बुर्तिबाङमा सञ्चालित सितोरियो कराते प्रतियोगितामा आयोजक समुह प्रथम

फाल्गुन ५ गते
बुर्तिबाङमा शुक्रबार देखि सुरु भएको सितोरियो कराते प्रतियोगिता आज सम्पन्न भएको छ ।
सितोरियो कराते बुर्तिबाङ शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा सितोरियो करोते बुर्तिबाङ आयोजक समुह प्रथम हुन सफल भएको छ ।

१६ बर्ष मुनिको जुनियर प्रतियोगितामा विभिन्न ४ पालिकाका दुई सय बढि खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा वडिगाड गाउँपालिका दोश्रो र बागलुङ नगरपालिका तिर्तिय रहन सफल भएको हो । प्रतियोगितामा टिम प्रथम , द्विर्तीय र तिर्तिय हुने समुहले क्रमश २० हजार, १५ हजार १० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।

विभिन्न १७ इभेन्टमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरिएको छ । जसमा महिला तर्फ सितोरियो कराते बुर्तिबाङका थम माया बराईली र पुरुष तर्फ वडिगाडका बिजय दर्लामी छनौट भएको आयोजकले जनाएको छ । त्यस्तै अनुसासित खेलाडी तर्फ बागलुङ नगरपालिका प्रथम, काठेखोला गाउँपालिका दिर्तिय हुन सफल भएको हो ।
महिला ÷पुरुष उत्कृष्ट टिमलाई ट्रफी, उत्कृष्ट खेलाडीलाई ट्रफी सहित सम्मान गरिएको हो ।

समापन सत्रको कार्यक्रम सितोरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनको अध्यक्षता रहेको आयोजित कार्यक्रमलाई निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष घर्तिले बोल्दै खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभाको विकास गर्नका निम्ती यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै खेलाडीहरु अनुसासित रुपले आफनो खेल क्षमताको विकासमा लाग्न आग्रह गर्नुभयो ।

जनता इङलिस सेकेन्डरी बोर्डिङ स्कुलको खेलमैदानमा भएको प्रतियोगितामा ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका ,काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका अन्र्तगत शाखामा रहेका खेलाडीले सहभागिता जनाएका थिय ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित