माघ ६ गते
निसीखोला गाउँपालिका र कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, पोखराको संयुक्त आयोजनामा निसीखोलाका शिक्षकहरूलाई ४ दिवशीय सूचना प्रविधि सीप विकास आईसीटी तालिमको सफलता पुर्बक आज एक कार्यक्रमका बीच समापन भएको छ ।
उक्त कार्यशालाले निसीखोला गापा भित्रका १६ वटा विद्यालयका मावि र आबि २४ कम्प्युटर र विज्ञान तथा प्रविधि शिक्षाका शिक्षकहरूलाई कम्प्युटर को प्रयोग सम्बन्धी अभिमुखीकरण गर्नु को साथै आईएसआईएस एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तालिम निसीखोला गाउँपालिकाको हलमा विभिन्न विद्यालयका ३३ जना शिक्षकहरूको सहभागीता भएको थियो।
बाग्लुङको निसीखोला–२ स्थित श्रीरत्न राज्यलक्ष्मी माविमा आयोजित कार्यक्रमको अध्यक्षता गापा सामाजिक विकास समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष श्री चन्द्र सिंह रामजालीले गर्नु भयो भने शिक्षा विभाग प्रमुख मंजु देबी सुबेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो जहाँ प्रमुख अतिथि रहनु भएका निसीखोला गापाका प्रशासकीय अधिकृत श्री दिलीप चन्दले यस प्रकारको तालिमले स्थानीय समुदायमा प्राविधिक साक्षरता बढाउँदै, शिक्षकहरू बीच आईसीटी सीपहरू आदान प्रदान गर्ने र बढाउने प्रतिबद्धता झल्काउने कुरा ब्यक्त गर्नु भयो
तालिमको पहिलो भाग तीन दिनमा कर्मफ्लाइट्सका आईटी प्रमुख तथा कम्प्युटर प्रशिक्षक सुबाश पौडेलद्वारा तालिम प्रदान गरिएका २३ जना सहभागीसहित रत्न राज्य लक्ष्मी मावि, निसीखोला–२, बागलुङमा निसीखोला गापाका १६ वटा विद्यालयका विज्ञान र कम्प्युटर शिक्षकका लागि आईसीटी सामग्री समेटिएको थियो। चौथो दिन तालिमको दोश्रो विषय आईएसआईएस रइमिस एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम निसीखोला गाउँपालिकाको हलमा विभिन्न विद्यालयका ३३ जना सहभागिता मा भएको थियो । उक्त सत्रको अभिमुखीकरण स्थानीय शिक्षक त्रय इन्द्रलाल रेग्मी, प्रेमराज पौडेल र सूर्य बद्र घर्तीले गरेका थिए ।
तालिम निसिखोला गापा र कर्मफ्लाइट्स फाउन्डेसन नेपालको संयुक्त प्रयासमा भएको थियो । समापन समारोहमा निसीखोला गापाका सामाजिक विकास समिति संयोजक श्री चन्द्रसिंह राम्जालीको अध्यक्षतामा र प्रमुख अतिथिका रुपमा निमित्त प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर चन्द उपस्थित थिए ।
तालिममा सहभागी प्रशिक्षार्थी शिक्षक हरूलाई प्रमाण पत्र वितरण तथा हालै सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्डका उत्कृष्ट प्रस्तुति तथा नृत्य प्रतियोगितामा प्रथम हुन सफल विद्यालय का विद्यार्थीहरूलाई गाउपालिका शिक्षा शाखाबाट सम्मान पनि गरिएको कार्यक्रम सञ्चालक शिक्षा शाखा प्रमुख मन्जु सुवेदी ले जानकारी दिइन।
कर्मफ्लाइटस संस्थाले एडुटेक नेपाल संग को साझेदारी, गाउपालिकाको समन्वय तथा बिध्यालयहरुको समेत सह लागानीमा पालिकामा ९ वटा निमावि मा सुविधा सम्पन्न कम्प्युटर ल्याब निर्माण गरि चलायमान गराई सिकाईमा आईसीटी को माध्यमबाट शिक्षामा रुपान्तरण र गुणस्तर वृद्धि गर्न संस्था लागि परेको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताए।
अब अर्को यस्तै प्रकृतिको ३ दिवशीय तालिम आजकै मिति देखि ढोरपाटन नगर पालिका अन्तर्गतका विद्यालयका शिक्षक हरुलाई पनि प्रदान गरिने गरि सम्पूर्ण तयारी भैसकेको र तालिम श्री उत्तरगंगा माबि बुर्तिबाङ्गको कम्प्युटर प्रयोगशालामा संचालन हुने कुरासंस्थाका बाग्लुङ जिल्ला कार्यक्रम संयोजक शिक्षाप्रेमी झम बहादुर कुँवरले जानकारी दिए ।