बुर्तिबाङ फागुन ३० गते
इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजनामा अल्पसंख्यक समुदायमा अल्पसंख्यक सँग प्रहरी कार्यक्रम सञ्चालन गरिएको छ ।
बुधबार ढोरपाटन नगरपालिका २ सिमलचौरमा रहेका करिब एक सय बढि अल्पसंख्यक समुदाय सँग प्रहरी कार्यक्रम गर्दे उक्त समुदायमा हुन सक्ने विभेद, लैंगिक हिंसा, चेतना अभावका कारण हुन सक्ने घटना उनीहरूको पिरमर्का लगायतका विषयमा छलफल गरिएको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ र सामुदायिक सेवा केन्द्र बुर्तिबाङको आयोजनामा सञ्चालित कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार बिकले लैंगिक हिंसा, बालविवाह, आत्महत्या न्यूनिकरण ,साइबर अपराध लगायतका विषयमा जानकारी दिँदै कानुनी उपचार लगाएतका विषयका प्रस्ट पार्नुभएको हो । कार्यक्रममा स्थानीय जेष्ठ नागरिक, महिला, बालबालीका लगाएतको उपश्थिती रहेको थियो ।
अल्पसंख्यक समुदायमा “अल्पसंख्यक संग प्रहरी” कार्यक्रम
निशिभुजी जनता क्याम्पसको ११ औँ साधारण सभा
बुर्तिबाङ फागुन ३० गते
बागलुङ को ढोरपाटन नगरपालिका १ मा रहेको निशिभुजी जनता क्याम्पसको ११ औँ साधारण सभा बुधबार सम्पन्न भएको छ ।
२०४८ सालमा स्थापना भएको बागलुङको पश्चिम क्षेत्रकै एकमात्र क्याम्पसले लामो समयपछि साधारण सभा गर्दे क्याम्पसको प्रविधि मैत्री शिक्षण सँगै आर्थिक क्षेत्रको विकासमा फेरी पनि सबै जना एकजुट हुनुपर्ने बताइएको छ । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला गुल्मी , रुकुम सम्मका विद्यार्थीले अध्ययन गर्दे आइरहेका हुन ।
क्याम्पस व्यवस्थापन समिती अध्यक्ष शान्तराज शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष तथा १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बक्ताहरुले क्याम्पसलाई जोगाएर अगाडि बढाउन सबैले शसक्त रुपमा जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्दले बोल्दै पछिल्लो समय गाउँ रित्तिँदै जानु, युवा पिँडी विदेश पलायन हुन खोज्नु जस्ता महत्वपूर्ण कारक तत्व वर्तमान राजनैतिक व्यवस्था रहेको बताउँदै राजनीति नसुध्रिँदा सम्म यस्तो अवस्था भइरहने बताउँदै वर्तमान परिवेशमा रहेर क्याम्पसको व्यवस्थापनमा जिम्मेवार नागरिक लाग्नुपर्ने बताउनु भयो

आफूले धेरै क्याम्पसको आर्थिक व्यवस्थापनमा सहयोग गरिरहेको बताउँदै यहाँ पनि आर्थिक व्यवस्थापनका निम्ति कार्यक्रम अगाडि बढाउन सम्भव रहेको बताउनु भयो । त्यस्तै कार्यक्रमका अध्यक्ष शान्तराज शर्माले बोल्दै क्याम्पसको शैक्षिक भौतिक व्यवस्थापन गर्न व्यवस्थापकीय पक्ष मजबुत हुन आवश्यक रहेको बताउँदै व्यवस्थापन समिति, क्याम्पस प्रमुख र प्राध्यापक बिच व्यवस्थापकीय क्षमता बृद्धि गर्न आवस्यक रहेको बताउँदै सबैले आ–आफ्नो जिम्मेवारीमा रहेर काम गर्न सकेमात्रै दिगो लक्ष्य हासिल गर्न सकिने बताउँदै quality Assurance Evaluator बाट अथवा आवश्यकताको सिद्धान्त अनुसार व्यवस्थापन गरेर अगाडि बढिने बताउनु भयो ।
क्याम्पस प्रमुख कृष्ण कान्त आर्चाय द्धारा प्रस्तुत प्रतिवेदन अनुसार तिन सङ्कायमा पठन पाठन हुँदै आएको क्याम्पसमा मानविकी, व्यवस्थापन, शिक्षा सास्त्र सङ्कायको पठन पाठन हुँदै आएको छ । कुल १४४ जना विद्यार्थीले अध्ययन गर्दे आएकोमा २४ जना प्राध्यापकले पठन पाठन गर्दे आइरहेको बताइएको छ । गत आर्थिक बर्ष२०७९÷०८० मा ५१ लाख ९१ हजार ५६० आम्दानी र ५४ लाख ५९ हजार ८६६ रुपैयाँ खर्च भएको जनाइएको छ ।

कुल ९ रोपनी ८ आना जग्गाको क्षेत्रफल रहेको क्याम्पसको नाममा २७ कोठाको पक्की भवन रहेको हो । कार्यक्रममा पूर्व क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टंक प्रसाद पौडेल, चन्द्रलाल अर्याल, ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, दुर्गादेवी घर्ती, ज्ञान प्रसाद कँडेल, कुलपती सापकोटा , पत्रकार छविलाल पाण्डे, प्राध्यापक लोकेन्द्र सुनार, विद्यार्थी प्रकृति थापा लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रम व्यवस्थापन समिति उपाध्यक्ष हरि बहादुर कुवँरको स्वागत प्राध्यापक हिरालाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
तमानखोलामा पालिका स्तरीय महिला समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न ।।
फागुन २७ बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकामा पालिका स्तरीय महिला समिति गठन तथा क्षमता विकास कार्यक्रम शनिबार वडा नं. ५ को खुङ्खानीमा सम्पन्न भएको छ ।
आमासँग उपाध्यक्षको भेटघाट कार्यक्रम अन्तर्गत शनिबार विभिन्न कार्यक्रमका साथ पालिका स्तरीय महिला समिति गठन तथा क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको हो ।
तमानखोला गाउँपालिका वडा नं. ५ महिला समिति अध्यक्ष तथा कार्यपालिका सदस्य भिम कुमारी छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष छन्त्यालले महिलाको हक अधिकारलाई सुनिश्चित गर्न, महिलालाई नेतृत्व तहमा पु¥याउन र उद्यमशील बनाइ आर्थिक रुपमा समेत सबल बनाउने उद्देश्य सहित उहाँहरूसँगै सहकार्य गरेर अगाडि बढ्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताउँदै वडा स्तरमा महिला समिति गठन भइसकेको अवस्थामा पालिकामा समेत समिति गठन प्रकृया अगाडि बढाएर पूर्णता दिइएको बताउनु भएको हो ।
कार्यक्रमबाट देवसरा बिक संयोजक रहेको १५ सदस्य पालिका स्तरीय महिला समितिको गठन गरिएको छ । समितिको सदस्य सचिवमा महिला तथा बालबालिका शाखा प्रमुख चन्द्रीमा कुमारी चौधरी रहने र प्रत्येक वडाबाट दुई जना सदस्य रहने गरि समिति गठन गरिएको हो । समितिको पहिलो बैठकबाट १ जना मनोनित गर्ने र समितिलाई पूर्णता दिने निर्णय भएको सदस्य सचिब चन्द्रीमा कुमारी चौधरीले बताउनु भयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका अन्तर्गत विभिन्न वडामा लघुउद्यम मार्फत उत्पादन गरिएका विभिन्न कपडा, सिस्नोको पाउडर, साबुन, काम्लो , हर्देउला , बुटिक लगायतका सामाग्रीको स्टल राख्दै महिला उद्यमीले आफूहरूले उत्पादन गरेका सामाग्रीले आर्थिक उपार्जनमा टेवा पु¥याइरहेको बताउँदै बजारीकरणमा समस्या रहेको बताउँदै त्यसका निम्ति सबै तहबाट साथ आवश्यक रहेको बताएका छन् ।

प्रत्येक वडाबाट प्रतिनिधित्व गर्दै आफ्नो मन्तव्य राखेका महिलाहरूले राज्यले संविधानमा लेखे जस्तै महिला अधिकार कार्यान्वयन गर्न नसकिरहेको गुनासो गर्दै महिला माथि हुने हिंसा न्यूनीकरणका निम्ति घर समाजबाटै पनि सुधार आवश्यक रहेको बताएका हुन् । महिला कर्मचारी, स्वास्थ्य कर्मी, जनप्रतिनिधि बिच कुर्सी दौड प्रतियोगिता, सहभागी महिलाहरूको तर्फबाट इन आउट प्रतियोगिता आयोजना गर्दै उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका जिल्ला समन्वय समिति सदस्य टेक बहादुर अर्गेजा, वडा अध्यक्षको तर्फदेखि वडा नं. ४ का अध्यक्ष छ प्रसाद श्रीपाली, स्वास्थ्य शाखा प्रमुख तिल बहादुर छन्त्याल , हिमालय लाइफ इन्स्योरेन्स कम्पनीका खगेन्द्रमान पुन, वडा तहबाट शान्ति कुमारी बिक, चन्द्रीका सुन्चौरी, मधुमाया श्रीपाली, मन कुमारी बुढाथोकी, सिता सिउठानी, चन्द्र तथब्जा लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम पत्रकार छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।
लामडाँडा सामुदायिक वनमा फैलिएको आगलागी नियन्त्रणमा
फागुन २४ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ स्थित लामडाँडा सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । बिहीबार बिहान वडा नं. ६ को खानी झुलाबाङ स्थित राजेन्द्र बुढाको गोठमा सल्किएको आगो नियन्त्रण बाहिर जाँदा सामुदायिक वन क्षेत्रमा फैलिएको थियो ।

वन क्षेत्रमा आगलागी भएसंगै ढोरपाटन नगरपालिकाबाट खटिएको विपद व्यवस्थापन समुह, नगर प्रहरी, बोबाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा, विद्याविकास माध्यमिक विद्यालयका शिक्षक विद्यार्थी लगाएको सक्रियतामा आयो नियन्त्रणमा लिइएको वडा अध्यक्ष उमेश बुढाले बताउनु भयो ।
वन क्षेत्रमा फैलिएको आगो नियन्त्रण बाहिर थियो करिब चार सय जनाको सक्रियतामा नियन्त्रण लिन सकिएका कारण ठुलो क्षेती हुनबाट जोगाइएको वडा अध्यक्ष बुढाले बताउनु भयो ।
बागलुङमा १८ बर्ष पुगेका मतदाता एक लाख ९१ हजार
बागलुङ जिल्लामा १८ बर्ष पुगेका मतदाताको संख्या १ लाख ९१ हजार ७०१ पुगेको छ । ति मध्ये महिलाको संख्या ९८ हजार ४२४ रहेको छ भने पुरुषको संख्या ९३ हजार २७७ रहेको छ । यो तथ्याङ्क २०७९ बैशाख १४ गतेसम्मको हो ।
२०८१ बैशाख १४ गतेसम्म १८ बर्ष पुगेका मतदाताको संख्या एक लाख ९२ हजार ३६२ पुग्ने छ ।
जिल्ला निर्वाचन कार्यालय बागलुङले मंगलबार आयोजना गरेको मतदाता नामावली अध्याबधिक कार्यक्रममा आगामी बैशाख १४ गतेसम्म १८ बर्ष पुगेका एक लाख ९२ हजार ३६२ जनाको अध्याबधिक गरिने बताएको छ ।
निर्वाचन कार्यालयले यो अबधिमा ५ हजार २५ जनाको मतदाता नामावलीबाट नाम हटाएको छ ।
२०७९ भाद्र महिनासम्म मृत्यु भएका २ हजार २२२ जना र दोहोरो भएका २ हजार ८ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ । फागुन महिनामा मृत्यु भएका ७९५ जनाको नाम मतदाता नामावलीबाट हटाइएकोे छ ।
मतदाता नामावलीमा कुनै त्रुटी भए सच्चाउनको लागि समेत निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले फोटो सहितको मतदाता नामावलीमा कुनै त्रुटी भए सच्चाउन पहल गर्न ढिला गर्न नहुने बताए ।
उनले नागरिकलाई मताधिकारबाट बञ्चित हुनबाट जोगाउन मतदाता नामावलीमा नाम नभए नाम लेखाउन पनि सबै लाग्नु पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मतदाता नामावलीमा नाम, थर वा अन्य कुनै त्रुटी भएमा सच्चउनको लागि ढिला गर्न नहुने बताए ।
निर्वाचनलाई धाँदली रहित बनाउनको लागि मतदाता नामावलीमा भएका त्रुटी पनि हटाउनु पर्ने बताउँदै उनले त्यसको लागि विशेष गरि राजनीतिक दललले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूचना अधिकारी गोकुल शर्माले गरेका थिए ।
साभार इपरि न्युज
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा खिम पुन
नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन शनिबार
बजारमा सम्पन्न भएको छ।
खिम बहादुर पुनको अध्यक्षता भएको अधिवेशन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौड्यालले धर्म आस्था र महासंघ संविधानको रक्षक हो भन्दै अब पार्टीले चित्रफन देखाएर काम गर्नु पर्ने, इमानदारिता देखाउन र क्रियासिल सदस्यहरुलाइ थप बलियो बनाउन र बन्न आग्रह गर्नु भएको थियो।
त्यस्तै नेपाली काग्रेस जिल्ला सभापति जित शेरचनले नेपाली कांग्रेस लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ मेरुदण्ड रहेको भन्दै अब निरन्तर चलायमान बनाउन जोड् दिदै लोकतान्त्रीकका लागि लखन थापा जस्ता सहित हुनु भएका ग्यात अग्याद प्रति समवेदना पर्कत गर्नु भएको थियो।
पुन खिम पुनको अध्यक्षतामा १५ जना सदस्य रहने गरि जिल्ला कार्य समिति गठन गरिएको छ। कृष्ण शंकर श्रेष्ठको स्वागत संगै सागर घर्तिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
टोल विकास संस्थाद्वारा फोहोर राख्ने डस्टबिन हस्तान्तरण
फागुन १९ गते
ढोरपाटन नगरपालिका वडा नं. १ मा रहेको न्यु रोड लक्ष्मी मार्ग टोल विकास संस्थाले आफ्नो टोलमा रहेका सदस्यहरूलाई फोहोर व्यवस्थापन गर्न डस्टबिन हस्तान्तरण गरेको छ ।
एक सय बाईस सदस्य रहेको टोलमा घरबाट तथा सडक आसपासमा देखिने फोहोरलाई सही ठाउँमा व्यवस्थापन गर्ने उद्देश्य सहित सबै घरलाई डस्टबिन बाल्टी हस्तान्तरण गरिएको टोल विकास संस्थाका अध्यक्ष केयर सिंह गुरुङले बताएका छन । प्रत्यक महिनाको दुई हप्ता शनिबार टोल बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गर्दे आइरहेको संस्थाले आगामी दिनमा अन्य कार्यक्रमलाई समेत अगाडि बढाइने बताइएको छ । संस्थाको कोषमा संकलन भएको रकम मध्येबाट डस्टबिन खरिद गरिएको जनाइएको छ ।
बुर्तिबाङ तथा आसपासका टोल विकास संस्थाको सक्रियतामा पछिल्लो समय सरसफाइ कार्यक्रमलाई प्राथमिकता दिइएको पाइएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजनामा माटो परिक्षण शिविर ।
फागुन १८ गते
ढोरपाटन नगरपालिकाले माटो परिक्षण कार्यक्रमलाई अगाडि बढाएको छ ।
कृषि उत्पादन क्षेत्रमा माटोको अवस्था पत्ता लगाई कृषकलाई जानकारी गराउने र माटो हावा पानी अनुसार कृषि उत्पादनलाई बृद्धि गर्नका निम्ति नगरपालिकाको सबै वडामा गरि पाँच सय स्थानको माटो सेम्पलको रुपमा परिक्षण सुरु गरिएको ढोरपाटन नगरपालिका कृषि शाखा प्राविधिक महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
कृषकको बारीमा रहेको माटो परिक्षण गरिने र माटोको परिक्षण पछि माटोको अवस्था सुधार गर्नुपर्ने नपर्ने लगायतका विषयमा सम्बन्धित रिर्पाट कृषकलाई बुझाउने अधिकारीले बताउनु भयो ।
ढोरपाटन नगरपालिकाको आयोजना तथा माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेश सरकारको प्राविधिक सहयोगमा वडा नं. १ देखि ६ सम्मको बुर्तिबाङमा र वडा नंं. ७ देखि ९ सम्मको वडा नं. ८ सेराबाङमा शिविरको आयोजना गरिएको जनाइएको छ ।
तमानखोला गाउँपालिकामा पाँच सय बालबालिकालाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइँदै
फागुन १७ गते बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिकामा पाँच सय बालबालिकालाई दादुरा रुबेला रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आगामी फागुन २८,२९ र ३० गते गाउँपालिकाको ६ वटै वडा अन्र्तगत रहेका १५ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउने कार्यक्रम तय भएको तमानखोला गाउँपालिका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।
९ महिना देखि ५ बर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउनका निम्ति पालिका स्तरीय खोप समोन्य समितिको बैठक सम्पन्न भइसकेको र वडा खोप समोन्य समिति, महिला स्वास्थ्य स्वय्मसेवीका, स्वास्थ्य कर्मीलाई समेत तालिम दिएर प्रचार प्रसार सुरु गरिएको स्वास्थ्य संयोजक छन्त्यालले बताउनु भयो ।
नेपाल सरकारले सबै जिल्लामा दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ । शन २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग अन्त्य गर्ने उद्देश्य सहित अभियानको शुभारम्भ गरिएको जनाइएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन बिहीबार बुर्तिबाङमा सम्पन्न
फागुन १७ गते बुर्तिबाङ
नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन बिहीबार बुर्तिबाङमा सम्पन्न भएको छ ।
बागलुङ क्षेत्र नं. २ अन्तरगत क्षेत्र र प्रदेश सभा (क) प्रदेश (ख) को अधिवेशन तथा प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रिय महाधिवेशन प्रतिनिधिको समेत चयन गरिएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कार्यवाहक जिल्ला अध्यक्ष खिम बहादुर पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जित बहादुर शेरचनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका माननीय शेरचनले बोल्दै नेपाली कांग्रेस पार्टीको भातृ संगठन निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ को प्रथम अधिवेशनले सक्षम नेतृत्व चयन गर्ने बताउँदै पार्टीलाई चलायमान र क्रियाशील बनाउन अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति तारानाथ पौडेल, ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायत प्रदेश सभा –क) सभापति तिलक घर्ती लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम सफलताको कामना व्यक्त गर्नुभएको थियो । वडिगाड गाउँपालिका सभापति कृष्ण गुरुङको स्वागत रहेको कार्यक्रम सागर घर्तिको सञ्चालनमा सम्पन्न भएको हो । अधिवेशनबाट क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा झक बहादुर बूढा चयन हुनुभएको छ ।
१७ सदस्य क्षेत्रीय समितिको गठन भएको हो । त्यस्तै प्रदेश सभा (क) तर्फ सिताराम पुन सभापति रहेको १३ सदस्य समिति गठन गरिएको छ । प्रदेश सभा (ख) तर्फ नारायण राना सभापति हुनुभएको हो १३ सदस्य प्रदेश समितिको गठन गरिएको जनाइएको छ । अधिवेशनकै अवसरमा प्रदेश महाधिवेशन प्रतिनिधिको समेत चयन गरिएको छ ।
प्रदेश क बाट लक्ष्मी पाइजा, भीमकला श्रीस, होसियार सिंह थापा, हिरा घर्ती मगर, भीम बहादुर रोका, भीमसेन श्रेष्ठ चयन हुनुभएको छ । प्रदेश सभा ख महाधिवेशन प्रतिनिधीमा ढालेन्द्र छन्त्याल, दोर्ण छन्त्याल, खिम छन्त्याल, हिरा कुमारी छन्त्याल, रमिता रोका सेर्वुजा, रविन्द्र घर्ती चयन हुनुभएको हो ।
त्यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधि तर्फ रेनुका काउचा, चन्द्रकली रोका, खिम बहादुर पुन, योगेश भण्डारी, नरजंग घर्तिमगर, खगेन्द्रमान पुन चयन हुनुभएको हो । सहमतीय प्रणालीबाट समिति र पदाधिकारीको चयन गरिएको निर्वाचन समितिले जनाएको हो । आगामी १९ गते जिल्ला समितको अधिवेशन हुने जनाइएको छ ।










