तमानखोला गाउँपालिकामा पाँच सय बालबालिकालाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइँदै 

फागुन १७ गते बुर्तिबाङ 

बागलुङको तमानखोला गाउँपालिकामा पाँच सय बालबालिकालाई दादुरा रुबेला रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

 आगामी फागुन २८,२९ र ३० गते गाउँपालिकाको ६ वटै वडा अन्र्तगत रहेका १५ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउने कार्यक्रम तय भएको तमानखोला गाउँपालिका स्वास्थ्य संयोजक तिल बहादुर छन्त्यालले बताउनु भयो ।

 ९ महिना देखि ५ बर्ष उमेर समुहका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउनका निम्ति पालिका स्तरीय खोप समोन्य समितिको बैठक सम्पन्न भइसकेको र वडा खोप समोन्य  समिति, महिला स्वास्थ्य स्वय्मसेवीका, स्वास्थ्य कर्मीलाई समेत तालिम दिएर प्रचार प्रसार सुरु गरिएको स्वास्थ्य संयोजक छन्त्यालले बताउनु भयो । 

नेपाल सरकारले सबै जिल्लामा दादुरा रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ । शन २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग अन्त्य गर्ने उद्देश्य सहित अभियानको शुभारम्भ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित