माघ ६ गते
नेपाल सुनचाँदी महासंघ इकाई ढोरपाटन बुर्तिबाङले हाल कायम हुँदै आएको ज्याला दरमा वृद्धि गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष बोम बहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले बढ्दो महँगी र अस्वस्थ प्रतिस्पर्धालाई ख्याल गर्दे समितिले निर्धारण गरेको ज्यालादरलाई कायम राख्दै सबै व्यवसायीले ज्यालादरमा एकरूपता कायम राख्ने निर्णय गरिएको समितिका सचिव सोम बहादुर पौवीले बताउनु भयो ।
काठमाण्डौमा पाइने सुनको मूल्यमा दुई हजार पाँच सय रुपैयाँ वृद्धि गरेर कारोबार गर्ने र सबैको दरभाउ एकै किसिमको बनाउने गरि मिथुन पौवी संयोजक रहेको ३ सदस्य अनुगमन समितिको समेत गठन गरिएको छ । ज्यालामा सुनचाँदीको तौल अनुसार वृद्धि हुने जनाइएको हो ।
बिहीबार बसेको समितिको बैठकले विभिन्न विषयमा छलफल गर्दे बजारमा हरेक सामानको मूल्य वृद्धि हुँदै गर्दा सुनचाँदी व्यवसायीको ज्यालादर लामो समयदेखि एकै किसिमको रहेको भन्दै सुनचाँदीका विभिन्न गरगहना निर्माणमा ज्यालादर वृद्धि गर्ने निर्णय समेत भएको अध्यक्ष बोम बहादुर सुनारले बताउनु भयो । समितिले बेरुवा रिङ्ग सादा रिङ्गमा आधा तोलाको १ लाल जर्ति र १ तोलामा २ लाल जर्ति ज्याला रु ५०० बेरुवा अंगुठिमा पनि आधा तोला १ लाल र १ तोलामा २ लाल ज्याला ५०० बेरुवा बाला सादा बालामा १ तोलाको २ लाल र क्रमश तौल अनुसारको जर्ति बढेर जाने ज्याला ५०० सादा सिक्रीमा क्रमश १।२।३।४।५ को जर्ति ५।८।१०।१२।१५ लालको ज्याला १००० तोकिएको निर्णय गरेको छ