Home Blog Page 99

ढोरपाटनका मेयर नेपाली पक्राउ नपरी घरजग्गा अर्कालाई सुम्पिन मिल्छ ?

0

२४ माघ,  बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीले मंगलबार फेरि सम्पत्ति सार्वजनिक गर्दै बचतकर्ताको हिसाब मिलान गर्न तयार रहेको बताएका छन् ।

गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले गत मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए ।

दोस्रो पटक फेरि नेपालीले सम्पत्ति सार्वजनिक गर्दै सहकारीको रकमसमेत मिलाएर बागलुङ, पोखरा, चितवन, काठमाडौंलगायतका ठाउँमा घरजग्गा जोडेको तर बचतकर्तालाई फिर्ता गर्ने नगद नभएको बताएका छन् ।

गत मंसिर ५ गते भिडिया र विज्ञप्तिमार्फत मेयर नेपालीले आफू र श्रीमतीको नाममा आफ्नै पैसाले घरजग्गा जोडेको बताएपछि सहकारीको रकम कहाँ छ त त्यसो भए भनेर बचतकर्ताले प्रतिवाद गरेका थिए ।

 

अहिले बचतकर्तालाई विश्वास दिलाउने गरी सहकारीको रकमबाटसमेत घरजग्गा किनेको र त्यो बचतकर्तालाई सुम्पिन तयार गरेको सार्वजनिक गरेका हुन् ।

उनले दोस्रोपटक सम्पत्ति सार्वजनिक गर्नुको कारण चाहिँ के होला ? पोखरा र बागलुङको समेत इमेज सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्की भन्छन्, ‘अघिल्लो पटकको विज्ञप्तिमा यो मेरो निजी सम्पत्ति हो भनेका थिए भने यसपटकको विज्ञप्तिमा सहकारीको बचत रकमबाट समेत किनेको बताएका छन् ।’

मेयर नेपालीले कहाँबाट चलाइरहेका छन् फेसबुक ?

मेयर नेपालीका तर्फबाट बचतकर्तासँग अधिवक्ता नानीबाबु बुढाथोकीले सहजीकरण गरिरहेका छन् । उनले नेपालीलाई हिसाब मिलान गराउने वातावरण बनाइदिन आग्रह गर्दै बुढाथोकीले भनेमुताबिक नै बचतकर्ताले गरिरहेका छन् । पीडितहरुलाई एकीकृत गर्नकै लागि पोखरा र बागलुङका सबै बचतकर्ताको एउटै संयुक्त संघर्ष समिति बनाइएको छ ।

बागलुङमा प्रधान कार्यालय रहेको इमेजले गलकोट र बुर्तिबाङबाट सेवा कार्यालयको नाममा आर्थिक कारोबार गर्दै आएको थियो भने पोखरामा सोही नामको छुट्टै सहकारी दर्ता गराएका थिए । नेपालीको सम्पत्ति बैंकहरुले लिलामी प्रक्रिया अगाडि बढाएपछि त्यो गुम्न नदिनकै लागि भन्दै सञ्चालक समिति नै ब्युँताइएको छ ।

३५ करोडको लागि सवा २ अर्बको सम्पत्ति लिलाम हुन लागेको भन्दै सहकारीकै नाममा सम्पत्ति ल्याउने भन्दै समिति ब्युँताइए पनि अदालतमै मुद्दा विचारधीन रहेको र मुख्य आरोपी फरार नै रहेकाले केही गर्न सक्ने अवस्था भने छैन । नेपालीले सम्पत्ति सुम्पिन चाहान्छु भने पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी छ भने रेडकर्नर नोटिससमेत जारी भइसकेको छ ।

‘उनी पक्राउ नपरी कुनै पनि समस्याको समाधान हुँदैन । अदालतमा उपस्थित त हुनैपर्छ । त्यसपछि अदालतको आदेशबमोजिम अगाडि बढ्ने कुरा हो,’ गण्डकी प्रदेश प्रहरी प्रमुख विकासराज खनालले भने, ‘उनले कहाँबाट कसरी फेसबुक चलाएका छन् भन्ने प्राविधिक जाँच पनि गर्दैछौं । उनको खोजी कार्य छ ।’

देवकुमारका तर्फबाट पीडितहरुसँग समन्वयन गरिरहेका अधिवक्ता नानीबाबुकै रोहबरमा बागलुङमा विशेष साधारण सभा गरी कृष्णबहादुर सार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति ब्युँताइएको छ भने पोखरामा हरिबहादुर खत्रीको संयोजकत्वमा ब्युँताइएको छ। तर, यो समितिले बचतकर्तासँग समन्वय गर्ने, दबाब दिनेबाहेक अरु काम गर्न सक्ने स्थिति भने छैन ।

‘उहाँ आउनुहुन्न, प्रहरीले पक्राउ गर्दैन । अब के गर्ने ? अब अघिल्लो पटक मेरो निजी सम्पत्ति हो भनेका थिए, सहकारीको सम्पत्ति कहाँ छ त्यसो भए भनेर त्यसको प्रतिवाद गर्यौं । सम्पत्ति शुद्धीकरणले पनि सम्पत्ति कहाँ छ भनेर खोज्न थालेपछि बचतकर्ताको रकम र केही ऋण लिएर जोडेको बताएका छन् ।

उनले बचतकर्ताको रकम यहीँ छ भन्नमात्रै खोजेको हो यसपटक,’ इमेज सहकारीका पीडितहरुको संयुक्त संघर्ष समितिका संयोजक कार्कीले भने ।

यसअघि नेपालीलाई कसरी झिकाउन र सहजीकरण गर्न सकिन्छ भनेर प्रमुख जिल्ला अधिकारीकै नेतृत्वमा राजनीतिक दल, प्रहरी प्रशासनसहितको छलफल गरिएको कार्कीले बताए । तर, उनी कुनै पनि हालतमा आउनैपर्ने निश्कर्ष निकालिएको उनको भनाइ थियो ।

‘नेपाली कहाँ छन् भन्ने नै थाहा छैन, उनकै वकिलले पनि ह्वाट्सअपमा कुरा हुन्छ, मलाई पनि थाहा छैन कहाँ छन् भन्छन्,’ कार्कीले भने, ‘सहकारी ब्युँताउनेदेखि बैंकलाई पत्र लेखेर लिलामी रोक्न आग्रह गर्नेसम्मको काम गरेका छौं, अब उहाँलाई सहज बनाइदिने काम राज्यको हो ।’

मन्त्रिपरिषदको बैठकले अन्य आर्थिक लेनदेनसरह सरकारी वकिलको कार्यालयमार्फत मिलाउन पाउने निर्णय गरेकाले केही सहज पनि हुन सक्ने बचतकर्ताको आशा छ । तर, त्यसका लागि भने देवकुमार नखुली सम्भावना नरहने प्रदेश प्रहरी प्रमुख खनालले बताए ।

बरु उनी कुन देशमा छन्, त्यहाँको प्रमाणित कागजात पठाएर आफ्नो जग्गाजमिन सहकारी वा सरकारका नाममा सुम्पिन्छु भन्ने हो भने पनि सम्भावना रहन सक्ने देखिएको कार्कीले बताए । ‘उनी नेपालमै नभएको अनुमान गरिएको छ, जुन देशमा छौं त्यहाँको प्रमाणित गरेर कागजात पठाऊ, हामी यहाँ हिसाब मिलाउँछौं भन्दा पनि गर्दैनन्,’ कार्कीले भने, ‘वक्तव्यबाजी गरेरमात्रै त के हुने हो र ? सहकारीको बचत रकम जसै देखाउनुपर्ने भएपछि त्यसैबाट यी सम्पत्ति किनेको हुँ भनेर मंगलबार स्वीकार गरे, त्यही हो ।’

नेपाली पक्राउ परेपछि कसरी प्रक्रिया अगाडि बढ्छ भन्ने कुरा अदालतको आदेशमा भर पर्ने प्रदेश प्रहरी प्रमुख खनालको भनाइ छ । राष्ट्रिय सहकारी बैंकबाट २५ करोड, गरिमा र ग्लोबलबाट सहकारीले १० लाख गरी ३५ लाख रुपैयाँ ऋण लिएकोले सम्पत्ति लिलामीको प्रक्रिया अगाडि बढाएपछि बचतकर्ता संगठित भएर विशेष साधारण सभामार्फत संस्था ब्युँताएको उनीहरुको भनाइ छ ।

बैंकहरुले २ अर्बको सम्पत्ति ३५ करोडका लागि लिलामी निकालेपछि नेपालीका तर्फबाट वकिल गएर बचतकर्तालाई भेटेका थिए । त्यहीअनुसार ६ महिनाभित्र सबै सहकारीको हिसाब मिलाउने भन्दै बैंकहरुलाई पत्र नै लेखेर आग्रह गरिको दिलबहादुरले बताए । बागलुङको इमेज सहकारी गण्डकी प्रदेश मातहत छ भने पोखराको सहकारी महानगर मातहतकोे छ ।

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

साभार अनलाईन खबरबाट

मध्येपहाडीको नालीमा गलकोटका २४ वर्षीय युवा मृत फेला

0

बागलुङ जिल्लाको गलकोट नगरपालिका – ९, बडगाउँ रहेको मध्ये पहाडीको नालीमा एकजना युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गलकोट – ९ का मित्रलाल गौतमका २४ वर्षीय छोरा नविन गौतम मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनु भयो ।मृतक गौतमको ७० मिटर तल उनले लगाएको चप्पल भेटिएको छ ।

घटना स्थलमा रहेका प्रहरी निरिक्षक थमनसिंह रानाका अनुसार मृतक गौतमको अनुहारमा रगत रहेको र माथि ढिस्काबाट खसेजस्तो देखिए पनि घटनाको वास्तविकता बारे थप अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

प्रहरीलाई बिहान ६.५ मा खबर आएपछि ६.२० बजे नै प्रहरी घटना स्थलमा पुगेको थियो । मृतक गौतम बाटोमा सोलिङको काम गर्ने खुलेको छ । मृतक गौतमको नाक र अनुहारमा चोट लागेको पनि प्रहरी निरिक्षक रानाको भनाई छ । घटनाको थप विवरण आउन बाँकी छ ।

 

लाम्मेलामा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धी जनचेतना मूलक अन्तरकृया कार्यक्रम 

0

माघ २३ गते  बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका वडा नं. ४ मा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धी जनचेतना मूलक अन्तरकृया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । 

तमानखोला गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा समाजमा हुने लैंगिक हिंसा त्यसको समाज र परिवारमा पर्ने असर कानुनी प्रकृया लगायत उमेर नपुगी हुने बाल विवाह र त्यसको असर एवं कानुनी व्यवस्थाका विषयमा अन्तरकृया गरिएको हो ।

तमानखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्याल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत चन्द्रिमा चौधरीले कार्यक्रममा सहजिकरण गर्नुभएको हो ।

गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, बोङगादोभान प्रहरी चौकीका असई नारायण रानाभाट, सोले युवा क्लबका अध्यक्ष तेजेन्द्र सिर्पाली लगायतले आफ्नो मन्तव्य राख्दै लैंगिक हिंसा र बालविवाहको असरको विषयमा आफ्नो धारणा राख्दै समाजमा हुने विभिन्न लैंगिक हिंसा र बालविवाह रोकथामका निम्ती समग्र समुदाय नै सचेत हुनुपर्ने बताउँदै सचेतना मूलक कार्यक्रमले त्यसको न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, क्लब, आमा समुह, किशोर कसोरी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष हिरा कुमारी छन्त्यालले बोल्दै लैङ्गिक हिंसा र बालविवाह न्यूनीकरणका निम्ती तमानखोला गाउँपालिकाले महत्वपूर्ण कार्यक्रम सहित अभियान सुचारु गरिरहेको बताउँदै महिलाका हक अधिकार स्थापित गर्न , उनीहरू लाई रोजगार सँग जोड्न प्रत्यक वडामा महिला समुह गठन गरेर दिगो कार्यक्रम र हक अधिकारलाई जोड्दै  अगाडि बढिएको बताउनु भयो ।

आयोजित कार्यक्रम पोषण सहजकर्ता निशु रसाइलीले सञ्चालन गर्नुभएको हो ।

मसँग बचत फिर्ता गर्ने नगद छैन, सम्पत्ती बेचेर फिर्ता गर्छु, सहयोग गर्नुस : देवकुमार नेपाली

0

 

माघ २३ गते बागलुङ

बचतकर्ताहरुको २ अर्ब रुपैयाँ हिनामिना गरी ८ महिनादेखि फरार ढोरपाटन नगरपालिकाका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले एक वक्तव्य प्रकासित गरि सबै सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न तयार भएको बताएका छन् ।

गत माघ १९ गते एक वक्तव्य प्रकाशित गरि आफनो र आफनो श्रीमती छेला नेपालीको नाममा रहेको सबै सम्पत्ती दिन तयार भएको, त्यसको लागि वातावरण बनाई दिन सरोकारवालालाई सहयोगको गर्न अनुरोध गरेका छन्

नेपालीले आफ्नो सम्पती पोखरा, काठमाडौं, बागलुङ र गलकोटमा रहेको भन्दै आफूसँग नगद रकम नभएकोले तत्काल बचतकर्तालाई भुक्तानी दिन केहि समय गाह्रो हुने भएकोले त्यसको लागि सबैले सहयोग गर्नु पर्ने त्यसको लागि सहकारी विभाग, सहकारी रेजिष्ट्रार कार्यालय, अदालत, प्रहरी तथा प्रशासनले वातावरण बनाई दिनु पर्ने वक्तव्यमा उल्लेख छ ।

त्यसै गरि सहकारीबाट कर्जा लगेका ऋणिहरुले ऋण असुलीमा पनि सहयोगको आव्हान गरेका छन् । साथै उनले आफनो बागलुङ,बुर्तिबाङ, कास्की र काठमाडौंमा १८ वटा घर र ४४ कित्ता जग्गा जस्को हालको मूल्य ३ अर्ब बराबरको सम्पत्ति रहेको र सम्पत्तीको विवरण समेत वक्तव्यमा उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालीले यो वक्तव्य कहाँबाट निकालेको हो ? उनी कहाँ छन् भन्ने बारेका अझसम्म केहि थाहा हुन सकेको छैन् ।

गत कार्तिक ३० गते नेपालीले एक वक्तव्य र भिडियो आफनो फेसबुकमा प्रकाशित गरी आफनो र आफनो श्रीमती छेला नेपाली, छोरी कर्मा नेपालीलाई हतियार सहित आएर ज्यान मार्ने धम्की आएकोले सुरक्षाको कारण केहि समय सम्पर्क विहिन हुन बाध्य भएको वक्तव्यमा उल्लेख गरेका थिए ।

देवकुमार नेपाली अहिले कहाँ छन् ? उनले कहाँबाट यो वक्तव्य प्रकाशित गरेको हो ? थाहा हुन सकेको छैन ।

केहि मानिस उनको सम्पर्कमा भएको भनिए पनि यस विषयमा प्रष्ट कुरा बाहिर आएको छैन् । फरार नेपालीको विषयमा लामो समय हुँदा पनि प्रहरीको खोज अनुसन्धानले ठोस नतिजा निकाल्न नसक्दा बचतकर्ताहरु निरास भएको बेला नेपालीको वक्तव्य आएको हो ।

इमेज बचत तथा ऋण सहकारी संस्थामा पोखरा र बागलुङका बचतकर्ताले राखेको २ अर्ब २५ करोड रूपैयाँ ठगी गरेको आरोप नेपालीमाथि छ। राजनीतिक पहुँचका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न आलटाल गरेको पीडितको गुनासो छ।

(वक्तव्यसहित

दैनिक मदिरा सेवन गर्ने मालपोत हाकिमबाट आजित सेवाग्राही 

0

माघ २२ बुर्तिबाङ
मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ । दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले फेला पारेका हुन् ।

निसीखोला गाउँपालिका– १ देविस्थाबाट सेवा लिन आउनु भएका धिरेन्द्र मल्लले आफ्नो सबै काम आइतबारनै सकिएको तर प्रमुख पौडेलको हस्ताक्षर नहुँदा सोमबारसम्म कुर्नु परेको बताउनुभयो । विहानैदेखि कार्यालयमा आएर कुर्दा पनि पौडेल नआएपछि धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँले सुनाउनुभयो ।

प्राय जसो समय मदिरा सेवन गर्न गरेका कार्यालय प्रमुख पौडेलले सेवा ग्राहीलाई निरन्रत दुःख दिने गरेका छन । आइतबार पनी दिनभर मदिरा सेवन गरेर सुतेका उनि सोमबार समेत उस्तै अवस्थामा देखिए । सामुदायिक रेडियो ढोरपाटनले गरेको छड्के अनुगमनका क्रममा मदिराले लठ्ठिएको अवस्थामा भेटिएका उनि पत्रकारलाई धम्क्याउँदै आफनो मनमर्जी चल्ने बताएका छन ।

तमानखोला गाउँपालिका–३ तमान गाउँबाट सेवा लिन आउनु भएका रत्नबहादुर बुढाथोकीले एकैछिनमा हुने कामलाई हामिकले दुई दिन लगाई दिएको बताउनुभयो । हजारौँ रुपैयाँ खर्च गरेर गाउँबाट आएको सुनाउँदै आइतबारनै सकिने काम सोमबारसम्म नगर्दिदा खर्च बढेको गुनासो पोख्नुभयो ।
उहाँले भन्नुभयो – “हाकिम आएर काम सकिला भनेर हिँजो ९आइतबार० दिनभरी कु¥यौँ, आउनु भएन आज पनि अबेरसम्म आउनु भएन, पछि त रक्सी खाएर सुत्नु भएको रैछ, यस्ता कर्मचारीले गर्दा हामी जस्ता सोझा जनताले दुःख पाउनु परेको छ, कुर्दा कुर्दा दुई दिन यतिकै बित्यो ।” बुढाथोकी जस्तै ५० बढि सेवा ग्राही आफनो काम सक्ने भन्दै हाकिम साबको पखाईमा देखिन्थे ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कार्यालय समयमा मदिरा सेवा गरि सेवाग्राहीको काम गर्ने पौडेललाई कानुनी कारबाही गर्ने बताउनुभयो ।मदिराले मातिएका मालपोत अधिकृत पौडेललाई नियन्त्रणमा लिन प्रहरीलाई पत्र पठाएको सहायक प्रजिअ बरालको भनाइ छ ।

गण्डकी प्रदेशमा ‘रुट परमिट’ खारेज भएपछि बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी द्धारा दिप प्रज्वलन

0

माघ २० गते बुर्तिबाङ
गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएकोमा खुसि मनाउँदै बुर्तिबाङ स्थित बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालीले शनिबार साँझ दिप प्रज्वलन गर्दे गण्डकी प्रदेश सरकारलाई धन्यबाद ज्ञापन गरिएको छ ।
गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो। प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गरेको निर्णयलाई समर्थन गर्दे आफुहरुले खुसियालीमा दिप प्रज्वलन गरिएको संस्थाका अध्यक्ष विनोद भण्डारीले बताउनु भयो । “एक जिल्लाबाट अर्काे जिल्ला जाँदा पनी पटके काट्नुपर्ने वाध्यता थियो अव यातायात व्यवसाहीलाई र यात्रुलाई समेत सहज हुने भयो भण्डारीको भनाई छ । ”
गण्डकीमा सञ्चालन हुने जिप र ट्याक्सीमा लागू गरिएको दुई जिल्ला परमिटको अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनु भएको हो ।
केही दिन पहिले बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रालीको साधारण सभामा प्रमुख अतिथीका रुपमा रहनुभएका मन्त्री जुग्जालीले चाँडै कार्यान्यनमा जाने प्रतिबद्धता जनाउनु भएको थियो ।

दिप प्रज्वलन कार्यक्रममा संस्थाका सचिव नर बहादुर क्षेत्रीले बोल्दै आफहुरुको माग सम्वोधन भएको र यस्तो निर्णयले आम व्यवसाही र यात्रुलाई समेत गण्डकी प्रदेशका सबै जिल्लामा सहज रुपमा सवारीका साधन लैजान सहयोग पुगेको बताउनु भयो ।

एकै ठाउँमा मात्र व्यवसायीलाई केन्द्रित हुन नदिनका लागि आवश्यकताको आधारमा प्रदेशभरको रुट इजाजत दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। पाँच वर्षपछि दुई जिल्लामा परमिटको अव्यावहारिक नियम हटेकामा यातायात व्यवसायी र यात्रुले खुसी व्यक्त गरेका छन्। कार्यक्रममा बरिष्ठ उपाध्यक्ष ऋषिराम घिमिरेले समेत सुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।
आयोजित कार्यक्रम संस्थाका अध्यक्ष विनोद भण्डारीको अध्यक्षता, कर्मचारी दिपक खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

हिमपातका कारण अवरुद्ध लोकमार्ग गाउँपालिका र प्रहरीको सक्रियतामा सञ्चालनमा

0

 माघ १९ गते बुर्तिबाङ

बिहीबार परेको हिमपातका कारण अवरुद्ध बनेको रुकुम बागलुङ खण्डको मध्यपहाडी लोकमार्ग गाउँपालिका र प्रहरीको सक्रियतामा हिउँ सफा गरेसँगै सडक सञ्चालनमा ल्याइयो छ ।

मध्य पहाडी लोकमार्ग हिमपातले अवरुद्ध भएपछि पूवी रुकुम र बागलुङ खण्ड अन्र्तगत पर्ने मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको थियो ।

शुक्रबार निसीखोला गाउँपालिकाबाट जेसिवी उपलब्ध गराइएको र इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकको कमान्डमा बुर्तिबाङ र निसीबाट खटिएका प्रहरी सहितको टोलीले बागलुङ खण्डको सडक सिधा सञ्चालनमा ल्याएको हो ।

निसीखोला ६ को चोरबास देखि सिमाना पालिहाल्ने सम्म ७ किलोमिटर सडकमा जमेको हिँउ जेसिवी र प्रहरीको सक्रियतामा सफा गरिएको हो । त्यस्तै पातिहाल्ने देखि पूर्वी रुकुम तर्फको खण्डमा समेत प्रहरी ,आर्मी र स्थानीय पालिकाले उपलब्ध गराएको जेसिवीले सडक सफा   गरिरहेको  प्रहरी निरीक्षक राजकुमार बिकले बताउनु भयो 

सडकमा अत्याधिक मात्रामा हिउँ जमेपछि सवारीका साधन बिहीबार दिउँसो देखि आवत जावत गर्न नसकेका हुन ।

कार्यालय जाँदै गर्दा स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो दल्ने गुरुङ पक्राउ

0

बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीलाई कालोमोसो दल्ने नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका जिल्ला संयोजक पूर्ण बहादुर गुरुङलाई जिल्लाको ताराखोला गाउँपालिका(१ भुस्खातबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बागलुङ सूचना अधिकार एवं प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

गत माघ ७ गते बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख के।सी। घरबाट मोटरसाईकलमा कार्यालय तर्फ जाने क्रममा मोटरसाईकल रोकी गुरुङ नेतृत्वको समुहले कालोमोसो दलेको थियो । कालोमोसो दल्ने लगायतको अपमानजनक, अमानविय र गैरकानूनी कार्य गरेको आरोपमा उनलाई नियन्त्रणमा लिईएको केसीले बताउनुभयो।

प्रविण नाम बताउने उनलाई प्रहरीले खोजीरहेको थियो । उहाँलाई जिल्ला प्रशासन कार्यालय बागलुङबाट म्याद थप गरि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्ध अभद्र व्यवहार को कसूरमा मुद्धा चलाईएको छ ।

लायन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम : १२२ पिन्ट रगत संकलन

0

माघ १८ गते

लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा बिहीबार बुर्तिबाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको क्लबले नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा पोखरा र बुर्तिबाङ स्वास्थ्य संस्था सँगको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बिहीबार बिहान ८ बजेदेखि सुरु गरिएको अभियानमा १२२ जना नागरिकले आफ्नो रक्तदान गरेका हुन । क्लबको सामाजिक उत्तरदायित्व अन्र्तगत थालिएको अभियानबाट विभिन्न क्लब, विद्यालय, संघसंस्था लगाए प्रतिनिधि मूलक उपश्थितीमा पहिलो पटक ठुलो मात्रामा ब्लड संकलन गरि पोखरा पठाइएको हो ।

इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँरद्धारा प्रमुख अतिथिको रुपमा कार्यक्रमको शुभारम्भ गर्दे यो महत्वपूर्ण अभियानको सुरुवात गरेकोमा आयोजक परिवारलाई धन्यबाद ज्ञापन गर्नुहुँदै आगामी दिनमा समेत यस्ता अभियानमा जोडिन अनुरोध गर्नुभयो । कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चाय ले बोल्दै अभियानको रुपमा विभिन्न सामाजिक कार्य गर्दे आइरहेकोमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको र यस्तो अभियान आगामी दिनमा पनि सञ्चालन गर्दे जाने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा पोखरा र बुर्तिबाङ स्वास्थ्य संस्थाको प्राविधिक सहयोग, ढोरपाटन नगरपालिका, नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङ, ढोरपाटन उद्योग वाणिज्य संघ, रोटरी क्लब अफ ढोरपाटन, बुर्तिबाङ राइजिङ युवा क्लब, बुर्तिबाङ फुटबल क्लब, सिटिजन लाइफ इन्स्योरेन्स , जनता बोर्डिङ स्कुल, उत्तरगंगा माध्यमिक विद्यालय, लगायत यहाँ स्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, शिक्षक,स्वास्थ्य कर्मी, विद्यार्थी, व्यवसायीको सहभागिता रहेको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा पोखराका प्रमुख अर्जुन ज्ञवालीले पुन्य कर्ममा लायन्स क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यबाद ज्ञापन गर्ने आगामी दिनमा समेत यस्तो अभियान सञ्चालन गर्न अनुरोध सहित यो अभियानमा आफूहरूले निरन्तर साथ दिने बताउनु भयो ।

त्यस्तै र बुर्तिबाङ स्वास्थ्य संस्था प्रमुख डा. नविन्द्र ढकालले बोल्दै लायन्स क्लब ढोरपाटनले समय समयमा गर्ने रचनात्मक कार्यक्रम गर्दे आएकोमा आभार व्यक्त गर्दे आफूहरूले समेत यस्तो अभियानमा साथ दिने बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष राम प्रसाद आर्चायको अध्यक्षता प्रथम उपाध्यक्ष छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ सेन्टरका लाभग्राहीलाई बाख्रा वितरण , विद्यार्थीलाई स्टेशनरी हस्तान्त्रण

0
अर्नाकोट  सामुदायिक स्वास्थ्य इकाई  तथा वर्थिङ सेन्टर  देविस्थान निसीखोला २ बाग्लुङ्गमा मिति २०८० साल माघ महिनाको १४ गते आइतबार २० जना लाभग्राहीलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
संस्थाको आर्थिक सहयोगमा निर्मित अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ सेन्टरको दिगो संचालनको लागि अक्षय कोष स्थापना गर्न विगत २ चरणमा बाख्रा वितरण गरिएकोमा यो तेस्रो चरणमा २० जना निम्न आय भएका महिलाहरुलाई  जीविकोपार्जन तथा उनीहरुको आर्थिक सशक्तिकरणको लागि बाख्रा वितरण सम्पन्न गरिएको छ।
इकाईका अध्यक्ष तथा निसीखोला गा.पा. वडा नम्बर २ का अध्यक्ष  कुबिर बि.क.को अध्यक्षयतामा सम्पन्न कार्यक्रममा बाख्रा वितरणको लागि अर्नाकोट कृषि सहकारी संस्था लि. कर्म फ्लाइट्स संस्था र अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईबिच त्रिपक्षीय सम्झौता  भएको छ र जम्मा २ लाख ७० हजार रुपैयाँमा बिमा सहित २० जना लाभ ग्राहीले पाठा/पाथी  सहितका माउ बाख्रा प्राप्त गरेका छन् ।
यो कार्यक्रमको मुख्य लक्ष्य निम्न आय भएका ग्रामीण  महिलाहरुको आर्थिक सबलीकरण गर्नको लागि नि:शुल्क बाख्रा उपलब्ध गराउनु  र दुइ वर्षपछि उक्त मूल्य बराबरको पैसा स्वास्थ्य इकाईमा फिर्ता ल्याई अक्षय कोष निर्माण गर्नु रहेकोमा यस अघि २ चरण र यो समेत गरी आगामी ३ वर्षमा ६ लाख ५० हजार रुपैयाँको अक्षय कोष सृजना हुनेछ।  यस कार्यक्रमलाइ नेपाल इज च्यारिटी युके, कर्मफ्लाइट्स र अमेरिकाको सराइ र उनका  गूगलकर्मी बुवा दान स्टेन्बर्गको सहयोग रहेको छ।
साथै उक्त कार्यक्रममा  अर्नाकोट सामुदायिक स्वास्थ्य इकाई तथा वर्थिङ सेन्टर निर्माणमा सहयोगी फ्रान्सेली दाता एएएका अध्यक्ष सिसिल पुलुस , ए ए ए नेपालका अध्यक्ष बोधराज पौडेलको टोलीले सेन्टरको अवलोकन तथा अनुगमन गरेको थियो।
कोभिड -१९ को कारण सृजित आर्थिक मन्दीकोबिच बडो कष्ट गरेर  निर्माण सम्पन्न गरि गाउँपालीकालाई हस्तान्तरण गरिसकिएको सेन्टरमा हाल निसिखोला र ढोरपाटन नगरपालिका समेतका २५०० देखि ३००० जनताले नि:शुल्क र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन भने २ जना पूर्ण र एक जना  कर्मचारीको आंशिक तलब र  अत्यावस्यक औषधी लयायत बापत वर्षेनी ७ लाख हाराहारीको आर्थिक सहयोग कर्म फ्लाइट्स संस्थाले गर्दै आइरहेको छ भने करिब  ७५ लाखको लागतमा आधारभूत सेवा सहितको सामुदायिक स्वास्थ्य इकाई र वर्थिङ  सेन्टरको स्थापना गर्न महत्वपुर्ण योगदान दिएको छ।  सेन्टरको जानकारी अनुसार यस आ ब को पहिलो छ महिना मा ८ जना सुत्केरी हुन आएर सफलता पुर्वक  सेवा पाएका छन।
अझै पनि वर्थिङ सेन्टरको लागि एक बिरामी पार्टीलाई भान्सा सहितको कुरुवा कोठा र स्वास्थ्य  सचेतना अभिमुखीकरणको लागि वेटिङ्ग रूमको  बिस्तार गर्नुपर्ने र पश्चिम पट्टि रिटेइनिङ्ग पर्खाल लगाउनु पर्ने कुरा औल्याइएको छ।
यसै गरि मिति २०८० /१० /१५  गतेका दिन श्री अर्नाकोट माध्यामिक बिद्यालयका वि.व्य.स. का अध्यक्ष राम बहादुर कुवर को अध्यक्षता मा   विद्यालय परिवारले कर्मफलाइटस पाउन्डेशन कास्की पोखराका  बिगत ९  वर्ष देखि यस विद्यालयलाई छात्रवृत्ति तथा सामुदायिक स्वास्थ्य इकाई मा  पुर्याउनु भएकोमा एक्सन अटोनोमी एभिनियर फ्रान्सका सस्थापक अध्यक्ष श्री सिसिल प्युलुसलाई एक कार्यक्रमका साथ श्री अर्नाकोट माध्यामिक विद्यालयका विद्यालय व्यबस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघ समितिका पदाधिकारी, भुपु वि.व्य.स पदाधिकारी, भुपु शि.अ.स. का पदाधिकारी, विद्यार्थी, शिक्षक तथा सम्पुर्ण अर्नाकोटका अभिभावकद्वारा   नागरिक अभिनन्दन, स्वागत गरिएको थियो भने ३२९ जना  विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको थियो।
कार्यक्रम प्रमुख अतिथि मा ए ए ए-नेपालका अध्यक्ष श्री बोधराज पौडेलले संस्थाले कर्मफ्लाइट्स संस्थाको साझेदारीमा यहा का बालबालिका लाइ सहयोग गर्न पाएकोमा र यसको सकारात्मक प्रभाब आफुहरुले अनुभूति गर्न पाएकोमा आभार प्रकट गर्दै आफु पनि  संस्थाले पालनपोषण र शिक्षादिक्षा दिएर उत्पादित व्यक्तित्व भएकोले बिपन्न र अनाथलाई छात्रवृत्तिको महत्व आफुलाई राम्रो संग थाहा भएको र बिध्यार्थिहरुलाई दत्त चित्त भएर लक्ष्य प्राप्ति तर्फ लाग्न प्रेरित गर्नुभयो।  अभिनन्दित सिसिल पोलुसले आफु ३५  बर्ष देखि हाल सम्म नेपाल मा ६५ पटक आइसकेको र यहा का  का बालबालिका को शिक्षा को लागि लगातार लडिरहेको बताउदै यस पटक दोश्रो अर्नाकोट आउदा स साना बच्चा ह्जरु बयस्क भएको र नया पुस्ता ले हाल निर्मित भब्य संरचना मा रमाउदै सिकिरहेको देख्न पाउदा हर्षविभोर भएको र सम्मानको लागि कृतज्ञता ब्यक्त गर्नुभयो।
कार्यक्रम मा पूर्व प्र अ झम बहादुर कुँवर, कर्मफ्लाइट्सका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवर लगायतले कार्यक्रम बारेमा प्रकाश पार्नु भएको मा   प्र अ इश्वर सिर्पली र दिपक बि क ले कार्यक्रम संचालन गर्नु भएको थियो।  बिध्यार्थीहरुले अर्नाकोटको महिमा झल्काउने गीत  संगीतमा  आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने अतिरिक्त क्रियाकलापको  पुरष्कार पनि प्रदान गरिएको थियो।