टोल विकास संस्थाद्वारा फोहोर राख्ने डस्टबिन हस्तान्तरण 


फागुन १९ गते
ढोरपाटन नगरपालिका वडा नं. १ मा रहेको न्यु रोड लक्ष्मी मार्ग टोल विकास संस्थाले आफ्नो टोलमा रहेका सदस्यहरूलाई फोहोर व्यवस्थापन गर्न डस्टबिन हस्तान्तरण गरेको छ । 


एक सय बाईस सदस्य रहेको टोलमा घरबाट तथा सडक आसपासमा देखिने फोहोरलाई सही ठाउँमा व्यवस्थापन गर्ने उद्देश्य सहित सबै घरलाई डस्टबिन बाल्टी हस्तान्तरण गरिएको टोल विकास संस्थाका अध्यक्ष केयर सिंह गुरुङले बताएका छन । प्रत्यक महिनाको दुई हप्ता शनिबार टोल बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गर्दे आइरहेको संस्थाले आगामी दिनमा अन्य कार्यक्रमलाई समेत अगाडि बढाइने बताइएको छ । संस्थाको कोषमा संकलन भएको रकम मध्येबाट डस्टबिन खरिद गरिएको जनाइएको छ । 

बुर्तिबाङ तथा आसपासका टोल विकास संस्थाको सक्रियतामा पछिल्लो समय सरसफाइ कार्यक्रमलाई प्राथमिकता दिइएको पाइएको छ । 

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img