Home Blog Page 98

नेकपा माओबादी केन्द्र ढोरपाटनको पार्टी स्कुलिङ प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा सम्पन्न

0

पौष ७ गते

नेकपा माओबादी केन्द्र ढोरपाटन नगर कमिटीद्धारा पार्टी स्कुलिङ प्रशिक्षण कार्यक्रम बुर्तिबाङमा शनिबार सम्पन्न भएको छ । “जनजनमा माओबादी, घरघरमा माओबादी” रुपान्तरण अभियान अन्र्तगत आन्तरिक संगठनात्मक प्रशिक्षण मुलक कार्यक्रम सम्पन्न गरिएको हो ।
ढोरपाटन नगर अध्यक्ष भिम गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनुभएका नेकपा माओबादी केन्द्र पश्चिम कमाण्ड इन्चार्ज हरि अधिकारी (कुमार) को प्रमुख आतिथ्यता रहेको थियो । आयोजीत कार्यक्रमलाई संबोधन गर्दे अधिकारीले “वर्तमान व्यवस्था विरोधिहरु सल्बलाउन थालेको भन्दै देश र व्यवस्थालाई जोगाउन गणतन्त्रबादी शक्तिहरु एक हुुनुपर्नेमा जोड दिनुभयो । ”
वर्तमान सरकारले जनअपेक्षा बमोविम काम गरिरहेको बताउँदै विभिन्न बहानामा सरकारको बदमान गर्न खोज्ने र गणतन्त्रलाई धरासायी बनाउन खोज्नेहरु सक्रिय भएको बताउँदै त्यसका निम्ती सचेत हुनुपर्ने समय आएको बताउनु भयो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द पौडेल, केन्द्रिय सदस्य रामजी बराल, निल बहादुर पुन, दुर्गा वि.क., बागलुङ जिल्ला संयोजक राजिव घिमिरे, गण्डकी प्रदेश सदस्य चन्द्र अर्यालको आतिथ्यता एवं प्रशिक्षण मुलक मन्तव्य रहेको थियो ।
त्यस्तै राष्ट्रिय जनमोर्चामा रहेको नरहरी भुषाल नेकपा माओबादी केन्द्रमा प्रवेश गरेको माओबादी केन्द्रले जनाएको छ ।
कार्यक्रम जिल्ला कमिटी सदस्य हेमेन्द्र घर्तिको स्वागत, ढोरपाटन नगर उपाध्यक्ष सुमित घर्तिको सञ्चालनमा सम्पन्न भएको हो ।

सातसय बगाले थापा समाजको ११ औं अधिवेशन: नयाँ नेतृत्व चयन

0

 सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको ११ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले छुम बहादुर थापाको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा धनश्याम थापा, अम्मर बहादुर थापा, बेलुकाजी थापा महासचिवमा थम्मन थापा सन्देश, सचिवमा सुवेदार मिन बहादुर थापा, भोज कुमारी थापा र कोषाध्यक्षमा शेर बहादुर थापा रहनुभएको छ ।

समितिको सदस्यहरुमा चन्द्र बहादुर थापा, प्रेम थापा, रुद्र बहादुर थापा, हर्क थापा, शिबु थापा, थुमा थापा, टिका कुमारी थापा, विष्णु थापा, डिल बहादुर थापा रहनुभएको छ । अधिवेशनले वैकल्पिक सदस्यहरुमा कृष्ण बहादुर थापा, भिम बहादुर थापा, नारायण थापा, ईन्द्र बहादुर थापा र ज्ञान बहादुर थापा चयन गरेको छ । त्यस्तै बगाले थापा समाजको केन्द्रिय प्रतिनिधिमा राज थापा, दल थापा र टोप बहादुर थापा रहनुभएको छ ।

सो अवसरमा दल बहादुर थापा संयोजक रहेको ८ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । सदस्यहरुमा खिम बहादुर थापा, गंगा बहादुर थापा, लोक बहादुर थापा, राम बहादुर थापा, चित्र बहादुर थापा, ज्ञान बहादुर थापा, तिल कुमारी थापा चयन गरिएको बताइएको छ । त्यस्तै लेखा समिति संयोजकमा केहरसिंह थापा सहित सदस्यहरुमा हुम थापा र झम बहादुर थापा रहनुभएको छ । समाजले विभिन्न उपसमिति अन्तर्गत विदेश विभाग, अनुशासन समिति, भुपु सैनिक समिति, कृषि समिति, महिला समिति, युवा समिति, विपत व्यवस्थापन समिति गठन गरेको छ ।

समाजका संरक्षक तथा धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक डाक्टर दिन बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल सरकारका उपसचिव प्रकाश थापाले बधाई मन्तव्य र नव निर्वाचित अध्यक्ष छुम बहादुर थापाले प्रतिवद्वता मन्तव्य र निवर्तमान अध्यक्ष दल बहादुर थापाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा संस्थाको प्रगति प्रतिवेदन सचिव टोप बहादुर थापा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्मर बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम लेखा समिति सदस्य राज बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

अखिल नेपाल महिला संघ ढोरपाटन नगर कमिटीको बैठक बुर्तिबाङमा सम्पन्न

0

पौष ७ गते
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ ढोरपाटन नगर कमिटीको बैठक शुक्रबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
ढोरपाटन नगर कमिटी उपाध्यक्ष अम्बिका रेग्मीको अध्यक्षतामा आयाजित कार्यक्रमका अवसरमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य मन्जु सर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सर्माले अखिल नेपाल महिला संघ नेकपा एमाले पार्टीको भातृ संगठन रहेको र यसले महिलाहरुलाई राजनैतिक नेतृत्वमा ल्याउन तथा पार्टीलाई उचाईमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।
ढोरपाटन नगरपालिकामा अखिल नेपाल महिला संघलाई थप सक्रिय बनाउँदै दिदिबहीनिलाई समावेश गरेर अगाडी बढ्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य भोटु कुमारी चन्द, नेकपा एमाले प्रदेश कमिटी सदस्य टंक प्रसाद पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य करमती पुन मगर, ढोरपाटन नगर कमिटी संयोजक गणेश कुमार थापाको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रम भिमा कुमारी परियारले सञ्चालन गर्नुभएको हो ।

उत्तरगंगा माविले पायो व्यवस्थापन समिति : अध्यक्षमा बान बहादुर छन्त्याल

0

बुर्तिबाङ पौष ४ गते
विगत ९ बर्षदेखि विद्यालय व्यवस्थापन समिति बिहिन अवस्थामा रहेको उत्तरगँगा माध्यमिक विद्यालय बुर्तिबाङले बुधबार व्यवस्थापन समितिको पूर्णता पाएको छ ।
गत २०७१ सालदेखि विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक समिती बिहिन रहेको विद्यालयमा पछिल्लो समय ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको सक्रियता संगै वडा नं. १ का वडा अध्यक्ष बान बहादुर छन्त्याल अध्यक्ष रहेको ९ सदस्य विद्यालय व्यवस्थापन समितीको गठन भएको हो ।
गत २०८० असार ३ गते आम भेलाको ५० प्रतिशत भन्दा बढि उपश्थितीमा समिति गठन प्रयास गरिएको थियो उक्त समयमा कुल १९ प्रतिशत मात्र अभिभावकको उपश्थिति रहेपछि दोश्रोपटक असार ७ गतेका लागी भेला राखियो ३३ प्रतिशत अभिभावक उपश्थित हुनुपर्ने उक्त भेलामा समेत जम्मा ५ प्रतिशत मात्र  अभिभावकको उपश्थिति रहेपछि तेश्रो पटक असार २५ गतेको भेलामा १०६ जना अभिभावकको भेलाबाट उपश्थिती सँख्याको प्रस्तावित १९ सदस्य मध्येबाट बुधबार समितीको टुँगो लगाइएको हो ।
तेश्रो पटकको अभिभावक भेलाको निर्णय र उपश्थिती वमोजिम सर्वसहमतीय प्रणालीबाट वडा अध्यक्ष बान बहादुर छन्त्याल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सहित अन्य पदाधिकारीको समेत चयन गरिएको छ ।
समितिको सदस्य सचिवमा विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल, सदस्यमा रमिता रोका, हुम कुमारी दर्जि, नारायण घर्ति, दील बहादुर कुमाल, स्याम कुमारी वि.क., गोपाल महत चयन हुनु भएको हो ।
समितीमा १ जना शिक्षक मनोनित गर्न बाँकी रहेको छ रिक्त पदपूर्ति गठित समितीको पहिलो बैठकमा मनोनित गर्ने निर्णय भएको छ । शिक्षा नियमावली दफा १२ (१) ख बमोजिम विद्यालय व्यवस्थापन समितीको गठन गरिएको ढोरपाटन नगर शिक्षा संयोजक ज्ञानेन्द्र प्रसाद सापकोटाले बताउनु भयो

त्यस्तै आजको बैठकले शिक्षक अभिभावक संघको समेत चयन गरेको छ । समितीको सम्योजक र १ सदस्य पछि मनोनित गर्ने गरि प्रकृया अगाडी बढाइएको हो । शिक्षा नियमावली २०५९ को परिच्छेद ६ को नियम ३० बमोजिम गठित समिती पदाधिकारीमा मिलन वि.क., रेशमलाल सापकोटा, शान्तमला वि.क., धन बहादुर खत्री, चन्द्र कुमार गौतम, विमला वि.क., उशा चालिसे सदस्यमा वान बहादुर छन्त्याल, इश्वरी प्रसाद पौडेल रहनु भएको हो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, विद्यालय व्यवस्थाप समिती सहजिकरण समिती संयोजक एंव ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटा, उत्तर गंगा माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल लगाएतको उपश्थिती रहेको थियो ।

विद्यालयमा विगत २०७२ सालदेखि लेखा परिक्षण समेत हुन सकेको छैन । वर्तमान समितिले विद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थापन गर्नुपर्ने महत्वपूर्ण दायित्व रहेको छ ।

ऋण काढेर खर्च धान्ने बाध्यतामा सरकार, ५ महिनामा १ खर्ब ३१ अर्ब उठाइयो

0

२ पुस,  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो पाँच महिना (साउन–मंसिर)को अवधिमै सरकारले १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण उठाएको छ । आन्तरिक र भन्सार राजस्वबाट मुस्किलले चालु खर्च धानिरहेको अवस्थामा सरकारले खर्च धान्नकै लागि सार्वजनिक ऋण लिनु परेको देखिन्छ । मंसिर मसान्तसम्म सरकारको खर्च र राजस्व सहितको आम्दानीका बीचमा ६९ अर्ब रुपैयाँ बराबरको खाडल छ ।

यसको परिपूर्तिका लागि सरकारले आर्थिक वर्षको सुरुवाती महिनामै ठूलो मात्रामा ऋण लिनु परेको छ । मंसिर मसान्तसम्म ४ खर्ब ५२ अर्ब रुपैयाँ खर्च गरेको सरकारले राजस्व संकलन र अन्य आम्दानीबाट ३ खर्ब ८३ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेको छ । यस वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको सरकारले ४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण (आन्तरिक र बाह्य) उठाएर जोहो गर्नुपर्ने हुन्छ ।

अर्थ मन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आंकडा अनुसार साउनयता सरकारले मंसिरसम्म आन्तरिक ऋण १ खर्ब ११ अर्ब ३१ करोड उठाइसकेको छ । बाह्य ऋण प्राप्ती भने मात्र १९ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । यसबीचमा सरकारले ५९ अर्ब ३७ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा भुक्तानीमा खर्च गरेको छ । लिएको ऋणबाट तिरेको ऋणको अंश घटाउँदा चालु आवको पहिलो पाँच महिनामा खुद सार्वजनिक ऋण ७१ अर्ब ९० करोडले बढेको छ । असार २०८० सम्म २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण मंसिर २०८० मा आइपुग्दा २३ खर्ब ७१ अर्ब पुगेको हो । जसमा आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ५७ करोड र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रूपैयाँ रहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख डिलाराम गिरीका अनुसार सुरुवाती महिनामा पर्याप्त तरलताका कारण आन्तरिक ऋण उठाउन बढी जोडबल गरिएको थियो । बाह्य ऋण भने सामान्यतया कार्यप्रगतिका आधारमा आउँदै जाने उनले जानकारी दिए । नेपालको बजेट कार्यान्वयनको अभ्यास अनुसार सुरुवाती महिनामा बढीजसो ठेक्का पट्टामा कागजी काम धेरे हुन्छ । दोस्रो चौमासबाट निर्माणको कामले गति लिन्छ । बाह्य ऋण धेरैजसो सोधभर्नामा आधारित हुने भएकाले पूँजीगत खर्च नभएसम्म बाह्य ऋण प्राप्ति उल्लेख्य भएको नदेखिने उनको भनाइ छ ।

सावाँ–ब्याज भुक्तानीमा पौने ९२ अर्ब खर्च

कार्यालयका अनुसार साउनदेखि मंसिरसम्म सार्वजनिक ऋणको सावाँ–ब्याज भुक्तानीमा पौने ९२ अर्ब रुपैयाँ खर्च भएको छ । ९१ अर्ब ७५ करोड रुपैयाँ सो प्रयोजनमा खर्च भएको कार्यालयले जनाएको छ । आन्तरिक ऋणको सावाँ भुक्तानीमा ४२ अर्ब ८४ करोड खर्च गरेको सरकारले ब्याज भुक्तानीमा २७ अर्ब ७२ करोड रुपैयाँ खर्च गरेको छ । बाह्य ऋणतर्फ सावाँ भुक्तानीमा १६ अर्ब ५३ करोड रुपैयाँ खर्च गरेको सरकारले ब्याज भुक्तानीमा भने मात्र ४ अर्ब ६६ करोड रुपैयाँ खर्च गरेको छ ।

प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार ३०६ रुपैयाँ

कुल सार्वजनिक ऋणलाई प्रतिव्यक्ति हिस्सा लगाउँदा प्रत्येक नेपालीको टाउकोमा ८१ हजार ३०६ रुपैयाँ ऋण पुगेको छ ।
कुल सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँलाई २०७८ सालको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको हिस्सा ८१ हजार रुपैयाँ नाघेको हो । यसअघि कात्तिकसम्म प्रतिव्यक्ति ऋणको हिस्सा ८० हजार ८१९ रुपैयाँ रहेको थियो ।

‘ऋण परिचालन आवश्यकता र औचित्यका आधारमा मात्र गर्न थालिएको छ’

अर्थ मन्त्रालयले भने सार्वजनिक ऋण अब आवश्यकता र औचित्यका आधारमा मात्र परिचालन गर्न थालिएको बताएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार मन्त्रालयले अन्तर्राष्ट्रिय विकास सहायता सम्बन्धी नयाँ नीतिको तर्जुमा गर्दैछ । जुनसुकै परियोजनामा अनावश्यक ऋण लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको उनले बताएका छन् ।

मन्त्री महतले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तनसँग सम्बन्धित दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा जोड दिएको बताएका छन् । यसको नतिजा आगामी दिनमा देखिने उनको भनाइ छ ।

विद्यालय, पठन संस्कृति र चिन्तन

0

प्रकाश अधिकारी पौष २ गते

प्रज्ञा¬ नेपाली वृहत् शव्दकोश भन्छ, ‘कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यपरम्पराकासमिष्टि नाम संस्कृति हो’। देश, काल, परिवेश, समयको बेग र हुङ्कार बुझन् संस्कृति बुझ्नु पर्छ । संस्कृति बुझ्ने कला भनेको पढ्ने कला हो । पढ्ने कला अर्थात पठन संस्कृति । समान्यतया पढ्ने बानी वा संस्कारलाई पठन संस्कृति भनेर बुझ्दा पनि हुन्छ । नेपाली समाजमा अझै पनि पाठ्यपुस्तकइतर पुस्तक पढ्नुलाई समयको बर्बादीका रुपमा बुझिन्छ । पुस्तक पढ्नु समयको बर्बादी होइन् । पुस्तक पढ्नु एक आनन्द, प्रेरणा र ऊर्जाको स्रोत पहिल्याउनु हो । पुस्तक पढ्नु भनेको जीवन पढ्नु हो । पुस्तक पढ्नुका अनेक लाभ छन् धेरै शोधबाट पुष्टि भएको छ कि पुस्तक पढ्ने बानीले मानसिक रोगको भय कम हुन्छ । दिमागी तनाव कम गर्नका लागि पुस्तक पढ्नु निकै उपयोगी हुन्छ । सन् २००९ मा यू.के.के सेसेक्स युनिभर्सिटीका वैज्ञानिकले हार्ट रेट र मसल टेन्सन मनिटरिङको माध्यमले जाँच गर्दा पठन पाठनले तनावको स्तर घट्छ भन्ने तथ्य पत्ता लगाए । ‘रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी’ । मलाई प्रख्यात अंग्रेजी साहित्यकार जोसफ एडिसन उहिल्यै भनेको याद आयो । यो कुरा हामीले कहिले बुझ्ने ? कहिले बुझाउने ?

विद्यालय र शिक्षण–संस्कृति
पठन संस्कृतिको विकासमा सिकारु स्वयम्, घरपरिबार र विद्यालय भूमिका अपरिहार्य हुन्छ । अहिले सिक्ने ठाउँ विद्यालय मात्र हो, सिकाउने शिक्षकले मात्र हो भ्रम छ । यो पठन संस्कृतिको कन्तबिजोग छ भन्ने प्रमाण हो ।
सिकाई मुटुको धड्कन वम नाइल नदीको वहावजतिकै निरन्तर हुनपुर्छ भन्ने धारणा विद्यालयले दिन सकेन । आजको शिक्षा व्यवस्थाले विद्यार्थीलाई परीक्षामुखी मात्र बनायो । “रुखको डालीमा बसेको चरीलाई रुख ढल्न लाग्यो भनेर कुनै चिन्ता हुँदैन, किनकी उसलाई रुखको होइन् पखेंटाको विश्वास हुन्छ ।” भन्ने न त विद्यालयले जान्यो, सिकायो, न त शिक्षक–अभिभावकले पठन संस्कृतिप्रति चासो राखे ।

आजभोली ‘पढने सीप’ यान्त्रिक कौशलका रुपमा विकास भएको छ । एउटा उदाहरण हेरौँ, वि.स. २०७८ मा पहिलोपटक म माध्यमिक तहको सामाजिक शिक्षक भएर पश्चिम म्याग्दीको देविस्थानमा पुगेको थिएँ । म हरेक पहाडमा बाटो देख्नुपर्छ भन्ने मान्यता बोकेर टोनी हागेनको नजरमा संसारकै सुन्दर उपत्यका पोखराबाट विकट गाँउ छिरेको थिएँ । मैले त्यहाँ हरेक बाटोमा पहाड भेटे जस्तो अनुभूती गरेँ । तपाईं पनि देशका अपबाद बाहेका विद्यालय पुग्नुभयो भने यस्तै अवस्था भेट्नुहुनेछ । पहिलो कक्षाका नानीबाबुहरु अक्षरका आकृतिसँग खेल्दैछन् । तिनको ‘नाम’ कण्ठ पार्दैछन् । क–ख–ग–घ अथवा क–का–कि–की रटिरहेका छन् । अक्षर र ध्वनिका बीच सम्बन्ध स्थापित गरिरहेछन् । शिक्षा विज्ञानका दृष्टिले हेर्ने हो भने यो तरीका पूर्णतः अवैज्ञानिक छ । कसले बुझ्ने बुझाउने ? अनुगमन कस्ले गर्ने ?

शिक्षक तालिमको ‘हाइडोज’ले थलिएका विद्यार्थीहरु । यसरी पाइला–पाइलामा रटेर याद गर्नु अर्थात् पहिले अक्षरको आकृति, त्यसपछि वर्णमाला, अक्षरको क्रम, ध्वनिहरू, अक्षर र ध्वनिका बीचको तालमेल अनि मात्राहरू कण्ठ गर्नु, त्यसपछि बल्ल अक्षरहरू मिलाएर शब्द पढ्ने मौका पाउनु, जस्तै क–म–ल, पहिलो कक्षाका बच्चाहरूका निम्ति एक प्रकारको यातना नै हो । पढ्न सिकाउने यस्ता पारम्परिक विधिले बच्चालाई स्कूलप्रति निरुत्साहित बनाउँछन् । निरुत्साहित मात्रै बनाउदैन निराश र अरूका दृष्टिमा बदनाम पनि गर्छ । त्यती मात्रै होईन् नेपालका सिन्जा, मगरात,नेवा ,मिथिला, किराँत र थारू सभ्यताहरु छन् । यी सभ्यता वारे नेपालीलाई नै थाहा नहुने अवस्था भैसकेको छ । त्यस्तै गरी भाषा र संस्कृति पनि विस्तारै ओझेलमा परिसकेको छन् । मानव सभ्यता, संस्कार र संस्कृतिको वारेमा पढ्ने विद्यार्थी छैनन् । ती सभ्यता शिक्षाले बुझाउन सकेन । व्यवहारिक ज्ञान दिलाउन सकेन ।

हाल यो पंत्तिकार बागलुङको तमानखोलामा कार्यरत छ । यहाँको हालत पनि ठया्कै उस्तै छ । मलाई एकदम पीडाबोध भयो । पालिकाभर २१ विद्यालय छन् । जहाँ शिक्षक निर्देशित शिक्षण सिकाई, लेख्य रुपमा मात्र होमवर्क र कलास वर्क दिने ‘पुरातन चलन’ छ । अध्ययन गर्नू दिनु गृहकार्य मानिदैन् । ‘केही विद्यालय’ र पालिकामा एउटा पुस्तकालय भएपनि पठन संस्कृतिको विकास भएको खासै देखिदैन् । न वडास्तरीय वाचनालय छ न कुनै सामुदायीक पुस्तकालय, न सामुदायीक सुचना केन्द्रले पठन संस्कृतिबारे काम गर्दछ । यसरी हेर्दा जुन सांस्कृतिक स्थितिका बीच हाम्रा स्कूलहरू चलिरहेका छन्, त्यहाँ केटाकेटीले पाठ्य पुस्तक ‘इतर’ पढ्नुलाई उति राम्रो कुरै मानिंदैन ।

विद्यालयमा पठन सीपको विकास गर्न नसकेकै कारण सुरुचीपूण पठनपाठन नहुने, पढाइमा गहिरो ध्यान नहुने सकेसम्म पढाइवाट उम्कने प्रवृति विद्यार्थीमा देखिन्छ । सफल हुन,ज्ञानको प्राप्तीका लागि पढ्ने भन्दा वार्षिक परीक्षामा पास हुनैका लागि मात्र पढ्ने विद्यार्थीहरु हामीले उत्पादन गरिरहेका छौँ । यसको मूल कारण पठन सीप विकासलाई उचित महत्व नदिनु नै हो । यसले विद्यार्थीहरुको सिकाइ नतिजा मात्र कमजोर नभइ समग्र शिक्षा प्रणालीको सफलता माथि समेत प्रश्न चिन्ह तेस्राएको छ । वर्तमान् समयमा हामीले बटुलेका साराका सारा ज्ञानहरूको उद्गमबिन्दु हाम्रै पठन संस्कृति हो । अहिले कम पढेका व्यक्तिहरू नै राज्यको उच्च निकायमा छन् र उनीहरूले नै देश हाँकिरहेका छन् । राम्रोसँग पढेलेखेको योग्य जनशक्ति आफ्नो भविष्य देशभित्र नदेखेर दिन प्रतिदिन विदेशतिर पलायन भइरहेको छ । राजनीतिक क्षेत्रमा अध्ययनशील व्यक्तित्वको उपस्थिति अत्यन्त न्यून रहनु भनेको राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय हो । जनप्रतिनिधि भएपछि पनि पढ्नुपर्छ र निरन्तर अध्ययनशील हुनुपर्छ भन्ने संस्कार हामीकहाँ विकसित नै हुन सकेन । जसका कारण नीतिनिर्माण तहमा बस्ने हाम्रा जनप्रतिनिधिहरूमा पढाइप्रतिको उपेक्षाभावले गर्दा सर्वसाधारण नागरिकहरूमा पढाइप्रति अभिरुचि जगाउन सकिएन ।

सूचना–प्रविधि र पठन संस्कृति
प्राचीन समयमा गुरुका मुखबाट सुनेकै भरमा ज्ञान आर्जन गरिन्थ्यो । त्यसैले वेदलाई श्रुति भनिएको होला । कथ्यज्ञान र श्रुतज्ञानलाई लिपिबद्ध गर्दै जाने सन्दर्भमा लेखोट युगको प्रारम्भ भएको होला । आदिकवि भानुभक्त आचार्यका पालामा हातैले लेखेर प्रतिलिपिहरू तयार पार्दै ज्ञानको विस्तार गरिन्थ्यो । २००७ सालमा प्रजातन्त्र आएसंगै नेपालमा सर्वसाधारण जनतामा समेत पठन संस्कृतिको प्रारम्भ भएको हो । त्यसपछि करिब छ दशकसम्म नेपालमा पठन संस्कृतिको द्रुततर विकास भयो । पछिल्लो डेढ दशकदेखि नेपालमा भएको सूचना प्रविधिको द्रुततर विकासले गर्दा पुस्तकलाई नै अध्ययनको मूल आधार बनाउने पाठकहरूको संख्या निरन्तर घट्दो छ ।

सूचना प्रविधिअन्तर्गत विशेषतः फेसबुक र युट्युबले गर्दा धेरै पाठकहरूको अध्ययनशीलतामा ह्रास आएको छ । आफ्नो ज्ञानलाई अद्यावधिक गर्न सूचना र प्रविधिले सघाउँछ भनेर त्यसको सदुपयोग गर्ने शिक्षक तथा प्राध्यापकहरू पनि कम छन् भने आफ्नो कक्षागत पिरियड सकिने बित्तिकै पुस्तकलाई भन्दा मोबाइललाई साथी बनाउने गुरुहरूको कमी छैन । गुरुहरूकै सिको गरेर मात्र होइन घरमा आफ्नै आमाबुवा पनि मोबाइलमै घोप्टिएको देखेर इन्टरनेटको पहुँच भएका ठाउँमा आजका धेरैजसो विद्यार्थीहरू मोबाइल र ल्यापटपमा घोप्टिरहने रोगले ग्रस्त भएका छन् । इन्टरनेटले सबैलाई चलाख मात्र बनाएको छैन सिर्जनात्मक शक्तिमा पनि धेरैलाई कमजोर बनाएको छ ।

पठन संस्कृतिको विकास गर्ने कसरी ?
पठन संस्कृतिको विकासका लागि विद्यालय र पालिकाको भूमिका अपरिहार्य हुन्छ । विद्यालयले निर्देषित कार्यमा लगाएर लर्नरलाई कन्ट्रोल गर्ने होइन्, असल पाठक र ज्ञानको अध्येताको रुपमा विकास गर्ने सोच राख्नुपर्छ । परीक्षामा राम्रो नतिजा दिने हिसावले मात्र नभइ ज्ञानको खोजीमा अभ्यस्त हुने चिन्तनशील लर्नरको उत्पादन र विकास गर्ने लक्ष्य लिनुपर्छ । विद्यार्थीहरुको सिकाइ नतिजा कमजोर हुनुभनेको समग्र शिक्षा प्रणालीको असफलता समेत हो । आफु खुशी पढ्ने र सिक्ने विद्यार्थीको विकास नै शिक्षा प्रणालीको सफलता हो । प्रत्येक शिक्षण संस्थाहरूमा विद्यार्थी केन्द्रित ससाना पुस्तकालय स्थापना गर्ने, तिनको व्यवस्थापन र पाठ्यक्रमभन्दा अतिरिक्त पुस्तकहरू पनि पढ्नुपर्छ भन्ने चिन्तनतर्फ हाम्रा शिक्षण संस्थाहरूको ध्यान आकृष्ट गर्न जरुरी छ । तबमात्रै विषयगत पुस्तकका अलावा अन्य विषयका पुस्तकहरूको पठनमा रूझान राखेको खण्डमा विधार्थीहरूले किताबी ज्ञानका अलावा व्यवहारिक ज्ञान पनि सँगसँगै आर्जन गर्न सक्छन्।
त्यसको लागि तमानखोलाका प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीलाई प्रत्येक हप्ताको कुनै एकदिन पुस्तकालयको उपयोग गरेर स्वतन्त्र लेखनका लागि प्रोत्साहन गर्न सक्छन् ? पुस्तकालयप्रति जनचेतना अभिवृद्धि गरी के पढ्ने ? किन पढ्ने ? बहस छलफल आयोजना गर्न सक्छन् ? विद्यालयले ‘रिडिङ क्लब’को स्थापना गरी ‘नयाँ पुस्तकमा के छ ?’ जस्ता समीक्षात्मक भिडियोहरू फेसबुक युट्युवमा राखेर विद्यार्थीलाई नयाँ पुस्तक पढ्न प्रेरित गर्न सक्छ ?
वा कि कुनै भित्रे पत्रिका वा जर्नल प्रकाशन गरि प्रतिभावान् विद्यार्थीका सिर्जनालाई प्रकाशन प्रसारण गर्ने ल्याकत राख्छन् ? कि पालिकाको सामाजिक विकास शाखाले पुस्तकालय सञ्चालकहरूकै अग्रसरतामा जनप्रतिनिधिलाई जनताले हप्तामा न्यूनतम एकघण्टा भए पनि पुस्तकालयमा रहेर अध्ययन गर्न सकेमा जनसेवा प्रभावकारी हुन्छ भन्ने अभियान चलाउन सक्छ ?
वा पालिकाले हरेक वडामा वाचनालय स्थापना गरी नयाँ पुस्तक पढ्न प्रेरित गर्न सक्छ ? सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि पठन संस्कृति विकास गर्न के पालिकाले एक विद्यालय एक पुस्ताकालय, एक गाँउ एक वाचनालय र पठन संस्कृति अभियान र कार्यशाला संचालन गर्न सक्छ ? जनचेतना र ज्ञानको विस्तार गर्ने उद्देश्यले निर्मित गाँउपालिका अध्यक्ष पुस्तकालयले पठन संस्कृतिको विकास स्वं सिकाइमा अभ्यस्त गराउन सक्छन् ?
मैले माथि कतै भनेको छु आफु खुशी पढ्ने र सिक्ने विद्यार्थीको विकास नै शिक्षा प्रणालीको सफलता हो । मन लगाएर पढ्न ध्यान दिने वच्चाले विद्यालय शिक्षामा राम्रो गर्न सक्छ ।वालवलिकाहरु आफै पढ्न र सिक्न इच्छुक नभएसम्म न उनीहरु सिकाइको विंगहम संसारमा प्रवेश गर्न सक्दछन् । नत नै जीवनको मार्गमा सफलता चुम्न सक्छन् ।

निष्कर्ष
पठन संस्कृतिले प्रत्येक व्यक्तिको सोच्ने शक्तिलाई फराकिलो बनाउँछ । पठन संस्कृतिमा रमाउने व्यक्ति सबैका दृष्टिमा सम्मानित हुन्छ । ज्ञानको प्रसारण, ज्ञानको उत्पादन र ज्ञानको विनिर्माणमा अहोरात्र डट्न सक्ने विद्यार्थीहरुको विकासको आधार भनेकै पठन संस्कृतिको विकास हो । पठन संस्कृतिको विकासको आधार भनेकै पठनसीपको विकास हो । पठनसीपको विकासको आधार भनेकै अध्ययन अध्यापनमा पठनसीपले केन्द्रीय स्थान प्राप्त गर्नु हो । सिकाउनेले सिक्नेलाई सिकेका कुरा व्यवहारमा प्रयोग गर्न लगाउन सके मात्र सिकाइ सार्थक हुन्छ । अनि मात्र त्यस्तो सिकाइलाई प्रभावकारी मान्न सकिन्छ । सिकाइमा जति सिकारु जागरुक हुन्छ त्यति नै बढी जान्ने र बुझ्ने हुन्छ । सिकाइलाई प्रभावकारी बनाउन जति–जति नयाँ प्रविधि र विधि प्रयोग गरिन्छ, त्यति नै सिकारुमा सिक्ने इच्छा र चासो बढ्छ । आजको सिकाइ प्रक्रिया विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने नै हो । यसैले समग्र शिक्षण सिकाइमा पठन सीपलाई केन्द्रमा राख्ने शिक्षण सिकाइ प्रक्रियाको विकास गरौं । पठन संस्कृतिमा अग्रसर हुन थालेपछि शिक्षकहरूले घोकाउन अनि विद्यार्थीले घोक्न रुचाउँदैनन् । पठन संस्कृतिले व्यक्ति स्वयंको मात्र होइन उसको परिवार, समाज र समग्र देशकै बौद्धिकस्तरको वृद्धिमा महत्वपूर्ण सहयोग पुर्रयाउँछ । के तपाईं मेरो कुरामा सहमत हुनुहुन्छ ? यदी सहमत हुनुहुन्छ भने, तपाईंले आफ्नो ठाँउबाट पठन संस्कृतिको विकासमा के पहल गर्ने त ?

(लेखक तथा पत्रकार अधिकारी हाल बुद्ध आवि, तमानखोला १, स्याउलामा कार्यरत छन् । )

दलले मात्रै जितेर हुँदैन देशले जित्न बाँकी छ—महामन्त्री शर्मा

0

बागलुङ, मंसिर ३
नेपाली काँग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले जित्ने हार्ने भन्दा पनि देशले जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बागलुङको प्रथम सम्मेलनको शनिबार बुर्तिबाङ बजारमा उद्घाटन गर्दै महामन्त्री शर्माले एक निर्वाचन सकिएपछि फेरी अर्को निर्वाचनको नतिजा विषय सोचेर बस्न नहुने बताए । ‘अहिले मिसन ८४ भनिरहेको सुन्छु, एमालेले भनिरहेको छ, लामिछानेजी नयाँ आउनुभएको छ, उहाँको पनि त्यस्तै छ,’उनले भने,‘ हामीले अहिलेको देशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर चिन्ता गर्ने हो । लोकतन्त्रमा निर्वाचन आईरहन्छ ।’

अहिले आगामी निर्वाचनको नभई आत्मसम्मान सहितको विकास र समृद्धिको चिन्ता गर्नुपर्ने शर्माका भनाई छ । पढाईमा निरन्तर ध्यान दिने व्यक्तिमा परीक्षामा पनि राम्रोसंग उत्तिर्ण हुने भन्दै उनले अहिले राम्रो काम गर्न सके निर्वाचन आफै जितिने वाताबरण बन्ने बताए ।

नेपालको समृद्धिमा यहाँका नागरिकलाई मालिक बनाउनेगरी योजनाको विकास सक्नुपर्ने उनको भनाई छ । ‘हामीले यहाँको माथिबाट बग्ने उत्तरगंगा हाइड्रो पावर बनाउँदै गर्दा झापाको विश्वप्रकाशले सेयर हाल्ने तर यहाँका नागरिकले बत्ती मात्रै देख्ने होईन यहाँका नागरिकले पनि सेयर हालेर त्यसबाट आम्दानी हुन थालेपछि आफ्नो अरबमा रहेको छोरालाई घर फर्क भन्ने वाताबरण बनाउनुपर्छ,’ उनले भने,‘हामीले खोजेको समृद्धिमा सबै जनता मालिक हुने हो ।’

देशमा भूकम्पले भन्दा कमजोरीले घर भत्किएको उनको भनाई थियो । ‘रुकुम जाजरकोटमा भूकम्पले भन्दा हाम्रो कमजोरीले घर भत्किएका छन्,‘हामीले अब नागरिकको घर कसरी नभत्किने बनाउन सकिन्छ भन्ने विषयमा बहस गर्नु जरुरी छ ।’ राजा हुँदा देशको ९ प्रतिशत नागरिकका घरमा पुगेको विद्युतीकरण अहिले ९५ प्रतिशत नागरिकसम्म पुगेको भन्दै शर्माले यो व्यवस्थामा केही पनि भएन भन्ने गलत भएको बताए । ‘हामीले लामै यात्रा तय गर्नुपर्नेछ, धेरै काम गर्नुपर्नेछ, तर अहिलेसम्म केही पनि भएन भन्ने कुरा गलत हो, केही भएका छन् ।

त्यहाँबाट हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । यो देश सतिले सरापेको भनाई भगवान गौतम बुद्धले आशिर्वाद दिएको देश हो भनेर चिनाउनु जरुरी रहेको उनी बताउँछन् ।
स्थानीय सरकारको रुपमा काठमाडौं र धरानका चर्चा गरिरहँदा ललितपुरलाई पनि भुल्न नहुने बताए । ‘बालेनजीले राम्रै काम गर्नुभएको छ, काँग्रेसको मञ्चबाट उहाँको कामको प्रशंसा गर्दा फरक पर्दैन, हर्क साम्पाङले पानी ल्याउनुभएको छ,’ उनी भन्छन्,‘यति भन्दै गर्दा नेपाली काँग्रेसबाट निर्वाचन जितेका ललितपुरका चिरीबाबु महर्जनले पनि राम्रो काम गर्नुभएको छ । त्यसलाई भुल्न हुँदैन ।’ शर्माले कार्यकतालाई सानो कुरामा उत्तेजित हुने र सानै कुरामा निराश हुने बानी हटाउन समेत आग्रह गरे ।
‘निर्वाचन जित्ने हार्ने सरकारमा हुने नहुने भन्ने सामान्य कुरा हो,’ उनी भन्छन्,‘देशले जित्ने कुरा महत्वपूर्ण हो । हामीले देशले जित्नेगरी काम गर्नुपर्छ ।’ उनले इतिहासमा नेपाल कहिल्यै पराधिन नभए पनि जित्न भने बाँकी रहेको बताए । समुन्नत देश निर्माण गर्न सके मात्रै देशले जित्ने उनको भनाई छ ।

आयोजित कार्यक्रमका अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्का, बागलुङ जिल्ला सभापती जित बहादुर शेरचन, गण्डकी प्रदेश उद्योग प्रर्यटन तथा वन वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवंर, प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, नेपाली कांग्रेस महाधिवशेन समिती समिती सदस्य टेकराज पौडेल, अर्जुन शेरचन, पुर्व क्षेत्रीय सभापती घनस्याम गौतम, नेविसंघ पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोहरी गुरागाई लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रमका अवसरमा पूर्व क्षेत्रीय सभापती हरुलाई सम्मान समेत गरिएको थियो
कार्यक्रमका सभापती एवं क्षेत्रीय सभापती जोकलाल बुढा द्धारा सांगठानीक एवं राजनैतिक प्रतिवेदन, क्षेत्रीय कोषाध्क्ष ठग बहादुर वि.क. द्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम प्रदेश सभा क्षेत्र नं. २ (ख) का प्रदेश सभापती मेशलाल सर्माको स्वागत, क्षेत्रीय सभापती जोकलाल बुढाको अध्यक्षता क्षेत्रीय सचिव धर्म बहादुर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 

दलले मात्रै जितेर हुँदैन देशले जित्न बाँकी छ—महामन्त्री शर्मा

0

बागलुङ, मंसिर ३०
नेपाली काँग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले जित्ने हार्ने भन्दा पनि देशले जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बागलुङको प्रथम सम्मेलनको शनिबार बुर्तिबाङ बजारमा उद्घाटन गर्दै महामन्त्री शर्माले एक निर्वाचन सकिएपछि फेरी अर्को निर्वाचनको नतिजा विषय सोचेर बस्न नहुने बताए । ‘अहिले मिसन ८४ भनिरहेको सुन्छु, एमालेले भनिरहेको छ, लामिछानेजी नयाँ आउनुभएको छ, उहाँको पनि त्यस्तै छ,’उनले भने,‘ हामीले अहिलेको देशको समृद्धिका लागि के गर्न सकिन्छ भनेर चिन्ता गर्ने हो । लोकतन्त्रमा निर्वाचन आईरहन्छ ।’

अहिले आगामी निर्वाचनको नभई आत्मसम्मान सहितको विकास र समृद्धिको चिन्ता गर्नुपर्ने शर्माका भनाई छ । पढाईमा निरन्तर ध्यान दिने व्यक्तिमा परीक्षामा पनि राम्रोसंग उत्तिर्ण हुने भन्दै उनले अहिले राम्रो काम गर्न सके निर्वाचन आफै जितिने वाताबरण बन्ने बताए ।

नेपालको समृद्धिमा यहाँका नागरिकलाई मालिक बनाउनेगरी योजनाको विकास सक्नुपर्ने उनको भनाई छ । ‘हामीले यहाँको माथिबाट बग्ने उत्तरगंगा हाइड्रो पावर बनाउँदै गर्दा झापाको विश्वप्रकाशले सेयर हाल्ने तर यहाँका नागरिकले बत्ती मात्रै देख्ने होईन यहाँका नागरिकले पनि सेयर हालेर त्यसबाट आम्दानी हुन थालेपछि आफ्नो अरबमा रहेको छोरालाई घर फर्क भन्ने वाताबरण बनाउनुपर्छ,’ उनले भने,‘हामीले खोजेको समृद्धिमा सबै जनता मालिक हुने हो ।’

देशमा भूकम्पले भन्दा कमजोरीले घर भत्किएको उनको भनाई थियो । ‘रुकुम जाजरकोटमा भूकम्पले भन्दा हाम्रो कमजोरीले घर भत्किएका छन्,‘हामीले अब नागरिकको घर कसरी नभत्किने बनाउन सकिन्छ भन्ने विषयमा बहस गर्नु जरुरी छ ।’ राजा हुँदा देशको ९ प्रतिशत नागरिकका घरमा पुगेको विद्युतीकरण अहिले ९५ प्रतिशत नागरिकसम्म पुगेको भन्दै शर्माले यो व्यवस्थामा केही पनि भएन भन्ने गलत भएको बताए । ‘हामीले लामै यात्रा तय गर्नुपर्नेछ, धेरै काम गर्नुपर्नेछ, तर अहिलेसम्म केही पनि भएन भन्ने कुरा गलत हो, केही भएका छन् ।

त्यहाँबाट हामी अगाडि बढ्नुपर्छ,’ उनले भने । यो देश सतिले सरापेको भनाई भगवान गौतम बुद्धले आशिर्वाद दिएको देश हो भनेर चिनाउनु जरुरी रहेको उनी बताउँछन् ।
स्थानीय सरकारको रुपमा काठमाडौं र धरानका चर्चा गरिरहँदा ललितपुरलाई पनि भुल्न नहुने बताए । ‘बालेनजीले राम्रै काम गर्नुभएको छ, काँग्रेसको मञ्चबाट उहाँको कामको प्रशंसा गर्दा फरक पर्दैन, हर्क साम्पाङले पानी ल्याउनुभएको छ,’ उनी भन्छन्,‘यति भन्दै गर्दा नेपाली काँग्रेसबाट निर्वाचन जितेका ललितपुरका चिरीबाबु महर्जनले पनि राम्रो काम गर्नुभएको छ । त्यसलाई भुल्न हुँदैन ।’ शर्माले कार्यकतालाई सानो कुरामा उत्तेजित हुने र सानै कुरामा निराश हुने बानी हटाउन समेत आग्रह गरे ।
‘निर्वाचन जित्ने हार्ने सरकारमा हुने नहुने भन्ने सामान्य कुरा हो,’ उनी भन्छन्,‘देशले जित्ने कुरा महत्वपूर्ण हो । हामीले देशले जित्नेगरी काम गर्नुपर्छ ।’ उनले इतिहासमा नेपाल कहिल्यै पराधिन नभए पनि जित्न भने बाँकी रहेको बताए । समुन्नत देश निर्माण गर्न सके मात्रै देशले जित्ने उनको भनाई छ ।

आयोजित कार्यक्रमका अवसरमा नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्का, बागलुङ जिल्ला सभापती जित बहादुर शेरचन, गण्डकी प्रदेश उद्योग प्रर्यटन तथा वन वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवंर, प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, नेपाली कांग्रेस महाधिवशेन समिती समिती सदस्य टेकराज पौडेल, अर्जुन शेरचन, पुर्व क्षेत्रीय सभापती घनस्याम गौतम, नेविसंघ पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोहरी गुरागाई लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।कार्यक्रमका अवसरमा पूर्व क्षेत्रीय सभापती हरुलाई सम्मान समेत गरिएको थियो
कार्यक्रमका सभापती एवं क्षेत्रीय सभापती जोकलाल बुढा द्धारा सांगठानीक एवं राजनैतिक प्रतिवेदन, क्षेत्रीय कोषाध्क्ष ठग बहादुर वि.क. द्धारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम प्रदेश सभा क्षेत्र नं. २ (ख) का प्रदेश सभापती मेशलाल सर्माको स्वागत, क्षेत्रीय सभापती जोकलाल बुढाको अध्यक्षता क्षेत्रीय सचिव धर्म बहादुर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

खानेपानी उपभोक्ता तथा सरसफाई तदर्थ समिती बुर्तिबाङको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

0

मंसिर २९ गते बुर्तिबाङ
लामो समय देखि खानेपानी समिती बिहिन रहेको बागलुङको बुर्तिबाङमा शुक्रबार वडा कार्यालयको आयोजनामा बुर्तिबाङ खानेपानी उपभोक्ता तथा सरसफाई तदर्थ समितीको गठन गरिएको छ ।
ढोरपाटन नगरपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता ऐन २०७९ मा भएको ब्यवस्था बमोजिम उपभोक्ताहरुको भेलाले समाजसेवी युवा दिपेन्द्र श्रेष्ठ अध्यक्ष रहेको १५ सदस्य तदर्थ समितीको गठन भएको हो ।
सहमतीय प्रणालीबाट भएको उक्त समितीको कार्यअवधि ६ महिना रहने विधानमा उल्लेख गरिएको छ ।
समितीको उपाध्यक्षमा गंग बहादुर शेर्बुजा, सचिव नविन आर्चाय, कोषाध्यक्ष असारी वि.क., सदस्यहरुमा क्रमश देव बहादुर वि.क, रत्न कुमारी शेरचन, दधिकला पाण्डे, सुनिता वि.क., सरिता वि.क., मिना विश्वकर्मा, नरिश्वर कंडेल, दल बहादुर भण्डारी, विनोद भण्डारी, लाल बहादुर घर्ति र शेर बहादुर वि.क. रहनु भएको छ । निर्वाचन मण्डल सम्योजक वडा अध्यक्ष वान बहाद्ुर छन्त्याल द्धारा समित पदाधिकारीलाई सपथ ग्रहण गराइएको छ ।
त्यस्तै समाजसेवी धन बहादुर कुवंरको सम्योजगत्वमा ३ सदस्य लेखा समितीको गठन गरिएको छ । समिती सदस्यमा मञ्जु कुवंर महत, सोम बहादुर पौवी (यामु ) चयन हुनुभएको हो । विधान मस्यौदा समितीले तयार पारेको मस्यौदालाई केही सुधार गरि पारित गरिएको छ । बैठकले एक परिच्छेद थप गरि कर्मचारी व्यवस्थापन सम्वन्धी दफा राख्दै उक्त दफा समेत पास गरेको जनाइएको छ ।
कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, वडा सदस्यहरु, टोल विकास समितीका पदाधिकारी, खानेपानी उपभोक्ता, लगाएतको उपश्थिती रहेको औपचारिक कार्यक्रमक वडा सचिब देवेन्द्र वस्यालले सञ्चालन गर्नुभएको थियो ।