माघ १६
नेपाल लोकतन्त्रबादी आदीबासी जनताजति महासँघ निसीखोला गाउँपालिकाको अधिवेशन मँगलबार सम्पन्न भएको छ ।
जनजाति महासँघ निसीखोला सचिव राजमान बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य टँक प्रसाद पुन (तेजिन्द्र ) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशनबाट सुदिप सिंजाली मगर सभापती रहेको १५ सदस्य निसीखोला गाउँपालिका स्तरीय नेपाल लोकतन्त्रबादी आदीबासी जनताजति महासँघ गठन गरिएको हो ।
समितिको उपसभापति महेन्द्र घर्तिमगर, सचिव प्रेम घर्ति मगर, कोषाध्यक्ष भिमकला मगर लगाएत अन्य पदाधिकारी रहेका छन । कार्यक्रममा नवगठित समितीलाई पदस्थापन सँगै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी टँक प्रसाद पुन (तेजिन्द्र) ले नवगठित समितीलाई कार्यकाल पूर्ण सफलताको कामना सहित शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा निसीखोला गाउँपालिका तरुणदल अध्यक्ष लछुमण छन्त्यालको आतिथ्यता एवं मन्तव्य रहेको हो ।