहेको भन्दै सुनचाँदीका विभिन्न गरगहना निर्माणमा ज्यालादर वृद्धि गर्ने निर्णय समेत भएको अध्यक्ष बोम बहादुर सुनारले बताउनु भयो ।  समितिले बेरुवा रिङ्ग सादा रिङ्गमा आधा तोलाको १ लाल जर्ति र १ तोलामा २ लाल जर्ति ज्याला रु ५०० बेरुवा अंगुठिमा पनि आधा तोला १ लाल र १ तोलामा २ लाल ज्याला ५०० बेरुवा बाला सादा बालामा १ तोलाको २ लाल र क्रमश तौल अनुसारको जर्ति बढेर जाने ज्याला ५०० सादा सिक्रीमा क्रमश १।२।३।४।५ को जर्ति ५।८।१०।१२।१५ लालको ज्याला १००० तोकिएको निर्णय गरेको छ