Home Blog Page 100

गलकोट बहुमुखी क्याम्पसमा श्रीमदभागवत शैक्षिक ज्ञानमहायज्ञ गरिंदै

0

थम्मन थापा बागलुङ माघ १६

गलकोट बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरिएको छ । क्याम्पसमा आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्न लागिएको श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको क्याम्पसले जनाएको छ ।

मंगलबार गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी गलकोट क्षेत्रकै एक मात्र सामुदायिक क्याम्पसको दीर्घकालीन गुणस्तरीय भौतिक र शैक्षिक विकासमा सहयोगार्थ शैक्षिक ज्ञान महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिएको हो । क्याम्पसको १९ औं वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी संगीतमय कथा प्रवचन सहित महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पसका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो । हाल क्याम्पसमा बिएड र बिबिएसका कक्षाहरु सञ्चालन हुँदै आएकोमा विश्व बजार अनुकुलका विभिन्न विषयहरु थप गर्ने तथा हाल सञ्चालन हुँदै आएका विषयहरुको समेत स्तरोन्नती गरी स्नातकोत्तर तहका कक्षाहरु र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ मार्फत २० करोड रकम संकलन गर्ने लक्ष्य रहेको श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ आर्थिक समितिका संयोजक राम प्रसाद शर्माले जानकारी दिनुभयो । महायज्ञबाट संकलित रकमले क्याम्पसको २० रोपनी भन्दा बढी जग्गा खरिद गरेर अध्ययन अध्यापन भवन, प्रशाशनिक भवन, छात्रावास भवन, स्मृती कक्ष तथा सभा भवन, पुस्तकालय कक्ष, प्रयोगात्मक कक्ष, खेलकुद मैदान र स्मृती पार्क लगायतका संरचना समेत निर्माण गर्ने उद्धेश्य महायज्ञले राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो ।

क्याम्पसको शैक्षिक भौतिक विकासका लागि आर्थिक व्यवस्थापन मुख्य चुनौती रहेकाले वार्षिकोत्सवको अवसरलाई सदुपयोग गरी महायज्ञ आयोजना गरिएको र सो अवसरमा देश विदेशमा रहेका महानुभावहरुलाई सहयोगका लागि अपिल गर्ने आयोजकले जनाएको छ । महायज्ञमा भागवत भाष्कर श्री कमलनयन गौतमज्यूको प्रमुख वाचकत्वमा दैनिक संगीतमय भजन कृतन, नृत्य पाठ पुजा लगायतका कार्यक्रम रहने जनाईएको छ ।

गौचम ज्यूले सञ्चालन गर्ने संगीतमय श्रीमद्भागवत महायज्ञको सफलताका लागि समाजका सबैपक्षसँग सहयोगको अपिल गरिएको सहायक क्याम्पस प्रमुख चुडामणी शर्माले बताउनुभयो । वि.सं २०६१ मा स्थापित गलकोट बहुमुखी क्याम्पस सुरुवातमा गलकोट माध्यमिक विद्यालयको भवनमा बिहानी समयमा सञ्चालन हुँदै आएको थियो ।

क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि वि.स. २०६१ फाल्गुण १४ गतेदेखि २२ गतेसम्म विश्वशान्ति धनधान्यान्चल महायज्ञ आयोजना गरी संकलित रकमबाट क्याम्पसको भवन निर्माण तथा शैक्षिक व्यवस्थापन गरीएको थियो । तत्कालिन समयमा महायज्ञबाट १ करोड ५० लाख नगद संकलन तथा झण्डै २५ लाख बराबरको जग्गा निःशुल्क प्राप्ति भएको थियो । क्याम्पसमा शिक्षा शास्त्र र वाणिज्य संकायमा स्नातक तहको पठनपाठन हुँदै आएको छ ।

हाल क्याम्पसमा गलकोट नगरपालिका सहित, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी २५७ विद्यार्थी अध्ययनरत रहेका छन् । महायज्ञ सञ्चालनका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको संयोजकत्वमा महायज्ञ मूल समारोह समिति र २६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महायज्ञ सफल पार्न मुल समारोह समिति तथा उपसमितिहरुले तयारीलाई तीव्र पारेका छन् ।

नेपाल लोकतन्त्रबादी आदीबासी जनताजति महासँघ निसीखोला गाउँपालिकाको अधिवेशन

0

माघ १६
नेपाल लोकतन्त्रबादी आदीबासी जनताजति महासँघ निसीखोला गाउँपालिकाको अधिवेशन मँगलबार सम्पन्न भएको छ ।
जनजाति महासँघ निसीखोला सचिव राजमान बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य टँक प्रसाद पुन (तेजिन्द्र ) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशनबाट सुदिप सिंजाली मगर सभापती रहेको १५ सदस्य निसीखोला गाउँपालिका स्तरीय नेपाल लोकतन्त्रबादी आदीबासी जनताजति महासँघ गठन गरिएको हो ।

समितिको उपसभापति महेन्द्र घर्तिमगर, सचिव प्रेम घर्ति मगर, कोषाध्यक्ष भिमकला मगर लगाएत अन्य पदाधिकारी रहेका छन । कार्यक्रममा नवगठित समितीलाई पदस्थापन सँगै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी टँक प्रसाद पुन (तेजिन्द्र) ले नवगठित समितीलाई कार्यकाल पूर्ण सफलताको कामना सहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा निसीखोला गाउँपालिका तरुणदल अध्यक्ष लछुमण छन्त्यालको आतिथ्यता एवं मन्तव्य रहेको हो ।

छोरीको विवाहमा ओम क्षेत्री दम्पतीले दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार

0

माघ १६ गते बुर्तिबाङ
पछिल्लो समय विवाह तथा सुभ कार्यमा दाइजोका रुपमा विभिन्न जिन्सी सामान उपलब्ध गराउने प्रचलन रहँदै गर्दा ढोरपाटन नगरपालिका २ सेराका अमर बहादुर क्षेत्री (ओम) र उहाँकी श्रीमती सुनमाया क्षेत्रीले आफ्नो छोरीको विवाहको लागी बिस लाख रुपैयाँ बिमाङ्कको सिटिजन शुभारम्भ बीमा योजना उपहार स्वरुप हस्तान्तरण गर्नुभएको हो ।

मंगलबार विवाह मण्डपमा छोरी सरिना र ज्वाइँ प्रकाशलाई बिमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्य सहित बीमा पोलिसी हस्तान्तरण गरिएको अमर बहादुर क्षेत्री (ओम) ले बताउनु भयो ।
सिटिजन लाइफ इन्स्योरेन्समा विगत ६ वर्षदेखि एजेन्सी म्यानेजर समेत रहनु भएका क्षेत्रीले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै आफूहरूले अन्य जिन्सी सामानलाई कम गर्दे बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरिएको बताउनु भयो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धवलागिरी एरिया क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, बुर्तिबाङ शाखा प्रबन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर, एजेन्सीको समेत उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त , जन्तीपक्षले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

जनजागृति आधारभुत विद्यालयको ३२ औँ वार्षिकोत्सव : मावि तह सञ्चालनका निम्ति पहल गछौँ सांसद कुवँर

0

 माघ १६

जनजागृति आधारभुत विद्यालय ढोरपाटन नगरपालिका २ कुत्थाप्लाको ३२ औँ वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर कुवँरको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सांसद कुवँरले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक गुणस्तर वृद्धिमा सरकारले महत्वपूर्ण कदम अगाडि बढाएको बताउँदै वर्तमान शिक्षा व्यवस्थालाई परिमार्जन गर्दे प्राविधिक मैत्री, व्यवहारिक शिक्षा व्यवस्थालाई अगाडि बढाउनु अबको आवश्यकता रहेको बताउँदै गण्डकी प्रदेश सरकारले समेत महत्वपूर्ण कार्ययोजना अगाडि सारेको बताउनु भयो ।

तीनवटै तहका सरकारले गरेको शिक्षा क्षेत्रको लगानी परिणाम मुखि हुने गरि काम भइरहेको बताउँदै पड्दै कमाउँदै, विद्यार्थीको सीप मूलक र प्रविधि मैत्री शिक्षाको विकासका निम्ति आफूहरूले समेत काम गरिने बताउनु भयो ।

उहाँले थप बोल्दै जनजागृति आधारभुत विद्यालयलाई कक्षा १० सम्म सञ्चालन हुने व्यवस्था गर्न र आगामी वर्ष दुई कोठे भवन निर्माणका निम्ति ढोरपाटन नगरपालिका हुँदै आफूहरू माननीय दिलमाया पौवी आफूले सक्रिय पहल गर्ने बताउनु भयो । कार्यक्रमका अवसरमा विशिष्ट अतिथि माननीय दिलमाया पौवीले बोल्दै यस क्षेत्रको विकास र समृद्धि सँगै शैक्षिक क्षेत्रको गुणस्तर वृद्धि गर्न आफ्नो कार्यकालमा सक्रिय पुर्वक लाग्ने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक शिवलाल सुवेदीद्वारा विद्यालयको शैक्षिक, भौतिक र आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक , वडा नं. २ का अध्यक्ष भेक बहादुर खत्री , लगायत जनप्रतिनिधि, समाजसेवी, चन्दादाताको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा ८४ बर्ष उमेर प्रवेशको अवसरमा पवित्रा पाण्डे द्धारा विद्यालयलाई चालीस हजार रुपैयाँ चन्दा समेत उपलब्ध गराउनु भएको हो । कार्यक्रममा चन्दादाता सम्मान, अतिथिलाई मायाको चिनो हस्तान्तरण गरिएको हो । शिक्षक कोपिला कुवँरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

छोरीको विवाहमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

0

माघ १६ गते बुर्तिबाङ
पछिल्लो समय विवाह तथा सुभ कार्यमा दाइजोका रुपमा विभिन्न जिन्सी सामान उपलब्ध गराउने प्रचलन रहँदै गर्दा ढोरपाटन नगरपालिका २ सेराका अमर बहादुर क्षेत्री (ओम) र उहाँकी श्रीमती सुनमाया क्षेत्रीले आफ्नो छोरीको विवाहको लागी बिस लाख रुपैयाँ बिमाङ्कको सिटिजन शुभारम्भ बीमा योजना उपहार स्वरुप हस्तान्तरण गर्नुभएको हो ।

मंगलबार विवाह मण्डपमा छोरी सरिना र ज्वाइँ प्रकाशलाई बिमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्य सहित बीमा पोलिसी हस्तान्तरण गरिएको अमर बहादुर क्षेत्री (ओम) ले बताउनु भयो ।
सिटिजन लाइफ इन्स्योरेन्समा विगत ६ वर्षदेखि एजेन्सी म्यानेजर समेत रहनु भएका क्षेत्रीले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै आफूहरूले अन्य जिन्सी सामानलाई कम गर्दे बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरिएको बताउनु भयो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धवलागिरी एरिया क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, बुर्तिबाङ शाखा प्रबन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर, एजेन्सीको समेत उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त , जन्तीपक्षले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

छोरीको विवाहमा ओम क्षेत्री दम्पतीले दिए सिटिजन लाइफको बीमा पोलिसी उपहार

0

माघ १६ गते बुर्तिबाङ
पछिल्लो समय विवाह तथा सुभ कार्यमा दाइजोका रुपमा विभिन्न जिन्सी सामान उपलब्ध गराउने प्रचलन रहँदै गर्दा ढोरपाटन नगरपालिका २ सेराका अमर बहादुर क्षेत्री (ओम) र उहाँकी श्रीमती सुनमाया क्षेत्रीले आफ्नो छोरीको विवाहको लागी बिस लाख रुपैयाँ बिमाङ्कको सिटिजन शुभारम्भ बीमा योजना उपहार स्वरुप हस्तान्तरण गर्नुभएको हो ।

मंगलबार विवाह मण्डपमा छोरी सरिना र ज्वाइँ प्रकाशलाई बिमा पोलिसी उपलब्ध गराउँदै आगामी दिनको भविष्य उज्जल बनाउन र बचत गर्ने बानीको विकास गराउने उद्देश्य सहित बीमा पोलिसी हस्तान्तरण गरिएको अमर बहादुर क्षेत्री (ओम) ले बताउनु भयो ।
सिटिजन लाइफ इन्स्योरेन्समा विगत ६ वर्षदेखि एजेन्सी म्यानेजर समेत रहनु भएका क्षेत्रीले बीमाले बचत गर्ने बानीको विकास हुने तथा भविष्यमा हुन सक्ने जोखिमलाई ध्यान दिँदै आफूहरूले अन्य जिन्सी सामानलाई कम गर्दे बीमा पोलिसी उपहार स्वरुप हस्तान्तरण गरिएको बताउनु भयो ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धवलागिरी एरिया क्षेत्रीय प्रबन्धक दिपेन्द्र लम्साल, बुर्तिबाङ शाखा प्रबन्धक छविलाल पाण्डे, एजेन्सी म्यानेजर, एजेन्सीको समेत उपस्थिति रहेको थियो ।

विवाह समारोहमा उपस्थित आफन्त , जन्तीपक्षले नौलो कामको प्रशंसा गर्दै आफूहरू पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताए ।

दिपक आधारभतु विद्यालयमा भर्चुअल अनलाईन कक्षा सञ्चालनका निम्ती टेलिभिजन सेट जडान

0

माघ १५
ढोरपाटन नगरपालिका ४ खुँगामा रहेको दिपक आधारभतु विद्यालयमा भर्चुअल अनलाईन कक्षा सञ्चालनका निम्ती एक कक्षाकोठा एक टेलिभिजन सेट जडान गरिएको छ । प्रविधि संगै शिक्षालाई पनी अगाडी बढाउने उदेश्य सहित विद्यालयले थालेको अभियानमा विभिन्न सहयोगी दाताले टेलिभिजन सेट उपलब्ध गराउनु भएको छ ।

विभिन्न सहयोगी दाता बाट तथा देउसी कार्यक्रम सञ्चालन गरेर ८ थान टेलिभिन प्र्रत्यक कक्षा कोठामा जडान गरिएको विद्यालयले जनाएको छ ।

अभियानमा टोखा नगरपालिका काठमान्डौ हाल अष्ट्रेलिया बस्दै आउनु भएका लछुमण कँडेल, ढोरपाटन ४ खुँगा हाल जापान बस्दै आउनु भएका भिम बहादुर अर्गजा, चिलभिर सामुदायिक वन, सिनिका सामुदायिक वन बाट एक÷एक थान टेलिभिजन हस्तान्त्रण गर्नुभएको हो । त्यस्तै देउसी भैलो कार्यक्रम र विद्यालयको आन्तरिक श्रोतबाट ४ वटा टेलिभिजन व्यवस्थापन गरिएको हो ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकत विष्णु प्रसाद ज्ञवालीले बोल्दै शैक्षिक क्षेत्रको गुणस्तर उकास्न र विद्यालयलाई प्रविधि मैत्रि वनाउन थालिएको अभियान अत्यन्तै रचनात्मक रहेको बताउँदै यस्तो अभ्यासले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रमका अवसरमा विद्यालयका भुपु विद्यार्थी मन कुमारी बुढा, भर्चुअल अनलाईन कक्षा सञ्चालन अभियानका अभियान्ता गणेश कुमार थापा, ढोरपाटन नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको हो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष अमरसिंह घर्ति को अध्यक्षता, शिक्षक महेश शरण आर्चायको स्वागत विद्यालयका प्रध्यानाध्यापक जित बहादुर विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ढोरपाटनको विकासका निम्ति मास्टर प्लान बनाएर अगाडि बद्छौँ मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे

0

माघ १५ गते
गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले ढोरपाटनको वृहत विकासका निम्ति मास्टर प्लान बनाएर गण्डकी प्रदेशले काम गर्ने बताउनु भएको छ ।
सोमबार ढोरपाटन उपत्यका सहित चर्चामा रहेको उत्तरगंगा जलाशय यूक्त आयोजना निर्माण स्थलको अवलोकन गरि फर्कनु भएका मन्त्री पाण्डेले ढोरपाटन नगरपालिका ५ स्थित गाडी खोला दोगाडी घाट मोटरपुल पुलको उद्घाटन गर्दे ढोरपाटन पर्याप्त मात्रामा पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउँदै यहाँका संस्कृति, पर्यटन क्षेत्रलाई विकास र विस्तार गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनु भयो ।

उत्तर गंगा जलाशय युक्त आयोजना परियोजना सम्पन्न गर्न सकियो भने यहाँको रोजगार, पर्यटन सँगै धेरै क्षेत्रबाट महत्वपूर्ण आयोजना रहेका कारण यस क्षेत्रको काँचुली फेर्न जलाशय युक्त आयोजना निर्माणमा एआईए चरणको काम भइसकेका कारण प्रदेश सरकारको तर्फदेखि विधुत आयोजना निर्माणमा भूमिका खेलिने बताउनु भयो।

प्रदेश सरकारको लक्ष्य पिछडिएको क्षेत्रको विकास र सम्भावनालाई प्राथमिकतामा राखेर विकासको मूलधारमा ल्याउने गरि काम गरिएको बताउनु भयो ।
बुर्तिबाङमा रहेको स्वास्थ्य संस्थालाई ५० शैयाको प्रदेश स्तरीय अस्पताल निर्माणका निम्ति माननीय दोर्ण कुमार कुवँर लगायत यहाँका सांसदबाट निरन्तर आवाज उठाइरहँदा गण्डकी प्रदेशको क्याबिनेट मिटिङमा छलफल गरेर अस्पताल बनाउने विषयमा सहमति सहित केन्द्र सरकारमा पठाइएको र केन्द्र सरकारबाट अनुमति हुँदा साथ अर्का बर्षदेखिनै ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणको कामले गति लिने बताउनु भयो ।

गण्डकी प्रदेस सरकारले नागरिकको अपेक्षा बमोजिम सबै गाउँपालिका र वडा तहमा सडक सञ्जाल जोड्ने गरि काम गरिरहेको बताउँदै अझै पनी धेरै ठाउँमा सडक सञ्जाल र मोटरेवल निर्माण गर्न बाँकी रहेका कारण अधुरा र अपुरा सडक , पुल का कामलाई प्राथमिकता दिएर अगाडि बढिने बताउनु भयो ।
विशिष्ट अतिथिको रुपमा रहनुभएका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आले ले बोल्दै जनताले अनुभुति हुने गरि विकास गर्न र संघीयताको कार्यान्वयनलाई पुरा गर्नका निम्ति गण्डकी प्रदेश सरकारले जनजिविकाको सवाल लाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । न्यून स्रोत र साधन हुँदै गर्दा जनअपेक्षा बढि रहेको तर त्यसलाई आवश्यकताका आधारमा क्रमिक सम्बोधन गर्दे जाने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथिको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले बोल्दै वर्तमान गण्डकी प्रदेश सरकारले जनताको महत्वपूर्ण आवश्यकतालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउँदै यस क्षेत्रको भूगोलको, विकास र जनताका समस्याका विषयमा मुख्य मन्त्री ज्यूले समेत अनुगमन गर्नुभएका कारण यस क्षेत्रको विकासमा आगामी बजेट तथा निती कार्यक्रममा गण्डकी प्रदेश सरकारले थप सहयोग गर्ने अपेक्षा गर्दे जनताको समस्या र गुनासोलाई सम्बोधन हुने गरि आफूहरूले काम गर्ने बताउनु भयो ।
अवरुद्ध रहेका मोटरेवल पुल, सडकलाई आफ्नो ५ बर्षिया कार्यकालमा सम्पन्न गर्ने गरि आफुले सक्दो काम गरिरहेको समेत प्रस्ट पार्नुभयो ।

कार्यक्रमका अवसरमा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, गण्डकी प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्ण देवकोटा, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सचिव शंकर पण्डित , पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेश कुमार घिमिरे, सालझण्डी ढोरपाटन आयोजना प्रमुख अन्जु नेपाली , तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा लगायतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
२०७७ सालमा पूर्वाधार विकास कार्यालय बागलुङ मार्फत जिम्मा पाएको महादेव खिम्ति क्याराभान जे.भी. कम्पनीले २०८० पौष मशान्त सम्म पुल निर्माणको जिम्मा सक्ने लक्ष्य सहित जिम्मेवारी पाएको थियो ।

निर्धारित समयमा काम सम्पन्न गरेको कम्पनीका प्रतिनिधीलाई कार्यक्रमका विचमा फलमाला र अविर सहित सम्मान समेत गरिएको हो । पुल बनेसंगै ढोरपाटन नगरपालिका ६ का नागरिकलाई १२ महिना नै सवारीका साधन माफर्त भुजिखोला वारपार गर्न सक्ने भएका छन । त्यस्तै दोगाडीको पल तरेसंगै वडा ंं ६ का गाडीखोला हुँदै खानी सम्म सहज सडक यात्रा गर्न सकिने भएको हो ।
आयोजित कार्यक्रम ढोरपाटन नगरपालिका ६ का वडा अध्यक्ष उमेश बुढाको अध्यक्षता ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको स्वागत, दुर्गा बहादुर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

उत्तरगंगा जलाशय युक्त आयोजना निर्माण र बुर्तिबाङमा ५० शैयाको अस्पताल बनाउन सक्रिय पहल भइरहेको छ मुख्य मन्त्री पाण्डे

0

बडिगाड गाउँपालिकाको प्रशासनिक भवन आइतबार उद्घाटन

माघ १४ गते बडिगाड

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले उत्तरगंगा जलाशय युक्त आयोजना निर्माण र बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश स्तरीय अस्पताल निर्माणमा गण्डकी प्रदेशको तर्फदेखि सक्रिय पूर्वक भूमिका निर्वाह गरिएको बताउनु भएको छ ।
आइतबार जिल्लाको बडिगाड गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दे प्रमुख अतिथिको रुपमा रहनु भएका गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको र अतिनै महत्वपूर्ण आयोजना उत्तरगंगा जलाशय युक्त आयोजना निर्माणमा गण्डकी प्रदेश सरकारको तर्फदेखि पटक पटक पहल भइरहेको बताउँदै यस विषयमा प्रधानमन्त्री, मन्त्री लगायतको ध्यानाकर्षण गराइसकेको र केन्द्र सरकारले समेत यस विषयमा चासो देखाएका कारण विधुत आयोजना चाँडै निर्माण सुरु हुने बताउनु भयो ।

मुख्य मन्त्री पाण्डेले थप बोल्दै ‘बुर्तिबाङमा रहेको स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश स्तरीय अस्पताल निर्माणका निम्ति सांसद दोर्ण कुमार कुवँर लगाएत यहाँका साँसदको पहलमा गण्डकी प्रदेश मन्त्रीपरिषदबाट पारित भएर संघ सरकारमा कार्यान्यनका निम्ती पठाईका कारण आगामी बर्ष ५० शैयाको अस्पताल स्तरोन्नति हुने गरि काम भइरहेको बताउँदै पश्चिम बागलुङका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनु भयो ;

गण्डकी प्रदेशले सबै पालिकालाई सडक सञ्जालमा जोड्ने लक्ष्य लिइएकोमा उक्त अभियान करिब सफल भइसकेको बताउँदै अब सबै वडा सम्म सिधा सडक सञ्जाल जोड्ने, कृषि, प्रयटनको विकास संगै स्थानीय नागरिकलाई गाउँमै बस्न योग्य विकास पूर्वाधार र आय आर्जनमा जोड्ने गरि काम गरिने बताउनु भयो ।
नागरिकलाई रोजगारी सँग जोड्न तथा आयाति मदिरालाई रोक्न लोकल मदिराको ब्रान्डिङ, गाँजा खेतीको उत्पादन बृद्धि गरि त्यसबाट बन्ने भाँगोबाट आयआर्जन संगै लोक्ताबाट कपडा उत्पादन जस्ता कार्यमा अगाडी बढाउन प्रदेशले कार्यक्रम तय गरेका कारण आगामी वर्षदेखि कार्यान्वयनमा जाने गरि प्रदेश सरकार अगाडि बढेको बताउनु भयो ।
फरक प्रसंगमा बोल्दै मन्त्री पाण्डेले गण्डकी प्रदेशमा ३ वटा स्थानीय तह महिला प्रमुख रहेको बताउँदै महिला प्रमुखले पुरुष पालिका प्रमुख रहेको भन्दा बढि परिणाम देखिने काम गरेको बताउँदै महिलाले नेतृत्व गरेको पालिकामा आफूले आगामी बजेटमा महिला लक्षित कार्यक्रम लिएर आएमा एक करोड सम्मको बजेट थप व्यवस्था गरिदिने उद्घोष समेत गर्नुभएको छ ।

२०७७ सालमा निर्माण सुरु भएको वडिगाड गाउँपालिकाको प्रशासनिक भवन २०८० असार मशान्तमा निर्माण सम्पन्न भएको थियो । खाल बजार तथा आसपासका स्थानीय १०० जना नागरिकबाट १० रोपनी जग्गा पालिकाको नाममा उपलब्ध गराइएसँगै निर्माण सुरु गरिएको भवन ४ करोड ४८ लाख लागतमा निर्माण सम्पन्न भएको पाइएको छ ।
भवन निर्माणमा संघीय सरकार, प्रदेश सरकार सँगै गाउँपालिका २ करोड ७२ लाख बजेट खर्च गरिएको छ । १५ शैयाको पालिका स्तरीय अस्पत्ताल निर्माणको काम समेत अन्तिम चरणमा पुगिसकेको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।
कार्यक्रमका अवसरमा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जित प्रकाश आले, वन वातावरण उद्योग तथा पर्यटन मन्त्री दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश उपसभामुख विना थापा, गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँर, जीत बहादुर शेरचन, दिलमाया पौवी, नेपाली कांग्रेस जिल्ला उपसभापति तारानाथ पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसी, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक राजिव घिमिरे, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोख्रेल, समाजवादी जिल्ला उपसभापति वेद प्रसाद घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस्तै जिल्ला सम्मोन्य समिति बागलुङका प्रमुख अमर बहादुर थापा, जिल्ला सम्मोन्य समिति गुल्मीका प्रमुख डोर बहादुर खत्री, घोरब्जो गाउँपालिका मुस्ताङका प्रमुख मोहन सिंह लाल चन्द, गाउँपालिका महासंघ गण्डकी प्रदेश अध्यक्ष सिता अधिकारी लगायतको शुभकामना मन्तव्य रहेको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले सिंह दरबारको अधिकार गाउँगाउँमा आएको महसूस जनतालाई दिने गरि अगाडि बढ्नुपर्ने बताउँदै जनप्रतिनिधि जनताको समस्या र आवश्यकतालाई मूल्यांकन गरेर सेवकको रुपमा काम गर्नुपर्नेमा जोड दिएका हुन ।
आयोजित कार्यक्रममा पालिकाको जग्गा व्यवस्थापनमा सहयोग गर्ने जग्गा दाता सम्मान गरिएको हो । त्यस्तै प्रत्यय वडाबाट , शिक्षक, विद्यार्थी कर्मचारी बाट समेत फरक फरक सांस्कृतिक गित नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रम गाउँपालिका अध्यक्ष गण्डकी थापाको अध्यक्षता, उपाध्यक्ष भिमसेन वनको स्वागत, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।