मंसिर २९ गते बुर्तिबाङ
लामो समय देखि खानेपानी समिती बिहिन रहेको बागलुङको बुर्तिबाङमा शुक्रबार वडा कार्यालयको आयोजनामा बुर्तिबाङ खानेपानी उपभोक्ता तथा सरसफाई तदर्थ समितीको गठन गरिएको छ ।
ढोरपाटन नगरपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता ऐन २०७९ मा भएको ब्यवस्था बमोजिम उपभोक्ताहरुको भेलाले समाजसेवी युवा दिपेन्द्र श्रेष्ठ अध्यक्ष रहेको १५ सदस्य तदर्थ समितीको गठन भएको हो ।
सहमतीय प्रणालीबाट भएको उक्त समितीको कार्यअवधि ६ महिना रहने विधानमा उल्लेख गरिएको छ ।
समितीको उपाध्यक्षमा गंग बहादुर शेर्बुजा, सचिव नविन आर्चाय, कोषाध्यक्ष असारी वि.क., सदस्यहरुमा क्रमश देव बहादुर वि.क, रत्न कुमारी शेरचन, दधिकला पाण्डे, सुनिता वि.क., सरिता वि.क., मिना विश्वकर्मा, नरिश्वर कंडेल, दल बहादुर भण्डारी, विनोद भण्डारी, लाल बहादुर घर्ति र शेर बहादुर वि.क. रहनु भएको छ । निर्वाचन मण्डल सम्योजक वडा अध्यक्ष वान बहाद्ुर छन्त्याल द्धारा समित पदाधिकारीलाई सपथ ग्रहण गराइएको छ ।
त्यस्तै समाजसेवी धन बहादुर कुवंरको सम्योजगत्वमा ३ सदस्य लेखा समितीको गठन गरिएको छ । समिती सदस्यमा मञ्जु कुवंर महत, सोम बहादुर पौवी (यामु ) चयन हुनुभएको हो । विधान मस्यौदा समितीले तयार पारेको मस्यौदालाई केही सुधार गरि पारित गरिएको छ । बैठकले एक परिच्छेद थप गरि कर्मचारी व्यवस्थापन सम्वन्धी दफा राख्दै उक्त दफा समेत पास गरेको जनाइएको छ ।
कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता, वडा सदस्यहरु, टोल विकास समितीका पदाधिकारी, खानेपानी उपभोक्ता, लगाएतको उपश्थिती रहेको औपचारिक कार्यक्रमक वडा सचिब देवेन्द्र वस्यालले सञ्चालन गर्नुभएको थियो ।
खानेपानी उपभोक्ता तथा सरसफाई तदर्थ समिती बुर्तिबाङको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ

