फागुन ६ गते
सञ्चार कर्मी तुलसिंह सिर्पालीको उपचारको क्रममा निधन भएको छ । विगत एक वर्षदेखि अस्वास्थ्य रहेका सिर्पालीको विभिन्न अस्पतालमा उपचार गराइए पनि उपचार हुन नसकेपछि शनिबार राति उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।
तमानखोला गाउँपालिका ५ घर भई विगत केही वर्षदेखि बुर्तिबाङमा बस्दै आउनुभएका सिर्पाली सामुदायिक रेडियो ढोरपाटनमा २०७१ सालदेखि २०७८ सालसम्म कार्यक्रम प्रस्तोता र प्राविधिकको रुपमा काम गर्नुभएको थियो ।
इमानदार र कुशल प्रस्तोता समेत रहेका सिर्पाली ले लगत्तै रेडियो परिवर्तनमा करिब एक वर्षसम्म कार्यरत रहनुभएको थियो ।
अन्दाजी ३० बर्षिया सिर्पाली का परिवारले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचारका निम्ति प्रयास गरेपनि रोग पत्ता लाग्न नसक्दा उपचार हुन सकेको थियन एकबर्ष सम्म उपचारका निम्ति प्रयास गरिएपनि उपचारले पूर्णता नपाउँदा छोराको निधन भएको मृतक सिर्पाली का बुबा पृथिमान सिर्पाली ले बताउनु भयो ।