फाल्गुन ७ गते बुर्तिबाङ
निसीखोला गाउँपालिका द्वारा कृषकहरूका लागि तिन दिने कृषि सीप विकास तालिम सुरु गरिएको छ ।
गाउँपालिकाको आयोजनामा आइतबार देखि सुरु भएको तालिममा गाउँपालिका अन्र्तगत सबै वडाका ३५ जना र कृषक महासंघ निसीखोलाका ५ जना गरि कुल ४० जना कृषकलाई तालिम दिन सुरु गरिएको हो ।
तालिममा व्यवसायीका कृषकलाई तरकारी उत्पादन, आधुनिकीकरण, फलफल खेती र त्यसको सम्भावना एवं चुनौती , आलु उत्पादन लगायतको विषयमा प्रयोगात्मक रुपमा कृषकलाई तालिमबाट सिकाउने र कृषकका सुझाव, गुनासोलाई सम्बोधन गर्दे कृषि क्षेत्रको विस्तार र विकास गर्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको तारा बहादुर परियारले बताउनु भयो ।
कृषि उत्पादन, बजारीलाई समेत कसरी जोड्न सकिन्छ भन्ने उद्देश्य सँगै कृषकको ज्ञान , क्षमताको विकास सँगै उनीहरू लाई परम्परागत कृषि प्रणालीबाट उत्पादन मुखि बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको र यस्तो कार्यक्रमबाट कृषकका गुनासो, सुझाव सल्लाह समेत संकलन गरेर आगामी कार्यक्रम तय गर्न सहज हुने गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बताउनु भयो ।
निसीखोला गाउँपालिकाले कृषि क्षेत्रमा राम्रो लगानी गरेपनि परिणाम कम भइरहेको बताउँदै कृषकले परिणाम देखिने गरि काम गर्नुपर्ने र बजारीकरणमा गाउँपालिकाले सहजिकरण गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष घर्तिले बताउनु भयो ।
निसीखोला गाउँपालिका आर्थिक विकास समिति अध्यक्ष संयोजक कुविर विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दको स्वागत रहेको कार्यक्रममा सर्मिला कुमारी पण्डित र तारा बहादुर परियार (किसान) ले प्रशिक्षण दिनुभएको छ । कार्यक्रम फाल्गुन ८ गते सम्म सञ्चालन हुने जनाइएको हो । त्यस्तै ९ देखि प्राङ्गारिक मल उत्पादन सम्बन्धी तालिम गरिने जनाइएको छ ।