बुर्तिबाङमा फागुन ४ र ५ गते प्रथम जिल्ला स्तरीय सितेरियो कराते प्रतियोगिता हुँदै

फाल्गुन ३ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा फागुन ४ र ५ गते प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सितोरियो कराते बुर्तिबाङ शाखाको आयोजनामा हुने प्रतियोगिता बागलुङ जिल्ला स्तरीय हुने बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले बताउनु भयो । १६ बर्ष मुनिको जुनियर प्रतियोगितामा विभिन्न ४ पालिकाका दुई सय बढि खेलाडीले सहभागिता जनाउने जनाइएको छ ।

खेलाडी र रेफ्री कार्यक्रम स्थलमा आइसकेको र आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ । जनता इङलिस बोर्डिङ स्कुलको खेलमैदानमा हुने प्रतियोगितामा ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका , काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका अन्र्तगत शाखामा रहेका खेलाडीले सहभागिता जनाउने भएका हुन ।
कुल ७ लाख खर्च अनुमान गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका खेलाडी, स्थानीय तह लगायतका निकायबाट आर्थिक व्यवस्थापन गर्ने गरी तयारी गरिएको जनाइएको हो ।
प्रतियोगितामा टिम प्रथम , द्विर्तीय र तिर्तिय हुने समुहले क्रमश २० हजार, १५ हजार १० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।
त्यस्तै महिला ÷पुरुष उत्कृष्ट टिमलाई ट्रफी, उत्कृष्ट खेलाडीलाई ट्रफी सहित सम्मान गरिने सितेरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । खेलाडीले विभिन्न १७ इभेन्टमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

खेलाडीलाई निशुल्क खान बस्नको व्यवस्था गरिएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन शुक्रबार ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल कराते महासंघ गण्डकी प्रदेशका रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङ, नेपाल सितोरियो कराते संग गण्डकी प्रदेश अध्यक्ष धन लामा, सचिव कष्ण प्रसाद कँडेल, नेपाल सितोरियो कराते जिल्ला अध्यक्ष महेन्द्र खड्का, जिल्ला रेफ्रि संयोजक निर्मल बहादुर थापाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित