ढोरपाटन नगरपालिका द्वारा निरन्तर बजार अनुगमन : का.वा. मेयर द्धारा होटल व्यवसायि सँग छलफल

फागुन १० गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाले पछिल्लो समय बजार अनुगमनलाई सक्रियता दिएको छ । बजारमा पर्याप्त अखाद्य वस्तुको खुलेआम बिक्री भएको भन्दै निरन्तर बजारका खाध्यन्ह पसल अनुगमन गरिरहेको पालिकाले औषधि पसललाई समेत अनुगमन गर्दे आएको हो ।

व्यवसायीलाई स्थानीय पालिकामा सूचिकृत हुन आग्रह गर्दे म्याद नाघेका खाद्य वस्तु तथा औषधि बिक्री नगर्न अनुरोध गर्दे आइएको र म्याद नाघेको औषधि, खाध्यन्ह जफत समेत गरिएको पालिकाले जनाएको हो ।

बिहीबार नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले होटल ब्यवसायी सँग छलफल गर्नुभएको छ । होटल रेष्टुरेन्टको समेत लगत्तै अनुगमन गरिने र व्यवसायीले समेत सरसफाइ गर्ने तथा अखाद्य बस्तुलाई बिक्री नगर्न आग्रह गर्नुभयो । नागरिकको प्रत्यक्ष स्वास्थ्य सँग जोडिएको विषय भएका कारण बिक्रेताले हेलचेक्र्याइँ गर्न नहुने र नागरिक समेत सचेत बन्न उहाँले आग्रह गर्नुभयो ।

कार्यवाहक मेयर कायतले व्यवसायीलाई दुख दिने उद्देश्य नभई पहिलो पटक सचेत बनाउने र पटक पटक जानकारी गराउँदा समेत अटेर गरे कारवाही प्रकृया अगाडि बढाउने बताउनु भयो ।

उक्त अवसरमा होटल व्यवसायी धुव्र श्रेष्ठले बोल्दै होटल व्यवसायीहरू नागरिकको स्वास्थ्य माथि सचेत रहेको र अखाद्य वस्तु बिक्रीमा सबैले सचेतता अपनाउनु पर्ने बताउनु भयो । नगरपालिकाले नगरप्रहरी परिचालन गरेर खुला रुपमा बिक्री गर्दे आएका चटपटे, जेरी पुरी लगायत व्यवसायीलाई सटरमा व्यवस्थित तवरले व्यवसाय गर्न आग्रह गर्दे सडक पेटी भन्दा बाहिर सामान नराख्न आग्रह गर्दे आएको हो ।

पटक पटक आग्रह गर्दा समेत अटेरी गर्नेलाई आवश्यक कारवाहीको दायरामा ल्याउनुपर्ने अवस्था सृजना भएको कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो । अभियानमा नगरपालिका जनप्रतिनिधि, कर्मचारी, इलाका प्रशासन, इलाका प्रहरी, नगर प्रहरी लगायतको सक्रियता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित