ढोरपाटन नगरपालिकामा करिब तिन हजार बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइँदै ।

फागुन १३ गते बुर्तिबाङ

ढोरपाटन नगरपालिकाको आयोजनामा बुर्तिबाङमा दादुरा रुबेला खोप अभियान स्थानीय तह स्तरीय खोप सम्मोन्य समितिको बैठक तथा अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सरकारले आजदेखि देशैभर दादुरा रुबेला खोप अभियान सञ्चालन गरेको छ । आगामी चैत ७ गतेसम्म जारी रहने अभियान अन्र्तगत बागलुङको ढोरपाटन नगरपालिका,निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा फागुन २५ गतेदेखि सुरु हुने भएको हो ।

नगरपालिका अन्र्तगत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मी, स्वास्थ्य स्वयम् सेवीका, बालविकास सहजकर्तालाई लक्षित गर्दे सञ्चालन गरिएको कार्यक्रममा ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव थापाले कार्यक्रमको सहजिकरण गर्दे नगरपालिका अन्र्तगत ९ वटै वडामा फागुन २५ देखि चैत्र ७ गतेसम्म दुई हजार ९ सय ८७ जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको बताउनु भयो ।

९ महिना उमेर समुह देखि ५ बर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने कार्यक्रम अन्र्तगत विभिन्न टोल टोलमा रहेका स्वास्थ्य इकाई तथा स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन गरिने भएको छ ।

बुर्तिबाङ स्वास्थ्य केन्द्रका प्रमुख डा। नविन्द्र ढकालले बोल्दै खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ आफ्ना बालबालिकालाई खोप लगाउन आह्वान गर्दे खोप लगाइसकेपछि आउन सक्ने सामान्य समस्याबाट आत्तिन नहुने बताउँदै यो अभियानलाई सबैले साथ दिनुपर्ने बताउनु भयो । बागलुङ निसीखोला गाउँपालिकामा केही दिन पहिले एक जना बच्चामा दादुरा रुबेला देखिएको थियो ।

ढकालले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । उहाँले खोप लगाएपछि बच्चामा समस्या देखिन सक्ने भएकाले आकस्मिक उपचार टोलीसमेत गठन गरिएको बताउनुभयो ।

दादुरा रुबेला खोप अभियानकै क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइने जनाइएको छ । सरकारले सन् २०१८ मा दादुरा रुबेला लाई नियन्त्रण गरे पनि निवारण गर्न सकेको छैन । सन् २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्यका साथ यसपटक खोप अभियान सञ्चालन गर्न थालेको हो ।

ऋायोजित कार्यक्रम ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको अध्यक्षता वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य कर्मी, पत्रकार, शिक्षक, लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पोषण सहजकर्ता बेली भुजेलले सञ्चालन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित