बुर्तिबाङमा प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सुरु

फाल्गुन ४ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा आजदेखि प्रथम जिल्ला स्तरीय सितोरियो कराते प्रतियोगिता सुरु भएको छ ।
सितोरियो कराते बुर्तिबाङ शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ बर्ष मुनिको जुनियर प्रतियोगितामा विभिन्न ४ पालिकाका दुई सय बढि खेलाडीले सहभागिता जनाएका छन ।
विभिन्न १७ इभेन्टमा सुरु भएको प्रतियोगिताको शुक्रबार एक औपचारिक कार्यक्रम सहित खेल अगाडी बढाइएको हो ।

सितोरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनको अध्यक्षतामा आयोजित कार्यक्रमलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले प्रमुख अतिथीको रुपमा उद्घाटन गर्नुभयो ।

आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे मेयर कायतले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभाको विकास गर्नका निम्ती यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै ढोरपाटन नगरपालिकाले आवस्यक सहयोग गर्ने बताउनु भयो ।

मेयर कायतले भन्नुभयो “खेलाडी देशका गहना भएको र पछिल्लो समय विभिन्न खेल क्षेत्रको माध्यमबाट खेलाडीले नै देशको पहिचान बढाएको बताउँदै खेलकुदले स्वास्थ्य, अनुसासन संगै प्रतिभा पहिचानको अवसर दिने बताउँदै यस्ता महत्वपूर्ण कार्यमलाई सबैले साथ दिनुपर्ने बताउँदै ढोरपाटन नगरपालिकाको तर्फदेखि दुई लाख रुपैयाँ विनीयोजन गरिने बताउनु भयो ।”


कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा मगर , नेपाल कराते महासंघ गण्डकी प्रदेशका रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङ, नेपाल सितोरियो कराते संग गण्डकी प्रदेश अध्यक्ष धन लामा, सचिव कष्ण प्रसाद कँडेल, प्रशिक्षक धनदाश मर्हजन उद्योग वाणिज्य संघ बुर्तिबाङका महासचिब ज्ञान प्रसाद कँडेल, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिक, लगाएतको आतिथ्यता रहेको थियो ।


जनता इङलिस सेकेन्डरी बोर्डिङ स्कुलको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका , काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका अन्र्तगत शाखामा रहेका खेलाडीले सहभागिता जनाएका छन ।
प्रतियोगितामा टिम प्रथम , द्विर्तीय र तिर्तिय हुने समुहले क्रमश २० हजार, १५ हजार १० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन ।
त्यस्तै महिला ÷पुरुष उत्कृष्ट टिमलाई ट्रफी, उत्कृष्ट खेलाडीलाई ट्रफी सहित सम्मान गरिने सितेरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । खेलाडीले विभिन्न १७ इभेन्टमा प्रतिस्पर्धा भइरहेको सितोरियो कराते बुर्तिबाङ शाखाका प्रशिक्षक चित्र बहादुर पुनले बताउनु भयो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img