माघ २३ गते बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिका वडा नं. ४ मा लैंगिक हिंसा तथा बालविवाह न्यूनिकरण सम्बन्धी जनचेतना मूलक अन्तरकृया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा समाजमा हुने लैंगिक हिंसा त्यसको समाज र परिवारमा पर्ने असर कानुनी प्रकृया लगायत उमेर नपुगी हुने बाल विवाह र त्यसको असर एवं कानुनी व्यवस्थाका विषयमा अन्तरकृया गरिएको हो ।
तमानखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्याल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा कार्यरत चन्द्रिमा चौधरीले कार्यक्रममा सहजिकरण गर्नुभएको हो ।
गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा तमानखोला गाउँपालिका वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, बोङगादोभान प्रहरी चौकीका असई नारायण रानाभाट, सोले युवा क्लबका अध्यक्ष तेजेन्द्र सिर्पाली लगायतले आफ्नो मन्तव्य राख्दै लैंगिक हिंसा र बालविवाहको असरको विषयमा आफ्नो धारणा राख्दै समाजमा हुने विभिन्न लैंगिक हिंसा र बालविवाह रोकथामका निम्ती समग्र समुदाय नै सचेत हुनुपर्ने बताउँदै सचेतना मूलक कार्यक्रमले त्यसको न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, क्लब, आमा समुह, किशोर कसोरी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष हिरा कुमारी छन्त्यालले बोल्दै लैङ्गिक हिंसा र बालविवाह न्यूनीकरणका निम्ती तमानखोला गाउँपालिकाले महत्वपूर्ण कार्यक्रम सहित अभियान सुचारु गरिरहेको बताउँदै महिलाका हक अधिकार स्थापित गर्न , उनीहरू लाई रोजगार सँग जोड्न प्रत्यक वडामा महिला समुह गठन गरेर दिगो कार्यक्रम र हक अधिकारलाई जोड्दै अगाडि बढिएको बताउनु भयो ।
आयोजित कार्यक्रम पोषण सहजकर्ता निशु रसाइलीले सञ्चालन गर्नुभएको हो ।