गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड  कराते प्रतियोगितामा बागलुङले लियो उपाधि ।


फागुन १३ गते बुर्तिबाङ
गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगतकराते प्रतियोगितामा बागलुङले उपाधि हात पारेको छ ।
पोखरामा भएको गण्डकी प्रदेश स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत कराते प्रतियोगितामा बागलुङले ५ स्वर्ण, १ रजत, १ कास्यपदक हात पार्न सफल भएको हो ।
विभिन्न  ९ जिल्लाका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा  स्वर्ण पदक तर्फ ४५ केजी तौल समुहमा छात्रा तर्फ थममाया बराइली, ५५ केजी तौल समुहमा नेहा स्मिथ, छात्र तर्फ ४७ केजी तौल समुहमा विजल पाइजा, ५७ केजी तौल समुहमा हिमाल थापा, ६२ केजी तौल समुहमा इन्साफ पुन छनौट हुनुभएको हो ।
रजत छात्र तर्फ ४२ केजी तौल समुहमा मिजन बूढा, छात्रा कस्य पदक ६० केजीमा अस्मिता बूढा छनौट हुनुभएको बुर्तिबाङ डोजोका प्रशिक्षक चित्र बहादुर पुनले बताउनु भयो । प्रतियोगितामा मेडल सँगै खेलाडीले ट्रफि र प्रमाणपत्र हात पारेका छन । 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img