Home Blog Page 98

प्रभा माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न

0


फाल्गुन २ गते
जिल्लाको निसीखोला गाउँपालिका ३ मा रहेको प्रभा माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । 


बुधबार एक औपचारिक कार्यक्रम मार्फत सम्पन्न गरिएको कार्यक्रमका अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय जित बहादुर शेरचनले प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दे प्रभा माध्यमिक विद्यालयले कुनै विभागीय विद्यालयको भन्दा कम नरहेको बताउनु भयो । 


राज्यले शिक्षालाई प्रमुख रुपमा लिएका कारण शिक्षामा क्रमिक सुधार हुँदै गइरहेको बताउँदै नेपालको शिक्षा प्रणालीलाई अब परिवर्तित बनाउनु पर्नेमा जोड दिनुभयो । 


नेपालमा धेरै पढ्ने थोरे सिक्ने परिपाटीका कारण समय सापेक्ष शिक्षाको गुणस्तर परिवर्तन हुन नसकेको बताउँदै प्रविधि मैत्री, आधुनिक शिक्षाको विकासमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका निम्ति राज्यले यस्ता विषयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनु भयो ।


“ नेपाललाई अगाडि बढाउन पहिलो प्राथमिकता शिक्षा क्षेत्रको लगानी हुनुपर्ने र शिक्षा विधेयक परिमार्जन सहित आउँदै गर्दा अव पक्कै पनि व्यवहारिक र परिणाम मुखि शिक्षा नीति आउने विश्वास व्यक्त गर्नुभयो । ”


निसीखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष तथा प्रभा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा विशिष्ट अतिथिको रुपमा रहनुभएका निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै निसीखोला गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका निम्ति सक्रिय पूर्वक लागिरहेको बताउँदै अब भौतिक सँगै शैक्षिक गुणस्तरलाई वृद्धि गर्न पालिकाले समेत साथ दिएर अगाडि बढ्ने बताउनु भयो ।


कार्यक्रमका अवसरमा गण्डकी प्रदेश पूर्व सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष चन्द्रसिंह रामजाली, शिक्षा शाखा प्रमुख लगायतको शुभकामना मन्तव्य रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नवराज आर्चाय द्धारा विद्यालयको शैक्षिक र भौतिक प्रगतिको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । 


विद्यालयका शिक्षक, विद्यार्थीको गित नृत्य सहित सञ्चालित कार्यक्रमका अवसरमा विभिन्न विधाका खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उत्कृष्ट विद्यार्थी पुरस्कृत, उत्कृष्ट चन्दादाता अभिनन्दन, शिक्षक सम्मान, असल अभिभावक सम्मान लगायतका कार्यक्रम गरिएको हो ।

जनप्रतिनिधी,विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, समाजसेवी, चन्दादाता, अभिभावक लगायतको आतिथ्यता एवम् उपस्थिति रहेको कार्यक्रम विद्यालयका शिक्षक मोहन विक्रम सापकोटाको स्वागत शिक्षक भूमिराज आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो । 

पहरो छिचोल्दै बस्तीमा मोटर पुगेपछि ढोरपाटन ६ पुरानो गाउँका स्थानीय खुसी 

0

फाल्गुन २ गते 

बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ स्थित पुरानो गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय नागरिक खुसी भएका छन ।

सोमबार गाउँमा सडक सञ्जाल जोडिएर सिधा सवारीका साधन घर छेउमै पुगेपछि स्थानीय नागरिकले खुसी मनाउँदै अब घरबाटै मोटर चढेर सहर बजार पुग्न सकिने र बिरामी पर्दा समेत सवारीका साधनमा चढेर अस्पताल पुग्न पाउने भएपछि स्थानीय २६ घरधुरीका नागरिकले खुसी व्यक्त गरेका हुन । 

गाउँ नजिक बाटो पुगेको थियो यस आर्थिक वर्षको पाँच लाख बजेट बिनियोजन गरेर गाउँसम्म सडक सञ्जाल जोडिएको वडा अध्यक्ष उमेश बुढाले बताउनु भयो । भौगोलिक रूपले दुर्गम रहेको वडा नं. ६ मा धेरै बस्ती हुँदै गर्दा अब प्राय सबै बस्तीमा सडक सञ्जाल जोडिएको बुढाले बताउनु भयो । 

वडाकै अर्को गाउँ भित्रिवनमा समेत गत मंसिर महिनामा सडक सञ्जालले जोडिएको हो । दुई लाख बजेट मार्फत सडक विस्तार गरिएपछि गाउँमा सडक पुगेको छ अव यहाँका नागरिकलाई ढोरपाटन जोड्ने सडक नबनेकै कारण समस्या भएको हो ।

 करिब ११ किलोमिटर सडक कालोपत्रे हुने तयारीमा छ तर ढोरपाटन जोड्न ६ किलोमिटर हुँदै गर्दा ढोरपाटन सिकार आरक्षको कारणले सडक विस्तारमा समस्या भइरहेको वडा अध्यक्ष बुढाले बताउनु भयो । 

सिकार आरक्षमा सडक ट्याक खोल्न नपाइने भएपछि बिच बाटोसम्म कालोपत्रे सडक हुने भएपनि ढोरपाटन उपत्यकामा जोडिन समस्या भइरहेको हो । ढोरपाटन नगरपालिका प्रदेश सांसद लगायतको पहलमा सडक खोल्ने प्रयास गरेपनि सिकार आरक्षको मापदण्डका कारण समस्या सृजना भइरहेको बताइएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्स द्धारा होम बहादुर पुनको परिवारलाई मृत्यु दाबी भुक्तानी 

0

 फाल्गुन १ गते 

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङको ढोरपाटन नगरपालिका २ का होम बहादुर पुनको परिवारलाई मृत्यु दावी भुक्तानी उपलब्ध गराएको छ ।
गत कात्तिक २० गते सवारी दुर्घटनामा ज्यान गुमाउनु भएका पुनको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फदेखि दश लाख ७० हजार रुपैयाँ उपलब्ध गराइएको हो ।
२०७८ सालमा बुर्तिबाङ शाखाबाट पाँच लाख बिमाङ्कमा १५ वर्ष अवधिको सिटिजन शुभारम्भ बीमा योजना खरिद गर्नुभएका पुनले दुई किस्ता प्रिमियम तिर्नुभएको थियो ।

३० वर्षको उमेरमा दुर्घटनाबाट ज्यान गुमाउनु भएका पुनकी आमा कुन्ती बुढालाई कम्पनीले बीमांकको दोब्बर दश लाख, काजकिरिया खर्च र बोनस सहित एकमुष्ठ दश लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरेको र पुन बीमा अवधि समाप्ति पश्चात कम्पनीले बीमाङ्क बराबरको पाँच लाख रुपैयाँ हस्तान्तरण गर्ने शाखा प्रबन्धक छविलाल पाण्डेले बताउनु भयो । कम्पनीले होम बहादुर पुनकी आमा कुन्ती बुढालाई रकम हस्तान्तरण गरिसकेको हो ।

बीमाले बचत र मानिसको जीवनमा हुन सक्ने विभिन्न जोखिमलाई आर्थिक रूपबाट हस्तान्तरण गर्ने माध्यम रहेको बताउँदै बुर्तिबाङ क्षेत्रबाट घातकरोग, अशक्तता, कालगति मृत्यु, दुर्घटना मृत्युबाट धेरै नागरिकका परिवारले सेवा लिइसकेको बताउनु भयो ।

स्वर्गीय होम बहादुर पुनकी आमा कुन्ती बुढाले बोल्दै आफ्नो छोराको अकल्पनिय घटनामा मृत्यु हुँदा घरपरिवार पीडामा रहेको अवस्थामा सिटिजन लाफले आर्थिक रुपमा मल्हम लगाएको बताउनु भयो । कम्पनीले आफुहरुले कागजात दिँदै गर्दा तत्काल दाबी भुक्तानी गरेको बताउनु भयो ।

घरमा छोराको बीमा छ भन्ने पनि थाहा थिएन तर सिटिजन लाईफले घरमै पुगेर यसरी सेवा दिँदै गर्दा बीमा सबैका लागी आवश्यक रहेको बताउनु भयो ।

ढोरपाटन नगरपालिका वडा नं. २ का अध्यक्ष भेक बहादुर खत्रीको विशेष उपस्थिति रहेको कार्यक्रममा अध्यक्ष खत्रीले बोल्दै बीमाले भौतिक शरीर रहँदा पनि नरहँदा पनि महत्वपूर्ण सहयोग गर्ने बताउँदै यसले बचत गर्ने बानीको विकास र जीवनमा आइपर्ने विभिन्न जोखिमको सुरक्षा गर्ने भएका कारण बीमा सबै उमेर समुहका लागी आवश्यक रहेको बताउनु भयो ।

आफू रहँदा आफूलाई र आफू नरहँदा पनि आश्रित परिवारलाई बीमाले साथ दिने उहाँको भनाई थियो । कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर शिवलाल पाण्डेले पनि आफ्नो मन्तव्य राख्नु भएको हो । एजेन्सी म्यानेजर, एजेन्सी, स्थानीय नागरिक सहितको उपश्थितीमा आयोजित कार्यक्रम एजेन्सी म्यानेजर अमर बहादुर क्षेत्री –ओम ले सञ्चालन गर्नुभएको थियो ।

निसीखोला गाउँपालिकाको १३ औँ गाउँ सभा : लोकल मदिरा ब्रान्डिङ गर्ने देखि सिसि क्यामेरा जडान सम्मका कार्यक्रम प्राथमिकतामा

0

 

माघ २९ गते जुग्जाखोला

बागलुङको निसीखोला गाउँपालिकामा १३ औँ गाउँ सभा सोमबार सम्पन्न भएको छ । गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा गाउँपालिकाले सभा मार्फत विभिन्न १० बुँदामा निती तथा कार्यक्रम ल्याएको हो ।

अध्यक्ष सूर्य बहादुर घर्तीद्वारा प्रस्तुत नीति कार्यक्रममा स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने देखि मुख्य सार्वजनिक क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने सम्मका लक्ष्य गाउँपालिकाले अगाडि बढाएको पाइएको छ ।

गाउँपालिकाले गण्डकी प्रदेशले लिएको नीति कार्यक्रमलाई प्राथमिकता दिँदै बाहिरबाट आउने विदेशी मदिरालाई कम गर्दे स्थानीय स्तरमा उत्पादित लोकल मदिरालाई ब्रान्डिङ गर्ने लक्ष्य लिएको हो । मुख्य मुख्य सार्वजनिक स्थानमा चोरी डकैती लगायत अनियमित कार्यको निगरानीका निम्ति सिसि क्यामेरा जडानलाई समेत प्राथमिकता दिइएको छ ।

गाउँपालिकाले पालिका तथा वडा तहबाट हुने सेवा प्रवाहलाई थप चुस्त दुस्त र छिटो छरितो बनाउने, वडाको सीमाङ्कनमा विगतमा भएको त्रुटिका कारण समस्या भएको भन्दै त्यसलाई समाधान गर्न सम्बन्ध निकाय सँग सम्मोन्य गरि अगाडि बढ्ने, भु उपयोग ऐन तथा नियमावली अनुसार जग्गाको वर्गीकरण गर्ने कार्यलाई अन्तिम रूप दिने, औपचारिक अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने, तथा दुर्गम बस्तीमा स्वास्थ्य इकाई स्थापना एवं पालिकाले गत वर्ष  ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन छुट भएका सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने लगायतका नीति कार्यक्रम प्रस्तुत गरिएको हो ।

त्यस्तै गाउँसभाको बन्द सत्रबाट ३ करोड ५० लाख बजेट बराबरको संशोधित तथा थप बजेट पारित गरिएको छ । विभिन्न ६१ योजना छनौट गर्दे उक्त बजेट विनियोजन गरिएको जनाइएको हो ।

आयोजित औपचारिक कार्यक्रममा गण्डकी प्रदेश सभा पूर्व सदस्य खिम विक्रम शाही, निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल नेपाली कांग्रेस निसीखोला गाउँपालिका सचिव राजमान बूढा, नेकपा एमाले गाउँपालिका अध्यक्ष भूमिराज घर्ति, नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिका सचिव भीम घर्ती, राजमो निसीखोला गाउँपालिका अध्यक्ष थमन घर्तिले शुभकामना मन्तव्य व्यक्त गर्दे गाउँपालिकालाई समृद बनाउन पालिकाले लिएका नीति कार्यक्रमलाई प्राथमिकतामा राख्दै अगाडि बढ्न सुझाब दिएका छन ।

गाउँपालिकाले नीति कार्यक्रम ल्याउने तर कार्यान्वयनको पाटो कमजोर हुने गरि काम गर्न नहुने बताउँदै कृषि, रोजगार उत्पादन सँगै बजारीकरणमा समेत ध्यान दिन आवश्यक रहेको बताएका छन । वनजंगल, खानी, जल तथा कृषि क्षेत्रबाट निसीखोला गाउँपालिकाको समृद्धिको आधार रहेका कारण त्यसलाई प्राथमिकता दिँदै अगाडि बढ्न आग्रह गरिएको छ ।

 कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिको अध्यक्षता, गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता रहेको कार्यक्रम निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दको स्वागत, प्रशासन शाखा प्रमुख पुरुषोत्तम गौतमको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा वडा अध्यक्ष , कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, प्रहरी, पत्रकार लगायतको आतिथ्यता एव्म उपश्थिती रहेको थियो ।

ग्लोबल आइएमई बैंक बुर्तिबाड. द्वारा एक दिने बित्तिय साक्षारता एवम् डिजिटल बैंकिड. सम्बन्धी कार्यक्रम

0

माघ २६ ,२०८०
ग्लोबल आइएमई बैंक लिमिटेड बुर्तिबाड. शाखा द्वारा एकदिने बैंक तथा बित्तिय साक्षारता एवम् डिजिटल बैंकिड. सम्बन्धी कार्यक्रम बुर्तिबाड. मा सम्पन्न भएको छ।

बैंक को सामाजिक उत्तरदायित्व अन्तर्गत सेवाग्राहि नागरिक लाई बित्तिय क्षेत्र एवम् डिजिटल बैंकिड. सम्बन्धि जानकारी दिने र उनिहरु लाई बित्तिय साक्षरता बाट हुनसक्ने आर्थिक जोखिम बाट बचाउने उद्देश्य ले यो कार्यक्रम आयोजना गरिएको ग्लोबल आइएमई बैंक लिमिटेड गण्डकी प्रदेश उपप्रमुख नारायण प्रसाद पौड्यल ले जानकारी दिनु भयो।
अझैपनि नागरिक हरु बित्तिय साक्षरता आवश्यक रहेको र डिजिटल बैंकिड. कसरी प्रयोग गर्ने र त्यसबाट हुने सक्ने जोखिम बाट कसरी बच्न सकिन्छ भन्ने बिषय मा आम नागरिक संग अन्तरक्रिया गरिएको हो।
८० जना सहभागिता रहेको कार्यक्रम को सन्चालन ग्लोबल आईएमई बैंक लिमिटेड बुर्तिबाड. शाखा प्रबन्धक श्री ईश्वर राजभण्डारी ले गर्नुभएको थियो भने कार्यक्रम का विषय मा ग्लोबल आइएमई बैक लिमिटेड बुर्तिबाड. शाखा का कर्मचारी श्री समिर आचार्य ले थप प्रस्ट पार्नुभएको थियो।
कार्यक्रम मा सहभागि आम नागरिक ले आफ्नो मन मा लागेका जिज्ञासा हरु राखेका थिए। बैंक ले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्यक बर्ष यस्तै सामाजिक एवम् जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको छ।

ग्लोबल आइएमी बैँक द्वारा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम

0

  1. माघ २६
    ग्लोबल आइएमी बैँक बुर्तिबाङ शाखाको आयोजनामा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ ।
    बैँकको सामाजिक कार्य अन्र्तगत सेवाग्राही नागरिकलाई वित्तिय क्षेत्रको विषयमा जानकारी दिने र उनिहरुलाई वित्तिय साक्षरताको अभावले हुन सक्ने आर्थिक जोखिमबाट बचाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको ग्लोबल आइएमी बैँक गण्डकी प्रदेश उपाध्यक्ष नारायण प्रसाद पौडेलले बताउनु भयो । 


अझैपनि नागरिकमा वित्तिय साक्षरता आवश्यक रहेको र डिजिटल बैंकिङ्गको प्रयोग कसरी गर्ने र त्यसबाट हुन सक्ने जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सेवा ग्राही नागरिक सँग अन्तरकृया गरिएको हो । 


८० जनाको सहभागिता रहेको कार्यक्रममा ग्लोबल आइएमी बैँक बुर्तिबाङ शाखा कर्जा अधिकृत समिर आर्चायले कार्यक्रमका विषयमा थप प्रकाश पार्नुभएको थियो । कार्यक्रम शाखा प्रबन्धक ईश्वर राज भण्डारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागि नागरिकले आफूलाई मनमा लागेका वित्तिय र डिजिटल बैंकिङ्गको प्रयोगका सन्दर्भमा जिज्ञासा राखेका हुन । बैंकले प्रत्यक बर्ष देशभर वित्तिय साक्षरता कार्यक्रम गर्दे आइरहेको छ । 

बैकर्स एशोसिएसन अफ बुर्तिबाङको अध्यक्षमा प्रेमनाथ पौडेल

0

माघ २८ बुर्तिबाङ

बागलुङको पश्चिम क्षेत्रमा रहेका विभिन्न बैँकहरूको छाता संगठन बैकर्स एशोसिएसन अफ बुर्तिबाङको अध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैँक शाखा प्रवन्धक  प्रेमनाथ पौडेल चयन हुनुभएको छ । शनिबार भएको समितिको दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पौडेल अध्यक्ष रहेको १५ सदस्य समितिको गठन गरिएको हो ।

संस्थापक सचिव समेत रहेका पौडेलले आफ्नो कार्यकालमा वित्तिय क्षेत्रमा नागरिकलाई सुसूचित गराउने, वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने , डिजिटल र वित्तिय सुरक्षाको अवस्थाको विषयमा नागरिकलाई सचेतना जगाउने उद्देश्य सहित अगाडि बढ्ने बताउनु भयो ।

२०७७ सालमा ढोरपाटन नगरपालिकामा दर्ता भई स्थापना भएको उक्त संस्थाले आगामी दिनमा समेत वित्तिय क्षेत्रका सन्दर्भमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष प्रेमनाथ पौडेलले बताउनु भयो । बुर्तिबाङमा रहेका विभिन्न ७ वटा बैँक तथा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा रहेका प्रभु बैँकका शाखाका प्रतिनिधि समेत समितिमा रहने गरि कार्यसमितिको गठन गरिएको जनाईएको छ ।

समितिको उपाध्यक्षमा ग्लोबल आइएमी बैँकका शाखा प्रबन्धक ईश्वर राज भण्डारी, सचिव गरिमा विकास बैँकका प्रमुख जित बहादुर गर्बुजा, कोषाध्यक्ष प्रभु बैँक बुर्तिबाङका प्रमुख ज्ञान बहादुर क्षेत्री, सह सचिव लक्ष्मी सनराइज बैँकका प्रमुख राम बहादुर खत्री लगायत अन्य पदाधिकारी चयन भएका छन ।

त्यस्तै सल्लाहकार समिति समेत गठन गरिएको छ जसमा सुनिल चौधरी, ठाकुर गौतम र पिताम्बर पाण्डे चयन हुनुभएको हो । शनिबार बनभोज कार्यक्रमको आयोजना गर्दे विभिन्न बैँकमा नवआगन्तुक ८ जना कर्मचारीलाई स्वागत समेत गरिएको थियो ।

अखिल नेपाल युवक संघको ५ दिने जिल्लाव्यापी मोटरसाईकल ¥याली निसीमा पुगेर समापन 

0

माघ २८ गते बुर्तिबाङ
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघको ४३ औं स्थापना दिवसको अवसरमा आयोजित अखिल नेपाल युवक संघ बागलुङको ५ दिने जिल्लाव्यापी मोटरसाईकल ¥याली पाँचौ दिन निसीखोलाको निसीमा पुगेर समापन भएको छ ।

माघ २४ गते बरेङगाउँपालिको बरेङ बजारमा उदघाटन भएको अखिल नेपाल युवक संघ बागलुङको आयोजनामा भएको मोटरसाईकल ¥याली जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका तमानखोला ागउँपािलका , ढोरपाटन नगरपालिकाको ढोरपाटन बोबाङ गाडीखोला हुँदै आइतबार बिहान बुर्तिबाङ बजारमा कोषण सभा सहित कार्यक्रम सम्पन्न पपश्चात निसीखोला गाउँपालिकाको देविस्थान, जुग्जाखोला, झिवाखोला र निसीगाउँ हुँदै भल्कोटमा पुगेर कार्यक्रम समापन गरिएको अखिल नेपाल युवक संघ बागलुङका जिल्ला अध्यक्ष भगिन्द्र थापाले जानकारी दिनुभयो ।

ब्ुर्तिबाङमा आयोजित कोण सभालाई राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य गौरिश्वर पाण्डेले सम्वोधन गर्नुभएको हो । सभालाई सम्बोधन गर्दे पाण्डेले देशमा व्याप्त रुपमा मौलाएको बढ्दो महंगी,अनियमितता, ढिला सुस्ती र भ्रष्टचारको अन्त्य गर्न राज्यलाई झझक्याउने र सरकारले गरेका खराब कामको खबरदारी गर्नका निम्ती कार्यक्रमको आयोजना गरिएको बताउँदै राष्ट्रिय जनमोर्चाले राम्रो कामको सँधै समर्थन गर्दे आइरहेको तर देश र जनताको हित विपरित हुने गलत कामको खबरदारी गर्दे आइरहेको बताउनु भयो ।

देशमा व्याप्त मात्रामा भ्रष्टाचार मौलायको छ । देशमा बस्न योग्य बातावरण नहुँदा लाखौँ युवा देश छोड्न बाध्य भइरहेको बताउँदै महंगी, अनियमिता, भ्रष्चारको अन्तय नहुँदा सम्म र प्रतिकृया बादी व्यवस्था को अन्तत्य भई जनबादी व्यवस्था नआउँदा सम्म आफनो पार्टीले खबरदारी गर्दे जाने बताउनु भयो ।

कार्यक्रम अनिल गिरीले सञ्चालन गर्नुभएको थियो । त्यस्तै जिल्लाको निसीखोला गाउँपालिकाको विभिन्न स्थामा कोण सभा सहित कार्यक्रम गरिएको थियो ।

बैकर्स एशोसिएसन अफ बुर्तिबाङको अध्यक्षमा प्रेमनाथ पौडेल

0

माघ २८ बुर्तिबाङ

बागलुङको पश्चिम क्षेत्रमा रहेका विभिन्न बैँकहरूको छाता संगठन बैकर्स एशोसिएसन अफ बुर्तिबाङको अध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैँक शाखा प्रवन्धक  प्रेमनाथ पौडेल चयन हुनुभएको छ । शनिबार भएको समितिको दोश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा पौडेल अध्यक्ष रहेको १५ सदस्य समितिको गठन गरिएको हो ।

संस्थापक सचिव समेत रहेका पौडेलले आफ्नो कार्यकालमा वित्तिय क्षेत्रमा नागरिकलाई सुसूचित गराउने, वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने , डिजिटल र वित्तिय सुरक्षाको अवस्थाको विषयमा नागरिकलाई सचेतना जगाउने उद्देश्य सहित अगाडि बढ्ने बताउनु भयो ।

२०७७ सालमा ढोरपाटन नगरपालिकामा दर्ता भई स्थापना भएको उक्त संस्थाले आगामी दिनमा समेत वित्तिय क्षेत्रका सन्दर्भमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष प्रेमनाथ पौडेलले बताउनु भयो । बुर्तिबाङमा रहेका विभिन्न ७ वटा बैँक तथा निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा रहेका प्रभु बैँकका शाखाका प्रतिनिधि समेत समितिमा रहने गरि कार्यसमितिको गठन गरिएको जनाईएको छ ।

समितिको उपाध्यक्षमा ग्लोबल आइएमी बैँकका शाखा प्रबन्धक ईश्वर राज भण्डारी, सचिव गरिमा विकास बैँकका प्रमुख जित बहादुर गर्बुजा, कोषाध्यक्ष प्रभु बैँक बुर्तिबाङका प्रमुख ज्ञान बहादुर क्षेत्री, सह सचिव लक्ष्मी सनराइज बैँकका प्रमुख राम बहादुर खत्री लगायत अन्य पदाधिकारी चयन भएका छन ।

त्यस्तै सल्लाहकार समिति समेत गठन गरिएको छ जसमा सुनिल चौधरी, ठाकुर गौतम र पिताम्बर पाण्डे चयन हुनुभएको हो । शनिबार बनभोज कार्यक्रमको आयोजना गर्दे विभिन्न बैँकमा नवआगन्तुक ८ जना कर्मचारीलाई स्वागत समेत गरिएको थियो ।

ढोरपाटन नगरपालिकाको आयोजनामा  शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान गर्न विभिन्न कार्यक्रम सुरु  

0


माघ २५ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाकाद्वारा विहीबार देखि शिक्षक र विद्यार्थीको निम्ति प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ ।

 ढोरपाटन नगरपालिका शिक्षा शाखाको आयोजनामा सुरु भएको विविध खेलकुद, सांगीतिक सँगै प्रतिभा पहिचान मूलक कार्यक्रममा ढोरपाटन नगरपालिका अन्र्तगत रहेका विभिन्न सामुदायिक तथा निजी विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको छ ।  पालिकामा रहेका  विद्यालय स्तरीय विविध विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम र वडा स्तरीय शिक्षक प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा प्रमख ज्ञानेन्द्र सापकोटाले बताउनु भयो । 


बिहिबार देखि सुरु भई सम्पन्न हुने कार्यक्रम अन्र्तगत पहिलो दिन उत्तर गंगा माध्यमिक विद्यालयमा सुरु भएको कार्यक्रममा कक्षा १ देखि ५ सम्मको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न २६ विद्यालयका विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा जनजागृति आधारभुत विद्यालय कुत्थाप्लाका विद्यार्थी निर्माण बिक प्रथम, जनता सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलका मुस्कान सुनार द्विर्तीय र न्यू मोर्डन एकेडेमीका तुल्सीङ घर्ती मगर तृतीय भएका छन ।


त्यस्तै माध्यमिक तह स्तरीय कक्षा ९ र  १० का विद्यार्थीका लागी पर्यटन प्रर्वद्धनमा हाम्रो भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता तर्फ ११ विद्यालयको सहभागिता रहेकोमा प्रथम न्यू मोडन एकेडेमीका  अभिनय आचार्य ,द्विर्तीय अर्नाकोट माविका विनिता दर्जी , तृतीय सरस्वती मावि ढोरपाटन ९ का अन्जु पुन मगर  भएका हुन विजेता विद्यार्थीलाई पुरस्कार प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।  


शुक्रबार आधारभुत तह कक्षा ६ देखि ८ को हाजिरी जवाफ, वडा स्तरीय शिक्षक पुरुष भलिबल प्रतियोगिता, शनिबार माध्यमिक तह कक्षा ९ देखि  १२ सम्मका विद्यार्थीको सामूहिक नृत्य प्रतियोगिता वडा स्तरीय शिक्षक सामूहिक नृत्य प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।
आज भएको औपचारिक कार्यक्रम ढोरपाटन नगरपालिका वडा नंं १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि ज्ञवालीले बोल्दै विद्यार्थी र शिक्षकको क्षमता वृद्धि गर्न तथा आफूसँग रहेको प्रतिभा पहिचान गरि उनि हरुलाई थप सृजनशील र अब्बल बनी अगाडि बढ्न मद्दत पुग्ने बताउँदै नगरपालिकाले यस्ता कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।


पठन पाठनले मात्र नभई क्षमता विकास गर्न विभिन्न क्षमता अभिवृद्धि गर्ने कार्यक्रम समेत आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा रोजगार संयोजक हिरालाल खनालको स्वागत, उत्तर गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पौडेलको शुभकामना मन्तव्य रहेको थियो ।


विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिको समेत आतिथ्यता रहेको कार्य शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटाले सञ्चालन गर्नुभएको हो ।