माघ ९ गते
ढोरपाटन नगरपालिका १ मा आवद्ध रहेको बुर्तिबाङ फुटबल क्लबले गत माघ १ सम्म सञ्चालन गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको आम्दानी र खर्च विवरण मंगलबार सार्वजनिक गरेको छ ।
क्लबका पदाधिकारी, सल्लाहकार समिति लगायतको बिचमा बसेको बैठकले क्लबले कार्यक्रम सञ्चालन गर्दा प्राप्त सहयोग रकम सहित र कार्यक्रम अवधिभर भएको खर्चको हिसाब सार्वजनिक गर्दे क्लबलाई थप व्यवस्थित गर्दे अगाडि बढाउने र खेलमैदान निर्माणका निम्ति स्थानीय सरकार विभिन्न निकाय समक्ष पहल गर्ने निर्णय समेत गरिएको हो ।
क्लबको विवरण गरेको विवरण अनुसार छ लाख ४५ हजार ९ सय ४२ रुपैयाँ आम्दानी तथा पाँच लाख ६५ हजार खर्च सहित कुल असी हजार ९ सय ४२ रुपैयाँ बचत गर्न सफल भएको क्लबका अध्यक्ष युवराज कुवँरले बताउनु भयो ।
विगत ४ वर्षदेखि बुर्तिबाङमा फुटबल खेल सञ्चालन गर्दे आइरहेको क्लबले उक्त बचतलाई संस्थाको बैँक खातामा जम्मा गर्ने निर्णय गर्दे कार्यक्रम सफल बनाउन विभिन्न तहबाट सहयोग पुर्याउने दाताहरूलाई धन्यबाद समेत ज्ञापन गरिएको अध्यक्ष कुवँरले बताउनु भयो ।
क्लबका पदाधिकारी सहित सल्लाहकार टिका बहादुर पुन, धनराम पुरी, कृष्ण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।