बागलुङमा १८ बर्ष पुगेका मतदाता एक लाख ९१ हजार

बागलुङ जिल्लामा १८ बर्ष पुगेका मतदाताको संख्या १ लाख ९१ हजार ७०१ पुगेको छ । ति मध्ये महिलाको संख्या ९८ हजार ४२४ रहेको छ भने पुरुषको संख्या ९३ हजार २७७ रहेको छ । यो तथ्याङ्क २०७९ बैशाख १४ गतेसम्मको हो ।

२०८१ बैशाख १४ गतेसम्म १८ बर्ष पुगेका मतदाताको संख्या एक लाख ९२ हजार ३६२ पुग्ने छ ।

जिल्ला निर्वाचन कार्यालय बागलुङले मंगलबार आयोजना गरेको मतदाता नामावली अध्याबधिक कार्यक्रममा आगामी बैशाख १४ गतेसम्म १८ बर्ष पुगेका एक लाख ९२ हजार ३६२ जनाको अध्याबधिक गरिने बताएको छ ।

निर्वाचन कार्यालयले यो अबधिमा ५ हजार २५ जनाको मतदाता नामावलीबाट नाम हटाएको छ ।

२०७९ भाद्र महिनासम्म मृत्यु भएका २ हजार २२२ जना र दोहोरो भएका २ हजार ८ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ । फागुन महिनामा मृत्यु भएका ७९५ जनाको नाम मतदाता नामावलीबाट हटाइएकोे छ ।

मतदाता नामावलीमा कुनै त्रुटी भए सच्चाउनको लागि समेत निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले फोटो सहितको मतदाता नामावलीमा कुनै त्रुटी भए सच्चाउन पहल गर्न ढिला गर्न नहुने बताए ।

उनले नागरिकलाई मताधिकारबाट बञ्चित हुनबाट जोगाउन मतदाता नामावलीमा नाम नभए नाम लेखाउन पनि सबै लाग्नु पर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मतदाता नामावलीमा नाम, थर वा अन्य कुनै त्रुटी भएमा सच्चउनको लागि ढिला गर्न नहुने बताए ।

निर्वाचनलाई धाँदली रहित बनाउनको लागि मतदाता नामावलीमा भएका त्रुटी पनि हटाउनु पर्ने बताउँदै उनले त्यसको लागि विशेष गरि राजनीतिक दललले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सूचना अधिकारी गोकुल शर्माले गरेका थिए ।

 

साभार इपरि न्युज

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित