Home Blog Page 97

ढोरपाटन नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम शेराबाङमा सम्पन्न ।

0

फागुन १४ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिकाको आयोजनामा सोमबार वडा नं. ८ को सेरा वाङमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

ढोरपाटन नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को माघ मसान्त सम्म नगरपालिका कार्यालय, मातहतका कार्यालय र वडा कार्यालयबाट सम्पादन गरेका विकास निर्माण, सुशासन, र पारदर्शिताको सन्दर्भमा नागरिकको बिचमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको हो ।

नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत कल्याण को अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिकले नगरपालिका तथा वडा कार्यलयको तर्फदेखि हुने गरेका कार्य सम्पादन, सुशासन र विकास निर्माणका सन्दर्भमा आफ्नो राय सुझाब र धारणा राखेका थिए । सहभागि नागरिकले सेवा प्रवाहलाई थप सहज बनाउनु पर्ने , छिटो छरितो बनाउनु पर्ने, महत्वपूर्ण आवश्यकताका आधारमा योजनाको छनौट गरि विकास गर्नुपर्ने, योजनाको छनोट गरि लागत स्टेमिटको आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएका छन ।

कृषि क्षेत्रको विकासका निम्ति भूगोल मौसमलाई ध्यान दिएर व्यवसायिक मुखी कृषि प्रणाली सँगै बजारीकरणमा पालिकाले ध्यान दिनुपर्ने, ढोरपाटन क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न सिकार आरक्ष सँग सम्मोन्य गर्दे अगाडि बढ्नुपर्ने , नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका निम्ति वडाबाटै सहज व्यवस्थापन गर्नुपर्ने लगाएतका विषयमा सुझाब दिएका हुन 

गुनासो भन्दा बढि सुझाब दिएका सहभागि नागरिकले युवा स्वरोजगार, प्रविधि मैत्री र परिणाम मुखी शिक्षा प्रणालीको व्यवस्थापन, नियमित बजार अनुगमन जस्ता महत्वपूर्ण विषयलाई प्राथमिकता दिएर काम गर्न आग्रह गर्दे पालिका र वडाबाट हुने विकास परिणाम मुखि हुने गरि काम गर्न सुझाब दिइएको हो ।

१५० बढिको सहभागिता रहेको कार्यक्रममा स्थानीय देब बहादुर सुनार, भुमिकर्ण घर्ती मगर, हिम प्रसाद बस्नेत, भवेन्द्र बिक, सुरज बिक, प्रेम बहादुर बिक., पदम बहादुर घर्ती, आसिमान कामी, चुना बहादुर घर्तिमगर ले आफ्नो धारणा राख्नु भएको हो । त्यस्तै दीपक थापा, कुशल बिक, कृष्ण बहादुर बिक,शक्ति बहादुर बिक, स्याम घर्ति, तिल बहादुर बिक, टेक ध्वज घर्ती, पदम बहादुर घर्ती लगायतले प्रश्न, सुझाव, गुनासो र प्रतिकृया राख्नु भएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, वडा नं. ८ का अध्यक्ष भद्र मणि सुनार, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटा, स्वास्थ्य शाखा प्रमुख केशव थापा, कृषि शाखा प्रमुख महेन्द्र अधिकारी, लगायतले प्रश्नको जवाफ दिनुभएको हो ।

कार्यक्रममा कार्यवाहक मेयर धन बहादुर कायतले नागरिकले उठाएका प्रश्न, गुनासो र सुझाबले नगरपालिकालाई सुशासन, पारदर्शि, र जवाफदेही बन्न थप सचेत बनाएको बताउँदै नागरिकले राखेका महत्वपूर्ण सुझावलाई ग्रहण गर्दे अगाडि बढिने बताउनु भयो ।

नगरपालिकाको समृद्धिका निम्ति धेरै विषयमा सुधार गरिँदै गएको बताउँदै अझैपनि धेरै काम गर्न बाँकी रहेका कारण क्रमिक रुपमा जनअपेक्षालाई सम्बोधन गर्दे जाने बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवालीद्धारा आर्थिक बर्षको माघ मशान्त सम्म पालिकामा विनीयोजित बजेट, योजना, कार्यक्रम सम्पादनको अवस्था, लगाएतका विषयमा प्रतिबेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रमका सहजकर्ता छविलाल पाण्डेद्धारा नागरिक प्रतिबेदन र बर्हिगमन अभिमत , कार्यक्रमको आचार संहित प्रस्तुत गर्नुभएको थियो ।

पालिका तथा वडाको तर्फदेखि वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका शाखा प्रमुख तथा प्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि, प्रहरी लगायतको उपस्थिति रहेको कार्यक्रम सामुदायिक रेडियो ढोरपाटनको सहजिकरणमा सम्पन्न भएको हो ।

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड  कराते प्रतियोगितामा बागलुङले लियो उपाधि ।

0


फागुन १३ गते बुर्तिबाङ
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतकराते प्रतियोगितामा बागलुङले उपाधि हात पारेको छ ।
पोखरामा भएको गण्डकी प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कराते प्रतियोगितामा बागलुङले ५ स्वर्ण, १ रजत, १ कास्यपदक हात पार्न सफल भएको हो ।
विभिन्न  ९ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा  स्वर्ण पदक तर्फ ४५ केजी तौल समुहमा छात्रा तर्फ थममाया बराइली, ५५ केजी तौल समुहमा नेहा स्मिथ, छात्र तर्फ ४७ केजी तौल समुहमा विजल पाइजा, ५७ केजी तौल समुहमा हिमाल थापा, ६२ केजी तौल समुहमा इन्साफ पुन छनौट हुनुभएको हो ।
रजत छात्र तर्फ ४२ केजी तौल समुहमा मिजन बूढा, छात्रा कस्य पदक ६० केजीमा अस्मिता बूढा छनौट हुनुभएको बुर्तिबाङ डोजोका प्रशिक्षक चित्र बहादुर पुनले बताउनु भयो । प्रतियोगितामा मेडल सँगै खेलाडीले ट्रफि र प्रमाणपत्र हात पारेका छन । 

ढोरपाटन नगरपालिकामा करिब तिन हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदै ।

0

फागुन १३ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाको आयोजनामा बुर्तिबाङमा दादुरा रुबेला खोप अभियान स्थानीय तह स्तरीय खोप सम्मोन्य समितिको बैठक तथा अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सरकारले आजदेखि देशैभर दादुरा रुबेला खोप अभियान सञ्चालन गरेको छ । आगामी चैत ७ गतेसम्म जारी रहने अभियान अन्र्तगत बागलुङको ढोरपाटन नगरपालिका,निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा फागुन २५ गतेदेखि सुरु हुने भएको हो ।

नगरपालिका अन्र्तगत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी, स्वास्थ्य स्वयम् सेवीका, बालविकास सहजकर्तालाई लक्षित गर्दे सञ्चालन गरिएको कार्यक्रममा ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव थापाले कार्यक्रमको सहजिकरण गर्दे नगरपालिका अन्र्तगत ९ वटै वडामा फागुन २५ देखि चैत्र ७ गतेसम्म दुई हजार ९ सय ८७ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको बताउनु भयो ।

९ महिना उमेर समुह देखि ५ बर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने कार्यक्रम अन्र्तगत विभिन्न टोल टोलमा रहेका स्वास्थ्य इकाई तथा स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन गरिने भएको छ ।

बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा। नविन्द्र ढकालले बोल्दै खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ आफ्ना बालबालिकालाई खोप लगाउन आह्वान गर्दे खोप लगाइसकेपछि आउन सक्ने सामान्य समस्याबाट आत्तिन नहुने बताउँदै यो अभियानलाई सबैले साथ दिनुपर्ने बताउनु भयो । बागलुङ निसीखोला गाउँपालिकामा केही दिन पहिले एक जना बच्चामा दादुरा रुबेला देखिएको थियो ।

ढकालले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । उहाँले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले आकस्मिक उपचार टोलीसमेत गठन गरिएको बताउनुभयो ।

दादुरा रुबेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने जनाइएको छ । सरकारले सन् २०१८ मा दादुरा रुबेला लाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो ।

ऋायोजित कार्यक्रम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको अध्यक्षता वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कर्मी, पत्रकार, शिक्षक, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पोषण सहजकर्ता बेली भुजेलले सञ्चालन गर्नुभएको हो ।

ढोरपाटन नगरपालिका द्वारा निरन्तर बजार अनुगमन : का.वा. मेयर द्धारा होटल व्यवसायि सँग छलफल

0

फागुन १० गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई सक्रियता दिएको छ । बजारमा पर्याप्त अखाद्य वस्तुको खुलेआम बिक्री भएको भन्दै निरन्तर बजारका खाध्यन्ह पसल अनुगमन गरिरहेको पालिकाले औषधि पसललाई समेत अनुगमन गर्दे आएको हो ।

व्यवसायीलाई स्थानीय पालिकामा सूचिकृत हुन आग्रह गर्दे म्याद नाघेका खाद्य वस्तु तथा औषधि बिक्री नगर्न अनुरोध गर्दे आइएको र म्याद नाघेको औषधि, खाध्यन्ह जफत समेत गरिएको पालिकाले जनाएको हो ।

बिहीबार नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले होटल ब्यवसायी सँग छलफल गर्नुभएको छ । होटल रेष्टुरेन्टको समेत लगत्तै अनुगमन गरिने र व्यवसायीले समेत सरसफाइ गर्ने तथा अखाद्य बस्तुलाई बिक्री नगर्न आग्रह गर्नुभयो । नागरिकको प्रत्यक्ष स्वास्थ्य सँग जोडिएको विषय भएका कारण बिक्रेताले हेलचेक्र्याइँ गर्न नहुने र नागरिक समेत सचेत बन्न उहाँले आग्रह गर्नुभयो ।

कार्यवाहक मेयर कायतले व्यवसायीलाई दुख दिने उद्देश्य नभई पहिलो पटक सचेत बनाउने र पटक पटक जानकारी गराउँदा समेत अटेर गरे कारवाही प्रकृया अगाडि बढाउने बताउनु भयो ।

उक्त अवसरमा होटल व्यवसायी धुव्र श्रेष्ठले बोल्दै होटल व्यवसायीहरू नागरिकको स्वास्थ्य माथि सचेत रहेको र अखाद्य वस्तु बिक्रीमा सबैले सचेतता अपनाउनु पर्ने बताउनु भयो । नगरपालिकाले नगरप्रहरी परिचालन गरेर खुला रुपमा बिक्री गर्दे आएका चटपटे, जेरी पुरी लगायत व्यवसायीलाई सटरमा व्यवस्थित तवरले व्यवसाय गर्न आग्रह गर्दे सडक पेटी भन्दा बाहिर सामान नराख्न आग्रह गर्दे आएको हो ।

पटक पटक आग्रह गर्दा समेत अटेरी गर्नेलाई आवश्यक कारवाहीको दायरामा ल्याउनुपर्ने अवस्था सृजना भएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो । अभियानमा नगरपालिका जनप्रतिनिधि, कर्मचारी, इलाका प्रशासन, इलाका प्रहरी, नगर प्रहरी लगायतको सक्रियता रहेको छ ।

निसीखोला गाउँपालिकामा कृषकका निम्ति कृषि सीप विकास तालिम

0

फाल्गुन ७ गते बुर्तिबाङ

निसीखोला गाउँपालिका द्वारा कृषकहरूका लागि तिन दिने कृषि सीप विकास तालिम सुरु गरिएको छ ।

गाउँपालिकाको आयोजनामा आइतबार देखि सुरु भएको तालिममा गाउँपालिका अन्र्तगत सबै वडाका ३५ जना र कृषक महासंघ निसीखोलाका ५ जना गरि कुल ४० जना कृषकलाई तालिम दिन सुरु गरिएको हो ।

तालिममा व्यवसायीका कृषकलाई तरकारी उत्पादन, आधुनिकीकरण, फलफल खेती र त्यसको सम्भावना एवं चुनौती , आलु उत्पादन लगायतको विषयमा प्रयोगात्मक रुपमा कृषकलाई तालिमबाट सिकाउने र कृषकका सुझाव, गुनासोलाई सम्बोधन गर्दे कृषि क्षेत्रको विस्तार र विकास गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको तारा बहादुर परियारले बताउनु भयो ।

कृषि उत्पादन, बजारीलाई समेत कसरी जोड्न सकिन्छ भन्ने उद्देश्य सँगै कृषकको ज्ञान , क्षमताको विकास सँगै उनीहरू लाई परम्परागत कृषि प्रणालीबाट उत्पादन मुखि बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको र यस्तो कार्यक्रमबाट कृषकका गुनासो, सुझाव सल्लाह समेत संकलन गरेर आगामी कार्यक्रम तय गर्न सहज हुने गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बताउनु भयो ।

निसीखोला गाउँपालिकाले कृषि क्षेत्रमा राम्रो लगानी गरेपनि परिणाम कम भइरहेको बताउँदै कृषकले परिणाम देखिने गरि काम गर्नुपर्ने र बजारीकरणमा गाउँपालिकाले सहजिकरण गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष घर्तिले बताउनु भयो ।

निसीखोला गाउँपालिका आर्थिक विकास समिति अध्यक्ष संयोजक कुविर विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दको स्वागत रहेको कार्यक्रममा सर्मिला कुमारी पण्डित र तारा बहादुर परियार (किसान) ले प्रशिक्षण दिनुभएको छ । कार्यक्रम फाल्गुन ८ गते सम्म सञ्चालन हुने जनाइएको हो । त्यस्तै ९ देखि प्राङ्गारिक मल उत्पादन सम्बन्धी तालिम गरिने जनाइएको छ ।

सञ्चारकर्मी तुलसिंह सिर्पालीको निधन 

0

फागुन ६ गते

 सञ्चार कर्मी तुलसिंह सिर्पालीको उपचारको क्रममा निधन भएको छ । विगत एक वर्षदेखि अस्वास्थ्य रहेका सिर्पालीको विभिन्न अस्पतालमा उपचार गराइए पनि उपचार हुन नसकेपछि शनिबार राति उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ । 

तमानखोला गाउँपालिका ५ घर भई विगत केही वर्षदेखि बुर्तिबाङमा बस्दै आउनुभएका सिर्पाली सामुदायिक रेडियो ढोरपाटनमा २०७१ सालदेखि २०७८ सालसम्म कार्यक्रम प्रस्तोता र प्राविधिकको रुपमा काम गर्नुभएको थियो ।

 इमानदार र कुशल प्रस्तोता समेत रहेका सिर्पाली ले लगत्तै रेडियो परिवर्तनमा करिब एक वर्षसम्म कार्यरत रहनुभएको थियो । 

अन्दाजी ३० बर्षिया सिर्पाली का परिवारले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचारका निम्ति प्रयास गरेपनि रोग पत्ता लाग्न नसक्दा उपचार हुन सकेको थियन एकबर्ष सम्म उपचारका निम्ति प्रयास गरिएपनि उपचारले पूर्णता नपाउँदा छोराको निधन भएको मृतक सिर्पाली का बुबा पृथिमान सिर्पाली ले बताउनु भयो ।

बुर्तिबाङमा सञ्चालित सितोरियो कराते प्रतियोगितामा आयोजक समुह प्रथम

0

फाल्गुन ५ गते
बुर्तिबाङमा शुक्रबार देखि सुरु भएको सितोरियो कराते प्रतियोगिता आज सम्पन्न भएको छ ।
सितोरियो कराते बुर्तिबाङ शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा सितोरियो करोते बुर्तिबाङ आयोजक समुह प्रथम हुन सफल भएको छ ।

१६ बर्ष मुनिको जुनियर प्रतियोगितामा विभिन्न ४ पालिकाका दुई सय बढि खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा वडिगाड गाउँपालिका दोश्रो र बागलुङ नगरपालिका तिर्तिय रहन सफल भएको हो । प्रतियोगितामा टिम प्रथम , द्विर्तीय र तिर्तिय हुने समुहले क्रमश २० हजार, १५ हजार १० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

विभिन्न १७ इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरिएको छ । जसमा महिला तर्फ सितोरियो कराते बुर्तिबाङका थम माया बराईली र पुरुष तर्फ वडिगाडका बिजय दर्लामी छनौट भएको आयोजकले जनाएको छ । त्यस्तै अनुसासित खेलाडी तर्फ बागलुङ नगरपालिका प्रथम, काठेखोला गाउँपालिका दिर्तिय हुन सफल भएको हो ।
महिला ÷पुरुष उत्कृष्ट टिमलाई ट्रफी, उत्कृष्ट खेलाडीलाई ट्रफी सहित सम्मान गरिएको हो ।

समापन सत्रको कार्यक्रम सितोरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनको अध्यक्षता रहेको आयोजित कार्यक्रमलाई निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष घर्तिले बोल्दै खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभाको विकास गर्नका निम्ती यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै खेलाडीहरु अनुसासित रुपले आफनो खेल क्षमताको विकासमा लाग्न आग्रह गर्नुभयो ।

जनता इङलिस सेकेन्डरी बोर्डिङ स्कुलको खेलमैदानमा भएको प्रतियोगितामा ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका ,काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका अन्र्तगत शाखामा रहेका खेलाडीले सहभागिता जनाएका थिय ।

बुर्तिबाङमा प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सुरु

0

फाल्गुन ४ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आजदेखि प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सुरु भएको छ ।
सितोरियो कराते बुर्तिबाङ शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ बर्ष मुनिको जुनियर प्रतियोगितामा विभिन्न ४ पालिकाका दुई सय बढि खेलाडीले सहभागिता जनाएका छन ।
विभिन्न १७ इभेन्टमा सुरु भएको प्रतियोगिताको शुक्रबार एक औपचारिक कार्यक्रम सहित खेल अगाडी बढाइएको हो ।

सितोरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनको अध्यक्षतामा आयोजित कार्यक्रमलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले प्रमुख अतिथीको रुपमा उद्घाटन गर्नुभयो ।

आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे मेयर कायतले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभाको विकास गर्नका निम्ती यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै ढोरपाटन नगरपालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो ।

मेयर कायतले भन्नुभयो “खेलाडी देशका गहना भएको र पछिल्लो समय विभिन्न खेल क्षेत्रको माध्यमबाट खेलाडीले नै देशको पहिचान बढाएको बताउँदै खेलकुदले स्वास्थ्य, अनुसासन संगै प्रतिभा पहिचानको अवसर दिने बताउँदै यस्ता महत्वपूर्ण कार्यमलाई सबैले साथ दिनुपर्ने बताउँदै ढोरपाटन नगरपालिकाको तर्फदेखि दुई लाख रुपैयाँ विनीयोजन गरिने बताउनु भयो ।”


कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा मगर , नेपाल कराते महासंघ गण्डकी प्रदेशका रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङ, नेपाल सितोरियो कराते संग गण्डकी प्रदेश अध्यक्ष धन लामा, सचिव कष्ण प्रसाद कँडेल, प्रशिक्षक धनदाश मर्हजन उद्योग वाणिज्य संघ बुर्तिबाङका महासचिब ज्ञान प्रसाद कँडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक, लगाएतको आतिथ्यता रहेको थियो ।


जनता इङलिस सेकेन्डरी बोर्डिङ स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका , काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका अन्र्तगत शाखामा रहेका खेलाडीले सहभागिता जनाएका छन ।
प्रतियोगितामा टिम प्रथम , द्विर्तीय र तिर्तिय हुने समुहले क्रमश २० हजार, १५ हजार १० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।
त्यस्तै महिला ÷पुरुष उत्कृष्ट टिमलाई ट्रफी, उत्कृष्ट खेलाडीलाई ट्रफी सहित सम्मान गरिने सितेरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । खेलाडीले विभिन्न १७ इभेन्टमा प्रतिस्पर्धा भइरहेको सितोरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले बताउनु भयो ।

बुर्तिबाङमा फागुन ४ र ५ गते प्रथम जिल्ला स्तरीय सितेरियो कराते प्रतियोगिता हुँदै

0

फाल्गुन ३ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा फागुन ४ र ५ गते प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सितोरियो कराते बुर्तिबाङ शाखाको आयोजनामा हुने प्रतियोगिता बागलुङ जिल्ला स्तरीय हुने बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले बताउनु भयो । १६ बर्ष मुनिको जुनियर प्रतियोगितामा विभिन्न ४ पालिकाका दुई सय बढि खेलाडीले सहभागिता जनाउने जनाइएको छ ।

खेलाडी र रेफ्री कार्यक्रम स्थलमा आइसकेको र आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ । जनता इङलिस बोर्डिङ स्कुलको खेलमैदानमा हुने प्रतियोगितामा ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका , काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका अन्र्तगत शाखामा रहेका खेलाडीले सहभागिता जनाउने भएका हुन ।
कुल ७ लाख खर्च अनुमान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका खेलाडी, स्थानीय तह लगायतका निकायबाट आर्थिक व्यवस्थापन गर्ने गरी तयारी गरिएको जनाइएको हो ।
प्रतियोगितामा टिम प्रथम , द्विर्तीय र तिर्तिय हुने समुहले क्रमश २० हजार, १५ हजार १० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।
त्यस्तै महिला ÷पुरुष उत्कृष्ट टिमलाई ट्रफी, उत्कृष्ट खेलाडीलाई ट्रफी सहित सम्मान गरिने सितेरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । खेलाडीले विभिन्न १७ इभेन्टमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

खेलाडीलाई निशुल्क खान बस्नको व्यवस्था गरिएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन शुक्रबार ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल कराते महासंघ गण्डकी प्रदेशका रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङ, नेपाल सितोरियो कराते संग गण्डकी प्रदेश अध्यक्ष धन लामा, सचिव कष्ण प्रसाद कँडेल, नेपाल सितोरियो कराते जिल्ला अध्यक्ष महेन्द्र खड्का, जिल्ला रेफ्रि संयोजक निर्मल बहादुर थापाको उपस्थिति रहेको थियो ।

ढोरपाटन नगरपालिका द्धारा बजार अनुगमन :म्याद गुज्रिएका अखाद्य बस्तु जफत गरि नस्ट गरियो । 

0

 

 फाल्गुन २ गते  बागलुङको ढोरपाटन नगरपालिकाले बुधबार छड्के बजार अनुगमन गर्दे विभिन्न पसलबाट भेटिएका अखाद्य बस्तु जफत गरेको छ । गत कात्तिक महिनामा केही पसल अनुगमन गरेको नगरपालिकाले बुधबार विभिन्न २३ वटा पसलको अनुगमन गर्दे म्याद गुज्रिएका खाद्य पदार्थ, चिसो प्य पदार्थ, कस्मेटिक सामान लगायतका सामाग्री जफत गरेर नस्ट गरेको हो ।  

नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चण्डी राज पौडेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले बजारका गल्ला किराना पसल दाना पसल, कस्मेटिक पसल , पाउरोटी उद्योग लगायत २३ वटा पसलमा अनुगमन गर्दा बढिमात्रामा चिसो प्य पदार्थ, प्याकिङ गरिएका खाध्यान्ह सामाग्री फेला पारेसँगै जफत गरिएको र व्यवसायीलाई सचेत समेत गराइएको चण्डीराज पौडेलले बताउनु भयो ।

  अनुगमनमा पसल नै दर्ता नगरी लामो समय देखि सञ्चालन गरेको एक उद्देश्य लिइ व्यवसाय दर्ता गराएकोमा अन्य वस्तु समेत बिक्रीका लागी राख्ने गरेको, सडक पेटी भन्दा बाहिर अव्यवस्थित सामान राख्ने गरेको पाइएको कारण पहिलो पटक सचेत गराइएको र आगामी दिनमा पनि अनुगमनका क्रममा यस्तै अवस्था देखिए कारवाही पकृया अगाडि बढाउने पौडेलले बताउनु भयो । 

नगरपालिकाले निरन्तर व्यवसायीलाई सचेत बनाउने, पालिकामा दर्ता प्रकृयाका निम्ति आव्हान गर्ने र उनीहरू लाई समय समयमा सचेतना मुलक कार्यक्रम समेत गराउने गरि अगाडि बढिएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो । 

 उहाँले भन्नु भयो नगरपालिकाको उद्देश्य व्यवसायीलाई दुःख दिने नियत नभई  सचेत बनाउने र उपभोग योग्य नभएका खाद्य बस्तु बिक्री नगर्न सचेत गराउने, सेवा ग्राहीलाई समेत सचेत गराउने र स्थानीय तहमा  व्यवसाय दर्ता गरि जिम्मेवार नागरिकको भूमिका निर्वाह गराउने उद्देश्य सहित अभियान अगाडि बढाइएको बताउनु भयो ।

  टोलीले समय समयमा बजार अनुगमन गर्ने भएको छ ।  बुधबार अनुगमनका क्रममा जफत गरिएको सामाग्री ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर निमित्त प्रमुख प्रशासकीय अधिकृत चण्डी राज पौडेल, जनप्रतिनिधि, प्रहरी, पत्रकार, नगरपालिका कर्मचारी लगायतको रहो भरमा नस्ट गरिएको हो ।