Home Blog Page 96

 बडिगाड गाउँपालिकामा फागुन २७ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने

0


फागुन १६ गते बुर्तिबाङ

बडिगाड गाउँपालिकामा फागुन २७ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
राष्ट्रिय अभियान अन्र्तगत पालिकाले बुधबार एक कार्यक्रमको आयोजना गर्दे फागुन २७ गतेदेखि १० वटै वडामा पुगेर नौ महिना उमेर देखि पाँच बर्ष उमेर समुह सम्मका दुई हजार ५६ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
जनप्रतिनिधि, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयम् सेवीका लगायतको उपश्थिती मा आयोजित कार्यक्रममा पालिका भरका विभिन्न २७ खोप केन्द्रबाट ३५ स्थानमा खोप  कार्यक्रम सञ्चालन गरिने बताउँदै उक्त अभियानमा सबैको सकारात्मक साथ आवश्यक रहेको बताइएको हो ।
दादुरा रुबेला नेपालबाट शन २०२६ सम्म अन्त्य गर्ने उद्देश्य सहित देशभर अभियानको शुभारम्भ भएको बताउँदै अभियानलाई बडिगाड गाउँपालिकाले पनि सक्रिय रुपमा अगाडि बढाइसकेको र आवश्यक सचेतना प्रचार प्रसारका कार्यक्रमलाई समेत अगाडि बढाइएको बताइएको छ ।

नेपाल बीमा प्राधिकरण द्धारा वडिगाडमा बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया तथा छलफल कार्यक्रम ।

0


फागुन १६ गते बुर्तिबाङ

बडिगाड गाउँपालिकामा नेपाल बीमा प्राधिकरण द्धारा बीमा सम्बन्धी जनचेतना मूलक अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बीमा सम्बन्धी सचेतना गराउने र बीमाको महत्व र आवश्यकताको विषयमा जानकारी गराउँदै नागरिकका अपेक्षा तथा गुनासो समेत सुन्ने गरि कार्यक्रमको आयोजना गरिएको नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालको उपश्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका अवसरमा जनप्रतिनिधि, कर्मचारी, बीमा कम्पनीका कर्मचारी, स्वास्थ्य स्वयम् सेवीका, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा  नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले बीमा सुरक्षाको भरपर्दा माध्यम रहेको बताउँदै बीमालाई सुगम देखि दुर्गम सम्म जोड्नका निम्ति बीमा कम्पनी सँग सम्मोन्य गर्दे गण्डकी प्रदेशका सबै तहमा
प्राधिकरण पुग्ने गरि अगाडि बढेको बताउनु भयो ।


जीवन बीमा, निर्जीवन बीमा, पुनर बीमा र लघु बिमा गरि चार किसिमका बिमा हुँदै गर्दा मानिस सँगै पशुचौपाया, खेतिपाती, भौतिक सम्पत्ति, सवारी साधन सबैको बीमा हुने भएका कारण आफ्नो क्षमता अनुसार बीमामा सबै नागरिक सरिक हुनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथिको रुपमा रहनु भएका वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले बोल्दै जीवन बीमा बचत र सुरक्षाको भरपर्दा माध्यम रहेका कारण सबै नागरिक बीमामा आवद्ध हुन आवश्यक रहेको बताउँदै नागरिकको स्वास्थ्य उपचारका निम्ति वडिगाड गाउँपालिकाले स्वास्थ्य बीमालाई समेत प्राथमिकता दिइरहेको बताउँदै कृषकलाई राज्यले समेत सहज रुपमा बीमा गरिदिने भएका कारण बीमाको सचेतना वृद्धिमा आफूहरूले समेत साथ दिने बताउनु भयो ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख अखिल धमलाले बीमा र त्यसको महत्वको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सहजिकरण गरेको हो ।

नेकपाको आयोजनामा वर्तमान राजनैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम

0

 १६ गते बुर्तिबाङ

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आयोजनमा बुर्तिबाङमा वर्तमान राजनैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । 

नेकपा पश्चिम बागलुङको आयोजनमा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधी, राजनितिमा आश्थावान नेता कार्यक्रता लगाएतको सहभागिता रहेको थियो ।

 कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पोलिट ब्युरो सदस्य राजन सी द्धारा तयार पारिएको अवधारणा पत्र र वर्तमान राजनैतिक संकट र नेपाली विशेषताको समाजवाद विषयमाथि छलफल तथा अन्तरक्रिया गरिएको हो ।

 कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रिय पुँजीवादको विकास र आर्थिक समृद्धि हासिल नभएसम्म समाजवाद ले सार्थकता पाउन नसक्ने बताएका छन । वक्ताहरूले देशमा देखिएको दलाल वाद हावी रहेको तथा राजतन्त्रको अन्त्य भएपनि सामन्तवादको अवशेष अझै बाँकी रहेका कारण देश माथि उठ्न नसकेको बताएका हुन । राष्ट्रिय एकता, देशको स्वाधीनताको रक्षा सँगै हरेक पार्टीमा देखिएका खराब प्रवित्तिको अन्त्यका निम्ति सचेत कार्यकर्ताहरूले खबरदारी नगर्दा सम्म देशको समृद्धि अगाडि नबढ्ने बताएका छन ।

 देशमा राजनीतिक, धार्मिक, जातीय द्धन्दको खतरा रहेको बताउँदै रणनिति गर्ने व्यक्तिमा समेत सुधार नभएसम्म हरेक क्षेत्रको सुधार नहुनेमा जोड दिएका हुन । जात व्यवस्था छुवाछुत समेत विकास र समृद्धिको बाधक भएको बताएका छन । नेपालमा दलहरू आफ्नो एजेन्डाभन्दा बाहिर रहेर अगाडि बढिरहेका कारण सही राजनैतिक कार्यदिशा तय भएपछि मात्र समाजवादमा जान सकिने तर्क व्यक्त गरेका छन । 

कार्यक्रमका अवसरमा सहभागिताबाट उठेका जिज्ञासा, धारणा, सुझाबको विषयमा नेपाल कम्युनिष्ट पार्टी पोलिट ब्युरो  सदस्य राजन सी द्धारा प्रस्ट पार्नुभएको थियो ।

नेकपा केन्द्रिय प्रतिनिधि उत्तम सी को अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता चन्द्र अर्याल, निल बहादुर पुन, सुमित घर्ती, नेपाली कांग्रेसबाट नगर सभापति धन बहादुर कायत, राष्ट्रिय जनमोर्चाबाट कुल बहादुर छन्त्याल, जनता समाजवादी पार्टीका गंगा बहादुर घर्ती, नेकपा एकीकृत समाजबादीका बालसम कुवँर, भौतिक बादी समाज नेपालका केन्द्रिय सदस्य अशोक स्मिथले आफ्नो धारणा राख्नु भएको थियो ।

 त्यस्तै दल बहादुर भण्डारी, नन्दराम भुसाल, सहविन अर्गजा, उत्तम बहादुर महत, धन बहादुर कुवँर लगायतले आफ्नो विचार व्यक्त गर्नु भएको हो । कार्यक्रमको अवधारणाको विषयमा नेकपा वैकल्पिक केन्द्रिय सदस्य एवम् बागलुङ जिल्ला इन्चार्ज आकाश सी र सञ्चालन हरि सी ले गर्नुभएको थियो ।

बुर्तिबाङमा पनि भब्य रुपमा मनाइयो मगर दिवश

0

देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै गर्दा बागलुङको बुर्तिबाङमा बजारमा पनी विविध कार्यक्रमका साथ सभ्य र भब्य रुपमा मगर दिवश मनाइएको छ ।

मगर समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा विविध सांस्कृतिक झाँकी , भलिवल प्रतियोगिता, विभिन कलाकारको साँगितिक प्रस्तुती प्रदर्शनलगायत कार्यक्रम गरिएको छ ।

लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन दिवसले महत्वपूर्ण भूमिका खेलेको छ ।
बुर्तिबाङमा औपचारिक कार्यक्रम सहित भब्य रुपमा ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाइएको हो ।

प्रहरी निरीक्षक राजकुमार बिकको सफलता : निसीखोला बाट ६७ केजी गाँजा र ११ केजी चरेस सहित तिन जना पक्राउ

1


फागुन १५ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय बुर्तिबाङमा कार्यरत प्रहरी निरीक्षक राजकुमार बिकको सक्रियतामा आइतबार बागलुङको निसीखोला गाउँपालिका वडा नं. २ बाट लुकाई छिपाई गाडी मार्फत लैजाँदै गरेको अवस्थामा  ६७ केजी गाँजा र ११ किलो चरेस सहित तिन जनालाई पक्राउ गरिएको छ । 

इलाका प्रहरी कार्यालय बुर्तिबाङ र मातहत रहेको जुग्जाखोला प्रहरी चौकीको सक्रियतामा प्रहरीले उक्त परिणाममा गाँजा चरेस सहित निसीखोला गाउँपालिका ६ का ३८ वर्षीय खडक घर्ती मगर सहित रूपन्देही बुटवल उपमहानगरका ३९ वर्षीय नगेन्द्र पुन मगर र सवारी चालक वडिगाड गाउँपालिका वा नं ८ का प्रेम बोहोरालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनु भयो ।
बडिगाड गाउँपालिकाको वडा नं. ८ रनसिंह किटेनि हुँदै निसीखोला गाउँपालिकाको वडा नं. २ तर्फ गइरहेको अवस्थामा विशेष सुराकीको आधारमा प्रहरीले ध १ च १२६१ नम्बरको बोलेरो जिपबाट गाँजा र चरेस बरामद गरि जिप सहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरी निरीक्षक राजकुमार बिक बुर्तिबाङमा प्रमुखको रुपमा आएसँगै शान्ति सुरक्षा सँगै   लागू पर्दाथ दुब्यसनी रोकथाम सम्बन्धी सचेतना, बालविवाह न्यूनिकरण सम्बन्धी सचेतना, लैंगिक हिंसा न्यूनिकरण सम्बन्धी जनचेतना मूलक कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आउनु भएको छ । 

कृषि ज्ञान केन्द्र द्वारा कृषकहरूका निम्ति ४ दिने तालिम बुर्तिबाङमा

0

फागुन १५ गते बुर्तिबाङ
कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा बुर्तिबाङमा खयन आलु उत्पादन प्रबन्धन सम्बन्धी अभिभुखिकरण कार्यक्रम तथा व्यवसायिक आलु खेती प्रविधि तालिम मंगलबार सम्पन्न भएको छ ।

गत फागुन १२ गतेदेखि सुरु भएको कार्यक्रम ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, वडिगाड गाउँपालिका र ताराखोला गाउँपालिका अन्र्तगत रहेका विभिन्न कृषि सहकारी, कृषि समुहका प्रतिनिधि  र व्यवसायीक कृषकलाई तालिम दिइएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले बताउनु भयो ।

कृषि क्षेत्रको विकास, विस्तार र कृषकलाई सीपमुलक र व्यवसायिक बनाउने उद्देश्य सहित कार्यक्रम अन्र्तगत १२ गते खयन आलु उत्पादन प्रबन्धन सम्बन्धी अभिभुखिकरण सहित अन्य दिन व्यवसायिक आलुखेती प्रविधि तालिम, स्थलगत आलुको बिउ उत्पादन सम्बन्धी तालिम संगै कृषकलाई सैद्धान्तिक ज्ञान दिइएको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले बताउनु भयो ।

३४ जना कृषकको सहभागिता रहेको कार्यक्रममा कृषकहरूले बोल्दै तालिमले आफुहरु लाई पुर्खौली पेशाबाट व्यवसायिक बन्न सिकाएको र बिउको छनौट, मल व्यवस्थापन, मौसम, स्थानको छनौट गर्न समेत महत्वपूर्ण सहयोग पु¥याएको बताउँदै यस्ता तालिम आगामी दिनमा पनि सञ्चालन गर्न आग्रह गरेका छन ।

त्यस्तै सहभागि समुहले ठग बहादुर बिक अध्यक्ष रहेको ९ सदस्य बजार व्यवस्थापन समितिको गठन गरिएको हो । समितिको उपाध्यक्ष यम बहादुर बिक, कोषाध्यक्ष होमकर्ण घर्तिमगर, सचिव नन्दे सुनार, सहसचिव मन बहादुर पुन, सदस्यहरूमा क्रमश यमकलि घर्ती, कुमार श्रीस, झकेन्द्र सुनार र ओम बहादुर बिक चयन हुनुभएको छ । समितिले उत्पादित कृषि उपजलाई बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको हो ।

त्यस्तै कृषि ज्ञान केन्द्रबाट यसवर्षको रैथाने बाली र नयाँ कार्यक्रमको प्रस्तावना सम्झौता गरिएको छ । कृषकको सहजताका निम्ति कार्यालयले बुर्तिबाङमै योजना सम्झौता गरेको कुमार पुनले बताउनु भयो ।

 

सरस्वती आ.वि. भवरेटाको ३३ औँ वार्षिकोत्सव :  पचास शैयाको  प्रदेश स्तरीय हस्पिटल चाँडै उद्घाटन हुन्छ  सांसद कुवँर 

0

फागुन १५ गते बुर्तिबाङ 

सरस्वती आभारभूत विद्यालय ढोरपाटन नगरपालिका १ भवरेटाको ३३ औँ वार्षिकोत्सव अभिभावक दिवस तथा चन्दादाता सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनलाल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य  दोर्ण कुमार कुवँरले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दे सांसद कुवँरले सामुदायिक विद्यालयले समेत शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्दे आएको बताउँदै विधालयको भौतिक सुधारका निम्ति आफूले सहयोग गर्ने बताउनु भयो ।

विद्यालयले राखेका विभिन्न मागलाई सम्बोधन गर्दे सांसद कुवँरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत चारकोठे भवनका निम्ति नगरपालिका हुँदै पहल गरिने र त्यसबाट नभएपनि गण्डकी प्रदेशबाट दुई कोठे विद्यालय भवन निर्माण गरिने प्रतिबद्धता जनाउनु भयो ।

सांसद कुवँरले फरक प्रसङ्गमा बोल्दै “पश्चिम बागलुङको विकास र समृद्धिका निम्ति आफूले निरन्तर संघर्ष गरिरहेको बताउँदै बुर्तिबाङमा ५० शैयाको प्रदेश स्तरीय अस्पताल निर्माणको पहलले प्रदेश र संघीय सरकारबाट  पूर्णता पाएको बताउँदै अब चाँडै विधिवत रुपमा सेवा सुचारु हुने गरि काम भइरहेको बताउनु भयो । ”
जनताको माग र समस्या धेरै छन म तपाईँहरूकै समस्या सम्बोधनका निम्ति अगाडि बढिरहेको छु केन्द्रिय विधुतको पहल भएको एक बर्षमा धेरै बस्तीमा पुगिसकेको छ ढोरपाटन सडकलाई चाँडै स्तरोन्नति गर्न निरन्तर लागिपरेको बताउँदै पाँच बर्षे कार्यकालमा केही भएपनि कालोपत्रे गर्ने गरि अगाडि बढिएको बताउनु भयो । ’

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै ढोरपाटन नगरपालिकाले सामुदायिक विद्यालयको  शैक्षिक गुणस्तर उकास्न निरन्तर लागिपरेको बताउँदै बालबालिकाको उज्जल भविष्य निर्माणमा सरकार, अभिभावक र शिक्षकको उत्तिकै भूमिका रहने भएका कारण अभिभावले समेत आफ्ना बालबालिकाको शिक्षा दिक्षा र विद्यालय सुधारमा ध्यान दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद सापकोटा, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, वडा सदस्य, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवलाल सुवेदी, अभिभावक गुञ्ज बहादुर भण्डारी, चन्दा दाता,विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक लगायतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीको विभिन्न गीत नृत्य समेत प्रस्तुत गरिएको हो । विद्यालयका प्रधानाध्यापक ढाल कुमारी पाण्डे द्धारा विद्यालयको शैक्षिक, भौतिक  र आर्थिक विषयमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम शिक्षिका थम कुमारी सापकोटाको स्वागत प्रतिभा आर्चायको सञ्चालनमा सम्पन्न भएको हो ।

बुर्तिबाङमा मालपोत, नापी र इलाका प्रशासनको भवन निर्माणका लागी जग्गा खरिद गर्न समिति गठन ।

1

फागुन १५ गते बुर्तिबाङ

बुर्तिबाङ बजारमा विभिन्न प्रशासनिक कार्यालयको भवन निर्माणका निम्ति जग्गा व्यवस्थापन समिति र आर्थिक संकलन समितिको गठन गरिएको छ ।

विगत ७ महिनादेखि इलाका प्रशासन, मालपोत र नापी कार्यालयको भवन निर्माणका निम्ति जग्गा व्यवस्थापन र खरिद गर्ने विषयमा छलफल भएपनि कुनै परिणाम नदेखिएपछि मंगलबार गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरको सक्रियतामा एक हप्ता भित्र तीनवटै कार्यालय राख्न मिल्ने भवन निर्माणका निम्ति जग्गा व्यवस्थापन समितिको गठन गरिएको हो । धन बहादुर कुवँर संयोजक रहेको समितिले बजार क्षेत्रभित्र एकहप्ता भित्र जग्गाको खोजी गर्ने गरि १० सदस्य समितिको गठन गरिएको छ ।

त्यस्तै माननीय दोर्ण कुमार कुवंर संयोजक रहेको १० सदस्य आर्थिक संकलन व्यवस्थापन समितिको गठन गरिएको हो । जग्गा व्यवस्थापन समितिमा हरि बहादुर कुवंर, दल बहादुर भण्डारी, गङ्गा बहादुर घर्ती, केयरसिंह गुरुङ, निमलाल पाण्डे, धुव्र श्रेष्ठ, गंगा बहादुर शेरबुजा, टोप बहादुर केसी, र सरन पाण्डेलाई राखिएको छ ।

त्यस्तै आर्थिक व्यवस्थापन समितिमा माननीय दिलमाया पौवी, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, वीर बहादुर गुरुङ, दिपेन्द्र श्रेष्ठ, शालिकराम शर्मा, गुञ्ज बहादुर भण्डारी, चन्द्रलाल अर्याल, दीपक कुमार अदै लाई चयन गरिएको जनाइएको छ ।

भवन निर्माणका निम्ति सरकारबाट बजेट व्यवस्था गर्न सकिने भएपनि जग्गा खरिदका निम्ति बजेट विनियोजन नहुने भएका कारण जग्गा खरिदका निम्ति बजार बासीबार्टै आर्थिक संकलन गरेर अभियान अगाडि बढाउने मंगलबार वडा नं. १ को कार्यालयमा भएको बैठकले निर्णय गरेको हो ।

विभिन्न टोल विकास संस्थाका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति मा भएको छलफलबाट तत्काल जग्गाको खोजी गर्ने, जग्गा खरिद गर्ने र आगामी आर्थिक बर्षको बजेटमा भवन निर्माणका निम्ति पहल गरेर भवन निर्माण गर्नका निम्ति सक्रियता देखाइएको हो ।

बजार क्षेत्रमा जग्गाको मूल्य महँगो र धेरै जग्गा प्राप्त गर्न समेत कठिन रहेको बताउँदै तीनवटै कार्यालय एकै भवनबाट सञ्चालन हुने गरि जग्गा खरिद प्रकृयालाई प्राथमिकता दिइएको हो ।

पटक पटक प्रयास गर्दा समेत आर्थिक श्रोत नहुँदा जग्गा व्यवस्थापन हुन नसकेको र प्रशासन, नापी र मालपोत कार्यालयको भवन निर्माणका निम्ति सरकारबाट ताकेता आइरहेका कारण पनि अब चाँडै निष्कर्षमा पुग्नुपर्ने अवस्था सृजना भएका सांसद दोर्ण कुमार कुवँरले बताउनु भयो ।

साँसद कुवँरले आर्थिक संकलन अभियानमा आफ्नो तर्फदेखि एक लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा निसीखोला गाउँपालिकामा सार्वजनिक बिदा ।।

0

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाले ४२ औँ राष्ट्रिय मगर दिवसको अवसरमा फागनु १५ गते अर्थात आज सार्वजनिक बिदा दिइएको छ ।
४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार चन्दले हस्ताक्षर गरेर सूचना निकाल्दै हिजो राति ८ बजेपछि बिदाको जानकारी गराइएको छ ।
निसीखोला गाउँपालिका अन्तर्गतका सरकारी कार्यालयहरु, वडा कार्यालयहरु, स्वास्थ्य चौकीहरु, विद्यालयहरु, वित्तिय संस्थाहरु लगायतका सम्पूर्ण सरकारी कार्यालयहरुमा बिदा दिने भनी निसीखोला गाउँपालिका गाउँ कार्यपालिकाको फागुन १४ गतेको बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । बिदाको सूचना भने राति ८ बजेपछि निसीखोला गाउँपालिकाको आधिकारीक फेजबुकबाट प्रकाशन भएको थियो । कार्यालय समयभित्र बिदाको सूचना नआएर रातिको समयमा बिदाको सूचना आएपछि सर्वत्र आलोचना भएको छ ।

निसीखोलाबाट गाँजा र चरेस जस्तो देखिने वस्तु सहित तिन जना प्रकाउ ।

0

 

फाइल फोटो
फागुन १४ गते बुर्तिबाङ

निसीखोलाबाट गाँजा र चरेस जस्तो देखिने वस्तु सहित तिन जना प्रकाउ परेका छन । 

आइतबार निसीखोला गाउँपालिका २ कान्छि बजारमा प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा  ध १ च १२६१ नम्बरको बोलेरो जिपबाट गाँजा जस्तो देखिने पदार्थ धुलो ६७ केजी र चरेस जस्तो देखिने बस्तु ११ किलोग्राम सहित निसीखोला गाउँपालिका ६ का ३८ बर्षिय खडक घर्ति मगर सहित रुपन्देही बुटवल उपमहानगरका ३९ बर्षिय नगेन्द्र पुन मगर र सवारी चालक वडिगाड गाउँपालिका वा नं. ८ का प्रेम बोहोरालाई प्रकाउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसिले बताउनु भयो । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।